
Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
झापा अनलाइन
झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।
— रमिते आखिर मान्छे पनि माछाजस्तै हु“दा रहेछन् । मान्छे बुद्धिमानी, विवेकशील, विद्वान, परोपकारी, न्यायिक… आदि के–के भन्ने कुरा कुरै मात्र रहेछ । कसले कसलाई ठुङ्न, चिथोर्न, कोपर्न, लुछ्न सक्छ कसैले बा“की राख्दैनन् । ह्वेल माछाले समुद्र्रमा राज गरेझैं शक्तिशाली भनिने देशले संसारका साना दुर्बल देशहरुलाई पुच्छरबाट ठुङ्दै, टोक्दै, कोपदैर् खाइरहेका छन्, अझ दुर्बलहरुलाई त सिंगासिंगै निल्दै छन् । खाने, निल्ने, घिच्ने, चबाउने तरिका–शैली आफ्ना आफ्नै भए पनि हाम गनेर् प्रवृत्ति चाहि“ माछा र मान्छे ठ्याप्पै मिल्दो रहेछ । बल प्रयोग गरेपनि दुष्ट बुद्धि प्रयोग गरे पनि आखिर लक्ष्य भनेको उदरम् परिपुरयेत् नै हो । माछा त्यस्तो जीव हो, जसले सामुन्द्रिक प्राणीहरुलाई आहार जुराइदिएको छ । माछा…
बनियानी, झापा, ९ असार ः पूर्वी नाका काँकरभिट्टा हुँदै भित्रिने भारतीय माछाको आयात घट्दै गएको छ । पछिल्लो पाँच वर्षयता भारतबाट आउने माछाको आयात क्रमशः घट्दै गएको एनिमल क्वारेन्टाइन कार्यालय काँकरभिट्टाले जनाएको छ । क्वारेन्टाइन कार्यालय काँकरभिट्टाका प्रमुख मुकेशकुमार सिंहका अनुसार चालू आर्थिक वर्ष २०७४÷७५ को ११ महिनाको अवधिमा काँकरभिट्टा नाकाबाट एक हजार ४१० मेट्रिक टन माछा आयात भएको छ । यो अघिल्लो आवको तुलनामा ७९ मेट्रिक टन कम हो । आव २०७३÷७४ मा एक हजार ६७५ मेट्रिक टन माछा आयात भएको थियो । त्यस्तै, आव २०७०÷७१ मा भारतबाट दुई हजार ८० मेट्रिक टन, २०७१÷७२ मा दुई हजार १०९ मेट्रिक…
काठमाडौँ, ९ असार । अहमद मुसाले दोहोरो गोल गरेपछि नाइजेरियाले विश्वकपको डेब्यू टोली आइसल्याण्डलार्इ २(० गोलअन्तरले पराजित गर्दै अन्तिम १६ मा स्थान बनाउने सम्भावना कायमै राखेको छ। पराजित आइसल्याण्डको सम्भावना पनि बाँकी नै छ भने नतिजाले यसै समूहको अर्जेन्टिनालार्इ पनि राहात पुगेको छ। समूह डी को खेलमा जितसँगै नाइजेरिया ३ अंकका साथ दोस्रो स्थानमा उक्लिएको छ। अब अन्तिम खेलमा उसले अर्जेन्टिनालार्इ पराजित गरे या बराबरी खेले दोस्रो चरणमा स्थान बनाउने छ। त्यस्तोमा आइसल्याण्डले अन्तिम खेलमा भने कोएशियासँग जित्नु हुँदैन। यता, १ अंक रहेको आइसल्याण्डले अन्तिम खेलमा क्रोएशियालार्इ पराजित गरे ४ अंकका साथ उसले दोस्रोमा स्थान बनाउने छ। त्यस अवस्थामा नाइजेरिया…
असार २९ गतेलाई प्रदर्शन मिति तय गरिएको फिल्म हो ‘वीराङ्गना’ । यसमा अभिनेता अनुप विक्रम शाही र अभिनेत्री शिल्पा पोखरेल प्रमुख भूमिकामा छन् । पृथ्वीराज प्रसाईँको पनि यसमा लिड अभिनय छ । दुई गीत र एक्सनले भरिपूर्ण ट्रेलरले फिल्मप्रति दर्शकमा केही चासो जगाउन सफल भएको छ । अब कन्टेन्ट कति बलियो छ ? फिल्मको सफलता र असफलता यसमै निर्भर रहन्छ । हालसम्मको अवस्थामा फिल्मको पब्लिसिटी कमजोर छैन । अनुपबाहेक शिल्पा र पृथ्वीले ‘वीराङ्गना’ का लागि प्रशस्त समय छुट्याएका छन् । निर्माण टिमसँगको आपसी मनमुटावका कारण अनुप भने फिल्मको प्रचारमा नहिँड्ने सम्भावना प्रवल छ । तर, फिल्ममा उनको उपस्थिति हुनु पनि…
