
Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
झापा अनलाइन
झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।
काठमाडौं, २२ चैत । खेलकुद पत्रकारहरुको छाता संगठन नेपाल खेलकुद पत्रकार मञ्चको अध्यक्षमा दुर्गानाथ सुवेदी (देवेन्द्र) निर्वाचित भएका छन् । शुक्रबार भएको १५ औं चुनावी सभाले सुवेदीको नेतृत्वमा नयाँ कार्यसमिति चयन गरेको हो । सुवेदीले अर्का उम्मेदवार प्रकाश तिमिल्सिनालाई १४ मतान्तरले पराजित गरेका छन् । अध्यक्षमा निर्वाचित सुवेदीले ५५ मत पाउँदा तिमिल्सिनाले ४१ मत पाएका छन् । त्यस्तै, प्रथम उपाध्यक्षमा भने संजीव शिल्पकार निर्विरोध निर्वाचित भएका छन् । उपाध्यक्षमा भने ध्रुब तुलाधरले ७१ र निरञ्जन अधिकारीले ५७ मत प्राप्त गर्दै निर्वाचित भएका छन् । यता, पराजित श्रीलोचन राजोपाध्यायले भने ४१ मत पाएका थिए । महासचिवमा भने प्रज्वल ओली निर्वाचित भएका…
चितवन, २२ चैत । चितवनस्थित रामपुर कृषि तथा वन विज्ञान विश्वविद्यालयका कृषि संकायका सहायक डिन तथा प्राध्यापक विष्णुराज ओझाले आफूमाथि कालोमोसो दलेर जुत्ताको माला लगाईदिने ६ जनाविरुद्ध प्रहरीमा किटानी दिएका छन। सोही विश्वविद्यालयमा अध्ययनरत मिलन चौहान, सन्तोष खतिवडा, बामदेव रेग्मी, गोपाल थापा, सुसन पौडेल र विभोर गौलीविरुद्ध किटानी परेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ। जाहेरी परेकाको खोजी भइरहेको प्रहरी नायव उपरीक्षक दुर्गाराज रेग्मीले जानकारी दिएका छन। बिहीबार उनीहरूले प्राध्यापक ओझालाई कालोमोसो दल्नुका साथै जुत्ताको माला लगाईदिएका थिए। ती विद्यार्थीले प्राध्यापक ओझामाथि १ महिनाको कोर्ष ४ दिनमा झारा टार्ने गरी सकाएको तथा विभिन्न वहानामा विद्यार्थीलाई दुख दिएको आरोप लगाएर मोसो…
साजन शर्मा मलेसिया, २२ चैत। बिगत लामो समयदेखि पक्षघात भई उपचाररत संगरुम्बा–२, इलाम निवासी भिम बहादुर राई नेपाली दूताबास मलेसियाको पूर्ण सहयोगमा सम्पूर्ण प्रक्रिया पूरा गरि स्वदेश फर्किएका छन्। नेपाली दुताबासका कर्मचारीले हिजो उनको निवासमै पुगेर उद्धार गरि एयरपोर्ट सम्म पुर्याएको थियो। भिम बहादुर राई बिगत लामो समयदेखि मलेसियामा कार्यरत थिए। दूतावासले आपत बिपत्तिमा परेका नेपाली श्रमिकहरुलाई राज्यकोषको बजेटबाट नेपाली श्रमिकहरुलाई सुरक्षितका साथ घर पठाउने वातावरण मिलाएको हो। साथै दूतावासले मलेसिया जेलमा रहेका नेपालीलाई निकाल्निे बहान गरी घरको नम्बर मागेर ठगी गर्ने दलालहरुसँग जोखिन र नेपालबाट पनि पीडितको आफन्तले सिधै नेपाली दूतावासमा सम्पर्क गर्न आग्रह गरेको छ।
