झापा अनलाइन

झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।

काठमाडौँ, ३ असोज । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले ठूलो सङ्ख्याका जनतालाई गरीबीमा राखेर केहीको मात्रै समृद्धिले सुरक्षा, दिगोपना र हिंसारहित समाजको कल्पना गर्न नसकिने बताएका छन् । अन्तर्राष्ट्रिय शान्ति दिवसका अवसरमा चीनको च्याङ्सु प्रान्तको नानजिङमा आयोजना गरिएको ‘विश्वको दिगो शान्ति र सुरक्षा तथा मानव जातिका लागि साझा भविष्य निर्माण गर्न मिलेर काम गरौँ’ विषयको कार्यक्रमलाई सम्बोधन गर्दै उनले जलवायु परिवर्तन र गरीबीको चुनौतीलाई सम्बोधन नगरेसम्म दिगो शान्ति र वास्तविक सुरक्षा सपनामै सीमित रहने उल्लेख गरे । उनले भने, ‘मानव सुरक्षालाई जलवायु परिवर्तनले वास्तवमै चुनौती खडा गरिदिएको छ । विश्व वाष्पीकरण, मरुभूमीकरण तथा पानीको अभाव र…

Read More

महोत्तरी, ३ असोज । महोत्तरीमा व्यापारीलाई लुटपाट गर्ने चार लुटेरालाई मङ्गलबार प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा रौतहटको चन्द्रपुर नगरपालिका–८ का १७ वर्षीय कुमार लामा, महोत्तरीको गौशाला नगरपालिका–११ का १८ वर्षीय विवेक श्रेष्ठ, १६ वर्षीय सुरेश महतो तथा सोनमा गाउँपालिका–११ का ३० वर्षीय रामभरोसकुमार यादव रहेको प्रहरी नायब उपरीक्षक खगेन्द्रबहादुर खड्काले जानकारी दिए । लुटेराले मनरासिस्वा नगरपालिका–२ इटहर्वाका व्यापारी विनोद चौधरीसँग रहेको रु पाँच लाख लुटेका थिए । घरबाट गौशाला जाँदै गरेका यादवलाई गौशाला नगरपालिका–८ स्थित मरहा खोला नजिक पेस्तोल देखाउँदै नगद लुटेर उनीहरु भागेका थिए । पर्सा प्रहरी चौकीले चारै जनालाई पक्राउ गरेको हो । प्रहरीले उनीहरुको साथबाट…

Read More

काठमाडौँ, ३ असोज । प्रधानमन्त्री केपी शर्मा ओलीले समृद्धि राष्ट्रिय सङ्कल्प भएकाले सबै राजनीतिक दलका नेता र देशवासीलाई यस राष्ट्रिय दायित्वमा सहयोगी हुन आह्वान गरेका छन् । संविधान दिवस, २०७५ का अवसरमा मूल समारोह समितिद्वारा आज नेपाली सैनिक मञ्च (टुँडिखेल) मा आयोजित समारोहमा प्रधानमन्त्री ओलीले राजनीतिक आन्दोलन र मूल कानून निर्माणको चरण सकिएकाले समृद्धि र विकासमा सहयोगी भावनाका साथ संलग्न हुन आह्वान गरेका हुन् । राष्ट्रपति विद्यादेवी भण्डारीको उपस्थितिमा आयोजित समारोहमा उनले भने, ‘समृद्धि र विकास, एक्लो प्रधानमन्त्री वा सरकार, कुनै दल वा व्यक्तिको निजी विषय होइन, हाम्रो राष्ट्रिय सङ्कल्प हो । यस्तो सङ्कल्प, जसलाई हामीले प्रत्येक आन्दोलनको मोर्चामा हामीसँगै…