मुम्बई । पूर्व पोर्नस्टार एवम् बलिउड अभिनेत्री सन्नी लियोनका श्रीमान् डेनियल वेबरले फादर्स डेको मौकामा पत्नी सन्नी, छोरी निशा र आफ्नो तस्बिर इन्टाग्राममा सेयर गरेका छन् । फोटोमा सन्नी र निशा नग्न देखिएका छन् । ड्यानियलले पनि टिसर्ट लगाएका छैनन् । यो फोटो पोष्ट गरेर ड्यानियलले लेखेका छन्, ‘आज फादर्स डे हो । यो सबैभन्दा सर्वोत्तम प्रेम हो । धन्यवाद सन्नी लियोन, निशा कौरसँग भेट गराएकोमा र हामी दुबैलाई प्रेम गरेकोमा । तिमी सधैं उत्कृष्ट कुरा थाहा पाउने व्यक्ति हुनेछौ । उनी मेरा लागि सबैकुरा हुन्, उनले मेरो मन जितेकी छिन् ।’ पोष्टमार्फत डेनियल आफ्नो, सन्नी र निशाको पवित्र सम्बन्ध…
मुम्बई । बलिउड अभिनेत्री ऐश्वर्या राय बच्चनका कारण निर्देशक मधुर भन्डारकर डिप्रेसनमा परेका छन् । ऐश्वर्या र मधुरबीचको विवादले भारतीय मिडियामा त्यसवेला पनि निकै स्थान पाएको थियो । मधुरले त्यसवेला आफ्नो ड्रिम प्रोजेक्टमा ऐश्वर्यालाई साइन गराएका थिए । ऐश्वर्याले फिल्म त साइन गरेकी थिइन्, उनी गर्भवती भएको कुरा बताएकी थिइनन् । भन्डारकरको पहिलो रोजाइमा थिइन्, ऐश्वर्या । निर्देशक मधुरले उक्त फिल्म बनाउन डेढ वर्षदेखि रिसर्च गरेका थिए । निर्देशक मधुरको यो फिल्म ड्रिम प्रोजेक्ट थियो । जब निर्देशक मधुरले ऐश्वर्या गर्भवती भएको थाहा पाए, तब उनले ऐश्वर्यालाई फिल्मबाट निकालिदिए । त्यसपछि निर्देशक मधुर डिप्रेसनको सिकार भएका थिए । एजेन्सी
झापा, ९ असार । सर्वियाविरुद्ध जित निकालेपछि स्विजरल्याण्डलाई अघिल्लो चरणको यात्रा सहज भएको छ । समूह ईको शनिबार बिहान सम्पन्न खेलमा स्विजरल्याण्डले सर्वियालाई २–१ ले हरायो । स्विजरल्याण्डको जितमा शाकरीको गोल निर्णायक भयो । शाकरीले ९० मिनेटमा गोल गरेर टिमलाई जित दिलाए । कलिनिङगार्ड मैदानमा अग्रता भने सर्वियाले लिएको थियो । खेलको पाँचौं मिनेटमा नै अलेक्सान्दर मित्रोभिकले गोल गर्दै सर्वियालाई अग्रता दिलाएका थिए । पहिलो हाफमा १–० ले पछि परेको स्विजरल्याण्डले दोस्रो हाफमा दुई गोल गर्न सफल भयो । ५२ औं मिनेटमा जाकाले गोल गर्दै खेललाई १–१ को बराबरीमा पुर्याए । सर्वियाका डिफेन्डरबाट रिबाउन्ड आएको बललाई जाकाले डिबक्स बाहिरबाट उत्कृष्ट…
डा. लेखनाथ न्यौपाने नेपालमा अब राजनीतिक आन्दोलनहरु सकिएका छन् । नेपाली जनताले चाहेको भन्दा धेरै उपलब्धि राजनीतिक स्तरमा प्राप्त भइसकेको छ । नेपालमा लामो समय देखिको गणतन्त्र प्राप्ति सँगै संघीय राज्य प्रणाली लागू भइ तिनै तहको निर्वाचन पनि सफल भएको छ । अझ स्थानीय तहको निर्वाचन सकिएको र जनप्रतिनिधिले चलाउन थालेको त एक वर्ष नाघिसकेको छ । ठूलो आसा र भरोसाका साथ अमूल्य मत दिएका नागरिकले आप्mनो गाउँ र नगरमा विकास निमार्ण र सेवा सुविधा प्राप्त गनेर् अभिलाषा राख्नु स्वाभाविक नै हो । सडक, बिजुली बत्ती, स्वास्थ सेवा, स्तरीय शिक्षा अनि विकास र रोजगार जो सरकारको पहिलो प्राथमिकतामा पर्नुपर्छ । तर कता–कता स्थानीय सरकार यी काममा…
भद्रपुर, ९ असारः आज बिहान वर्षासँगै परेको चट्याङ लागेर भद्रपुर नगरपालिकामा एक हल गोरु र एक माउ गाईको मृत्यु भएको छ । भद्रपुर–१० निवासी धनबहादुर काफ्लेले पालेका हल गोरु र गाईको चट्याङका कारण मृत्यु भएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।
झापा, ९ असारः झापाको शिवसताक्षी नगरपालिका–१ स्थित पूर्व–पश्चिम राजमार्गमा मोटरसाइकल अनियन्त्रित भई पल्टिँदा मोटरसाइकल चालकको मृत्यु भएको छ । मृत्यु हुनेमा इलाम चुलाचुली नगरपालिका–१ निवासी ३५ वर्षीय इन्द्रकुमार राई रहेका छन् । शुक्रबार साँझ राईले चलाउँदै गरेको मे६प ७६०५ नंको मोटरसाइकल अनियन्त्रित भई सडकमा पल्टिँदा उनी गम्भीर घाइते भएका थिए । घाइते राईलाई उपचारका लागि बिर्तामोडस्थित बिएण्डसी अस्पताल लगिए पनि उनको उपचारकै क्रममा मृत्यु भएको इलाका प्रहरी कार्यालय झिलझिलेले जनाएको छ ।