झापा अनलाइन

झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।

पशुपतिनगर, १६ असोज । पूर्वी इलामको पर्यटकीय तथा धार्मिकस्थल पाथीभरा क्षेत्रमा रु एक करोड ५० लाख लगानीमा अतिथि सदन निर्माण भएको छ । भक्तजनले चढाएको भेटी र चन्दाबाट रोङ गाउँपालिका–३ को पाथीभरा संरक्षण संस्थाले पर्यटकले रात बिताउन सक्ने अतिथि सदन बनाएको हो । विसं। २०६९ सालबाट निर्माण शुरु भएको अतिथि सदन पाथीभरा मन्दिर क्षेत्रमा आउने पर्यटक तथा भक्तजनलाई सरल र सस्तो शुल्कमा खान तथा बस्ने व्यवस्था रहेको छ । छ कोठे अतिथि सदनमा एक हल, एक कार्यालय सञ्चालन र चार कोठा पर्यटक आवासका लागि सञ्चालनमा ल्याइएको संस्थाका अध्यक्ष दौलत राईले बताउनुभयो । पाथीभरा मन्दिर क्षेत्रमा वर्षेनी नेपाल, भारत, भुटान र…

Read More

बिर्तामोड, १५ असोज । झापाको भद्रपुरस्थित सामुदायिक प्रहरी सेवा केन्द्र चन्द्रगढीले एक सयभन्दा बढी जेष्ठ नागरिकहरुलाई सम्मान गरेको छ । केन्द्रले ‘२८ औँ अन्तर्राष्ट्रिय जेष्ठ नागरिक दिवस’को अवसरमा आज भद्रपुर नगरपालिका क्षेत्रका जेष्ठ नागरिकलाई सम्मान गरेको हो । कार्यक्रममा जिल्ला प्रशासन कार्यालय झापाका प्रमुख जिल्ला अधिकारी जनकराज दाहालले ज्येष्ठ नागरिक समाजको गहना भएको बताउनुभयो । त्यस्तै, जिल्ला प्रहरी कार्यालय झापाका प्रमुख प्रहरी उपरीक्षा भीमप्रसाद ढकालले ज्येष्ठ नागरिक सदैव पूज्य भएकाले एक दिन सम्मान गरेर मात्र नभई सधैँ सम्मान गर्नुपर्ने बताउनुभयो । कार्यक्रममा सामुदायिक प्रहरी सेवा केन्द्रका अध्यक्ष दुर्गाप्रसाद पाठक, मेची अञ्चल अस्पतालका डा.टंकप्रसाद वाराकोटीलगायतले मन्तव्य राख्नुभएको थियो ।

Read More

बिर्तामोड, १५ असोज । झापाको मेचीनगरबाट प्रहरीले आज मरिच बरामद गरेको छ । मेचीनगर–४ प्रसादगौडास्थित मदन पाण्डेको घरमा लुकाइ छिपाइ राखेको अवैध मरिच बरामद गरेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । अवैध मरिच लुकाइ छिपाइ राखेको भन्ने गोप्य सूचनाको आधारमा प्रहरीले पाण्डे घरमा छापा मार्दा ४५० केजी मरिच बरामद गरिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक जितेन्द्रकुमार बस्नेतले जानकारी दिनुभयो । उक्त मरिचको बजार मूल्य रू २ लाख ५६ हजार ५०० रहेको छ । प्रहरीले मरिचसहित मेचीनगर–७ का ४६ वर्षीय गोपाल बुढाथोकी र मेचीनगर–४ का ४२ वर्षीय अम्बर थापामगरलाई नियन्त्रणमा लिएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको…

