
Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
झापा अनलाइन
झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।
दाने बोहरा हुम्ला, ११ चैत । बे्रललिपिको माध्यमबाट अध्ययन गरेका विद्यार्थीलाई स्वस्र्फुत रुपमा माध्यमिक शिक्षा परीक्षा ९एसइई० दिन समस्या भएको छ । प्राथमिक तहदेखि माध्यमिक तहसम्म ब्रेललिपिका माध्यमबाट अध्ययन गरेका न्यून दृष्टियुक्त विद्यार्थीलाई एसइईमा ब्रेललिपि र कम्प्युटरबाट परीक्षा दिने व्यवस्था नहुँदा उनीहरुलाई समस्या परेको हो । त्यो व्यवस्था नहुँदा उनीहरुलाई सहयोगीको भरमा परीक्षा दिनुपर्ने वाध्यता रहेको छ । जिल्लाको मानसरवर मावि परीक्षा केन्द्रबाट ब्रेललिपिका माध्यमबाट अध्ययन गरेका दुई जना न्यून दृष्टियुक्त परीक्षार्थीले परीक्षा दिइरहेको केन्द्राध्यक्ष अमबहादुर शाहीले बताउनुभयो । लामो समयदेखि ब्रेललिपि माध्यमबाटै अध्ययन गराउँदै आएका हिमाली शिक्षा र विकास ‘हेड नेपाल’ नामक संस्थाका कार्यकारी निर्देशक छिटुप लामाले अहिलेसम्म ब्रेललिपिका…
चितवन, ११ चैत । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का वरिष्ठ नेता माधवकुमार नेपालले राज्य निरीह संस्था नभएकाले यसलाई कसैले चुनौती दिन्छ भने चूप लागेर बस्न नमिल्ने बताउनुभएको छ । यहाँ आज पत्रकारसँगको भेटघाटमा उहाँले आपराधिक गतिविधि गर्ने जोकोहीप्रति राज्य निरीह बन्न नसक्ने बताउनुभयो । पूर्वप्रधानमन्त्री नेपालले भन्नुभयो, “राज्य भनेको निरीह संस्था होइन, राज्यलाई कसैले चुनौती दिन्छ भने चूप लागेर बस्ने कुरा हुँदैन ।” नेता नेपाल महायोगी कृष्णदासको नागरिक अभिनन्दनका सिलसिलामा आज यहाँ आइपुग्नुभएको हो । डा सिके राउतको समूहलाई विखण्डनको बाटाबाट मूलधारमा ल्याउनु राम्रो भएको उहाँले बताउनुभयो । सरकार सञ्चालनका बारे पत्रकारको जिज्ञासामा उहाँले सरकार र पार्टी सञ्चालनमा सचिवालयमा सरसल्लाह हुनुपर्नेमा…
काठमाडौँ, ११ चैत । नेपाल र जापान सरकारबीच नेपाली कामदारलाई जापानमा रोजागारीको अवसर उपलब्ध गराउने सम्बन्धी ‘सहयोग समझदारी’ भएको छ । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री गोकर्ण विष्टको उपस्थितिमा आज नेपाली श्रमिक जापान पठाउनेसम्बन्धी सो समझदारी पत्रमा श्रम मन्त्रालयका निमित्त सचिव डा रामप्रसाद घिमिरे र नेपालका लागि जापानी राजदूत मासामिसी साइगोले हस्ताक्षर गर्नुभयो । हस्तारक्षरसँगै नेपाली कामदारलाई जापानको श्रम बजारमा रोजगारीको अवसर उपलब्ध गराउने मार्ग प्रशस्त भएको छ । गत जनवरीमा जापानले आफ्नो श्रम बजारमा अपुग श्रमशक्ति नेपाललगायत विभिन्न नौ देशबाट भित्र्याउने निर्णय गरेको थियो । सो अवसरमा श्रममन्त्री विष्टले नेपाली कामदार लैजानेसम्बन्धी समझदारीले नेपाल र जापानबीचको सम्बन्धलाई थप मजबुद…