म्यानचेस्टर युनाइटेडले नयाँ वर्षसँगै सानदार खेल खेल्दै आइरहेको छ । यसबीच उसले आफूलाई पुन च्याम्पियन्स लिगका लागि दाबेदारी प्रस्तुत गरिरहेको छ । तर, क्लबमा रहेका केही खेलाडीहरुलाई लिएर प्रशिक्षक ओले गनर सोल्सायर अति नै चिन्तित रहेका छन् । उनीहरुले आफुले चाहेजस्तो खेल प्रदर्शन गर्न नसकिरहेको उनको भनाइ रहेको छ । मिडिया रिपोर्टका अनुसार एलेक्सिस सान्चेज, एण्डर हेरेरा, जुयन माटा, माटियो डार्मियन, मार्कोस रोजो र एन्टोनियो भ्यालेनसिया जस्ता खेलाडीहरु क्लव छाड्ने तयारीमा छन् । उनीहरुको क्लवसँग अझै केही वर्ष सम्झौता बाँकी छ तर, उनीहरु क्लबमा खुसी नरहेको कुरा बाहिर आइरहेका छ । फुटबल समीक्षकहरुका अनुसार उनीहरु क्लब छोड्ने तयारीमा रहेका छन्…
काठमाण्डौ, २२ चैत । वैदेशिक रोजगार विभागले खाडीका देश र मलेसियाका विभिन्न ६७ वटा कम्पनीलाई नेपाली कामदार लान रोक लगाएको छ । आफूले ल्याएका कामदारलाई सम्झौता अनुसार सेवासुविधा नदिने कम्पनीलाई विभागले कालोसूचीमा राखेर कामदार लान रोक लगाएको हो । नेपालमा भनिएको सम्झौता अनुसारको काम र सेवा सुविधा नपाएको गुनासो बढेपछि विभागले धेरै गुनासो आएका कम्पनीहरुलाई कालोसूचीमा राखेको हो । कालोसूचीमा पर्ने कम्पनीहरु मलेसिया, साउदी अरब, कतार र युएईका छन् । सबैभन्दा धेरै मलेसियाका ५२ वटा कम्पनी विभागको कालोसूचीमा छन् । त्यस्तै युएईका ६, साउदी अरबका ५ र कतारका ४ वटा कम्पनीलाई नेपाली कामदार लान रोक लगाइएको वैदेशिक रोजगार विभागले जनाएको…
चितवन, २२ चैत । एउटै परिवारका तीन जनाले एकै ठाउँमा आत्महत्या गरेका छन् । भरतपुर महानगरपालिका–१८ शशीनगरस्थित शहरी क्लिनिक टोलका एउटै परिवारका आमा, छोरा र छोरीले आत्महत्या गरेका हुन् । घरभित्र एकै स्थानमा तीन सलको पासोमा अन्दाजी ३४ वर्षीया आमा माया आलेमगर, अन्दाजी १३र१४ वर्षीया छोरी विनिता मगर र अन्दाजी ११र१२ वर्षीय छोरा विवेक मगरले झुण्डिएर आत्महत्या गरेको जिल्ला प्रहरी कार्यालय चितवनले जानकारी दिएको छ । उनीहरुको शवलाई परीक्षणका लागि भरतपुर अस्पताल ल्याउने तयारी गरिएको छ । एकै स्थानमा तीनजनाले आत्महत्या गरेपछि यसबारे अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी नायब उपरीक्षक दुर्गाराज रेग्मी जानकारी दिनुभयो । उहाँसहितको प्रहरी टोली…
सुनसरी, २२ चैत । सुनसरीको कोशी गाउँपालिका–४ जुद्धगञ्जमा आज बिद्युत सर्ट भई आगलागी हुँदा ९ घर जलेर नष्ट भएको छ । बिहान सवा ८ बजे हावाहुरीका कारण बिजुलीको लाईन सर्ट भई सोही स्थान बस्ने रहमान मन्सुरीको घरमा आगलागी हुँदा छिमेकी ललित मिया, सलिम मिया, फिरोज मिया, फरोज मिया, मलिम मिया, कलाम मिया, ऐजुक मन्सुरी र कैजुम मन्सुरीको घरमा समेत आगलागी भएको थियो । उक्त आगलागी ईनरुवा, ईटहरी, दुहबीबाट गएको दमकल, प्रहरी र स्थानीयवासीको सहयोगमा नियन्त्रणमा आएको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ । क्षतिको विवरण आउन बाँकी रहेको उक्त कार्यालयले जनाएको छ ।
