
Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
झापा अनलाइन
झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।
काठमाडौं, ६ वैशाख । कमल थापा नेतृत्वको राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले धर्मनिरपेक्षताविरुद्ध राजधानीमा प्रदर्शन गर्ने भएको छ । राप्रपाले शुक्रबार दिउँसो २ बजे रत्नपार्कमा धर्मनिरपेक्षता खारेज गर्न माग गर्दै प्रदर्शन गर्न लागेको हो । राप्रपाले विरोध प्रदर्शनमा उपस्थित हुन आफ्ना सम्पूर्ण नेता तथा कार्यकर्तालाई उर्दी जारी गरेको छ । राप्रपाका अध्यक्ष कमल थापाले विदेशीको दबाव र प्रभावमा धर्मनिरपेक्षताको व्यवस्था गरिएकाले त्यसको खारेजीका लागि दबाव दिन आज प्रदर्शन गर्न लागेको बताएका छन् । उनले एक ट्वीट गर्दै घरमा माला जपेर हिन्दु राष्ट्र नआउने भएकाले सडकमा ओर्लन सबैलाई अपिल गरेका छन् । ‘घर बसेर, माला जपेर हिन्दुराष्ट्र आउंदैन’, थापाले ट्वीटरमा लेखेका…
भारतमा जारी १२ औं संस्करणको इण्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा मुम्बई इण्डियन्सले दिल्ली क्यापिटल्सलाई पराजित गरेको छ । बिहिबार भएको खेलमा मुम्बईले नेपाली राष्ट्रिय टोलीका सदस्य सन्दीप लामिछाने रहेको दिल्लीलाई ४० रनले हराएको हो । दिल्लीका लागि शिखर धवनले सर्वाधिक ३५ रन जोड्दा अक्षर पटेलले २६ रन बनाए । यस्तै पृथ्वी शले २० तथा क्रिस मोरिसले ११ रन बनाए । मुम्बईविरुद्ध पनि दिल्लीले नेपाली लेग स्पिनर सन्दीपलाई खेलाएन् । मुम्बईका राहुल चाहरले ३ तथा जस्प्रित बुम्राहले २ विकेट लिए । दिल्लीस्थित फिरोज साह कोट्ला क्रिकेट मैदानमा मुम्बईले दिएको १६९ रनको लक्ष्यसहित जवाफी ब्याटिङ गरेको दिल्लीले २० ओभरमा ९ विकेट गुमाएर…
पोर्चुगलको मडेइरामा भएको बस दुर्घटनामा २९ जर्मन पर्यटकको मृत्यु भएको छ । टेलिभिजनहरुले सडकको छेउमा बस पल्टिएका दृश्यहरु देखाएका छन् । जर्मन सरकारका प्रवक्ताले मडेइरामा दुर्घटना भएको खवर आएको ट्वीट गरेका छन् । उनले घटनामा परी मृत्यु भएकाहरुको आत्माको चिरशान्तिको कामना गर्दै घाइतेहरुको शीघ्र स्वास्थ्यलाभको कामना गरेका छन् । मृत्यु भएकामध्ये १७ जना महिला र ११ जना पुरुष रहेका अधिकारीहरुले जानकारी दिएका छन् । घटनामा परी अरु २१ जना घाइते भएका छन् भने केही घाइतेको अवस्था गम्भीर रहेकाले मृत्यु हुनेको संख्या बढ्न सक्ने आशंका गरिएको छ । घटनाप्रति पोर्चुगलका राष्ट्रपति र प्रधानमन्त्रीले पनि दुःख व्यक्त गरेका छन् । राष्ट्रपति मार्सेलो…