Read More

देवताले मन्दिरमा महिला र पुरुषमध्ये एउटालाई मात्र छिर्न दिनु भन्लान् र ? सायद देवताका लागि सबै मानिस समान हुन्छन् । तर हाम्रो परम्परा र मान्यताले गर्दा केही यस्ता अनौठा संस्कारहरु कायम हुन्छन् जुन आधुनिक समाजमा पचाउनै गाह्रो हुन्छ । भारतमा केही त्यस्ता मन्दिरहरु छन् जहाँ पुरुषहरु प्रवेश गर्न पाउँदैनन् । ती मन्दिरमा केवल महिलाहरु मात्रै प्रवेश गर्दछन् । केरलाको अत्तुकल भगवती मन्दिर यस्तो मन्दिर हो जहाँ महिलाको पुजा हुन्छ । यो मन्दिरमा तिस लाख महिलाहरुले एकसाथ धार्मिक अनुष्ठान गरी गिनिज बुकमा नाम पनि लेखाएका छन् । उक्त मन्दिरमा पुरुषहरु प्रवेश गर्न पाउँदैनन् । केरलामै रहेको चक्कूलाथुकावु मन्दिरमा पनि पुरुषहरुलाई प्रवेश…

Read More

काठमाडौँ, १५ असोज । नेपाल बङ्गलादेशमा जारी एसिसी यू–१९ एशिया कप क्रिकेटको समूह चरणबाटै बाहिरिएको छ । आज अफगानिस्तानसँग तीन विकेटले पराजित हुँदै नेपाल एक खेलअगावै प्रतियोगिताबाट बाहिरिएको हो । टस जितेर पहिलो ब्याटिङ गरेको नेपालले १३१ रन मात्र बनाएको थियो । १३२ रनको सामान्य लक्ष्य अफगानिस्तानले ३७ ओभर ३ बलमा सात विकेट गुमाएर पूरा ग¥यो । यसअघि टस जितेर पहिले ब्याटिङ गरेको नेपालले ३८ ओभर ३ बलमा अलआउट हुँदै १३१ रन बनाएको थियो । नेपालका लागि रोहितकुमार पौडेलले ४९ रन जोडे पनि टोलीको उच्च स्कोर बन्न सकेन । नेपालका लागि राशिद खानले २९ तथा कप्तान आरिफ शेखले २० रन…

Read More

मोरङ, १५ असोज । १४ बर्षकी किशोरी बलात्कार गरेको आरोप लागेका दुईजनालाई गाउँलेले समातेर प्रहरीमा बुझाएका छन् । बलात्कारका अर्का एक आरोपी भने फरार रहेका छन् । घटना असोज १ गतेको हो । बुढीगंगा गाउँपालिका(४ गोकुवामा विश्वकर्मा पूजाको अवसरमा आयोजना गरिएको साँस्कृतिक कार्यक्रम हेर्न गएकी १४ बर्षकी बालिकामाथि तीन युवकले सामूहिक बलात्कार गरेका प्रहरीको भनाइ छ । कार्यक्रम चलिरहेकै बेला शंकास्पद अवस्थामा स्थानीयले देखेपछि दुई युवक र ती युवतीलाई नियन्त्रणमा लिएर प्रहरी चौकी निमुवामा बुझाएका थिए । दुईजना पक्राउ पर्दा जितेन्द्र भने भागेका थिए । भागेका जितेन्द्रलाई प्रहरीले अझै नियन्त्रणमा लिन सकेको छैन । गाउँलेले नै पक्राउ गरी बुझाएपछि जिल्ला…

Read More

पूर्णप्रसाद मिश्र काठमाडौँ, १५ असोज । सार्वजनिक यातायातमा सरकारले तोकेभन्दा बढी भाडा लिए टेलिफोनमार्फत् सवारी साधनको नम्बरसहित जानकारी गराउन यातायात व्यवस्था विभागले आह्वान गरेको छ । सरकारले पटक–पटक तोक्ने गरेको भाडादर सवारी साधनका चालकले अझै लागू गराउँन खोज्दैनन् । विभागले गत असोज ७ गते सार्वजनिक यातायातमा १० प्रतिशत भाडा बढाएको थियो । भाडा बढाएपछि चार किमिसम्मको भाडा रु १४ तोकिएको छ । पाँच किमिसम्म रु १६, छ किमिसम्म रु १७, आठ किमिसम्म रु १८, १९ किमिसम्म रु २६ र १९ किमिभन्दामाथि रु २७ भाडा निर्धारण गरिएको छ । विभागले उपत्यका र स्थानीय ‘रुट’ मा यो भाडादर निर्धारण गरी लागू गरेको…