काठमाडौँ, ११ चैत । प्रधानमन्त्री केपी शर्मा ओलीले नेत्रविक्रम चन्द नेतृत्वको नेकपालाई चैतभित्र राजनीतिक मूलधारमा ल्याइने बताउनुभएको छ । नयाँ बानेश्वरस्थित संसद् भवनमा आज नेपाल कम्युनिष्ट पार्टी ९नेकपा०बाट निर्वाचित प्रतिनिधिसभा तथा राष्ट्रियसभाका सांसदलाई सम्बोधन गदै उहाँले विप्लव समूहको अतिवादी क्रियाकलापलाई अन्त्य गरिने स्पष्ट गर्नुभयो । उहाँले भन्नुभयो, “सके राजनीतिक तवरबाट नसके जेलमा बसालेर भए पनि नक्कली कमरेडलाई राजनीतिक मूलधारमा ल्याइने छ ।” अहिले विप्लव समूहले कम्युनिष्टको सरकारलाई असफल बनाउने, लोकतन्त्रलाई धरापमा पार्न खोज्ने, विकासनिर्माणको काम हुन नदिने र सरकारको लक्ष्य समाजवादलाई अवरोध गर्न खोजेको बताउँदै उहाँले भन्नुभयो, ‘‘उहाँहरु सहज भएर आउनुहुन्छ । नभए जेलमा बसालेर भए पनि राजनीतिक मूलधारमा ल्याइन्छ…
झापा, ११ चैत । विश्व पानी दिवसको अवसर पारेर विलिभर्स इष्टन चर्च विर्तामोड डायोसिसले झापा र मोरङमा गरी ४० बटा फिल्टर वितरण गरेको छ । जसमा २८ बटा बायो फिल्टर र १२ बटा वाटर फिल्टर निशुल्क वितरण गरेको छ । झापाको बुद्धशान्ति, अर्जुनधारा, विर्तामोड, भद्रपुर, मेचीनगर, दमक तथा मोरङको बेलबारी लगायतका स्थानमा फिल्टर वितरण गरिएको डिकन फादर प्रेम बहादुर लिम्बुले जानकारी दिए । शुक्रबार भएको कार्यक्रममा अर्जुनधारा ४ को लक्ष्मी प्राविमा एक थान बायो फिल्टर र एक थान वाटर फिल्टर वितरण गरिएको थियो । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष गोविन्द प्रसाद श्रेष्ठको सभापतित्वमा भएको कार्यक्रममा विलिभर्स इष्टन चर्च विर्तामोडका भिकार जेनेरल…
बिर्तामोड, ११ चैत । डाटसन गाडीको आधिकारिक विक्रेता पायोनियर मोटोकर्पले तीनवटा मोडलहरु बजारमा ल्याएको छ । डाटसनको ‘गो’, ‘गो ए ओ’ र ‘गो टी ओ’ नेपाली बजारमा उपलब्ध रहेको पायोनियर मोटोकर्पले जनाएको हो । पायोनियर मोटोकर्पले गाडीको खरिद मूल्यसमेत सार्वजनिक गरेको छ । न्यूनतम मूल्य २४ लाख ९९ हजार रुपैयाँ रहेको यो गाडी मुलुकका १३ वटा स्थानमा पाइने बताइएको छ । बिर्तामोडको भद्रपुर रोडस्थित केशरीचन्द भन्वरलालले यो गाडीको बिक्री गरिरहेको छ । बिर्तामोड उद्योग वाणिज्य संघका अध्यक्ष कुमार भट्टराईले गाडीको उद्घाटन गरे । केशरीचन्द भन्वरलाल डाटसन तथा निशान गाडीको आधिकारिक विक्रेता हो । कार्यक्रममा इलाका प्रहरी कार्यालय बिर्तामोडका डिएसपी सुवास…
