
Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
झापा अनलाइन
झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।
बिर्तामोड, २३ भदौ । झापाको बिर्तामोडमा शुक्रबार खानेपानी मन्त्री बिना मगर आइन् । उनको भव्य स्वागत गरियो । उनी यहाँ आउनुको मुख्य कारण बिर्तामोड साना सहरी खानेपानी तथा सरसफाई संस्थाले जडान गरेको फिल्टर प्लान्ट उद्घाटन थियो । अन्य कार्यक्रमझैं बिर्तामोड खानेपानीको कार्यक्रम पनि विधिवत् नै भयो । मन्त्री मगरले फिल्टर प्लान्टको उद्घाटन गरेपछि मञ्चमा मन्तव्यको कार्यक्रम शुरु भयो । संस्थाका सचिव मेघराज बाँस्तोलाले शुरुमै बिर्तामोडका नगरप्रमुख ध्रुवकुमार शिवाकोटीलाई मन्तव्यका लागि आग्रह गरे । बिर्तामोडबाट सञ्चालित हाम्रो नेपाल बचत तथा ऋण सहकारी संस्थाले उत्कृष्ट नागरिकका रुपमा सम्मान गर्ने भएकाले पनि उनलाई कार्यक्रममा जानुपर्ने हतारो थियो । मन्तव्यका लागि माइक समाउने बित्तिकै…
काठमाडौं, २३ भदौ । नेपाल–भारत सिमानामा हुने आपराधिक घटनामा भारत गम्भीर बनेको छ । नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहालले भारतका गृहमन्त्री राजनाथ सिंहसँगको भेटमा सिमानामा हुने लुटपाटका घटनाबारे ध्यानाकर्षण गराएका थिए । सो क्रममा भारतका गृहमन्त्री सिंहले समस्या समाधानका लागि चासो दिएको दाहालको सचिवालयले जनाएको छ । दाहालको सचिवालयका अनुसार सिंहले सीमा क्षेत्रका सबै अधिकारीलाई तत्कालै खबर गरी यस्ता किसिमका घटना घट्न नदिने प्रतिबद्धतासमेत जनाएका थिए । दाहाल बिहीबार भारत प्रस्थान गरेका थिए । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलगायत अधिकारीहरूसँग भेटघाटको सूची छ । दाहालले शुक्रबार भारतीय गृहमन्त्री सिंहसँग भेट गरेका थिए । आजको राजधानी दैनिकमा खबर छ ।
काठमाडौँ, २३ भदौ । नेपाल बङ्गलादेशबीच भएको ऊर्जा क्षेत्रको सहकार्यसम्बन्धी सम्झौता कार्यान्वयनका लागि ऊर्जा सचिव र सहसचिवस्तरीय समिति गठन भएका छन् । नेपालले यसअघि नै समितिमा रहने पदाधिकारी छनोट गरिसकेको थियो । बङ्गलादेशले पनि समितिमा रहने पदाधिकारीको टुङ्गो लगाइसकेको जानकारी गराएको मन्त्री पुनसँगै बङ्गलादेश भ्रमणमा रहनुभएका ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयका प्रवक्ता दिनेशकुमार घिमिरेले जानकारी दिनुभएको छ । दुवै मुलुकले समितिमा रहने पदाधिकारी टुङ्ग्याइसकेका छन् । उहाँ भन्नुहुन्छ, “समितिहरुको पहिलो बैठक आगामी अक्टोबरमा काठमाडौँमा राख्न हामीले प्रस्ताव गरेका छौँ, यसबारेमा छिटै जानकारी दिन बङ्गलादेशले भनेको छ ।” सो बैठकमै आयोजनाका विषयमा ठोस छलफल हुने सहसचिव घिमिरेको भनाइ छ । पछिल्लो…
