
Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
झापा अनलाइन
झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।
भद्रपुर, १४ जेठ । भारतले पूर्वी नाकाबाट पेट्रोलियम पदार्थ बोकेर नेपाल भित्रिन लागेका ७३ ट्याङ्करलाई पश्चिम बङ्गालको पानीट्याङ्की भन्सारमा रोकेपछि पूर्वमा पेट्रोलियम पदार्थको अभाव भएको छ । अनलाइन माध्यमबाट भन्सार ‘इन्ट्री सिस्टम’ शुरु गरिएको जनाउँदै भारतीय भन्सारले चार दिनदेखि तेलवाहक नेपाली ट्याङ्करलाई नाकामै रोकेर राखेको नेपाल आयल निगम चारआली कार्यालयका सूचना अधिकृत लोकमणि पौडेलले बताए । उनका अनुसार पेट्रोलियम पदार्थ बोकेका मेचीका ५३ र विराटनगरका २० गरी ७३ ट्याङ्कर पानीट्याङ्की नाकामा थन्किएका हुन् । यही कारण मेची अञ्चलका सबै पेट्रोलपम्पहरु बन्द भएका छन् । चार दिनदेखि झापा, इलाम, पाँचथर र ताप्लेजुङसहितका ६० पेट्रोल तथा डिजलपम्प बन्द भएपछि पेट्रोलियम पदार्थको हाहाकार…
खुदुनाबारी, १३ जेठ । अर्जुनधारा नगरपालिकाका प्रमुख हरिकुमार रानाले वडाबासीसँग बसेर वडाको नीति कार्यक्रम ल्याए वडाबासीको भावना समेट्न सके विकास कार्यमा बाधा अड्चन नआउने बताएका छन् । सोमबार वडा नं. ५ ले आयोजना गरेको वडाको समिक्षा कार्यक्रममा प्रमुख रानाले वडाबाटै नगरको समृद्धि हुने भएको हुँदा जग बलियो बनाउन वडामा निष्पक्ष, निस्कलंकका साथ विकास गर्न जरुरी रहेको बताए । ‘हामी नगरको विकास गर्न भनेर जनताले चुनेका हुन् । हामीले निर्माण गरेका भौतिक संरचना जनताले उपभोग गर्न पाएनन् भने लोकतान्त्रिक गणतन्त्र नेपालको कुनै अर्थ रहँदैन’ प्रमुख रानाले अगाडि भने, ‘हामी जे गर्छौं त्यसको प्रत्यक्ष लाभ जनताले पाउनुपर्छ ।’ बैसाबाडी स्थित वडा कार्यालयको…
बिर्तामोड, १३ जेठ । बिर्तामोड आसपासका सौन्दर्यकर्मी महिलाहरुलाई बेरिना कम्पनीले सोमबार एक दिने कपाल सौन्दर्यसम्बन्धी अभिमुखीकरण प्रदान गरेको छ । अतिथि सदनमा भएको प्रशिक्षण कार्यक्रममा बिर्तामोडका दुई सय ब्युटिसियनको सहभागिता रहेको बेरिना कम्पनीका बिक्री प्रमुख राजेश जालानले जानकारी दिए । अभिमुखीकरणमा सहभागी महिलाहरुलाई हेयर स्ट्रेट, हेयर कलर, हेयर कटिङ, हेयर ट्रिटमेन्ट लगायत विषयमा प्रयोगात्मक जानकारी एवम् प्रशिक्षण दिइएको थियो । प्रशिक्षणको स्थानीय संयोजन बिर्तामोडस्थित रुपश्री कस्मेटिक र राजश्री कस्मेटिकले गरेका थिए । स्थानीय आयोजकका प्रमुख धर्म शाहका अनुसार बेरिना कम्पनीको आयोजनामा भएको अभिमुखीकरणबाट ब्युटिसियनहरुले प्रयोगात्मक रुपमै कपालको स्याहार र सौन्दर्यसम्बन्धी ज्ञान लिएका थिए । कार्यक्रममा छजना महिलाहरुको कपालको प्रयोगात्मक अभ्यास…
