
Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
झापा अनलाइन
झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।
काठमाडौं, १ वैशाख । भारतमा जारी १२ औं संस्करणको ईण्डियन प्रिमियर लिग (आईपीइल) मा शनिबार पंजाब र बेंगलोरबिच भएको खेलमा बेंगलोरले ८ विकेटले पंजाबलाई हराउँदै आफ्नो पहिलो जीत हसिल गरेको छ। मोहालीमा भएको खेलमा टस हारेर पहिले ब्याटिङको निम्तो घरेलु टोली पंजाबले २० ओभरमा ४ विकेट गुमाएर १७३ रन बनाएको थियो। १७४ रनको लक्ष्य पछ्याएको बेंगलोरले १९।२ ओभरमा २ विकेट गमाएर पुरा गर्यो। बेंगलोरको जीतका लागि एबी डीभिलियर्सले अविजीत ५९ रन बनाए। यस्तै कप्तान विराट कोहली ५३ बलमा ६७ रन बनाएर आउट भए। पंजाबका मोहम्मद शमी र कप्तान अश्वीनले १–१ विकेट लिए। पंजाबको लागि गेलले शानदार ब्याटिङ गर्दै ९९ रनको…
काठमाडौ, १ बैशाख । महानगरीय ट्राफिक प्रहरी महाशाखाले लामो दूरीका सार्वजनिक सवारी साधनमा दुई चालक नराख्ने १११ चालकलाई कारवाही गरेको छ। महाशाखाको टोलीले लामो दूरीका सवारी साधनमा अनिवार्यरूपमा दुई चालक राख्नुपर्ने कानूनलाई अवज्ञा गरेका सार्वजनिक सवारी साधनका चालकलाई नागढुङ्गामा जाँचका क्रममा कारवाही गरेको हो। प्रहरी प्रधान कार्यालय, राजमार्ग सुरक्षा तथा ट्राफिक निर्देशनालयले माघ २७ गतेदेखि लामो दूरीमा चल्ने यात्रुवाहक सार्वजनिक सवारी साधनमा दुई सवारी चालक राखे÷नराखेको जानकारी लिन ‘ट्राफिक कम्युनिकेशन एप्स’ सञ्चालमा ल्याएको थियो। महाशाखाका प्रमुख एवं प्रहरी वरिष्ठ उपरीक्षक वसन्तकुमार पन्तले यातायात व्यवस्था ऐन, २०४९ मा उल्लेख भएअनुसार लामो दूरीका सवारी साधनमा दुई चालक राख्नुपर्ने कानूनी व्यवस्थालाई सुनिश्चित गर्न…
इलाम, १ वैशाख। इलामको माई नगरपालिका–१० लोदिया खोलामा नुहाउने क्रममा शनिवार डुबेर १ जनाको मृत्यु भएको छ । पानीमा डुबेर सोही स्थान बस्ने ३१ वर्षका पूर्ण दर्जीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय इलामले जनाएको छ । दर्जीको दिउँसो साढे १२ बजे उक्त खोलामा नुहाउने क्रममा पुल बनाउन पिलर गाड्न खनेको खाल्डोमा डुबेर मृत्यु भएको हो । घटनास्थलमा प्रहरी टोली खटि गई कानूनी प्रकृया पश्चात शव पोष्टमार्टमको लागि जिल्ला अस्पताल पठाईएको उक्त कार्यालयले जनाएको छ ।
