झापा अनलाइन

झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।

काठमाडौँ, ४ चैत । प्रमुख प्रतिपक्षी दल नेपाली काङ्ग्रेसको केन्द्रीय कार्यसमिति बैठक पार्टीको अनुशासन र निर्वाचन समिति गठनलगायत विषयमा निर्णय गर्न आज बोलाइएको छ । पार्टी केन्द्रीय कार्यालय सानेपामा बिहान ११ बजे बस्ने बैठकमा उक्त विषयबाहेक पार्टीको विधानअनुसार नियमावली निर्माण, सरकारका कामकारवाही, समसामयिक राजनीतिलगायत विषयमा पनि छलफल हुने पार्टी कार्यालयले जनाएको छ । यसअघि गत फागुन १४ गते बोलाइएको बैठक सभापति शेरबहादुर देउवा र वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षबीच अनुशासन र निर्वाचन समिति गठनका विषयमा सहमति हुन नसक्दा बैठक बस्दै नबसी स्थगित गरिएको थियो । पार्टी कार्यालयले भने सहमतिका लागि थप छलफल आवश्यक रहेको भन्दै सो बैठक स्थगन गरिएको जनाएको…

Read More

सान नेपालगौरादह, ४ चैत । झापाको गौरादहमा महिला उद्यम सचेतना तथा सम्मान कार्यक्रम सम्पन्न भएको छ । स्थानीयस्तरमा रही लामो समयदेखी स्वउद्यममा रहेका उद्यमीलाई सचेतना तथा सम्मान अर्पण गर्दै कार्यक्रम सम्पन्न भएको हो । जागरुक महिला समूह गौरादह र गौरादह जागरुक युवा समूहको संयुक्त आयोजनामा सम्पन्न सचेतना कार्यक्रममा सामाजिक क्षेत्रमा रही अग्रणी भुमिका निर्वाह गर्दै आएका ४० वढीको सहभागिता रहेको थियो । कार्यक्रमा सामुदायिक विद्यालय व्यवस्थापन समितिका अध्यक्ष, प्रधानाध्यापक, संघसंस्थाका प्रतिनिधि, जनप्रतिनिधिहरु सहभागी भएका थिए । उपभोक्ता हित संरक्षण मञ्च गौरादहको सहयोगमा सम्पन्न कार्यक्रममा जागरुक महिला समूहमा आबद्ध महिलाहरुले उत्पादन गरेका सामग्रीहरु लाई प्रर्दशन गरिएको थियो । कार्यक्रममा महिला उद्यमीहरुले…

Read More

विराटनगर, ४ चैत । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल कम्युनिष्ट पार्टीका नाममा जनतामा आतङ्क सिर्जना गर्ने समूहलाई हतियार बुझाउन आग्रह गर्नुभएको छ । प्रधानमन्त्री ओलीले सुनसरी जिल्लाको वर्जु गाउँपालिकामा पर्ने वर्जु ताल निरीक्षणपछि आइतबार आयोजित कार्यक्रममा पृथकतावादी र विखण्डनवादी आन्दोलन त्याग गरी वर्तमान संविधान स्वीकार गर्नेलाई सरकारले स्वागत गर्ने बताउनुभयो । उहाँले भ्रष्टाचार निर्मूल गरी मुलुकमा सुशासन कायम गरी जनताको विकासप्रतिको चाहनालाई वर्तमान सरकारले पूरा गर्ने बताउनुभयो । प्रधानमन्त्री ओलीले जनताको परिवर्तनको अनुभूतिलगायत विकास र समृद्धिको चाहना वर्तमान सरकारले पूरा गरी भ्रष्टाचारमुक्त समाजको निर्माण गरी मुलुकमा सुशासन कायम गर्ने विश्वास दिलाउनुभयो । कार्यक्रममा वर्जु ताललाई प्रदेश नं १ को पर्यटकीय…