सुरुङ्गा , १३ जेठ । झापाको शिवसताक्षी नगरपालिका ३ पारावारीमा आयोजित तेस्रो प्रदेश स्तरीय खुल्ला पुरुष भलिबलको उपाधि झापा गाउँपालिका शरणामतीले हात पारेको छ । आज ( सोमवार ) सम्पन्न फाइनल खेलमा छिमेकी टिम कनकाई नगरपालिका झापालाई पराजित गर्दै शरणामतीले नगद १ लाख १ हजार सहितको उपाधि रक्षा गरेको हो । दोस्रो बनेको कनकाई नगरपालिकाको टिमले भने नगद ५१ हजार रुपैँया र ट्रफि पाएको छ । यो जितसगै झापा गाउँपालिकाले यहि एक सातामै दुई उपाधि जितेको छ । गत शनिवार मात्रै झापा गाउँपालिकाले समेत सुनसरीको इनरुवामा जारी प्रदेश स्तरीय प्रतियोगिताको समेत उपाधि जितेको थियो । वडा खेलकुद विकास समिति शिवसताक्षी…
विर्तामोड, १३ जेठ । गणतन्त्र दिवसको अवसर पारेर विर्तामोड नगरपालिकाको खेलकुद विकास समितिले आयोजना गरेको प्रथम नगरस्तरीय अन्तर वडा खेलकुदअन्तर्गत सोमबार भएको दोस्रो सेमीफाइनल खेलमा वडा नं ७ विजयी भएको छ । वडा नं ७ ले वडा नं १० लाई ४–२ गोल अन्तरले पाखा लगाउँदै गणतन्त्र दिवसको दिन बुधबार सम्पन्न हुने फाइनलमा वडा नं ४ सँगको भेट पक्का गरेको हो । आइतबार पहिलो सेमीफाइनल खेलमा वडा नं ४ ले वडा नं ५ लाई पाखा लगाएको थियो । स्थानीय डोमालाल रङ्गशालामा सोमबार सम्पन्न उपाधिको दाबेदार मानिएको वडा नं १० लाई वडा नं ७ ले सहजै पराजित गरेको छ । खेलको म्यान…
गौरादह, १३ जेठ । गौरादह १ स्थित लालपैनी पुल माथि संकास्पद बस्तु देखिए पछि गौरादहमा दिनभर तनाव ग्रस्त भएको थियो । पाडाजुगी गौरिगञ्ज सडक खण्डको गौरादह डिपु चोकदेखि करिव १ कि.मी. उत्तर मा रहेको लालपैनी पुल माथि संकास्पद बस्तु फेला परेको हो । संकास्पद बस्तुलाई रातो कपडाले बेरेर टेप लगाई तारले बाधिएको अवस्थामा राखिएको थियो । प्रधानमन्त्री के.पी. शर्मा ओलीको फोटो राखि त्यसमाथि संकास्पद वस्तु राखिँदा सधैं भरि मानिसहरुको चहलपहल रहने गौरादहको डिपुचोक आज भने सुनसान देखिएको थियो भनें गौरादहबासीहरु ससंकित बनेका थिए । विहान करिव ११ बजे सडकमा हिड्ने यात्रीहरुले संकास्पद बस्तु देखेपछि प्रहरीलाई जानकारी गराएका थिए । इलाका…
सान नेपालगौरादह, १३ जेठ । झापाको गौरादहमा प्रदेश स्तरिय खुला व्याडमिन्टन प्रतियोगिता सुरु भएको छ । गौरादह नगर वार्ड नं. १, २ र ३ को संयुक्त आयोजनामा भएको खेलमा ३२ टिमको सहभागीता रहेको छ । सामुदायिक भवनमा सञ्चालन भएको खेलमा पहिलो दिन १० वटा टिमले प्रतियोगितामा सहभागिता जनाइसकेका छन् । सोमवार विहान गौरादह नगरपालिकाका मेयर रोहित कुमार साहले खेलको उद्घाटन गरेका थिए । त्यस अवसरमा दमक नगरपालिका र गौरादह नगरपालिकाका जनप्रतिनिधीहरु बिच भएको मैत्रीपुर्ण उद्घाटन खेलमा दमक नगरपालिकाका जनप्रतिनिधी विजय भएका थिए । १५ गतेसम्म सञ्चालन हुने खेलमा विजेता टिमले नगद ४१ हजार र उपविजेताले ३१ हजार र तेस्रो हुने…