पति–पत्नीको नाता विश्वासमा टिकेको हुन्छ । यो सम्बन्धमा सबैभन्दा महत्वपूर्ण कुरा भनेको एक अर्कामा माया र सम्मान हो । तर भारतमा भने एकजना पुरुषले आफ्नी पत्नीलाई सर्मनाक काममा लगाउने गरेको खुलासा भएको छ । कर्नाटकको बेलागावीमा बस्ने ती पुरुषले आफ्नी पत्नीलाई जबर्जस्ती अश्लील फिल्म देखाउँथे र उनीसँग अप्राकृतिक सम्भोग क्रिडा गर्दथे । यतिमात्र होइन उनले पत्नीलाई कुकुरसँग समेत यौन सम्पर्क गर्न बाध्य बनाउँदथे । पीडित महिलाका अनुसार लोग्नेले धम्की दिएर उनलाई कुकुरसँग सेक्स गर्न बाध्य बनाउने गरेका थिए । कुकुरसँग सेक्स नगरेमा तीनजना छोराछोरीलाई घरबाट निकालिदिने धम्की दिन्थे उनले । पत्नीको उजुरीका आधारमा पुलिसले ती पुरुषलाई पक्राउ समेत गर्यो ।…
सोलुखुम्बु, १ वैशाख । तेञ्जिङ हिलारी विमानस्थल लुक्लामा समिट एयरको विमान दुर्घटना भएको छ । पार्किङ गरी राखिएको हेलिकप्टरसँग आज बिहान ९ः२० बजे उड्न लागेको समिट एयरको विमान ठेक्किँदा दुर्घटना भएको सोलुखुम्बुका प्रमुख जिल्ला अधिकारी नरेन्द्रकुमार रानाले जानकारी दिनुभयो । दुर्घटनामा मृत्यु हुनेहरुको संख्या ३ पुगेको छ । समिट एयरका कोपाइलट सुदीप ढुंगाना र पर्यटक प्रहरी असई रामबहादुर खड्का र अर्का असई रुद्रबहादुर श्रेष्ठको मृत्यु भएको हो । विमानमा के कति यात्रु सवार थिए भन्ने पुष्टि भएको छैन । प्रत्यक्षदर्शी जीतबहादुर कार्कीका अनुसार विमान ठोक्किएलगत्तै आगो लागेको छ । विस्तृत विवरण आउन बाँकी छ ।
काठमाडौं, १ बैशाख । सरकारले उपलब्ध गराएको रकम अनुदान सम्बन्धी नीति तर्जूमा नगरी शिक्षा, बिज्ञान तथा प्रबिधि मन्त्रालयले १४ अर्ब रुपिया वितरण गरेको पाइएको छ । सरकारले उपलब्ध गराएको सो रकम शिक्षा, विज्ञान चतथा प्रविधि मन्त्रालयले मनपरी रुपमा अनुदान दिएको प्रतिवेदनमा उल्लेख छ । महालेखा परीक्षकको कार्यालयले सार्वजनिक गरेको ५६ औ प्रतिवेदनमा मन्त्रालयले विश्वविद्यालय अनुदान आयोग, प्राविधिक शिक्षा तथा व्यावसायिक तालिमपरिषद्, मडिकल कलेज पूर्वाधार विकास समिति लगायतका ११ निकायमा चालुतर्फ १० अर्ब ८५ करोड ९१ लाख र पुँजीगततर्फ ३ अर्ब ८७ करोड ७६ लाखसमेत १४ अर्ब ७३ करोड ६७ लाख सशर्त अनुदान उपलब्ध गराएकोमा मन्त्रालयले अनुदान सम्बन्धी नीति तर्जुमा नगरेको…
काठमाडौँ, १ बैशाख । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले २०७५ सालमा २ सय ३५ वटा मुद्दा विशेष अदालतमा दायर गरेको छ । आयोगले गत साउन महिनादेखि चैत मसान्तसम्ममा ती मुद्दा दायर गरेको हो । यस अवधिमा भ्रष्टाचार विरुद्ध ९० वटा स्टिङ अपरेशन गरी १ सय २७ जनामाथि कारबाही गरिएको आयोगका प्रवक्ता प्रदीपकुमार कोइरालाले जानकारी दिए । उनका अनुसार गत आर्थिक वर्षमा १ सय ९४ मुद्दा अदालतमा दायर गरिएकोमा चालु आर्थिक वर्षको ९ महिनामा अभियोजनमा उल्लेख्य वृद्धि भएको छ । गत वर्षको तुलनामा यस वर्ष आयोग भ्रष्टाचार विरुद्धका मुद्दामा वृद्धि भएको जनाईएको छ । गत आर्थिक वर्षमा १९ हजार ४ सय ८८…