जाजरकोट, २३ भदौ । जाजरकोटका अधिकांश खच्चड मालिक अहिले गाडी मालिक भएका छन् । सडक विस्तारले उनीहरूलाई खच्चडबाट गाडी मालिकमा रूपान्तरण गरिदिएको हो । नलगाड नगरपालिका वडा १० का अशोक ध्यारको अहिले एउटा जिप छ । एक वर्षअघिसम्म नौ खच्चडका मालिक ध्यारले गत वर्ष खच्चड बिक्री गरेर जिप खरिद गर्नुभयो । उहाँकै छिमेकी कालीबहादुर रोकाले पनि खच्चड बेचेर एउटा ट्याक्टर र एउटा जिप किन्नुभयो । उक्त नगरपालिका– ७ दल्लीबाट वडा नं १३ तल्लुसम्म ट्र्याक्टरबाटै सामान ढुवानी गरेर राम्रो आम्दानी गरिरहेको उहाँ बताउनुहुन्छ । जाजरकोट–डोल्पा सडक डोल्पासम्मै पुगेपछि ध्यार र रोका मात्रै होइन उक्त नगरपालिकाका अधिकांश खच्चड व्यवसायीले पछिल्लो समय गाडी खरिद…
काठमाडौं, २३ भदौ । राजनीतिक दलका शीर्ष नेताले नै संसद सचिवालयबाट सुविधामा पाएर लगेका ल्यापटप अझै पिर्ता नगरेका छैनन् । समाचारमा उल्लेख गरिएअनुसार, संविधानसभा भंग भएको १० महिना बितिसक्दा पनि नेताहरुले ल्यापटप फिर्ता गरेका छैनन् । यसरी ल्यापटप फिर्ता नगर्नेमा प्रमुख सचेतक र दलका नेता समेत रहेको संसदको स्टोर शाखाका प्रमुख विनोदकुमार मालीको भनाइ उद्धृत गर्दै नेपाल समाचारपत्रले पहिलो पृष्ठमा यो समाचार छापेको छ । स्टोर शाखा प्रमुख माली भन्छन्, ुयसबारेमा नेताहरुलाई खबर गरिएको छ । उहाँहरुले आफैंले जानेर बुझाउनुपर्ने हो हामीले भनिरहन पनि मिलेन ।ु मालीकै भनाइमा नियमाअनुसार सुविधा लिनु स्वभाविक भए पनि प्रयोजन सकिएपछि पनि फिर्ता नगरिनु अव्यवहारिक…
नेपालगञ्ज, २३ भदौ । बाँकेमा झारफुक गर्ने ज्योतिषको भेषमा एक व्यक्तिले ५ महिनादेखि बालिकालाई निरन्तर बलात्कार गर्दै आएको खुलासा भएको छ । बाँकेको कोहलपुरमा हजुरबुबाले आफ्नै नातिनीलाई बलात्कार गरेको घटना सेलाउन नपाउँदै नेपालगन्जमा १६ वर्षीया किशोरी बलात्कृत भएको रहस्य खुलेको हो । झारफुक गर्ने बहानामा नेपालगन्ज उपमहानगरपालिका–४ गणेशपुर बस्ने ४७ वर्षीय ‘साइबाबा’ भनी चिनिने व्यक्तिले उनीसँग यौनजन्य क्रियाकलाप गरेको बिहीबार साँझ प्रहरीमा जाहेरी आएको थियो । बिरामी किशोरीलाई झारफुक गर्ने नाममा ती व्यक्तिले निरन्तर बलात्कार गरेको बालिकाका आफन्तले बताएका छन् । आफूलाई साईबाबा भन्ने ती व्यक्तिले झारफुकको बहानामा गत वैशाखदेखि बलात्कार गर्दै आएको पीडितले बयान दिएकी छन् । बाहिर कसैसँग…
