
— रमिते
आखिर मान्छे पनि माछाजस्तै हु“दा रहेछन् । मान्छे बुद्धिमानी, विवेकशील, विद्वान, परोपकारी, न्यायिक… आदि के–के भन्ने कुरा कुरै मात्र रहेछ । कसले कसलाई ठुङ्न, चिथोर्न, कोपर्न, लुछ्न सक्छ कसैले बा“की राख्दैनन् । ह्वेल माछाले समुद्र्रमा राज गरेझैं शक्तिशाली भनिने देशले संसारका साना दुर्बल देशहरुलाई पुच्छरबाट ठुङ्दै, टोक्दै, कोपदैर् खाइरहेका छन्, अझ दुर्बलहरुलाई त सिंगासिंगै निल्दै छन् । खाने, निल्ने, घिच्ने, चबाउने तरिका–शैली आफ्ना आफ्नै भए पनि हाम गनेर् प्रवृत्ति चाहि“ माछा र मान्छे ठ्याप्पै मिल्दो रहेछ । बल प्रयोग गरेपनि दुष्ट बुद्धि प्रयोग गरे पनि आखिर लक्ष्य भनेको उदरम् परिपुरयेत् नै हो ।
माछा त्यस्तो जीव हो, जसले सामुन्द्रिक प्राणीहरुलाई आहार जुराइदिएको छ । माछा खाएरै सम्पूर्ण जीव बा“चेका छन् । ठूला माछा समेत साना माछा खाएरै बा“चेका छन् । जलचर मात्रै होइन, स्थलचर, खगचरलाई पनि माछाले खाद्य धानेको छ । धेरै मान्छेको आधा जति आहारा माछाकै बन्छ, कसैले अलिक कम । भालु आदि जनावर पनि माछा खान्छन् । आकाशमा उड्ने चराचुरु·ी पनि पानीभित्र माछा टिप्छन् । तस्कर, ठग, लुटाहा, भ्रष्ट, बेइमानहरुले देश र जनता लुटे झैं अन्य प्राणी, जीवद्वारा माछा लुटिंदै छन् ।

एउटा मांसहारी जीवले आफ्नो आहाराको निम्ति अकोर् प्राणीलाई खानु स्वाभाविककै होला तर माछा र मान्छे त्यस्तो जीव हो, माछाले माछालाई र मान्छेले मान्छेलाई नै खान्छ । अन्य जीव र मान्छेमा के फरक छ भने जीव जन्तुले आफ्नो भोक शान्त पार्न एउटा जीवलाई मार्छ, खान्छ, अघाउ“छ । अकोर् पटक भोक नलागेसम्म शिकार गदैर्न । तर, मान्छे जति खा“दै गयो उति नै भोकाउ“छ, एक पटकको भोक मानेर् मात्रै होइन, भोलि, पर्सि– अकोर् साल, अकोर् पुस्ता गदैर् दशौं–बिसौं पुस्ताको जोहो गर्न थालेर सर्वनाश गर्छ । हाम्रै देशका ठूला कुख्यात तस्कर र भ्रष्टहरु यसका उदाहरण हुन् ।
दुई–चार वर्ष अघि एउटा सानो खाडी खनेर माछा पाल्ने रहर जागेर आयो । दुई सय जति भुरा ल्याएर खाडीमा हाल्दि“ए । अलिअलि चारो मिल्काउ“दै गइयो । माछा बढ्दै गए । सरकारले देशमा व्याप्त अन्याय, अत्याचार, शोषण, उत्पीडनलाई अनदेखा गरेझैं मैले पनि खाडीप्रति बेवास्ता गरें । माछाहरु खादै छन् कि मदैर्छन्, बढ्दै छन् वा घट्दै छन् कुनै पर्वाह भएन । एक वर्षपछि माछा खाने सुरले यसो विचार गरेको बाइस–पच्चिस वटा मात्रै माछा रहेछन् ।
ती भएका माछा पनि कुनैको पुच्छर छैन, कुनैको ढा“डमा खोबिल्टो परेको छ, कुनै जिउ“दै आधि भइसकेका छन् । पा“चवटा जति माछा ठूला र सग्ला भेटिए । ती पा“चवटा माछा आफ्नै एक सय पञ्चानब्बे साथीहरुलाई सिध्याएर मोटा भएका रहेछन् ।
अहिले यसो विचार गर्छु सर्वसाधारण जनतालाई मह“गीले ठुङ्गिरहेको छ थोरै मान्छे मोटाइरहेका छन् । अर्कातिर भष्टाचारले लुछिरहेको छ, बच्छ्युले चिले झै अभावले चिल्दैछ, शिक्षा स्वास्थ्यका पसल र सटरले कोपरिरहेको छन् । म्यानपावर कम्पनी नामधारीहरुले पनि यिनै निरीहहरुलाई डस्तै छन् । कतिपय सेवा नामधारी संस्थाहरुले सरकारी लाइसन लिएरै शोषण गरिरहेकै छन् । माछाजस्तै एकसय पञ्चानब्बेलाई चबाएर पा“चवटा मोटाउने शैली मान्छेमा पनि देखिंदैछ । कानूनमा के के लेखिएको छ थाहा छैन तर व्यवहारमा मत्स्य न्याय चालु छ ।
अहिले असारे धमिलो पानीको भेलवाडीमा माछा अत्तालिए झै असारे विकासमा नेता ठेकेदार प्राविधिक प्रशासक …हरु देशकै शिकार गरेर वैयक्तिक सञ्चयमा भिडेका छन् । एउटा ठूलो माछाले अकोर् ठूलो माछाको पुच्छर टोक्न आ“ट नगरेझै नेता ठेकेदारलाई छुन चलाउन सक्तैनन्, प्राविधिक पनि ठेकेदारलाई नाराज गराउन चाहदैनन्, प्रशासकले पुच्छर टोक्न तिर भन्दा पुभ्छरमा चिल्लो लाउन लाग्छन् आखिरमा तिनै दुर्वल भुरामाछाको काल ।
कस्को बजारले संसार खायो, कस्को शक्तिले विश्व त्राहिमाम बन्यो, कुन देशले कुनदेशको पुच्छर टोक्यो, कुनको ढाड कोप¥यो अन्तरर्ाष्ट्रिय रुपमा पनि पा“चले एकसय पन्चानब्बेलाई सिध्याउने मत्स्य न्याय यहा“ भने पनि नभने पनि व्याप्त छ“दैछ । एउटाले अकोर्लाई, अकोर्ले अकोर्लाई बलियाले दुर्वललाई, धनीले निर्धनलाई, ठूलाले सानालाई, धूर्तले सज्जनलाई, बाठाले लाटालाई… विस्तारै विस्तारै सिध्याउदै जाने माछाको शैली र मान्छेको शैलीमा फरक छैन । मान्छेले हरेक कुरा प्रकृतिबाट सिक्छ, प्रकृति नै सबैभन्दा उत्तम पाठशाला हो भन्या सुन्थे धेरैलाई सिध्याएर केही मोटाएको देख्ता मान्छेले पनि प्राकृतिक रुपमा बिचलन गनेर् माछाबाटै मत्स्यन्याय सिकेर देशमा मात्रै होइन संसारमै उधुम मच्चाएका होलान् । कुनै दिन ठूलै माछाहरु टोकाटोक गर्न थाले भने चाहि“ भुरा माछाले ठूलाकै शिकार गर्न बेर लाग्दैन ।
साप्ताहिक समाचारबाट
झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।
