
Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
झापा अनलाइन
झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।
ताप्लेजुङ, ६ असोज । नेपाल प्रेस युनियन ताप्लेजुङ शाखाको चौथो अधिवेशनले सन्तोष पुर्कुटीको अध्यक्षतामा १३ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको छ । सदरमुकाम फुङलिङमा आज सम्पन्न अधिवेशनले उपाध्यक्षमा आनन्द गौतम र इन्दिरा भण्डारी चयन हुनुभएको छ । यस्तै सचिवमा सीताराम गुरागार्इं, सहसचिवमा पासाङकिपा शेर्पा र कोषाध्यक्षमा ङिमा शेर्पा रहेका छन् । सदस्यमा रञ्जना गुरुङ, प्रदीप गुरुङ, अनिसा शेर्पा, नरनाथ भट्टराई, कुवीरमान राई, मोहन निरौला र भोमादेवी पोख्रेल रहेका छन् । अधिवेशनले केन्द्र र प्रदेश पार्षद्कोसमेत टुङ्गो लगाएको छ । प्रेस युनियनका केन्द्रीय सदस्य तथा प्रतिनिधि युवराज गौतमको उपस्थिति साथै निवर्तमान जिल्ला अध्यक्ष धर्मप्रसाद पौडेलको अध्यक्षतामा अधिवेशन सम्पन्न भएको हो ।…
काठमाडौँ, ६ असोज । कवि रमेशमोहन भट्टराईका दुई कृति ‘माया’ खण्डकाव्य र ‘सृष्टि’ कविता सङ्ग्रह आज विमोचन गरियो । पचहत्तर वर्षीय भट्टराई नेपाल राष्ट्र बैङ्कका पूर्वकर्मचारी हुनुहुन्छ । दायित्व वाङ्मय प्रतिष्ठानद्वारा आज यहाँ आयोजित कार्यक्रममा ती कृतिको विमोचन गर्दै वाङ्मय शताव्दीपुरुष सत्यमोहन जोशीले साहित्य सृजनाले समाजलाई शताव्दियौँपछि सम्म पनि जिवित राख्ने बताउनुभयो । आफूले अनुसन्धानको सिलसिलामा भेटेको १५ सय वर्ष पुरानो शिलालेखमा अङ्कित संस्कृत कविता पनि जीवन्त लागेको अनुभव सुनाउँदै उहाँले आफ्नो अवकासित जीवनमा पनि कवि भट्टराईले महत्वपूर्ण कृति प्रकाशनमा ल्याएकोमा प्रशंसा गर्नुभयो । नेपाल प्रज्ञा प्रतिष्ठानका उपकूलपति विष्णुविभू घिमिरेले मान्छेको चाहनामा जन्म पनि छैन र मृत्यु पनि छैन भन्दै…
राजविराज, ६ असोज । सर्पदंशमा परेका एक जना बालकको मृत्यु भएको विषयलाई लिएर राजविराजस्थित गजेन्द्रनारायण सिंह सगरमाथा अञ्चल अस्पतालमा आज तोडफोड गरिएको छ । रुपनी गाउँपालिका–६ तेरहौता निवासी अशोक साहका ढेड वर्षीय छोरा अरब साहलाई उपचारका लागि सो अस्पताल ल्याइएपछि चिकित्सकले बच्चाको मृत्यु भएको भन्दै शव परीक्षणको कक्षमा राखिदिएको र बच्चा ज्यूँदै फेला परेको भन्दै आक्रोशित स्थानीयवासीले तोडफोड गरेका हुन् । सर्पदंशमा परेका बच्चालाई उपचारका लागि ल्याए पनि सिधै मृत घोषणा गरी शव परीक्षण कक्षमा राखेको र पछि बच्चा ज्यूँदो फेला परेको दाबी गर्दै अस्पतालमा तोडफोड गरिएको अस्पताल प्रशासनले जनाएको छ । मृत घोषणा गरिएका बच्चाका आफन्त तथा गाउँले अस्पताल…
