झापा अनलाइन

झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।

काठमाडौँ, ६ जेठ । मुलुकको पूर्वाधार निर्माणमा सबैभन्दा धेरै हेलचेक्र्याइँ गरेको आरोप लागका ठेकेदार कम्पनी सिटिसिई कालिका र पप्पु कन्सट्रक्सनले अब कुनै पनि ठेक्कामा प्रतिस्पर्धा गर्न नपाउने भएका छन् । सरकारले हालै संसोधन गरेको सार्वजनिक खरिद नियमावलीले अदालतमा मुद्दा परेका ठेकेदार कम्पनीलाई ठेक्का प्रक्रियामा सहभागी नबनाउने नियम बनाएसँगै यी दुई कम्पनीले प्रतिस्पर्धा गर्न नपाउने भएका हुन् । राम्रो काम नगरेको आरोपमा यी दुवै कम्पनीको मुद्दा अदालतमा विचाराधीन छ । कालिका र पप्पुजस्तै अदालतमा मुद्दा परेका अन्य कम्पनीले पनि अब ठेक्का प्रक्रियामा प्रतिस्पर्धा गर्न पाउने छैनन् । आजको नागरिक दैनिकमा खबर छ ।

Read More

बिर्तामोड, ६ जेठ । लागूऔषध तथा कूलतमा फसेकाहरुलाई सहयोग गर्ने उदेश्यले झापाको बिर्तामोडमा १५ दिने मिनी मेला शुरु भएको छ । शान्ति समूह नेपाल सुधार केन्द्र बिर्तामोडको आयोजनामा जेठ १ गतेदेखि १५ गतेसम्म मेलाको आयोजना गरिएको मेला आयोजक समितिले आइतवार पत्रकार सम्मेलन गरी जानकारी दिएको हो । लागूऔषध न्यूनीकरण, जनचेतनामुलक कार्यक्रम, लागूऔषधका घाइते तथा विरामीलाई आर्थिक सहयोगका निमित्त मेलाको आयोजना गरिएको मेला आयोजक समितिका संयोजक दिलु दाहालले बताए । मेलामा १५ देखि २० वटा स्टल समेत रहने उनले बताए । मेलामा रोटेपिङ, नाउरेस, ड्राइगेन रेस, सिक्स रेस, हात्ति घोडा रेस, डटखेल, वल खेलसहित स्थानीय तथा राष्ट्रिय कालाकारहरुको सांस्कृतिक कार्यक्रम समेत…

Read More

हल्दिबारी, ६ जेठ । स्थानीय स्तरमा खेलाडी उत्पादन गर्ने उदेश्यले दोस्रो हल्दिबारी गाँउपालिका वाडस्तरीय नकआउट फुटबल प्रतियोगिता आजदेखि हुँदैछ । प्रतियोगिता उद्घाटन हल्दिबारी गाँउपालिकाका अध्यक्ष रविन्द्रप्रसाद लिङ्देनले गर्दै छन् । ५ वडाका ‘ए’ र ‘बी’ गरी १० टोली सहभागी हुने युवा तथा खेलकुद परिषद् हल्दिबारीका अध्यक्ष महेश मेचेले जाकारी दिए । उद्घाटनका अवसरमा जनप्रतिनिधि र कर्मचारीको बीचको मैत्रीपूर्ण खेलका साथै सांस्कृतिक कार्यक्रम समेत हुनेछ । आजको उद्घाटन खेल वडा नं १ को ‘ए’ र वडा नं २को ‘बी’ टीम बीच हुनेछ । फाइनल खेल जेठ ११ गते हुनेछ । विजेताले नगद ५० हजार र उपविजेताले ३० हजार र शिल्ड प्राप्त…

