
डा. लेखनाथ न्यौपाने
नेपालमा अब राजनीतिक आन्दोलनहरु सकिएका छन् । नेपाली जनताले चाहेको भन्दा धेरै उपलब्धि राजनीतिक स्तरमा प्राप्त भइसकेको छ । नेपालमा लामो समय देखिको गणतन्त्र प्राप्ति सँगै संघीय राज्य प्रणाली लागू भइ तिनै तहको निर्वाचन पनि सफल भएको छ । अझ स्थानीय तहको निर्वाचन सकिएको र जनप्रतिनिधिले चलाउन थालेको त एक वर्ष नाघिसकेको छ । ठूलो आसा र भरोसाका साथ अमूल्य मत दिएका नागरिकले आप्mनो गाउँ र नगरमा विकास निमार्ण र सेवा सुविधा प्राप्त गनेर् अभिलाषा राख्नु स्वाभाविक नै हो । सडक, बिजुली बत्ती, स्वास्थ सेवा, स्तरीय शिक्षा अनि विकास र रोजगार जो सरकारको पहिलो प्राथमिकतामा पर्नुपर्छ । तर कता–कता स्थानीय सरकार यी काममा त्यति चनाखोसँग पुग्न नसकेको र साना साना काम पनि गर्न नसकिरहेको हामी नागरिकको बुझाइ छ ।
हरेक गाउँ वा नगरमा र वडामा नै सिहंदरबार भन्ने नारा भए पनि सोको कार्यान्वयन हुन नसकेको उदाहरण यहाँ राख्न उपयुक्त होला । देश विकासको र असल नागरिक बनाउने जिम्मा पाएको सरकारी विद्यालय महिनौँदेखि सञ्चालक समितिविहीन अवस्थामा छन् । देशमा नै नाम कमाउन सफल हिमालय माध्यमिक विद्यालय अहिले टुहुरो भएको छ । अनुभव र क्षमता भएका विद्त वर्गलाई स्कुल चलाउने जिम्मा दिन कसले रोकेको छ ?


किन यतिका समयसम्म नगरपालिकाले सञ्चालक समिति गठन गर्न नसकेको हो ? यो पहिलो प्रश्न जनप्रतिनिधिलाई । यो बाहेक अरु विद्यालयको हालत कस्तो होला ? पूर्व विद्यार्थीका नाताले यो प्रश्न । दोस्रो धेरै धुपदौड र कसरत पछि दमक अस्पताल दमक बासीले पाएका छन् । तर, यतिका दिनसम्म आइपुग्दा पनि अस्पतालले विशेषज्ञ सेवा दिन नसक्नु, प्रसुती सेवा दिन नसक्नु अनि भएका चिकित्सकले पनि खुलेर काम गर्न नपाउनुमा कस्तो र कसको राजनीतिले रोकेको छ ? नागरिक स्वास्थ बिमाको सेवा लिन पुग्छन् तर त्यहाँ त केही पनि पाउँदैनन् ।
नगरपालिकासँग पैसा पनि आएको छ भन्ने सुनिन्छ तर चिकित्सक ल्याउन, टिकाउन र सेवा विस्तार गर्न कसले रोकेको छ ? के त्यहाँका केही कर्मचारी नै सेवा नबढाउने खेलमा छन् या स्थानीय निजी अस्पताल या स्थानीय सरकार ? नागरिक यसको उत्तर चाहन्छन् । दमकबासीले अत्यन्तै व्यग्रताका साथ प्रतिक्षा गरिरहेको अकोर् विषय हो– दमक आसपासमा नै मुर्दाघाट । दैनिकजसो धेरै शवहरु व्यस्त लोकमार्ग भएर कन्काई नदीमा लगिने गरिन्छ । हुने खानेले त पैसा खर्च गरेर लैजालान् । नहुनेले पनि बाध्य भएर लैजानु परेको तीतो यर्थाथ सबैमा जानकारी छ । यस बारेमा नागरिकस्तरबाट धेरै पटक आवाज उठाइएको छ ।
आज नागरिक सोध्न चाहन्छन् मुर्दाघाट कहिलेसम्ममा र कहाँ सम्पन्न हुँदैछ । यदि नगरपालिकाले चाहना मात्र राख्न हो र जमिन उपलब्ध गराउने हो भने पनि नागरिक आफैँले शव दान स्थल र मठ मन्दिर अनि किरिया पुत्री घर बनाउने छन् । किनभने यो हरेक घरका लागि कुनै न कुनै बेला आवश्यक पनेर् चिज हो । यसका लागि नगरपालिका र प्रतिनिधिको चाहना मात्र आवश्यक छ । यो कार्यका लागि मात्र एउटा दानपेटिका नगरपालिका परिसरमा राख्नु र नागरिकलाई जानकारी र बन्ने मिति दिन सके पुग्छ ।