Read More

बुटवल, १५ असोज । उच्च अदालत तुलसीपुर बुटवल इजलासमा असहाय, विपन्न, वृद्धवृद्धा र पिछडिएका समुदायलाई निःशुल्क कानूनी सेवा प्रदान गरिएको छ । सो इजलासमा परेका विभिन्न मुद्दामध्ये असार मसान्तसम्म २०० मुद्दा फस्र्यौट भएको वैतनिक कानूनव्यवसायी कैलाशचन्द्र ज्ञवालीले जानकारी दिनुभयो । खासगरी अंशबण्डा, सम्बन्ध विच्छेद, आर्थिक लेनदेन, जग्गा सम्बन्धी विवाद, जबर्जस्ती करणी, गोवध, कर्तव्य ज्यान, ठगीलगायतका मुद्दामा निःशुल्क कानूनी सेवा दिइएको छ । तुलसीपुर बुटवल इजलासमा गुल्मी, पाल्पा, नवलपरासी, अर्घाखाँची, कपिलवस्तु र रुपन्देहीबाट वार्षिक ४० हजार भन्दा कम आय भएका र घरमा कुनै जानकारी नभएकाको मुद्दामा बहस पैरवी हुने गरेको कानून व्यवसायी ज्ञवालीले बताउनुभयो । ‘कुनै पनि नागरिकले कानूनको प्रतिरक्षा गर्न…

Read More

नारायण अधिकारी चितवन, १५ असोज । युवा पुस्तामा नैतिक शिक्षाको अभाव हुँदा मानवता हराउँदै गएको छ । मानवता हराउँदा ज्येष्ठ नागरिकले आफ्नै परिवारबाट अपहेलित भएको महसुस गर्दै आएका छन् । न्यूनवर्गीयदेखि सम्पन्न परिवारसम्मका ज्येष्ठ नागरिक अभिभावक विहीन बनेका छन् । गलेश्वर आश्रम देवघाटका पिठाधीश आत्मानन्द गिरी ज्येष्ठ नागरिक अभिभावकविहीन बनेको बताउनुहुन्छ । दुई सयभन्दा बढी वृद्धवृद्धा आश्रममा राखेर पालनपोषण गर्दै आउनुभएका गिरीको भनाइमा युवा पुस्तामा मानवीय मूल्य मान्यता र नैतिक शिक्षामा कमी आएको छ । स्वदेशमा छोराछोरी रहेका र विदेशमा रहेका दुबैको पीडा आफूले देखेको उहाँले बताउनुभयो । आफूले जन्माएर, हुर्काएर, बढाएर, पढाएर योग्य बनाएका छोराछोरी बूढेसकालका अभिभावक भएको भए…

Read More

रुकुम पश्चिम, १५ असोज । रुकुम पश्चिमको आठबीसकोट नगरपालिका– ११ स्थित ठूली भेरी नदीमा चार दिन अगाडि फेला परेको एक महिलाको शवको अझैसम्म पहिचान हुनसकेको छैन् । वडा नं ११ को रिठा भन्ने ठाउँमा गत असोज १२ गते अन्दाजी ३५÷३६ वर्षकी महिलाको शव फेला परे पनि हालसम्म पहिचान हुन नसकेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । दुबै हात ग्याबिङ तारले बाँधेको र अर्धनग्न अवस्थामा शव फेला परेको उक्त कार्यालयका प्रहरी निरीक्षक ऋषिकुमार ढुङ्गानाले जानकारी दिनुभयो । शव सड्ने अवस्थामा पुगिसकेकाले केही दिनअघि नै उनको मृत्यु भएको हुनसक्ने प्रहरीको अनुमान छ । गहुगोरो वर्ण, ५ फिट उचाइ, मङ्गोलियन जस्ती देखिने, तामाङ…

Read More