
Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
झापा अनलाइन
झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।
सुनसरी, १६ फाल्गुन । सुनसरीको ईटहरी उप–महानगरपालिका–१९ अमाहमा बुधवार राती हड्डी अड्किएर १ जनाको मृत्यु भएको छ । हड्डी अड्किएर सोही स्थान बस्र्ने ६१ वषका हरि चौधरीको मृत्यु भएको इलाका प्रहरी कार्यालय ईटहरीले जनाएको हो । राती सवा ९ बजे मासु खाने क्रममा घाटीमा हड्डी अड्किए पछि उपचारको लागि धरान लैजाने क्रममा उनको बाटोमा नै मृत्यु भएको उक्त कार्यालयले जनाएको छ ।
झापा, १६ फागुन । झापाको शिवसताक्षी नगरपालिका–११ दुधेमा बुधवार बोलेरो गाडीको ठक्करबाट १ जना साईकल यात्रीको मृत्यु भएको छ । पूर्व–पश्चिम राजमार्गमा पश्चिम तर्फ जाँदै गरेको बा ५ च ९४२९ नम्बरको बोलेरोले साईकल यात्री सोही नगरपालिका बस्ने ४७ वर्षका दिपक राईलाई ठक्कर दिएको थियो । ठक्करबाट गम्भीर घाइते राईलाई उपचारको लागि बि.एण्ड.सी. अस्पताल बिर्तामोड पठाईएकोमा उपचारको क्रममा सोही अस्पतालमा मृत्यु भएको इलाका प्रहरी कार्यालय झिलझिलेले जनाएको छ । मृतको शव कानूनी प्रकृया पश्चात सोही अस्पतालमा राखिएको छ भने ठक्कर दिने सवारी र चालकलाई प्रहरीको नियन्त्रणमा राखिएको छ ।
झापा, १६ फागुन । झापाको दमक नगरपालिका–१० मा बुधवार स्कुलको गेटले किचेर १ बालकको मृत्यु भएको छ भने १ जना घाइते भएका छन् । दिउँसो साढे २ बजे जनता प्राथमिक बिद्यालयमा नर्सरीमा अध्ययनरत मोरङ कानेपोखरी–२ घर भई हाल दमकमा डेरा गरी बस्ने छुका हेमरनको छोरा ७ वर्षका बिजेन्दर हेमरनलाई स्कुलमा खेल्ने क्रममा अचानक मेन गेट लडेर किचेको थियो । गेटले थिचेर गम्भीर घाइते भएका बालकलाई उपचारको लागि लाईफलाईन अस्पताल दमक पठाईएकोमा उपचारको क्रममा दिउँसो पौने ३ बजे मृत्यु भएको इलाका प्रहरी कार्यालय दमकले जनाएको छ । साथै सोही गेटले थिचेर दमक नगरपालिका–१० बस्ने फुलमाया दर्जीको छोरी ९ वर्षकी तारादर्जी समेत…
काठमाडौं, १६ फागुन । भारत र पाकिस्तानमा भइरहेको युद्धका कारण पाकिस्तानको आकाश हुँदै नेपाल आवतजावत गर्ने विमानको उडान प्रभावित भएको छ । नेपाल उडान गर्ने कतार एयरवेज, टर्किस एयरलाइन्स र इतियाज एअरको उडान प्रभावित भएको हो । पाकिस्तानले भारतको बाटो हुँदै आफ्नो एयर रुटमा प्रवेश गर्न रोक लगाएको छ। सोही कारणले गर्दा पाकिस्तान हुँदै भारत भएर नेपाल आवतजावत विमानहरुको उडान प्रभावित भएको हो । त्रिभुवन अन्र्तराष्ट्रिय विमानस्थलका प्रवक्ता प्रतावबाबु तिवारीका अनुसार कतार एअरवेजले बैकल्पिक रुटको प्रयोग गरेर उडान गरेको छ। तर, टर्किस र इतियाज एअरको उडान भने रद्द गरिएको छ । कतार एयरवेजको विमान भने पाकिस्तानको आकाश छलेर बैकल्पिक रुटबाट…
बिर्तामोड । झापा गोल्डकपको चौथो संस्करणको तयारी अन्तिम चरणमा पुगेको छ । फागुन १८ गतेदेखि सुरु हुने प्रतियोगिताको मुल आयोजक समितिले बुधबार पत्रकार सम्मेलन गर्दै तयारी अन्तिम पुगेको जनाएको हो । बिर्तामोडस्थित डोमालाल राजवंशी रंगशालामा हुने फुटबल प्रतियोगिताको फाइनल खेल २७ गते हुनेछ । चौथो संस्करणमा आइपुगेको झापा गोल्डकपको यसपटक मुख्य प्रायोजक मनषा थाइ फुडको उत्पादन मग मग तयारी चाउचाउ रहेको छ । मनषा थाइ फुडका तर्फबाट बुद्धि घिमिरे, झापा गोल्डकपका तर्फबाट अध्यक्ष महेन्द्रकुमार गिरी र झापा ११ एफसीका अध्यक्ष जलकुमार गिरीबीच सम्झौता पत्रमा हस्ताक्षर भएको थियो ।मग मगले यसपटक गोल्डकपलाई नगद ८ लाख र झापा ११ एफसीलाई नगद ५…