मङ्गलबारे, (इलाम) ६ असोज । व्यक्तिगत घटना दर्ता प्रक्रियालाई सहज बनाउने उद्देश्यले इलाम फाकफोकथुम गाउँपालिकाले प्रोत्साहन रकम उपलब्ध गराउने भएको छ । गाउँपालिकाको हालै सम्पन्न दोस्रो गाउँसभाले जन्मदर्ता र मृत्युदर्ता समयमै गरेमा प्रोत्साहन रकम उपलब्ध गराउने निर्णय गरेको हो । व्यक्तिगत घटनालाई प्रोत्साहित गर्न ३५ दिनभित्रमा घटना दर्ता गरेमा प्रोत्साहन रकम उपलब्ध गराउने निर्णय भएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत डिल्लीराम सुवेदीले जानकारी दिनुभयो । गाउँपालिकाले तोकिएको समयमा व्यक्तिगत जन्मदर्ता गर्दा प्रसुति स्याहार भत्तावापत रु तीन हजार र मृत्यु दर्ता गरेमा मृतक परिवारलाई रु पाँच हजार प्रोत्साहन रकम उपलब्ध गराउने छ । जन्म र मृत्युको जानकारी समयमै पाएमा घटना दर्ता प्रक्रियासमेत सहज…
इरान, ६ असोज । इरानमा सैन्य कवाज (परेड)मा शनिबार एक लडाकू समूहले गरेको आक्रमणमा परी मृत्यु हुनेको सङ्ख्या २४ पुगेकोे जनाएको छ । सैन्य परेड भइरहेको स्थलमा एक्कासी आतङ्कवादीहरूले गोली चलाउँदा कवाज हेरिरहेका महिला, बालबालिकासमेतको मृत्यु भएको र शनिबार अपरान्ह्सम्म उक्त घटनामा मृत्यु हुनेको सङ्ख्या २४ पुगेको यहाँको राज्य सञ्चालित आइआरएनए समाचार संस्थाले जनाएको छ । घटनामा ५३ जना घाइते भएको बताइएको छ । आइआरएनएले अस्पताल स्रोतलाई उद्धृत गर्दै घटनामा घाइते भएका केही व्यक्तिको अवस्था गम्भीर रहेकोले मृतक सङ्ख्यामा थप केही वृद्धि हुने बताइएको छ ।
भद्रपुर, ६ असोज । झापाको मेचीनगर नगरपालिका–१० घर भएकी २४ वर्षीया सङ्गीता राजवंशीको मालदिभ्समा मृत्यु भएको छ । वैदेशिक रोजगारीका लागि घरेलु कामदारका रुपमा कलिङ भिसाबाट श्रम अनुमति लिएर मालदिभ्स जानुभएकी उहाँको गत भदौ २५ गते मृत्यु भएको बुबा नकुल राजवंशीले जानकारी दिनुभयो । सङ्गीताको शव आज बिहान घर ल्याइपु¥याइएपछि स्थानीय रामघाटमा दाहसंस्कार गरिएको छ । सङ्गीताको मृत्यु आत्महत्याका कारण भएको भनी त्यहाँबाट खबर आएको मृतककी मामा राजकुमार राजवंशीले बताउनुभयो । मालदिभ्स्बाट श्रीलङ्काको कोलम्बो हुँदै सङ्गीताको शव शुक्रबार साँझ काठमाडौँ विमानस्थलमा ल्याइएको थियो । अविवाहित सङ्गीता डेढ वर्षअघि वैदेशिक रोजगारीका लागि मालदिभ्स जानुभएको थियो ।
काठमाडौँ, ६ असोज । नेपाल पञ्चाङ्ग निर्णायक समितिले यस वर्षको दशैँका विभिन्न साइत सार्वजनिक गरेको छ । यसवर्ष असोज २४ गते नवरात्र आरम्भ हुने र त्यस दिन बिहान ७ बजेर १५ मिनेटमा घटस्थापनासहित जमरा राख्ने साइत छ । असोज २५ गते बिहीबार बिहान १० बजेर २४ मिनेटमा झण्डा फेर्न शुभ हुने समितिका अध्यक्ष प्रा डा रामचन्द्र गौतमले राससलाई जानकारी दिनुभयो । झण्डा फेर्दा पश्चिम फर्केर फेर्नुपर्ने उहाँले बताउनुभयो । असोज २८ गते आइतबार पचली भैरव यात्रा परेको छ । यसैगरी असोज ३० गते मङ्गलबार फूलपाती भित्र्याइने छ । त्यसैदिन बिहान ९ बजेर २१ मिनेटमा तुलजा भवानीको यात्रा गराइन्छ । १०…
