
Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
झापा अनलाइन
झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।
काठमाडौँ, १९ फागुन । क्रिकेट खेलाडी सङ्घ नेपाल (सिप्यान)को आयोजनामा हुने एनसीसीएस–सिप्यान अवार्डअन्तर्गत पुरुष वर्ष क्रिकेट खेलाडी अवार्डको मनोननयमा राष्ट्रिय क्रिकेट टोलीका कप्तान पारस खड्कासहित पाँच खेलाडी परेका छन् । पुरुष वर्ष क्रिकेट खेलाडी अवार्डको मनोनयनमा कप्तान खड्कासहित दिपेन्द्रसिंह ऐरी, करण केसी, सन्दीप लामिछाने र सोमपाल कामीको नाम (सिप्यान)द्वारा आज यहाँ आयोजित पत्रकार सम्मेलनमा सार्वजनिक गरेको हो । यस अवार्डको विजेता खेलाडीले अवार्डसँगै रु एक लाख ३२ हजार प्राप्त गर्नेछन् । क्रिकेटकै महिलातर्फ नेपाली टोलीका कप्तान रुबिना क्षेत्री बेल्बासे, सरिता मगर, इन्दु बर्मा, करुणा भण्डारी र सिता राना मगर मनोनयनमा परेकी छिन् । त्यसैगरी उदयमान क्रिकेट खेलाडीमा कविता कुँवर, अविनाश…
बिर्तामोड, १९ फागुन । चौथो मगमग झापा गोल्डकप अन्तर्गतको दोस्रो दिन भएको खेलमा शसस्त्र प्रहरीको एपीएफ क्लबले मोरङ ११ लाई १–० गोलअन्तरले पराजित गर्दै क्वाटरफाइनलमा प्रवेश गरेको छ । एपिएफले मोरङका तीन जना खेलाडी काठमाण्डौको अन्य क्लबमा अनुबन्धित भएको भनेर अपिल गरेपछि २३ मिनेट खेल रोकिएको थियो । मोरङले अन्य क्लबको रिलिज पेपर देखाउन नसक्दा खेल रोकिएको हो । तर, एपीएफको माथिल्लो निकायबाट खेल खेल्न निर्देशनपछि खेल पुनः सुचारु भएको थियो । यसैबीच, ४५+९ मिनेटमा एपीएफले अग्रता लिन सफल भएको थियो । मोरङका गोलरक्षक किशोर गिरी अगाडी बडेको समयमा रमेश दंगालको हेडरमा हरि कार्कीले फ्लिक हेड गर्दा बलले पोष्टको दिशा…
महाशिवरात्री पर्व नजिकिदै गर्दा “सत्याकृत फाउण्डेशन” अन्तर्गतको सत्याकृत ब्याण्डले “आउ फर्केर” भन्ने बोलको गीतको म्युजिक भिडियो सार्वजनिक गरेको छ । आयतित संस्कार र परम्परामा भुलिरहेको अहिलेको नेपाली समाजलाई आफ्नै सनातन भावले सु–सज्जित गर्दै ”सत्याकृत”ले गीत सङीतको माध्यमबाट मानवता, एकता, आध्यात्मिकताको सकारात्मक उर्जा बृद्धिकरणको निम्ति प्रेरणा स्वरूप,गीति सन्देश, गीती आनन्द छर्ने प्रयास गर्दै आईरहेको छ । युवाहरुमा नैतिक जागरण तथा संस्कृति जगेर्ना गर्ने सकारात्मक पहल’ नारा लिएर उदाएको नेपालको पहिलो र एकमात्र आध्यात्मिक सांगीतिक ब्यान्ड ‘सत्याकृतले गीत संगीत छेत्रमा अलग्गै पहिचान बनाउन सफल हुदै आएको छ । यसै सन्दर्भमा यहि फाल्गुन २० गते महाशिवरात्री दिन पोखरास्थित लेकसाइडको हल्लाचोकमा आयोजना हुने शिवरात्री…