Read More

रूपेन्द्र शेर्मा उर्लाबारी, ६ जेठ । कांगे्रस नेता कृष्ण सिटौलाले कम्युनिष्ट सरकारले सिँगो देशलाई कब्जा गरेको आरोप लगाए । वर्तमान सरकार जनताको नभई कम्युनिष्टको मात्र भएको उनले दाबी गरे । कांग्रेसको राष्ट्रिय जागरण अभियानअन्तर्गत आइतबार मोरङको उर्लाबारीमा आयोजित कार्यक्रममा सिटौलाले ओली सरकारको कडा आलोचना गरे । उनले सरकारले प्रेसमाथि नियन्त्रण गर्न खोजेर लोकतन्त्र माथि नै धावा बोलेको आरोप लगाए । सिटौलाले पार्टी नेतृत्वले भातृ सँगठनहरुलाई राम्रोसँग परिचालन गर्न नसकेको बताए । तरुण दल, नेविसंघ र महिला संघ कुनैपनि भातृ संगठनहरुले राम्रोसँग काम नगरिरहेको सिटौलाले बताए । उनले पार्टीभित्र आपसी बैमनस्यता र र कलह अन्त्य हुनुपर्नेमा जोड दिए । कांग्रेस मोरङका…

Read More

काठमाडौँ, ६ जेठ । देशभरका हरेक जिल्लासहित स्थानीय तहसम्म ‘नेटवर्क ब्याकबोन’ तयार गर्ने लक्ष्यकासाथ सोमबारबाट अप्टिकल फाइबर बिछ्याइँदैछ । सरकारी स्वामित्वको नेपाल टेलिकमले जिम्मा पाएको प्रदेश एक, दुई र तीन अन्तर्गत विभिन्न तीन ठाउँबाट एकैपटक फाइबर बिछ्याउने कार्यक्रम छ । सरकारको डिजिटल नेपाल बनाउने योजना साकार पर्न महत्वपूर्ण मानिएको यसको औपचारिक सुरुवात धादिङको गल्छी गाउँपालिकास्थित मासटारबाट प्रधानमन्त्री केपी शर्मा ओलीले सोमबार दिउँसो १ः०० बजे गर्दै छन् । त्यस्तै सिन्धुलीको खुर्कोट र धनकुटाको हिलेमा पनि सोमबार नै फाइबर बिछ्याउने कामको औपचारिक सुरुवात हुनेछ । टेलिकमले पाँचथरको चिवाभञ्ज्याङ्देखि गोरखाको आरुघाटसम्म मध्यपहाडी लोकमार्ग हुँदै दुई हजार ३७६ किलोमिटर फाइबर बिछ्याउनेछ । यसरी बिछ्याइने…

Read More

काठमाडौँ, ६ जेठ । भारतमा १७ औं लोकसभा चुनावअन्तर्गत आइतबार सातौं अर्थात अन्तिम चरणको मतदान सकिएको छ । मतदान पूरा भएलगत्तै सार्वजनिक भएका आधा दर्जन मत सर्वेक्षण (एग्जिट पोल) का नतिजाले भारतीय जनता पार्टी नेतृत्वको राष्ट्रिय लोकतान्त्रिक गठबन्धन (एनडीए) कै सत्ता निरन्तर रहने प्रक्षेपण गरेको छ । सर्वेक्षणहरुले लोकसभा चुनावमा एनडीएले २ सय ८० देखि ३ सय सिट जित्ने अनुमान गरेका छन् । ५ सय ४३ सदस्यीय तल्लो सदन लोकसभामा बहुमतका लागि २ सय ७२ सिट भए पुग्छ । सर्वेक्षणहरुको नतिजालाई आधार मान्ने हो भने नरेन्द्र मोदी फेरि प्रधानमन्त्री बन्ने निश्चित देखिन्छ । आजको कान्तिपुर दैनिकमा खबर छ ।

