
म्यानचेस्टर युनाइटेडले नयाँ वर्षसँगै सानदार खेल खेल्दै आइरहेको छ । यसबीच उसले आफूलाई पुन च्याम्पियन्स लिगका लागि दाबेदारी प्रस्तुत गरिरहेको छ । तर, क्लबमा रहेका केही खेलाडीहरुलाई लिएर प्रशिक्षक ओले गनर सोल्सायर अति नै चिन्तित रहेका छन् ।
उनीहरुले आफुले चाहेजस्तो खेल प्रदर्शन गर्न नसकिरहेको उनको भनाइ रहेको छ । मिडिया रिपोर्टका अनुसार एलेक्सिस सान्चेज, एण्डर हेरेरा, जुयन माटा, माटियो डार्मियन, मार्कोस रोजो र एन्टोनियो भ्यालेनसिया जस्ता खेलाडीहरु क्लव छाड्ने तयारीमा छन् ।
उनीहरुको क्लवसँग अझै केही वर्ष सम्झौता बाँकी छ तर, उनीहरु क्लबमा खुसी नरहेको कुरा बाहिर आइरहेका छ । फुटबल समीक्षकहरुका अनुसार उनीहरु क्लब छोड्ने तयारीमा रहेका छन् । तर, उनीहरुको विकल्पमा को खेलाडीहरु कुन सक्छन् यो पनि ओलेको टाउको दुखाईको विषय बनेको छ । उनीहरुले क्लब छोड्ने निश्चित जस्तै रहेको छ तर, उनीहरुको विकल्पमा स्तरीय खेलाडी भने नपाएको क्लबको दुखेसो रहेको छ ।
मिडिया रिपोर्टका अनुसार म्यानयुले रियल मड्रिडका डिफेण्डर राफायल भराने र कालिदोउ कोलीबेलीलाई अनुबन्ध गर्न चाहेको छ । त्यस्तै क्रिस्टल प्यालेसका एरोन वान बिसाखा पनि म्यानयुको नजरमा परेका खेलाडी हुन् । म्यानयुले एट्लेटिको मड्रिडका स्टार खेलाडी साउल निगुइजलाई पनि अनुबन्ध गर्न चाहेको बताइएको छ । एजेन्सी
झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।