सुनसरी, ११ चैत । सुनसरीको इटहरी उप–नगरपालिका–३ बाट ११ बर्षीया बालिकालाई जबरजस्ती करणी गरेको आरोपमा एक जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा इटहरी–३ कै ५३ बर्षीय देवी लिम्बु रहेका छन् । निजले आइतवार अपरान्ह ४ बजेको समयमा स्थानीय ११ बर्षीय बालिकालई आफ्नै घरमै बोलाएर ललाई फकाई जबरजस्ती करणी गरेको र सँगै आएकी अर्की ७ बर्षीया बालिकालाई समेत जबरजस्ती करणीको प्रयास गरेको भन्ने पिडित बालिकाहरुका अविभावकले जानकारी गराउनासाथ अस्थायी प्रहरी पोष्ट तालतलैयाबाट खटिएको प्रहरी टोलीले लिम्बुलाई पक्राउ गरेको हो । पक्राउ परेका लिम्बुलाई ईलाका प्रहरी कार्यालय ईटहरीमा राखि थप अनुसन्धान भईरहेको छ ।
झापा, ११ चैत्र । आईतवार साँझ झापाको बुद्धशान्ती गाउँपालिका–२ झिलमिले पुल छेउमा भएको सवारी दुर्घटनामा परी एक जनाको मृत्यु भएको छ । साँझ ६ः४० बजेको समयमा उत्तरबाट दक्षिण तर्फ जाँदै गरेको बा ९७ प ५३१९ नम्बरको मोटरसाईकलले बिपरीत दिशाबाट आउँदै गरेको साईकललाई ठक्कर दिंदा साईकल यात्री बुद्धशान्ती गाउँपालिका–३ का ३२ बर्षीय जीत कुमार राई गम्भीर घाईते भएका थिए । घाईतेलाई उपाचारको लागि बि.एण्ड.सी. अस्पताल बिर्तामोड पठाईएकोमा उपचारको क्रममा निजको मृत्यु भएको हो । दुर्घटनामा घाईते भएका मोटरसाईकल चालक पाँचथरको फिदिम नगरपालिका–१ का २६ बर्षीय रिन्छे सेल्मुको सोही अस्पतालमा उपचार भईरहेको छ । दुवै सवारी साधन ईलाका प्रहरी कार्यालय बुधवारेको नियन्त्रणमा…
भद्रपुर, १० चैत्र । विश्व क्षयरोग दिवसको अवसर पारेर नेपाल क्षयरोग निवारण संस्था झापाले भद्रपुरबाट खकार परिक्षण सुरू गरेको छ । संस्थाले क्षयरोगीको पहिचान गरी उपचार मार्फत रोग निवारण गर्ने उद्देश्य राखेर खकार परिक्षण सुरू गरेको हो । संस्थाका अध्यक्ष गोपालबहादुर थापाको अध्यक्षता तथा रेडक्रस भद्रपुरका सभापति गोपाल गिरीको प्रमुख आतिथ्यमा भद्रपुर ८ स्थित चन्द्रगढी विमान स्थल दक्षिण रहेको बस्तीमा कार्यक्रम सम्पन्न गरिएको हो । कार्यक्रममा वडा नम्बर ८ की वडा सदस्य भगवती बस्नेत, रेडक्रसकमीृ केदार महत लगायतले शुभकामना मन्तव्य रमखेका थिए भने दर्जनौं व्यक्तिको खकारको नमुना संकलन गरी परिक्षण गरिएको थियो । त्यस्तै, वीरेन्द्र नमूना क्याम्पस चन्द्रगढीको ११ औं…
काठमाडौँ, १० चैत । प्रधानमन्त्री केपी शर्मा ओलीले वर्तमान सरकारको एक वर्षका अवधिमा संविधानबमोजिम १२६ नयाँ कानून निर्माण हुनु संसदीय इतिहासकै पहिलो घटना भएको बताउनुभएको छ । प्रतिनिधिसभाको आजको बैठकमा सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले यसबीचमा १२६ कानून निर्माण, १३ ऐन संशोधन र केही ‘केही नेपाल ऐन संशोधन’ हुनु संसदीय इतिहासमै पहिलो भएको जिकिर गर्नुभयो । उहाँले यसबीचमा केन्द्र, प्रदेश र स्थानीय तहबीच सुसम्बन्ध र सहसञ्चालनलाई सहज ढङ्गले अगाडि बढाइएको र संविधानको कार्यान्वयनका निम्ति बाटो बनाई अभ्यास, नजिर र दृष्टान्त स्थापित गर्ने काम भएको बताउनुभयो । प्रधानमन्त्रीले भन्नुभयो, “लोकतान्त्रिक आचरण, भ्रष्टाचार र आपराधिक घटना नियन्त्रण गरी कानूनको राज कायम गर्न सरकारले…