Read More

बिर्तामोड, ४ चैत । बिर्तामोडले गठन ठरेको खेलकुद विकास समिति विघटनको माग गर्दै युवाहरुले नगरपालिकामा आइतबार ज्ञापन पत्र बुझाएका छन् । युवा संघ नेपाल झापा जिल्ला कमिटी र बिर्तामोड नगर कमिटीका युवाहरुले समिति विघटन गर्न माग गर्दै ज्ञापान पत्र बुझाएका हुन् । युवा संघ झापाका सहसचिव विकास गिरी, सचिवालय सदस्य राजकुमार ओली, जिल्ला कमिटीका सुवास मेचे लगायतको नेतृत्वमा गएको टोलीले नगरपालिकाका प्रवक्ता अग्नि पाण्डेलाई ज्ञापन पत्र बुझाएका हुन् । प्रवक्ता पाण्डेले ज्ञापन पत्र बुझ्दै माथ सम्बोधन गर्न पहल गर्ने बताएका छन् ।

Read More

काठमाडौँ, ३ चैत । तेस्रो एसियन युथ एथ्लेटिक्स च्याम्पियनसिपमा नेपालका अजितकुमार यादवले आज स्वर्ण पदक जितेका छन् । हङकङमा भएको तीन हजार मिटर दौड आठ मिनेट ३०ः३२ सेकेण्डमा पूरा गर्दै यादवले नेपाललाई युथ एशियाली खेलकूदमा पहिलोपटक स्वर्ण पदक दिलाउन सफल भएका हुन् । सशस्त्र प्रहरीको एपिएफ क्लबका खेलाडी अजितपछि दोस्रो स्थानमा रहेका भारतका अमित जंगिरले आठ मिनेट ३६ः३४ सेकेण्डमा दूरी पूरा गरी रजत जिते । यस्तै आठ मिनेट ३८ः६० सेकेण्डमा दूरी पूरा गरेका यमनका गामिल अल हमातीले कास्य पदक जित्न सफल भएको राष्ट्रिय खेलकूद परिषद् ९राखेप०ले जनाएको छ । एशियन युथ एथ्लेटिक्समा नेपाल, भारत, यमनसहित चीन, जापान, चाइनिज ताइपेइ, काजकिस्तान,…

Read More

मेक्सिको, ३ चैत । मेक्सिकोमा फेरि एकजना पत्रकारको हत्या भएको समाचार छ । शनिबार ती पत्रकारलाई आफ्नै घरमा गोली हानी हत्या गरिएको अधिकारीले जनाएका छन् । यस वर्ष अर्थात गएको तीन महिनामा मात्र मेक्सिकोमा तीन जना पत्रकारको हत्या भएको छ । यसबाट मेक्सिकोमा पत्रकारको सुरक्षाको अवस्था निकै दर्दनाक बन्न पुगेको बताइएको छ । शनिबार मारिएका पत्रकार स्यान्टियागो ब्यारोसहित यस वर्ष मेक्सिकोमा तीन जना पत्रकार मारिएका समाचारमा जनाइएको छ । मेक्सिकोमा गएको सात वर्षमा कम्तीमा पनि १०० जना पत्रकार मारिएका छन् । यहाँ हुने राजनीतिक भ्रष्टाचार र लागू औषधको कारोबार गर्ने भूमिगत गिरोह तथा तस्करबाट यहाँका पत्रकार असुरक्षित हँुदै गएको सरोकारवालाको…

Read More

काठमाडौँ, ३ चैत । परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली यही चैत ६ देखि ८ गतेसम्म अर्जेण्टिनाको राजधानी ब्यूनसआयर्समा हुने दक्षिण–दक्षिण सहयोगसम्बन्धी संयुक्त राष्ट्रसङ्घीय दोस्रो उच्चस्तरीय सम्मेलनमा भाग लिने नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै यही चैत ४ गते त्यसतर्फ प्रस्थान गर्नुहुने भएको छ । सम्मेलनको पूर्ण बैठकमा मन्त्री ज्ञवालीले दक्षिण–दक्षिण सहयोगसम्बन्धी नेपालको राष्ट्रिय वक्तव्य तथा सन् २०३० का कार्यसूची कार्यान्वयन एवम् दिगो विकासका चुनौती र अवसर विषयमा मन्तव्य दिने कार्यक्रम रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ । संयुक्त राष्ट्रसङ्घीय अतिकम विकसित, भूपरिवेष्टित, विकासोन्मुख साना टापु राष्ट्र (युएन ओएचआर एलएलएस) ले ती राष्ट्रलाई दिगो विकासको मार्गमा अग्रसर हुन दक्षिण–दक्षिण र त्रिपक्षीय सहयोग प्रवद्र्धनका सन्दर्भमा आयोजना गर्ने…