बिर्तामोड १९ फागुन । नेपाल दशनामी समाज प्रदेश नं. १ ले एक करोड रुपैयाँको अक्षयकोष स्थापना गर्ने भएको छ । समितिले दशनामी समाजका सदस्यहरुको हितलाई ध्यानमा राख्दै प्रदेशस्तरीय अक्षयकोष स्थापना गर्न लागेको हो । समितिको तेस्रो पूर्ण विस्तारित भेलामा भएको छलफलले सो निर्णय गरेको प्रदेश अध्यक्ष चन्द्रप्रसाद गिरीले जानकारी दिए । प्राकृतिक विपत्ति, आगलागी, भूकम्प, वाढीपहिरोका पिडितहरुको सहयोग तथा शैक्षिक वेरोजगारीलाई सीपमुलक तालिम प्रदान गरी आत्मनिर्भर गराउने उदेश्यले अक्षयकोष स्थापना गर्न लागेको हो । प्रदेश नं. १ का अध्यक्ष चन्द्रप्रसाद गिरीको अध्यक्षतामा शनिवार इटहरीमा भएको भेलाले सो निर्णय गरेको हो । समितिले अक्षयकोषका लागि सम्पूर्ण बन्धुहरुलाई यथासक्य आर्थिक सहयोग गरिदिन…
बिर्तामोड १९ फागुन । झापा अर्जुनधारा–६ को हिमाली इजुकेशन फाउण्डेशनले १२ औं वार्षिकोत्सव बिभिन्न कार्यक्रम आयोजना गरी सम्पन्न गरेको छ । बिद्यार्थीहरुले बिद्यालयमा आइतवार सांस्कृति कार्यक्रमसहित कविता वाचन, फेशन सो, नाटक, निबन्ध, मार्सल आर्ट लगायतका कार्यक्रमहरु प्रस्तुत गर्दै बार्षिक उत्सव मनाएका हुन् । बिद्यालयले बार्षिक उत्सवको अवसर पारेर नृत्य प्रशिक्षक राज सुव्वा र शिक्षिका सुमित्रा गुरुङलाई नगदसहित सम्मान गरेको छ । त्यसैगरी उत्कृष्ट नतिजा ल्याउने बिद्यार्थीहरुलाई समेत पुरस्कृत गरेको छ । बिद्यालयका संस्थापक अध्यक्ष खड्गराज गिरीको अध्यक्षतामा भएको कार्यक्रममा प्याव्सन झापाका अध्यक्ष एलपी उप्रेतीको प्रमुख आतिथ्यता रहेको थियो । स्वागत बिद्यालयकी प्रधानाध्यापक शान्ता गिरीले गरेको कार्यक्रममा अर्जुनधारा नगर प्याव्सन अध्यक्ष…
काठमाडौँ, १९ फागुन । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का दिवङ्गत नेता तथा पूर्वउपप्रधानमन्त्री एवं अर्थमन्त्री भरतमोहन अधिकारीको आज राजकीय सम्मानका साथ अन्त्येष्टि गरिएको छ । पशुपतिस्थित आर्यघाटमा नेता अधिकारीको पार्थिव शरीरमा उहाँका सुपुत्रीत्रय लुना, लिमा र लिजाले संयुक्तरूपमा दागबत्ती दिनुभएको थियो । प्रधानमन्त्री निवास बालुवाटारमा आज बसेको मन्त्रिपरिषद् बैठकले उहाँको राजकीय सम्मानका साथ अन्त्येष्टि गर्ने निर्णय गरेको थियो । यसअघि नेपाल सरकारका तर्फबाट उपप्रधानमन्त्री एवम् रक्षामन्त्री ईश्वर पोखरेलले नेता अधिकारीको पार्थिव शरीरमा राष्ट्रिय झण्डा ओढाउनुभएको थियो । नेता अधिकारीको पार्थिव शरीरमा उहाँकी धर्मपत्नी सविता, नेकपाका महासचिव विष्णु पौडेल, नेकपाका नेता जनार्दन शर्मा तथा नेपाली काङ्ग्रेसका नेता एवम् पूर्वअर्थमन्त्री डा रामशरण महत,…
