
तित्रा
कहिलेकाहीँ त पत्रपत्रिकाले पनि केही कुरा लेख्थे, तर आजका कुनै पत्रिकामा केही समाचार छापिएको छैन । काला अक्षरले सेतो कागज रङ्ग्याएर मात्रै के गर्नु ! देशमा यत्रो पार्टीतन्त्रको व्यवस्था छ, कुनै पार्टी टुटेको फुटेको समाचार छैन । कुनै नेता फाल हान्दै अकोर् पार्टीमा गएको समाचार पनि छैन । मन्त्री खान आफ्नो पार्टी छोडेर अकोर् पार्टीमा जाने नेता पनि बेलाबखतमा हुन्थे; त्यस्तो किसिमको टेसिलो समाचार पनि छैन । आजका पत्रपत्रिकामा भएको तीस–पैतीस रुपैयाँ व्यर्थमा खर्च भयो ।
हैन यो देशमा केही घटना दुर्घटना परिघटना हुनै छोड्यो कि क्या हो ? अथोर्क केही समाचार नहुँदा पनि दैनिक एक–दुई यात्रुवाहक बसहरू त्रिशुलीमा पौडी खेल्न ओर्लिन्थे । पहाडतिरका कच्ची बाटोमा दुई–चार गाडीलाई खलासी ड्राइभरले गुल्टी खेलाउँथ्यो । तेज गतिमा भट्भटेलाई उडाउन खोज्दा कतै न कतै दैनिक दुई–चार युवाहरूले यो पिरो जहरिलो संसारबाट मुक्ति पाउँथे । आजका पत्रिकाहरूमा त्यस्तो चखिलो समाचार केही पढ्न पाइएन ।

निर्वाचनमा त्यत्रो पैसा खर्च गरेर चुनाव जितेका प्रतिपक्षी सांसदहरू पनि के गरेर बस्छन् ? संसद्मा जुनसुकै जस्तोसुकै मुद्दा आए पनि विरोधको राँको बाल्नु, एउटा न एउटा उकुर्जी उराल्नु, गेजु झिक्नु, गाँजे गजमौरे कुरा कोरलेर सभा बैठकलाई भाँड्नु, अझ सके तानातान हानाहान गर्नु, कुर्सी टेबल तोडफोड गर्नु – जसबाट दोहोरो मज्जा आउँथ्यो । एउटा त, अपूर्व मनोरञ्जक, अकोर् प्रतिपक्षमा वस्नु परेको र सत्ताको स्वाद निल्न नपाएको पीडाको तुष्टि । यस्ता क्रियाकलाप भइदिए पत्रकारलाई पनि जोगीको कुटीमा दरबारको सिदा प्राप्त भए झैं हुन्थ्यो । यस्ता घटनालाई बेलुन फुलाए झैँ तन्काएर लेख्थे अनि पाठकलाई पनि पढ्न स्वाद आउँथ्यो । र पो पत्रिकाका निम्ति खचेर्को रकमको पनि राम्रो असुली हुन्थ्यो ।
अलिअलि त लेख्तै पो थिए यी पत्रपत्रिकाहरू — नेता, मन्त्री, भ्रष्ट, तस्कर, माफियाहरूलाई छुन चलाउनतिर लाग्नुभन्दा बरु मल्खु ढल्कु गदैर् मुखिया खरिदार सुब्बाहरूले घुुस खाएकै समाचार भए पनि पढ्न पाइँदैथ्यो । भात नखाई भुटेको मकैले छाक टारेजस्तो पत्रिका पढ्नेहरूको छाक टदैर् थियो । हैन आजको पत्रिकामा त केही नै समाचार पो छैन त ! देशमा कुनै आक्रोश असन्तोष विद्रोह केही नै नभए जस्तो ! रामराज्यै पल्टियो कि क्या हो ?
लु, अरु त कुरो छोडौं । देशमा दैनिकजसो आत्महत्याका समाचार आउँथे, कुनै महिला आफ्ना दुई–तीन जना नानीहरूलाई पटुकीले कम्मरमा बाँधेर कोशी–कर्णालीमा फाल हानेको समाचार आउँथ्यो । कोही लेखपढ गर्न जान्नेले डेढ हात लामो चिठ्ठी लेखेर बिष घुड्क्याउँथ्यो । कोही आत्महत्याको निम्ति डोरीको प्रयोग गर्दा डोरी चुँडिएर घुँडा कुइना भत्काएर पुलिसको निगरानीमा अस्पताल पुग्थ्यो । जंगली च्याउ खाएर, रातो माटोको मड्केनोमा पुरिएर, पैह्राले लगेर, पानीमा डुबेर यस्तै अनेक तरहले बाबुराम भट्टराईले बामपन्थी परित्याग गरे झैं परलोकको बाटो लागेर इहलोक परित्याग गथेर् । तर, अचेल त पत्रिकामा केही नै छैनन् यस्ता समाचार ! एनजीओ–आइएनजीओका तारे होटलहरूमा ‘गरीबी निवारण’ शीर्षकमा कार्यक्रममा स्वरुचि भोजनमा पैसाको नाश भए झंै आजको पत्रपत्रिकाको खर्च स्वाहा !