Read More

काठमाडौँ, ६ जेठ । अमेरिकी सरकारले नेपालको अध्यागमन र विमानस्थलको सुरक्षाप्रति अमेरिकीको गम्भीर चासो व्यक्त गरेको छ । श्रीलंकामा भएका आतंकवादी आक्रमणको घटना, भारतसँगको खुला बोर्डर तथा नेपालमा उत्तर कोरियालीको उपस्थिती बढिरहेको सन्दर्भलाई जोडेर अमेरिकाले नेपाली अध्यागमन सुरक्षामा चासो देखाएको हो । उसले नेपाली अध्यागमनमा बोर्डर कन्ट्रोल बायोमेट्रिक्ससहितको विश्वासिलो सप्टवयेर आवश्यक रहेको बताउँदै आएको छ । अध्यगमन सुरक्षामा ‘लुप होल’ हरु नदेखाउन यो सप्टवेयर राख्नुपर्ने उसको सुझाव छ । आजको अन्नपूर्ण पोस्ट दैनिकमा खबर छ ।

Read More

काठमाडौँ, ६ जेठ । पशुपतिनाथका नाममा काठमाडौँ उपत्यकामै १८ हजार रोपनी जग्गा छ । आनाकै लाखौं पर्ने यति धेरै जग्गाको आयस्ता अर्बौं हुन सक्छ । तर, १७ हजार रोपनीबाट भाडा उठ्छ– वर्षको जम्माजम्मी ७४ लाख रुपैयाँ । बरु १ हजार १ सय २६ रोपनी उपभोग गर्ने त्रिभुवन विमानस्थलले वर्षको करोड तिर्छ । त्यो पनि अति कम हो ।पशुपति क्षेत्र विकास कोषका तीनवटा कार्यालयले वार्षिक ७४ लाख १७ हजार ९ सय ५३ रुपैयाँ मात्रै कुत पाउने गरेको कोषध्यक्ष डा. मीलनकुमार थापाले जानकारी दिए । आजको अन्नपूर्ण पोस्ट दैनिकमा खबर छ ।

Read More

कवि– दीपक चापागाई कनकाई –२ झापा नेपाल आमा फेरी बुद्ध जन्माइ देउ तिम्रो काखमा शान्तिको बालक लुटपुटीदै लुम्बिनीको आगनमा तोते बोल्दै खेलेको हेर्नलाई हामी सगरमाथाको आधार शिबिरबाट टेलिस्कोपको साहेतामा कहिले मेचिपारी टिष्टासम्म कहिले महाकाली नदीपारी काँगडासम्म लेन्स घुमाएर फेरी लुम्बिनीमा नै विश्व शान्तिको कामना गर्दै हामी पुरै ग्रेटर नेपाल घेर्न हेरिरहेका छौँ । नेपाल आमा तिमीले जन्माएको बुद्ध हाम्रो साथमा लिएर हामी नेपाली कहिले कोसोको, कहिले हैटीको कहिले इजरायल र प्यालेस्टाइनको बीच उभ्याएर बारुदको गन्घमा सिया र सुन्नीलाई सिरियामा शान्तिको सुवाषना छर्दै हामी कारगिल र कास्मिर बीच पुगेर शान्ति र सम्बृद्धीको बिगुल फुक्दै युद्धले चिरा चिरा पारिएको घाऊ पानी परेर…

Read More

काठमाडौं, ५ जेठ । नेपाल सरकारले यस वर्षको गणतन्त्र दिवसलाई भव्यतापूर्वक मनाउन विभिन्न तयारी थालेको छ । प्रचारप्रसार उपसमितिका संयोजकका हैसियतले सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाले जनताको बलिदानबाट प्राप्त भएको गणतन्त्रको उपलब्धिलाई संस्थागत गर्ने गरी कार्यक्रम तय गर्नुपर्ने बताएका छन् । आज अपरान्ह् सञ्चार तथा सूचना प्रविधि मन्त्रालयको सभाकक्षमा आयोजित उपसमितिको बैठकमा उनले यही जेठ १५ गतेका दिन मनाइने ११ औँ गणतन्त्र दिवसका अवसरमा गणतन्त्रका लागि गरिएका संघर्षहरु र गणतन्त्र प्राप्तिपछि जनताले हासिल गरेका उपलब्धिलाई जोड दिने गरी आम जनता माझ कार्यक्रम लैजान आग्रह गरे । सो अवसरमा मूल समारोह समितिले निर्धारण गरेका कार्यक्रमका अतिरिक्त थप आकर्षक र शैक्षिक…

Read More