Read More

चितवन, ३ असोज । नवलपुरको बुलिङ्टार–६ अत्रौलीस्थित शिव माध्यामिक बिद्यालयका प्रधानाध्यापकले विद्यार्थी कुट्दा कान फुटेको छ । शिव माध्यामिक विद्यालयका प्रध्यानाध्यापक ओमकुमार श्रेष्ठले कक्षा १० मा अध्ययनरत खुमान सार्की नेपालीलाई कुटपिट गर्दा कान फुटेको हो । घाइते विद्यार्थी खुमानको पुरानो मेडिकल कलेज भरतपुर उपचार भैरहेको छ । विद्यालयमा निर्धारित समयभन्दा १५ मिनेट ढिला आएको भन्दै प्रध्यानाध्यापक श्रेष्ठले प्रार्थना चलिरहेका बेला खुमानसहित १० जना विद्यार्थीलाई लाइन लगाएर कुटेका थिए । प्रधानाध्यापक श्रेष्ठले आफुले कुटेको स्वीकार गरेका छन् । खुमानलाई गालामा कुट्दा कानमा लागेर रगत बगेको बताएका छन् ।

Read More

काठमाडौँ, ३ असोज । प्रतिनिधिसभाअन्तर्गतका १० वटा विषयगत समितिका सभापति चयनका लागि निर्वाचन कार्यक्रम सार्वजनिक गरिएको छ । निर्वाचन यही असोज ५ गते शुक्रबार ११ बजेदेखि शुरु हुँदैछ । यसअघि दुईपटक निर्वाचन प्रक्रिया स्थगित भएका थिए । प्रतिनिधिसभाका सचिव गोपालनाथ योगीद्वारा जारी विज्ञप्तिका अनुसार निर्वाचन प्रक्रियाअन्तर्गत भोलि बिहीबार प्रतिनिधिसभाका सम्बन्धित समितिको कुनै सदस्यलाई सभापति पदमा निर्वाचित गरियोस् भनी कुनै अर्को सदस्यले समर्थनसहित प्रस्ताव दर्ता गराउनुपर्ने छ । दर्ता गराउने समयसीमा बिहान ११ बजेदेखि ५ बजेसम्म निर्धारण गरिएको छ । यसपछि सचिवालयले दर्ता भएका प्रस्तावको दर्ताक्रमअनुसार सूची प्रकाशन गर्नेछ । शुक्रबार बिहान ११ बजेदेखि सम्बन्धित समितिका बैठकमा प्रस्तावकले प्रस्ताव प्रस्तुत गर्ने,…

Read More

सिर्जना खत्री नेपालमा परिवार नियोजनका आधुनिक विधिको प्रयोग गर्नेको संख्यामा ह्रास आएको छ। हरेक पाँच वर्षको अन्तरालमा हुँदै आइरहेको नेपाल जनसांख्यिक तथा स्वास्थ्य सर्भेक्षणले सन् २०११ को तुलनामा सन् २०१६ मा आधुनिक विधि प्रयोग गर्नेको संख्या घटेको देखाएको हो। ‘नेपाल जनसांख्यिक तथा स्वास्थ्य सर्भेक्षण ९एनडिएचएस० २०१६’ले नेपालमा प्रजनन उमेर ९१५ देखि ४९ वर्ष० का ४२ दशमलव ८ प्रतिशतले मात्र परिवार नियोजनका आधुनिक साधनको प्रयोग गर्ने गरेको देखाएको छ। सन् २०११ मा ४३ दशमलव २ प्रतिशतले साधन प्रयोग गर्थे। परिवार नियोजनका आधुनिक साधन प्रयोग गर्नेको प्रतिशत १० वर्ष अगाडिको भन्दा पनि कम देखिएको छ। सन् २००६ मा पनि नेपालका ४४ दशमलव…

Read More

हाम्रो देशमा उसै त नेताहरुको छवि जनताको नजरमा निकै खराब छ । चुनावमा भोट हालेका उनै नेताहरुलार्र्इ जनताले दुत्कार्नु परेको छ । तर हामीकहाँ तिनै नेताको विकल्प छैन । उता अमेरिकामा भने जनताले नेताको विकल्प निकालेका छन् । जनताले कुकुरलाई आफ्नो शहरको मेयर चुनेका छन् । क्यालिफोर्नियाको इडिलविल्ड सहरका बासिन्दाले गोल्डेन रिट्रिभर जातको कुकुरलाई मेयरको कुर्सी सुम्पिएका छन् । नवनिर्वाचित उक्त मेयर कुकुरको नाम मेक्सिमस म्यूलर हो । मेयरको काँधमा धेरै जिम्मेवारी सुम्पिएको छ । मेयरलाई सघाउनका लागि थप दुईवटा कुकुरलाई उप मेयरमा नियुक्त गरिएको छ । दुबै उपमेयर कुकुर पनि गोल्डेन रिट्रिभर जातकै हुन् । उनीहरुको नाम माइकी र…