Read More

काठमाडौँ, ३ चैत । सरकारले मोरङ, सङ्खुवासभा, मुगु, डोल्पा र हुम्लामा स्वास्थ्य बीमा कार्यक्रम कार्यान्वयनमा ल्याउने भएको छ । स्वास्थ्य बीमा बोर्डले चैत मसान्तभित्र ती जिल्लामा स्वास्थ्य बीमा कार्यक्रम कार्यान्वयनमा ल्याउने भएको हो । ती जिल्लामा स्वास्थ्य बीमा कार्याक्रम लागू भएको घोषणा हुनुपूर्वका दर्ता, तालीम एवं स्वास्थ्य सेवा प्रदायक संस्थासँगको आवश्यक गृहकार्य लगभग पूरा भएको बोर्डले जनाएको छ । अब नेपाल सरकारको उच्च प्राथमिकता प्राप्त सो कार्यक्रम कार्यान्वयन गर्ने जिल्लाको सङ्ख्या ४७ पुगेको छ । हालैमात्र धनुषा, सिराहा, स्याङ्जा, बाँके, दार्चुला र कञ्चनपुरमा स्वास्थ्य बीमा कार्यक्रम लागू भएको थियो । बोर्डका कार्यकारी निर्देशक रमेशकुमार पोखरेलका अनुसार, बोर्डले सबै जिल्लामा कार्यक्रम…

Read More

बनियानी, ३ चैत । नेपाल पत्रकार महासङ्घ झापा शाखाको तालाबन्दी खुलेको छ । सदस्यता नवीकरणसम्बन्धी विवादका कारण गत माघ २९ गते प्रेस चौतारी झापा र नेपाल आदिवासी–जनजाति पत्रकार महासङ्घ (फोनिज) झापाले महासङ्घको कार्यालयमा तालाबन्दी तथा प्रेस युनियन झापाले ध्यानाकर्षण गराएको थियो । आज विर्तामोडमा बसेको संयुक्त बैठकबाट सहमति जुटेसँगै तालाबन्दी खुलेको पत्रकार महासङ्घ झापा शाखा अध्यक्ष तारामणि सापकोटाले बताउनुभयो । विसं २०७५ को सदस्य नवीकरणका पूर्ववत्रुपमा हुने र विसं २०७६ देखि केन्द्र तथा प्रदेश समितिको नीति निर्देशनबमोजिम नवीकरण गर्ने सहमति भएको छ । तालाबन्दीका कारण फागुन ४ हुने भनिएको महासङ्घ झापा शाखाको साधारणसभा चैत मसान्तभित्र गरिने भएको छ । पत्रकार…

Read More

मोरङ, ३ चैत । प्रधानमन्त्री केपी शार्मा ओलीले विप्लव नेतृत्वको नेकपा समूहलाई प्रतिबन्ध मात्र हैन अब नियन्त्रणको योजना बनाइएको बताउनुभएको छ । कुनै ठाउँमा दर्ता नै नभएको एउटा समूहका नाममा भएको बम पड्काउने, मान्छे मार्ने, धम्क्याउने र लुटपाट मच्चाउने जस्ता आतंकित पार्ने काम भएकोले सरकारले यसलाई नियन्त्रण गर्ने योजना बनाएको बताउनुभएको हो । विराटनगर विमानस्थलमा पत्रकारसँग कुरा गर्दै प्रधानमन्त्री ओलीले जनप्रतिनिधि, कर्मचारी, व्यापारी तथा उद्योगीलाई समेत धम्क्याउने काम भएकोले लोकतान्त्रिक मूल्य र मान्यतामा चल्ने व्यक्तिहरुले जनतालाई आतंकित पार्न नहुने बताउनुभयो । ‘सरकार यो विषयमा गम्भीर छ, कुनै ठट्टा गरेको छैन, प्रधानमन्त्री ओलीले भन्नुभयो, ‘विध्वंस, लुटपाट, आतंकित पार्ने कुरालाई सरकारले प्रतिबन्ध…

Read More