
सान नेपाल
गौरादह, १३ जेठ । झापाको गौरादहमा प्रदेश स्तरिय खुला व्याडमिन्टन प्रतियोगिता सुरु भएको छ ।
गौरादह नगर वार्ड नं. १, २ र ३ को संयुक्त आयोजनामा भएको खेलमा ३२ टिमको सहभागीता रहेको छ । सामुदायिक भवनमा सञ्चालन भएको खेलमा पहिलो दिन १० वटा टिमले प्रतियोगितामा सहभागिता जनाइसकेका छन् । सोमवार विहान गौरादह नगरपालिकाका मेयर रोहित कुमार साहले खेलको उद्घाटन गरेका थिए ।
त्यस अवसरमा दमक नगरपालिका र गौरादह नगरपालिकाका जनप्रतिनिधीहरु बिच भएको मैत्रीपुर्ण उद्घाटन खेलमा दमक नगरपालिकाका जनप्रतिनिधी विजय भएका थिए । १५ गतेसम्म सञ्चालन हुने खेलमा विजेता टिमले नगद ४१ हजार र उपविजेताले ३१ हजार र तेस्रो हुने टिमले १५ हजार हात पार्ने खेल समितिका संयोजक पुण्य सिग्देलले जानकारी गराए ।
झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।