Read More

चलचित्र प्रचारका लागि निर्माताहरुले नयाँ नयाँ उपाय अपनाउँछन्, ताकी दर्शक हलसम्म आउन् । असोज ५ गतेबाट रिलिज हुन लागेको चलचित्र ‘बाँध मायाले’को निर्माणपक्षले पनि यस्तै शैली अपनाइरहेको छ । यो चलचित्रको निर्माणपक्षले दर्शकका लागि क्यासब्याकको अफर ल्याएको हो । ‘खल्ती डिजिटल’ प्रयोग गरेर अनलाइनमार्फत चलचित्रको टिकट खरिद गर्दा सबै दर्शकले १५ प्रतिशत क्यासब्याक पाउनेछन् । यो अफर चलचित्र हलमा चलिन्जेलसम्म कायम रहनेछ । यो एप मार्फत चलचित्र हेर्नका लागि आफ्नो उपयुक्त समय र सिट रोजेर दर्शकले टिकट काट्न पाउनेछन् । सविर श्रेष्ठको निर्देशनमा तयार भएको यो चलचित्रमा आर्यन अधिकारी, श्रृष्टी श्रेष्ठ, किशोर खड्का, राजाराम पौडेल लगायतका कलाकारको अभिनय छ ।…

Read More

गौरादह, ३ असोज । गौरादह नगरपालिकाले संविधान दिवशको अवसरमा प्रभातफेरी कार्यक्रम सम्पन्न गरेको छ । चौथो संविधान दिवश मनाउन गौरादह नगरपालिका भित्रका राजनितिक दलका प्रतिनिधि, जनप्रतिनिधि, संघसंस्था, समाजसेवी, वुद्धिजिवी सहभागी भएका थिए । कार्यक्रममा सहभागीहरुले ¥याली निकालेका थिए । ¥यालीे नगरपालिका कार्यालयबाट शुरु गरी डिपुचोक हुदै बजार परिक्रमा गरी पुनः नगरपालिकामा आइ सभामा परिणत भएको थियो । सभालाई सम्वोधन गर्दै गौरादह नगरपालिकाका मेयर तथा कार्यक्रमका सभापति रोहितकुमार साहले संविधानबाट प्राप्त अधिकार र कर्तव्यको पालना गर्दै नगरको विकास र समृद्धीको लागि स्थानीय सरकार प्रयत्नशील रहेको बताएका छन् । राष्ट्रिय एकता, भौगोलिक अखण्डता, सार्वभौमिकता र स्वाधिनता, राष्ट्रिय हित र सामाजिक सद्धभाव कायम…

Read More

सान नेपाल गौरादह, ३ असोज । गौरादह ९ दहगाउँका स्थायी बासिन्दा मृगौला रोग पिडित वोधराज खनालको उपचारका लागि आर्थिक सहयोग जुट्ने कार्य जारी रहेको छ । स्वदेश तथा विदेशबाट खनाल बचाउ अभियानमा सहयोग जुटेको छ । स्थानीयवासीहरुले खनाललाई बचाउन बोधराज खनाल उपचार सहयोग समिति गठन गरी आर्थिक संकलनको अभियान सञ्चालन गरेका हुन् । राजनितिक दलका प्रतिनिधि, जनप्रतिनिधि, समाजसेवी, संघ संस्थाहरु समेत आर्थिक संकलनका लागि जुटेका छन् भने संकलित रकम घरमै पुगेर हस्तान्तरण गरिरहेका छन् । यसै क्रममा गौरादह नगरपालिका वडा नं. ९ का वडा अध्यक्ष सिताराम भट्टराईले खनालको घरमै पुगेर आप्mनो व्यक्तिगत तर्पmबाट नगद ११ हजार आर्थिक सहयोग गरेका छन्…

Read More