काठमाडौं, १ बैशाख । प्रधानमन्त्री केपी शर्मा ओलीले ‘समृद्ध नेपाल सुखी नेपाली’ बनाउने संकल्प गरेको एक वर्ष पूरा भएको छ । नयाँ वर्ष २०७५ सालको सुरुवातसँगै रारा तालबाट देशवासीका नाममा सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले देशलाई समृद्ध र जनतालाई सुखी बनाउने सपना बाँडेका थिए । प्रधानमन्त्री ओलीले वर्ष २०७५ भरि नै यस्ता मिठामिठा सपना देखिरहेरबाँडिरहे । तर एक वर्षअघि भित्तामा झुन्ड्याइएको पात्रो नयाँ वर्ष २०६७ को आगमनसँगै फेरियो, जनताको जीवनस्तरमा भने केही परिवर्तन आएको छैन । बाम विश्लेषक भरत दाहाल जनताको दैनिक जीवनमा परिवर्तन आउनेगरी सरकारले केही काम गर्न नसकेको बताउँछनश र आमजनताका समस्या समाधान होइन, बढेर गएका छन्,’ दाहाल भन्छन्,…
काठमाडौँ, १ बैशाख । उपराष्ट्रपति नन्दबहादुर पुन ‘पासाङ’ ले नयाँ वर्षको अवसरमा आइतबार शुभकामना सन्देश जारी गर्दै २०७६ साल आर्थिक, सामाजिक रुपान्तरणसहितको विकास र समृद्धिका लागि छलाङ हान्ने वर्ष हुने विश्वास व्यक्त गर्नुभएको छ । “नेपाली जनताको लामो सङ्घर्षपछि प्राप्त गणतन्त्र, सङ्घीयता, धर्मनिरपेक्षता, सामाजिक न्यायसहितको समानुपातिक समावेशी शासन व्यवस्था राजनीतिक उपलब्धिलाई सुदृढ गर्दै मुलुकलाई विकास र समृद्धिको मार्गमा अगाडि बढाउनु सबै नेपालीको कर्तव्य हो” सन्देशमा उल्लेख गरिएको छ, “हाम्रो राष्ट्रियता, भौगोलिक अखण्डता, सार्वभौमसता र नेपाली जनताको स्वतन्त्रतालाई अझै बलियो बनाउँदै राष्ट्रिय एकतालाई सुदृढ गरेर अगाडि बढ्नुपर्छ ।” यसैगरी, नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले नयाँ वर्षको अवसरमा शुभकामना सन्देश जारी गर्दै…
काठमाडौँ, १ बैशाख । राष्ट्रपति विद्यादेवी भण्डारीले मुलुकको राष्ट्रिय सङ्कल्पको रूपमा रहेको ‘समृद्ध नेपाल, सुखी नेपाली’ को साझा लक्ष्य प्राप्त गर्न २०७६ साल महत्वका साथ अगाडि बढ्ने विश्वास व्यक्त गर्नुभएको छ । नयाँ वर्ष, २०७६ को अवसरमा सम्पूर्ण नेपालीमा सुख, शान्ति र समृद्धिको शुभकामना व्यक्त गर्नुहुँदै उहाँले ठूलो सङ्घर्षबाट मुलुकले प्राप्त गरेको ऐतिहासिक उपलब्धिलाई सुशासन र समृद्धिमार्फत सुदृढ बनाउन नयाँ वर्षले सबैमा थप ऊर्जा प्रदान गरोस् भन्नुभएको छ । सन्देशमा उल्लेख गरिएको छ, “मलाई विश्वास छ, नेपाल र नेपालीको दृढ सङ्कल्प साकार तुल्याउने अभियानमा हामीलाई माया गर्ने सम्पूर्ण अन्तर्राष्ट्रिय जगतको साथ र सहयोग हामीले पाउने नै छौँ ।”