जेष्ठ नागरिकहरुले बृद्ध भत्ता लिन धेरै दुःख पाएका छन् । एउटा त समयमा पाएनन्, अकोर् बैेङ्कको प्रावधानले पैसा सुरक्षित भए पनि प्राप्त गर्न धेरै असहज भएको छ । यसलाई सहज बनाउन के गनेर् भन्ने विषयमा सोच्नु र सहज निकास निकाल्नु जरुरी छ । यसरी नै हरेक वडामा स्वास्थकर्मी (सिएमए र अनमी)को नियुक्ति गरेर के र कस्ता बिरामी छन् र उनीहरुले के कस्ता सेवा वा उपचार पाएका छन् र कतिले न्युनतम् सेवा पनि पाएका छैनन् सोको जानकारी हरेक वडा र नगरले राख्नु पर्छ । र, योजना बनाउँदा सोही अनुसारको स्वास्थ सेवा र अन्य सेवा दिन सहज हुन्छ ।
यसका साथै स्थानीयस्तरमा रहेका निजी अस्पतालसँग समन्वय गरेर हरेक वडा र धेरै जनसङ्ख्या भएका टोलमा स्वास्थ जाँच केन्द्र खडा गरेर रोग पहिचान र उपचार सेवा उपलब्ध गराउने बारे ध्यान दिनु आवश्यक छ । सबै भन्दा महत्वपूर्ण कुरा अब नगरपालिकाले गनैर् पर्छ । त्यो भनेको दमकमा रहेका निजी अस्पतालका सञचालकलाई भेला गरेर हरेक अस्पतालले कुनै एउटा विषयको स्तरीय सेवा दिने वातावरण तयार गर्न प्रोत्साहन गर्नु ।
उदाहरणका लागि निम्स नेशनल हस्पिटलले पिसाब सम्बन्धी विशेषज्ञ (युरालोजी) सेवा दिएको छ । त्यसरी नै ओम मेचीले निःसन्तनहरुका लागि दिइने आधुनिक सबै सेवा उपलब्ध गराउन सहकार्य गनेर् । यसरी नै लाइफ लाइन आम्दा र अन्य अस्पतालले एउटा एउटा विशेषज्ञ सेवा दमकमा नै दिन सक्ने व्यवस्था मिलाउन सक्ने सहकार्य गर्नु दमक नगरपालिकाको पहिलो काम हुनुपर्छ ।
यहाँ अस्पताल त धेरै छन् तर उपचारको लागि अन्यत्र जानुपर्छ । यो व्यथा अब नरहोस् भन्ने नागरिक चाहन्छन् । नगरपालिकाले हरेक विषयमा अनुगमन गनेर् संयन्त्र बनाउनु पर्छ । यहाँ बेतिथी र लुट भएको छ । नागरिक दिनदहाडै लुटिएका छन् । अखाद्यवस्तु बेचिएका छन् । सडकमा धुलो र फोहोरसँगै ठेला र अन्य सडक व्यापारीले अस्वस्थकर खाना र अनेक वस्तु खुवाइरहेका छन् । यसमा नगरको कति पनि ध्यान पुगेको छैन् । गाउँ–गाउँमा विभिन्न प्रकारका व्यापारीहरुले अनावश्यक र हानिकारक अनि परीक्षण नगरिएका प्याकेट औषधि बेचिरहेका छन् । यसतर्फ पनि ध्यान जाओस् ।
महत्वपूर्ण कुरा त के भने छिमेकी देश भारतका विभिन्न अस्पतालका भ्रामक विज्ञापन विभिन्न एफएम रोडियो र अन्य सञ्चारमाध्यमबाट बजिरहँदा सयौँ बिरामी त्यहाँ पुगेर ठगिइरहेका छन्् । यता, नगरपालिका मुकदर्शक भएको छ । यस्ता भ्रामक विज्ञापन बन्द गराउनु अतिआवश्यक छ । यति मात्र होइन नेपालका र स्थानीय सेवा प्रदायक संघसंस्था र क्लिनिकले पनि भ्रामक प्रचार (विज्ञापन) गरेर नागरिक ठगिरहेका छन्, यसको नियन्त्रण कहिले होला ?