आजका राष्ट्रिय स्थानीय, दैनिक, साप्ताहिक सबै पत्रिका हेरेर निराशै भइयो । कसैले बन्द हड्तालको आयोजना गरेको, जिल्ला बन्द, देश बन्द गरेको समाचार छैन । अथोर्क नभए पनि स्कूल कलेज त बन्द हुनु पनेर् नि, त्यो पनि छैन । हाकिम मन्त्री नेता सेठ महाजन चढ्ने गाडी बन्द नभए पनि सर्वसाधारण निरीह जनता चढ्ने यात्रुवाहक बस गाडी त बन्द गनेर् गथेर्, त्यो पनि छैन । कुनै कार्यालयमा घेराउ धर्ना गरेको समाचार पनि कत्ति नै आँखा तिखारेर पढ्दा पनि फेला परेन । यस्तो भएपछि किन तिर्नु पत्रिकालाई पैसा ?
सधंै त समाचार पढ्दा केही न केही उपलब्धि हुन्थ्यो । छोराले बाबुलाई चिर्पटले हानेर ठाउँका ठाउँ भुतुक्कै बनाएको समाचार पढ्न पाइन्थ्यो । दाइजो नलिई आउने बुहारीलाई लोग्ने सासू नन्द ससुरो मिलेर मट्टितेल खन्याएर आगो लगाएको खवर आउँथ्यो । जग्गाको सिमानामा झगडा भएर दाजुले भाइलाई र कहिले भाइले दाजुलाई डण्ठाले बसालेको खबर पत्रिकामा लेखिन्थ्यो । हुक लगाएर बिजुली चोर्दा चोनेर्को प्राणपखेरु उडेको जौडे खबर पढ्न पाइन्थ्यो । खोलामा माछा मार्न करेन्ट लाउने आफैं करेन्टले तमाम भएको पनि भनिन्थ्यो । तर, आज चाहिँ पत्रिका पढ्नकै दुःख मात्रै भयो; कत्तै केही चखिलो खबरै छैन ।
आरक्षित डाक्टरले रोगीको अप्रेशन गर्दा धागो कैंची भुँडीभित्रै छोडेको, भाँचिएको खुट्टो टेक्न लगाएर अकोर् खुट्टाको अप्रेशन गरेको, पाँच–सात हजार पैसाको लोभले नर्मल डेलिभरीलाई पनि हत्तनपत्त भुँडी चिरेर बच्चो निकालेको, पैसाकै निम्ति अनावश्यक चेकजाँच गरी लूटपाट मच्चाएको, बिरामीका आफन्तले आफूलाई अन्याय भयो भनेर अर्जी गरे तिघ्रे–पाखुरे बाउन्सरहरू अघि सारेको आदि जस्ता चटनीयुक्त समाचार आजका पत्रिकामा कतै भेटिएन । नर्सरी कक्षामा भर्ना गर्दा कुनै नानीको अनेक शीर्षकमा जोडिएको पन्ध्र–बीस हजार शुल्क बरु कुनै गरीब चोरले चोरेको भए हुन्थ्यो भनेर मन खिन्न भए झैं आजको पत्रिकाको पैसा तिरेकोमा मन खिन्न भयो ।
कहिलेकाहीं त पत्रिकामा पुलिस, प्रशासन, हाकिम, नेताहरूका तस्कर–माफियाहरूसँगका सेटिङका समाचार आउँथे । कहिले अपहरण फिरौतीका खबर आउँथे । सेटिङका क्रममा यदाकदा केन्द्रीय नेताहरू नै सम्बन्धित ठाउँमा पुगेर मध्यस्थता गरेको पढ्न पाइन्थ्यो । सुन क्षणभरमै पित्तल बनेको उदेकलाग्दा महंगा समाचार पनि दश रुपैया तिरेर सस्तैमा पढ्न पाइन्थ्यो । लेनदेन हिसाबकिताब, भागबण्डामा गडबडी हुँदा एयरपोर्टमा सुन पक्राउ पथ्योर् र प्रहरीले बहादुरीका साथ भरियालाई पक्रिएर छाती फुलाएको गज्जब समाचार पढ्दा स्वाद आउँथ्यो । तर, आजका कुनै पत्रिकामा पत्रिका किनेको पैसा असुली भएको अनुभूति हुन पाएन । कसैले काहीँ कतै केही लेखेका छैनन् ।
