
असार २९ गतेलाई प्रदर्शन मिति तय गरिएको फिल्म हो ‘वीराङ्गना’ । यसमा अभिनेता अनुप विक्रम शाही र अभिनेत्री शिल्पा पोखरेल प्रमुख भूमिकामा छन् । पृथ्वीराज प्रसाईँको पनि यसमा लिड अभिनय छ ।
दुई गीत र एक्सनले भरिपूर्ण ट्रेलरले फिल्मप्रति दर्शकमा केही चासो जगाउन सफल भएको छ । अब कन्टेन्ट कति बलियो छ ? फिल्मको सफलता र असफलता यसमै निर्भर रहन्छ । हालसम्मको अवस्थामा फिल्मको पब्लिसिटी कमजोर छैन ।
अनुपबाहेक शिल्पा र पृथ्वीले ‘वीराङ्गना’ का लागि प्रशस्त समय छुट्याएका छन् । निर्माण टिमसँगको आपसी मनमुटावका कारण अनुप भने फिल्मको प्रचारमा नहिँड्ने सम्भावना प्रवल छ । तर, फिल्ममा उनको उपस्थिति हुनु पनि हलसम्म दर्शक तान्ने एउटा प्रमुख आधार हो ।
प्रज्वल गिरी, शुशिल पोखरेल, ध्रुव कोईराला, प्रिया रिजाल, धिरेन शाक्य, कृष्ण शिवाकोटी, देव तामाङलगायतका कलाकारहरुको समेत अभिनय रहेको ‘वीराङ्गना’ लाई राजबहादुर सानेले निर्देशन गरेका हुन् । कथा पनि निर्देशक स्वयमको हो ।
झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।