वर्षायाममा नगरका विभिन्न ठाउँ डुबानमा पर्छन् । समयमा नै नाला सफाई र मर्मत तथा पुनः निमार्ण नभएका कारण हरेक वर्ष डुबान सहनु पनेर् बाध्यता छ । यसको सम्बोधन कहिले होला ? हरेक टोलमा जग्गाधनी जग्गा किनेर बेपत्ता छन् । टोलको मिटिङ र बोलावटमा आउँदैनन् । टोलको विकास निमार्णमा असहयोग गर्छन् । उनीहरुलाई टोलसँग जोडिने माध्यम भनेको नै टोलले सिफारिस नगरेसम्म जग्गा किनबेच र घर बनाउने अनुमति नगरले नदिने कानून स्थानीय सरकारले बनाउनु पर्छ र मात्र हरेक टोल र वडाले विकास निमार्ण गर्न सहज हुने कुरा हरेक नागरिकले बुझेका छन् र यसको सम्बोधन चाँडो होस् भन्ने चाहन्छन् । यसरी नै समयमा सडकका खाल्डाखुल्डी नपुरिँँदा, मर्मत नहुँदा र पिच नहुँदा कराडौँ खर्च गरेर बनाइएका बाटा हिँड्न नसक्ने गरी भत्किएका छन् । समयमा मर्मत सम्भार गनेर् तर्फ नगरको ध्यान कहिले जान्छ ?
घर बनाउने अनुमति दिने तर एक पटक पनि अनुगमन गर्न नजाने प्रवृतिले घर कस्ता बनेका छन्, भूकम्प प्रतिराधी बनेका छन् कि छैनन्, यसको रेकर्ड राख्ने काम कसको हो ? राम्रालाई प्रोत्साहन र खराबलाई दण्डित गनेर् व्यस्था कहिले लागू होला ? सधैँ कर्मचारी कम भए, गरिदिएनन् या अन्य कुनै बाहना बनाउनु आफैँले आफैँलाई ठग्नु हो भन्ने लाग्छ यो स्तम्भकारलाई ।
नगरमा योजना सुरु भएका छन् । जतासुकै निमार्ण सामग्री थुपारिएको छ । समयमा काम भएको छैन । अनुगमन फितलो भएका कारण जतासुकै बेतिथि छ । ठग्नेले ठगेका ठगेकै, लुटिने लुटिएका लेटिएकै छन् । सागसब्जीमा बिचैलिया, फलफूलमा बिचौलिया, दूध पानीमा मिसावट । कतै पनि नागरिकमा सहजता छैन । २४ घण्टामा ६ घण्टा भन्दा धेरै बिजुली जान्छ । किन र कति कारणले यस्तो भएको हो । न नगरपालिकाले कारण बताउँछ न त विद्युत् प्राधिकरणले ।
भनिन्छ– देश लोडसेडिङ मुक्त तर छिनछिनमा बिजुली गएर नागरिक हैरान । कलकारखानामा उत्पादन चौपट । यसको सहजता गनेर् भनेको नगर संयन्त्र हो र यो निमार्ण गनेर् काम स्थानीय सरकारको हो ।
अन्त्यमा यस्ता धेरै गुनासा नागरिकसँग यत्रतत्र रहेका छन् । सामाधान क्रमशः हुँदैजाने हो तर हुँदैछ भनेर नागरिक आश्वस्त हुने वातावरण तयार गर्नुपर्छ । नागरिकलाई थाहा छ, नगर हरेक कुरामा सफल छैन । काम धेरै छ पैसा थोरै छ । आशा गनेर् र विस्तारै हुँदै छ भन्ने आभाष गराउन थोरै पैसा लाग्ने तर प्रभावकारी परिणाम देखिने खालका काम र योजान माथि उल्लेख गरिए बमोजिम गर्नसके राम्रो हुने थियो भन्ने हामी नागरिकको चाहना र दबाब मात्र हो । गनेर् र नागरिकलाई सेवादिने काम त स्थानीय सरकारको हो ।
त्यसपछि मात्र प्रदेश सरकार र केन्द्र सरकारसम्म कुरा पुग्छ । स्थानीय सरकारले गनेर् कामको विभाजन भएमा प्रदेश र केन्द्र सरकारले गनेर् कामको आफैँ विभाजन हुने हुन्छ । दमकमा रोटरी क्बले मिगौर्ला रोगीका लागि डाइलाइसिस मेसिन ल्याउने प्रयासमा छ । तर, सुविधा सम्पन्न अस्पताल छैन । नेपाल सरकारको दमक अस्पतालको राम्रो व्यवस्थापन हुनसके यसै अस्पताल मार्फत यो सेवा दिनसके हजारौँ दुःखी गरीबका लागि राहत हुने थियो । यस्ता कार्य तर्फ स्थानीय सरकारको ध्यान जाओस् अनि नागरिकले सेवा पाउन् । यही आमनागरिकको अपेक्ष हो र नगरले गनेर्पनेर् काम पनि हो ।
झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।