विराटनगर, १९ फागुन । वन्यजन्तुबाट ज्यान गुमाएका र क्षति व्यहोरेका परिवारलाई आज यहाँ राहत वितरण गरिएको छ । डिभिजन वन कार्यालय मोरङले हात्तीको आक्रमणबाट ज्यान गुमाउनुभएका धनपाल थान गाउँपालिका–६ निवासी डोमी महतोको छोरा रघु महतोलाई रु १० लाख राहतस्वरुप प्रदान गरेको छ । यस्तै, हात्तीको कारण क्षति व्यहोरेका कानेपोखरी निवासी पूर्णबहादुर जोशीले रु १६ हजार, उर्लावारी–४ का नरमाया मगर, नन्दबहादुर मगर, शम्शेरबहादुर माझी, ईश्वर पौडेल, गणेशकुमार मगर र सुन्दर हरैँचाका लक्ष्मीप्रसाद ओझाले जनही रु १० हजारका दरले राहत पाउनुभएको छ । विसं २०६९ मा जारी भएको निर्देशिकाअनुसार वन्यजन्तु आक्रमणबाट ज्यान गुमाउने, बालीनाली नष्ट भएको, घर भत्काएको, घाइते भएकालाई सरकारले क्षतिपूर्ति…
धनकुटा, १९ फाल्गुन । धनकुटाको साँगुरीगढी गाउँपालिका(६ भेडेटारबाट ५ केजी गाँजा सहित १ युवकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । आज बिहान ४ः३० बजे ईलाका प्रहरी कार्यालय भेडेटारबाट खटिएको प्रहरी टोलीले धनकुटाबाट धरान तर्फ आउदै गरेको को.१६ प. ९६९४ नंम्बरको मोटरसाईकललाई रोकी चेकजाँच गर्ने क्रममा मोटरसाईकलको पछाडी बाधेर राखिएको अबस्थामा उक्त परीणामको गाँजा सहित मोटरसाईकल चालक साँगुरीगढी–८ का ३० बर्षीय अविनास राईलाई पक्राउ गरेको हो । गाँजा सहित पक्राउ परेका राईलाई जिल्ला प्रहरी कार्यालय धनकुटामा राखि थप अनुसन्धान भईरहेको उक्त कार्यालयले जनाएको छ ।
सुनसरी, १९ फाल्गुन । सुनसरीको कोशी गाउँपालिका–४ जुद्धगंज चोकमा आज बिहान भएको मोटरसाईकल दुर्घटनामा परी स्थानीय ५ बर्षीया बालिका गम्भीर घाईते भएकी छन् । बिहान ११ः३० बजेको समयमा पूर्वबाट पश्चिम तर्फ जादै गरेको को ३० प १७८० नंम्बरको मोटरसाईकलले स्थानीय ईर्फाद आलमको छोरी ५ वर्षकी अफीन खातुनलाई ठक्कर दिँदा उनी गम्भीर घाईते भएकी हुन् । घाईतेलाई घटनास्थलमा खटिएको प्रहरी टोलीले उद्धार गरी उपचारको लागि जिल्ला अस्पताल ईनरुवा पठाएकोमा उक्त अस्पतालमा उपचार हुन नसकी थप उपचारको लागि बिराटनगरको नोबेल अस्पताल पठाएको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ । मोटरसाईकल चालक बाराह नगरपालिका–१० का ५२ बर्षीय कृतानन्द पाल र मोटरसाईकल जिल्ला प्रहरी…
बनियानी, १९ फागुन । झापा गोल्डकपमा सहभागी हुने खेलाडीको दुर्घटना बिमा गरिएको छ । आयोजक झापा गोल्डकप र प्रिमियर इन्सुरेन्स कम्पनी नेपालबीच खेलाडी तथा अफिसियलको दुर्घटना बिमाबारे सम्झौता भएको हो । सम्झौताअनुसार प्रत्येक खेलाडी तथा अफिसियलका लागि रू ५ लाखका दरले बीमा गरिएको आयोजकले जनाएको छ । प्रिमियर इन्सुरेन्सका तर्फबाट प्रदेश प्रमुख ठाकुर उप्रेती र आयोजकका तर्फबाट महासचिव गजेन्द्र पौड्यालबीच दुर्घटना बिमासम्बन्धी सम्झौता भएको हो । प्रतियोगिता अवधिभर २२० जना खेलाडीको दुर्घटना बिमा गरिएको हो ।