सुकेटार, १६ फागुन । नेपाली सेनाले संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्र अधिकारीलगायत हेलिकप्टर दुर्घटनामा परी मृत्यु भएकाहरूको शव आज काठमाडौँ पठाइँदैछ । बुधबार साँझ दुर्घटनास्थलबाट सेनाको हेलिकोप्टरले हुक गरेर चार शव सुकेटार विमानस्थलमा ल्याएपछि वर्षा र हिउँका कारण अन्य शव उठाउने कार्य प्रभावित भएको थियो । त्यसपछि घटनास्थलबाट बोकेरै शव ल्याउने प्रयास गरिए पनि असफल भएपछि आज बिहान सेनाको हेलिकोप्टरद्वारा बाँकी तीन शव ल्याउन लागिएको हो । सुकेटार विमानस्थलमा शव ल्याई पु¥याएलगत्तै शव काठमाडौँ पठाइने प्रमुख जिल्ला अधिकारी अनुज भण्डारीले राससलाई जानकारी दिनुभयो । काठमाडौँबाट तेह्रथुमको चुहानडाँडामा विमानस्थलको सम्भाव्यता अध्ययनका लागि मन्त्री अधिकारीसहितको टोली कार्यक्रम सकेर पाथीभरा हुँदै काठमाडौँ…
काठमाडौँ, १६ फागुन । सरकारले कामदारको सामाजिक सुरक्षा र आम्दानीका हिसाबले नयाँ श्रम गन्तब्यका रुपमा जापान र मरिससलाई प्राथमिकतामा राखेर श्रम सम्झौता गर्ने तयारी गरेको छ । सरकारले पुराना गन्तव्य मुलुक यूएई र ओमानलाई समेत नयाँ श्रम सम्झौताको सूचीमा राखे पनि अधिकतम नेपाली कामदारको आम्दानी र सुरक्षाका हिसाब जापान र मरिसस उपयुक्त हुने भएपछि सोही अनुसार श्रम सम्झौताको तयारी गरेको छ । अन्य श्रम गन्तब्यका तुलनामा जापान र मरिसस उपयुक्त हुने भएपनि कामदारमैत्री श्रम सम्झौतालाई महत्वकासाथ अघि बढाएको छ । आजको कारोबार दैनिकमा खबर छ ।
काठमाडौं, १५ फागुन । सरकारले स्वर्गीय संस्कृति पर्यटन तथा नागरिक उड्यानमन्त्री रविन्द्र अधिकारीलाई राजकीय सम्मान दिने निर्णय गरेको छ । बुधबार आकस्मिक बसेको मन्त्रीपरिषद्को बैठकले सो निर्णय गरेको हो । यस्तै मन्त्री अधिकारीको निधनको शोकमा भोलि राष्ट्रिय शोक मनाउँदै देशभर सार्वजनिक विदा दिने सरकारले निर्णय गरेको छ । बुधबार दिउँसो मन्त्री अधिकारीसहित सवार एयर डाइनेष्टीको हेलिकप्टर ताप्लेजुङको दारेभीर, सिस्ने खोलामा दुर्घटना भएको थियो । दुर्घटना हुनाको कारण मौसम खराबी भएको बताइएको छ । हेलिकप्टर उड्ने वित्तिकै केही समयभित्रै दुर्घटना भएको हो ।
कास्की, १५ फागुन । साविक उपविजेता थ्री स्टार क्लब पोखरामा जारी १७औँ संस्करणको ‘आहा रारा गोल्डकप’ फुटबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ । आज भएको सेमिफाइनलमा सशस्त्र प्रहरीको ‘एपिएफ क्लब’लाई पेनाल्टी सुटआउटमा ४–२ गोलले पराजित गरी थ्री स्टार उपाधि नजिक पुगेको हो । निर्धारित ९० मिनेटमा दुवै टोलीबाट गोल हुन नसकेपछि खराब मौसमका कारण खेल अतिरिक्त समयमा नखेलाई सिधै पेनाल्टी सुटआउटबाट निर्णय गरिएको थियो । पेनाल्टीमा थ्रीस्टारका रञ्जित धिमाल, सुनील बल, रुपेश केसी र अनन्त तामाङले गोल गरेका थिए । बुद्ध चेम्जोङको प्रहार गोलकिपर रोमन रसाइलीले रोक्न सफल भए । त्यस्तै एपिएफका लागि आशिष लामा र सन्तोष कटुवालले गोल गरेका…
काठमाडौँ, १५ फागुन । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले हेलिकप्टर दुर्घटनामा परी संस्कृति, पर्यटन तथा नागरिक उडड्यमन्त्री रवीन्द्र अधिकारीको निधनबाट पार्टीले प्रचुर सम्भावना बोकेको भरोसायोग्य युवा नेता गुमाएको जनाउनुभएको छ । अध्यक्षद्वयले आज जारी गर्नुभएको शोक वक्तव्यमा अधिकारीको निधनबाट पार्टी केन्द्रीय कमिटीका एक जना होनाहार सदस्य, विकासप्रेमी जनप्रतिनिधि गुमाएको उल्लेख गर्दै नेपालको कम्युनिष्ट आन्दोलनमा उहाँले पु¥याएको योगदानको उच्च मूल्याङ्कन गर्दै हार्दिक श्रद्धाञ्जलि अर्पण गरिएको छ । आज दिउँसो १ बजेतिर ताप्लेजुङको फुङलिङ–१०, सिस्नेभिरमा एयर डाइनेष्टीको हेलिकप्टर दुर्घटना हुँदा अधिकारीसहित सात जनाको निधन भएको थियो । दुर्घटनाबाट मुलुकलाई अपूरणीय क्षति भएको र…