पाल्पा, ६ वैशाख । विप्लव नेतृत्वको नेकपा निकटको अखिल नेपाल किसान संघ पाल्पाका अध्यक्ष टोपराज बस्याललाई प्रहरीले पक्राउ गरेको छ। तानसेन नगरपालिका–८ मदनपोखराबाट बस्याललाई बिहीबार पक्राउ गरी हिरासतमा राखिएको जिल्ला प्रहरी कार्यालय पाल्पाका प्रहरी उपरीक्षक विश्वमणि पोखरेलले बताए। बस्याललाई आजै मुद्दा दर्ता गर्ने तयारी भइरहेको र कुन मुद्दा दर्ता गर्ने भन्ने विषयमा थप अनुसन्धान भइरहेको प्रहरी उपरीक्षक पोखरेलले बताए। मदनपोखरा निवासी बस्याल बिप्लव नेतृत्वको नेकपाका जिल्ला सदस्य र किसान सङ्घका केन्द्रीय सदस्य पनि हुन्।
काठमाडौं, ६ वैशाख । प्रमुख प्रतिपक्ष दल नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले केपी ओली नेतृत्वको वर्तमान सरकारले एउटा पनि राम्रो काम गर्न नसकेको दावी गरेका छन्। काँग्रेस सभापति देउवाले पत्रकार र शिक्षकलगायत सबैमाथि अन्याय, अत्याचार गर्ने ओली नेतृत्वको सरकारबाट जनतालाई मुक्ति दिने गरी आन्दोलनको तयारीमा लाग्न पनि पार्टीमा आवद्ध नेपाल विद्यार्थी संघका नेता, कार्यकर्तालाई निर्देशन दिए। नेपाल विद्यार्थी संघको ४९ औं स्थापना दिवसको अवसर पारेर शुक्रबार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै उनले बालिका निर्मला पन्तको हत्यारालाई कार्वाही गर्नुको सट्टा बचाउ गर्ने, मूल्य बढाउने, जनतालाई करमाथि कर थोपर्नेजस्ता जनताविरोधी काम ओली सरकारले गरिरहेको आरोप लगाए। सभापति देउवाले विघटित नेपाल विद्यार्थी संघको…
गुजरात, ६ वैशाख । भारतमा चुनाव चलिरहेका बेला भारतीय जनता पार्टीका प्रवक्ता जीवीएल नरसिंह रावमाथि जुत्ता प्रहार भएको घटना सेलाउन नपाउँदै भोलिपल्ट नै गुजरात कांग्रेसका नेता हार्दिक पटेलमाथि थप्पड प्रहार भएको छ । सुरेन्द्र नगरको बढवानमा चुनावी सभालाई सम्बोधन गरिरहेका हार्दिकमाथि स्टेजमै थप्पड प्रहार भएको हो । सभामा उपस्थित मानिसहरुले थप्पड हान्ने व्यक्तिलाई निर्घात कुटपिट गरे । पुलिसले उनलाई निकै मुस्किलले जोगाएको छ । हार्दिकलाई थप्पड हानेको भिडियो पनि सार्वजनिक भएको छ । पथ्थड हान्ने व्यक्तिलाई अस्पताल भर्ना गरिएको बताइएको छ ।
मोरङ, ६ बैशाख । १ नम्बर प्रदेशको मोरङ र भोजपुर जिल्लामा बिहीवार भएको छुट्टाछुट्टै सवारी दुर्घटनामा २ जनाको म्रत्यु भएको छ । मोरङको बुढीमगंगा गाउँपालिका–३ मा ना २ ख ५३५२ नम्बरको ट्रकको ठक्करबाट ना ४६ प २५८५ नम्बरको मोटरसाईकलमा सवार चालक सुनसरीको गढी गाउँपालिका(२ बस्ने बर्षको २५ को सन्तोष साहको मृत्यु भएको हो । कोशी राजमार्ग अन्तर्गत दक्षिणबाट उत्तर तर्फ जाँदै गरेको मोटरसाईकललाई बेलुका पौने ७ बजे पछाडीबाट ठक्कर दिएको थियो । दुर्घटनामा गम्भीर घाइते मोटरसाईकल चालक साहलाई उपचारको लागि टिचिङ अस्पताल टंकीसिनुवारी पठाईएकोमा उपचारको क्रममा बेलुका सवा ७ बजे मृत्यु भएको इलाका प्रहरी कार्यालय निमुवाले जनाएको छ । ठक्कर…