मेचीनगर, १३ जेठ । झापाको मेचीनगरमा पहिलो पटक प्रथम मेचीनगर खेलकुद महोत्सव हुने भएको छ । मेचीनगर नगर स्तरीय खेलकुद विकास समितिले सोमवार पत्रकार सम्मेलन आयोजना गरी जेठ १५ गते बुधबारदेखि जेठ २३ गतेसम्म हुने महोत्सवको तयारी पुरा भएको जनाएको छ । नगर स्तरीय खेलकुद विकास समितिका अध्यक्ष तथा वडानम्बर ४ का वडाध्यक्ष सामाजिक विकास समिति संयोजक नविन वरालले महोत्सवमा महिला तथा पुरुषतर्फको म्याराथन, फुटबल, क्रिकेट, भलिवल, कवव्डी, एथलेटिक्स तथा मार्सल आर्ट प्रस्तुत गरीने पत्रकार सम्मेलनमा जानकारी दिए । महोत्सवमा आयोजना गरीने यी खेलहरु नगरभित्र रहेका निजी तथा सामुदायिक विद्यालयबीच प्रतिस्पर्धा हुने समितिका सचिव अनन्तप्रकाश वस्तीले जानकारी दिनुभयो । उनका…
भद्रपुर, १३ जेठ । नेपाल प्रेस युनियनको २८ औं स्थापना दिवसको अवसर पारेर प्रेस युनियन झापार्ले प्रेस स्वतन्त्रता र वर्तमान अवस्था विषयक अन्तरक्रिया सम्पन्न गरेको छ । झापा अध्यक्ष इन्दु पूर्वेलीको अध्यक्षता तथा पूर्व संसद सुधीरकुमार शिवाकोटीको प्रमुख आतिथ्यमा सम्पन्न अन्तरक्रियामा सहभागी अग्रज पत्रकारहरूले प्रेस स्वतन्त्रता हरणमा मिडिया काउन्सिल विधेयक रहेको धारणा राखेका थिए । कार्यक्रममा धारणा राख्दै युनियनका पूर्व केन्द्रीय सचिव चिन्तामणि दाहाल, पूर्व केन्द्रीय सदस्य कृष्ण हुमागाई, केन्द्रीय सदस्य गोविन्दचन्द्र क्षेत्री, अग्रज पत्रकार लक्ष्मण ढकाल लगायतले धारणा राख्दै सरकारले अधिनायक चरित्र स्थापित गर्न मिडिया काउन्सिल विधेयक ल्याएको आरोप लगाए । यो विधेक परिमार्जन नभए स्वतन्त्र पत्रकारिता मध्यकालीन तानाशाही…
द्रोण अधिकारीभद्रपुर, १३ जेठ । सीप विकास कार्यालय भद्रपुरबाट ३५ हजार घूस रकम सहित २ जना कर्मचारी पक्राउ परेका छन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको क्षेत्रीय कार्यालय इटहरीको टोलीले सेवाग्राहीबाट लिएको ३५ हजार नगद सहित कार्यालय प्रमुख सुमेन्द्र मण्डल तथा नायब सुब्बा राजकुमार धिमाललाई कार्यकक्षबाटै पक्राउ गरेको हो । आयोगका प्रहरी निरीक्षक राजन कार्कीको टोलीले प्रमुख मण्डल तथा नासु धिमालले विद्युत तालिम सञ्चालन वापत सेवाग्राहीबाट कमिशन स्वरूप लिएको ३५ हजार नगद कार्यकक्षमै रहेको दराजबाट निकाल्न लगाई पक्राउ गरेका थिए । तालिम सञ्चालनका लागि स्थान निर्धारण र संस्था छनौटमा कमिशन माग्ने गरेको आरोप लागिरहेका प्रमुख मण्डल र नासु धिमाललाई विशेष सूचनाका…