बागलुङ, ६ असोज । सामान्य विवादको क्रममा श्रीमान्ले लठ्ठी प्रहार गर्दा बागलुङको ताराखोला गाउँपालिका–२ मा ७० वर्षीया श्रीमतीकोे मृत्यु भएको छ । शुक्रबार साँझ मादकपदार्थ सेवन गरेर घर आएका ६६ वर्षीय देउप्रसाद छन्त्यालले लठ्ठी प्रहार गर्दा उनकी ७० वर्षीया श्रीमती तुलमाया छन्त्यालको उपचारको क्रममा मृत्यु भएको हो । श्रीमान् श्रीमतीबीचमा सामान्य भनाभन हुँदा देउप्रसादले तुलमायाको टाउकोमा लठ्ठीले हानेका थिए । श्रीमान्को कुटाइबाट गम्भीर घाइते भएकी तुलमायाको गलकोट प्रथामिक स्वास्थ्य केन्द्र हरिचौरमा उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बागलुङका प्रहरी निरीक्षक गोपिन्द्रबहादुर खड्काले बताउनुभयो । शुक्रबार नै देउप्रसादलाई प्रहरीले स्वास्थ्यचौकीबाट नियन्त्रणमा लिएको छ ।
भद्रपुर, ६ भदौ । शाह इन्जिनियरिङ निर्माण सेवाको निर्माण कार्यमाथि गुणस्तरीयताको प्रश्न उठेको छ । उपल्लो सेटिङमार्फत सरकारी भौतिक संरचना निर्माण ठेक्का हात पार्ने गरेको सो कम्पनीले निर्माण गरेका अधिकांश संरचना गुणस्तरहीन निर्माण भएको पाइएपछि प्रश्न उठेको हो । सो निर्माण कम्पनीले करौडौं रकममा ठेक्का लिएका झापाका आधा दर्जनभन्दा बढी सरकारी भवनहरू निर्माणको कुनै पनि काम सन्तोषजनक पाइएका छैनन् । एक दशकयता सो कम्पनीबाट निर्माण सम्पन्न भएका जिल्ला प्रशासन, मालपोत लगायत कार्यालयका भवनले गुणस्तरहीन सामान प्रयोग गरेको पुष्टि गरिसकेका छन् । पछिल्लो पटक निर्माणाधिन नापी कार्यालयको भवनको निर्माण सम्पन्न गरेर हस्तान्तरणको तयारीमा रहेको सो कम्पनीको काममा शहरी विकास तथा भवन…
भद्रपुर, ६ असोज । प्याब्सन भद्रपुर नगर समितिले विद्यालय तहमा रहेका विद्यार्थीको अन्तरनिहित प्रतिभा विकासका लागि अतिरिक्त क्रियाकलाप सम्पन्न गरेको छ । नगर संयोजक डिल्ली दुलालको अध्यक्षता तथा प्याब्सन झपाका अगुवा व्यक्तित्व सुरेश राईको प्रमुख आतिथ्यमा भद्रपुर–४ स्थित इष्ट पोइन्ट अंग्रेजी माविको प्राङ्गणमा विविध कार्यक्रम सम्पन्न गरिएको हो । नगर क्षेत्रमा रहेका २० वटा विद्यालयका विद्यार्थीले सहभागिता जनाएको कार्यक्रममा चित्रकला, बतृत्वकला, हाजिरी जवाफ लगायत अतिरिक्त क्रियाकलापमा प्रतिष्पर्धा गरेका थिए । इष्ट पोइन्ट अंग्रेजी माविका प्रधानअध्यापक कपिल पौडेलका अनुसार स्थानीय तहमा प्याब्सनको अधिकार प्रत्यायोजन भए पश्चात पहिलो पटक नगर समितिले आफ्ना माताहतका विद्यार्थी बीच सामुहिक अतिरिक्त क्रियाकलाप सम्पन्न गरेको हो ।…