
हल्दिबारी, ६ जेठ । स्थानीय स्तरमा खेलाडी उत्पादन गर्ने उदेश्यले दोस्रो हल्दिबारी गाँउपालिका वाडस्तरीय नकआउट फुटबल प्रतियोगिता आजदेखि हुँदैछ ।
प्रतियोगिता उद्घाटन हल्दिबारी गाँउपालिकाका अध्यक्ष रविन्द्रप्रसाद लिङ्देनले गर्दै छन् । ५ वडाका ‘ए’ र ‘बी’ गरी १० टोली सहभागी हुने युवा तथा खेलकुद परिषद् हल्दिबारीका अध्यक्ष महेश मेचेले जाकारी दिए ।
उद्घाटनका अवसरमा जनप्रतिनिधि र कर्मचारीको बीचको मैत्रीपूर्ण खेलका साथै सांस्कृतिक कार्यक्रम समेत हुनेछ ।
आजको उद्घाटन खेल वडा नं १ को ‘ए’ र वडा नं २को ‘बी’ टीम बीच हुनेछ । फाइनल खेल जेठ ११ गते हुनेछ । विजेताले नगद ५० हजार र उपविजेताले ३० हजार र शिल्ड प्राप्त गर्नेछन् ।
झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।