भद्रपुर, २२ चैत । आदिवासी जनजाति महासंघ भद्रपुरले जातीय संस्कृतिको संरक्षण गर्दै ऐतिहासिक नगर भद्रपुरको व्यापारिक चहलपहलको वातावरण निर्माण गर्ने लक्ष्य बोकेर महोत्सव सुरू गरेको छ । प्रथम भद्रपुर आदिवासी साँस्कृतिक महोत्सव २०७५ नाम दिएर आयोजना गरेको महासंघले बैशाख ५ गतेसम्म सञ्चालन हुने गरी १५ दिने महोत्सव सुरू गरेको हो । महोत्सवको अवसरमा विविध जातीय पहिचान सहित साँस्कृतिक कार्यक्रम तथा मिस एण्ड मिस्टर आदिवासी झापा समेत सञ्चालन भइरहेको छ । भद्रपुर ८ स्थित मेची बहुमुखी क्याम्पस अगाडिको चौरीमा सञ्चालित महोत्सवमा राष्ट्रिय तथा स्थानीय कलाकारले दैनिक साँगीतिक प्रस्तुति दिइरहेका छन् भने महासंघमा आबद्ध १४ जातिका जातीय पहिचान झल्कने खाद्य परिकार, भेषभुषा…
मोरङ, २२ चैत । मोरङको रतुवामाई नगरपालिका(८ सुवेदी चोकबाट कान्छी आमालाई हतियार प्रहार गर्ने १ जनालाई प्रहरीले पक्राउ गरेको छ । बिहिवार अपरान्ह सवा ५ बजे सोही स्थान बस्ने अनिष बस्नेतको जेठी पटिको श्रीमतीको छोरा बर्ष १९ को रविन बस्नेतले आफ्नै घर कोठामा कान्छी आमा बर्ष २३ की पुष्पा बस्नेतलाई चुलेसी र वेल्चाले प्रहार गरेका थिए । हतियार प्रहारबाट गम्भीर घाइते पुष्पालाई उपचारको लागि विराटनगर स्थित न्यूरो अस्पताल पठाईएको इलाका प्रहरी कार्यालय सिजुवाले जनाएको छ । हतियार प्रहार गर्ने रविनलाई प्रहरीको नियन्त्रणमा राखिएको छ । घटना सम्बन्धमा थप अनुसन्धान भईरहेको उक्त कार्यालयले जनाएको छ ।
गौरादह, २२ चैत । नेपाललाई हिन्दु राष्ट्र पुनस्र्थापनका लागि माग गर्दै राष्ट्रिय प्रजातन्त्र पार्टीले मुलुकभर हस्ताक्षर अभियान शुरु गरेको छ । झापाका विभिन्न स्थानहरुमा सञ्चालन भईरहेको हस्ताक्षर अभियानले गौरादहमा विषेश प्राथमिकता पाएको छ । चैत्र १९ बाट गौरादह र गौरीगञ्जमा सुरु गरिएको हस्ताक्षर अभियानमा तेस्रो दिन गौरादहमा उल्लेख्य रुपमा हिन्दु राष्ट्रका पक्षधरहरुले हस्ताक्षर गरेका छन् । गौरादह बजारमा सम्पन्न भएको हस्ताक्षर अभियानमा राष्ट्रिय प्रजातन्त्र पार्टीका झापा जिल्ला अध्यक्ष अम्बर विष्ट, जील्ला सदस्य भीम बस्नेत, नगर अध्यक्ष शान्तिराम पौडेल, युवक संगठन क्षेत्र नं. ५ का अध्यक्ष सान नेपाल लगायत पार्टीका विभिन्न तहमा रहेर कार्यरत पार्टी कार्यकर्ताहरुको उल्लेख्य रुपमा उपस्थिति रहेको थियो…