विराटनगर, ६ बैशाख । लेखापरीक्षणबाट टुंगिसकेको विषयबस्तुलाई आधार बनाएर अख्तियार दुरुपयोग अनुसन्धान आयोगले श्रम कार्यालय विराटनगरमा कार्यरत उपसचिव प्रेमप्रसाद सञ्जेललाई ३ दिनभित्र उपस्थित हुन पत्र काटेको छ । कार्यालयमै उपस्थित नभएको अवस्थामा आधारभूत तलबबाहेक विभिन्न भत्ता लिएको आरोपमा अख्तियारले छानबिनका लागि उनलाई पत्र काटेको हो । आजको कान्तिपुर दैनिकमा खबर छ । ‘भ्रष्टाचारी ठहरिए टुँडिखेलमा झुन्डिन्छु’ उपसचिव प्रेमप्रसाद सञ्जेलले भ्रष्टाचारी भ्रष्टाचारी ठहरिए टुँडिखेलमा झुन्डिने बताएका छन् । भ्रष्टाचारकोविरुद्ध कडा रुपमा प्रस्तुत हुँदै आएका सञ्जेललाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगले वैशाख ३ गते तीन दिनको म्याद दिएर बयानकालागि पत्र काटेपछि उनले बिहिबार पत्रकारसँग कुरा गर्दै यस्तो बताएका हुन् ।
बिर्तामोड, ६ बैशाख । इलाका प्रहरी कार्यालय बिर्तामोडको हिरासतमा एक नाबालकको मृत्यु भएको छ । मेचीनगर–६ का १५ वर्षीय किरण कार्कीडोली दर्जीको मृत्यु भएको हो । प्रहरीले यसलाई आत्महत्या भनेको छ भने आफन्तले यातनाबाट बालकको मृत्यु भएको दाबी गरेका छन् । किरण पक्राउ परेको र हिरासतमा राखिएको जानकारी प्रहरीले उनका परिवारलाई नै दिएको थिएन । मृत्युपछि पनि परिवारलाई थाह नदिई शंकास्पद रूपमा रातारात शव पोस्टमार्टम गर्यो । बिर्तामोड प्रहरीले झुन्डिएर आत्महत्या गरेको दाबी गरेको छ । तर, हिरासत कक्षमा झुन्डिन मिल्ने ठाउँ छैन । प्रहरीले किरणलाई हिरासतमा गैरकानुननी रूपमा राखेको थियो । अदालतबाट म्याद थपसमेत नगरी तीन दिनसम्म हिरासतमा राखेको…
विराटनगर, ६ बैशाख । जन्मको आधारमा नागरिकता प्राप्त गरेका नागरिकका सन्तानलाई वंशजको नागरिकता दिने निर्णय भएसंगै मोरङ जिल्लामा नागरिकता लिनेको उत्तिकै भीड बढेको छ । मोरङमा बिहीबारसम्म ७ सय ४५ जनालाई नागरिकता वितरण गरिएको छ । थप ३५ सय टोकन वितरण गरिएको जिल्ला प्रशासन कार्यालय मोरङकी सहायक प्रमुख जिल्ला अधिकारी चन्द्रकला ओलीले जानकारी दिए । ओलीले इलाका प्रशासन कार्यालय रंगेली, इलाका प्रशासन कार्यालय उर्लावारी तथा जिल्ला प्रशासन कार्यालय मोरङबाट नागरिकता वितरण भई रहेको बताए । जसमा रंगेलीबाट १ सय ५९, उर्लाबारीबाट ७९ र जिल्ला प्रशासन कार्यालय मोरङबाट ६ सय ६६ लाई नागरिकता वितरण गरिसकिएको छ । यसअघि सर्वोच्चकै न्यायाधीश पुरुषोत्तम…