
काठमाडौँ, ३ चैत । तेस्रो एसियन युथ एथ्लेटिक्स च्याम्पियनसिपमा नेपालका अजितकुमार यादवले आज स्वर्ण पदक जितेका छन् । हङकङमा भएको तीन हजार मिटर दौड आठ मिनेट ३०ः३२ सेकेण्डमा पूरा गर्दै यादवले नेपाललाई युथ एशियाली खेलकूदमा पहिलोपटक स्वर्ण पदक दिलाउन सफल भएका हुन् ।
सशस्त्र प्रहरीको एपिएफ क्लबका खेलाडी अजितपछि दोस्रो स्थानमा रहेका भारतका अमित जंगिरले आठ मिनेट ३६ः३४ सेकेण्डमा दूरी पूरा गरी रजत जिते । यस्तै आठ मिनेट ३८ः६० सेकेण्डमा दूरी पूरा गरेका यमनका गामिल अल हमातीले कास्य पदक जित्न सफल भएको राष्ट्रिय खेलकूद परिषद् ९राखेप०ले जनाएको छ ।
एशियन युथ एथ्लेटिक्समा नेपाल, भारत, यमनसहित चीन, जापान, चाइनिज ताइपेइ, काजकिस्तान, इरान, दक्षिण कोरिया, हङकङ, सिङ्गापुर, मलेशिया, साउदी अरेबिया, थाइल्याण्ड, श्रीलङ्का, उज्वेकिस्तान, इण्डोनेसिया, ओमन, भूटान, जोर्डन, कीर्गिस्तान, कुवेत, लेवनान, मकाउ, माल्दिभ्स, फिलिपिन्स, भियतनाम, कतार र यमनका खेलाडी सहभागी छन् ।
झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।