घुस खाएको थाहा पाएर स्थानीय तहका नेताहरूलाई नाङ्गेझार पारेर मोसो दलेर गाउँ–शहर घुमाएको समाचार पढ्दा–सुन्दा जनता अलिकति भए पनि शीत्तल महसूस गथेर् । घुसका पैसाले भट्टीहरू गाँजिएका मौलाएका समाचार पनि टेसिलै हुन्थे । राजमार्गका शहर–बजारका होटलहरूमा हैजाजस्तै फैलिएको देहव्यापारको समाचार पढ्दा पनि मुखमा चक्लेट चुसेर बसे झैं एकप्रकारको आनन्दको सञ्चार हुन्थ्यो । बनाउँदा–बनाउँदै पाप्रा उप्किएर बर्बाद भएको असारे विकासको कालोपत्रे बाटाको फोटो सहित समाचार आउँदा पत्रिका किनेको पैसाको ठीक सदुपयोग भएको अनुभव हुन्थ्यो । तर, खै आजका कुनै पत्रिकामा उसको दामको मूल्य बराबरको समाचार नै छैन ।
कस्ले कस्को घर जग्गा कब्जा गरेको, कुन जिमिदार सामन्तको जमीनमा कुन पार्टीले झण्डा गाडेको, कुन मन्दिर जंगल, खेालाको जग्गा मालपोतले कस्का नाउँमा पास गर्दिएको आदि जस्ता समाचार बिनाको पत्रिका के पढ्नु ? यस्ता तालले पत्रकारहरूले गरिखालान् जस्तो लागेन है मलाई त !
भीड हुलहुज्जतले कानूनलाई सलक्कै निलेको, कुनै व्यक्तिलाई जङ चलेर नेपाल बन्दको आव्हान गरेको, दैनिक दुई–चार ठाउँमा बलात्कारका घटना भएको, बोक्सीको आरोपमा कसैलाई मलमूत्र खुवाइएको जस्ता मूल्यवान समाचार किन आउनै छोडे ? अब पाठकले के का निम्ति पत्रिका किन्नु ? हिजो–अस्ति सम्म पनि बोर्डिङ स्कूलका मास्टर मास्टरनीहरूले मालिकले तलबमा ठगेको रिस आक्रोश कलिला नानीहरूमा पोखेर तिघ्रा–ढाडमा सुम्ला बसाएको नरम मलुवा समाचार भए पनि पढ्न पाइँदै थियो । आजका पत्रपत्रिकामा त केही नै छैन घतलाग्दो समाचार ! उपलब्धिविहीन पत्रपत्रिकाको खर्च पनि कर तिरेजस्तै हुने भो । जनताले गाँस काटेर कर तिर्छन्, नेता मन्त्रीहरू चैं को महंगो गाडी चढ्ने भनेर प्रतिस्पर्धामा उत्रिन्छन् ।
ठूल्ठूला करदाताहरूको अदालतबाटै कर तिर्नु नपनेर् जस्ता फैसला भएका कुरा समाचारमा आउँथ्यो । मन्त्रीहरूले धान महोत्सव मनाउने क्रममा खेतमै पुगेर रोपाहारसँग आलिङ्गन गरेका सचित्र समाचार पढ्न पाइन्थ्यो । कहिलेकाहीँको झडपमा आन्दोलनकारीले प्रहरीको टाउको फोरेको, प्रहरीले आन्दोलनकारीका करङ ढुट्याएको तेजिलो समाचार पढेर स्वास्थ्यलाभ हुन्थ्यो । पार्टीहरू पनि अनेक लबीमा चर्किदै मर्किदै चोइटिएर फुटेको तातो जुलपी जस्तो समाचारले स्फूर्ति पैदा गथ्योर् । आजका पत्रपत्रिकामा त्यस्तो पनि केही छैन । आफ्नो देशमा चाखलाग्दा बितण्डाहरू नभएपछि विदेशकै भएपनि तानेर लेख्नु नि, रौं ठडिने समाचारहरू ! यस्ता समाचार भएनन् भने त पत्रकारिता पेशा नै धरापमा पर्न बेर छैन । ताजा राम्रा चखिला टेसिला चोटिला समाचार नपाए युवतीहरूका अर्धनग्न यौनजन्य तस्वीरसम्म त पस्किन सकिन्छ होला नि पत्रिकामा । नत्र पाठकले चाहिँ के का निम्ति पैसा तिर्नु ? ‘अल्छेको केरा खेती’ भन्ने उखान झैं पत्रकारले पनि राम्रा समाचार खोज्न लेख्न छाप्न छोड्ने हो भने गाउँतिर पसेर अब केरा खेती गर्न थाले भयो । अरु कुरा जे–जे भए पनि आजको पत्रपत्रिकामा भएको मेरो खर्च चाहिँ कस्ले व्यहोर्छ ? यो चैं महत्वपूर्ण बहसको विषय हुनुपर्छ ।
झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।