सन्तोष शर्मा झापा, २३ भदौ । राष्ट्रिय सहकारी महासंघका अध्यक्ष केशव बडालले नेपालकोे संविधानले सहकारीलाई महत्वपूर्ण रुपमा अघि बढाएको बताउनुभएको छ । झापाको बिर्तामोडमा शुक्रबार हाम्रो नेपाल बचत तथा ऋण सहकारी संस्थाको छैठौँ वार्षिक साधारणसभाको उद्घाटन गर्दै अध्यक्ष बडालले सहकारी क्षेत्रमा संसारको कुनै पनि संविधानमा नेपालमा भएजस्तो व्यवस्था नभएको बताउनुभयो । ‘अन्तर्राष्ट्रिस्तरमा नेपालमा सहकारीका लागि भएको व्यवस्थाको चर्चा हुने गरेको छ’, उहाँले भन्नुभयो । सहकारी मैत्री योजना बनाउन सरकार लागिपरेको र सहकारी क्षेत्रमा लगाइएको कर घटाउने गृहकार्य भइरहेको समेत उहाँले सुनाउनुभयो । सहकारी कर तिर्ने क्षेत्र नभई कर तिर्ने नागरिक निर्माण गर्ने क्षेत्र भएको उहाँले बताउनुभयो । ‘सरकारले सहकारीलाई कर…
बिर्तामोड, २३ भदौ । प्रहरीले शुक्रबार बेलुका ६ः२० भद्रपुर नगरपालिका–४ स्थित झापा चोकबाट करिब ३० किलोग्राम सुकुमेल बरामद गरेको छ । साइकलमा भन्सार छलेर नेपालबाट भारततर्फ चोरी पैठारी गरिरहेको अवस्थामा प्रहरीले रू ४० हजार मूल्य बराबरको सुकमेल बरामद गरेको हो ।
बिर्तामोड, २३ भदौ । झापाको मेचीनगर–५ स्थित नकलबन्दाबाट लागुऔषधसहित प्रहरीले बाबुछोरासहित तीन जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा दमक–३ बेलडाँगीका २७ वर्षीय बिखबहादुर राई, सोही स्थानका २९ वर्षीय पुकबहादुर कटुवाल र उनका चार वर्षीय छोरा सिमन कटुवाल रहेको जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी नायब उपरीक्षक जितेन्द्रकुमार बस्नेतले जानकारी दिनुभयो । प्रहरीले शुक्रबार बेलुका जेकजाँचका क्रमाका उनीहरुको साथबाट रू ९ हजार बराबरको लागुऔषध लुपिजेसिक, फेनारागन, डाइजोपाम बरामद गरेको हो । पुकबहादुरका छोरा सिमन पनि साथमा रहेकाले तीनै जनालाई पक्राउ गरी अनुसन्धान भइरहेको प्रनाउ बस्नेतले बताउनुभयो ।
रमेश लम्साल ढाका, २३ भदौ । नौ सय मेगावाटको माथिल्लो कर्णाली जलविद्युत् आयोजनाको विद्युत बङ्गलादेशले किन्ने भएको छ । बङ्गलादेशको मन्त्रिपरिषद्ले भारतीय कम्पनी ग्रान्ध्री माल्लिकार्जुन राव ९जिएमआर० प्रवद्र्धक रहेको माथिल्लो कर्णालीको ५०० मेगावाट विद्युत् किन्ने निर्णय केही दिन अघि गरेको हो । बङ्गलादेशको भ्रमणमा रहनुभएका ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री वर्षमान पुनलाई यहाँको विद्युत्, ऊर्जा तथा खनिज राज्यमन्त्री नसरुल हमिदले उक्त आयोजनाको विद्युत् खरिद गर्ने निर्णय मन्त्रिपरिषद्ले गरिसकेको जानकारी गराउनुभएको हो । शुक्रबार ढाकास्थित नेपाली दूतावासले गरेको कार्यक्रममा मन्त्री पुनले भन्नुभयो, “विद्युत् खरिद गर्ने निर्णय भइसकेको र अहिले दुई पक्षबीच खरिद दरलगायत अन्य प्राविधिक पक्षमा छलफल भइरहेको यहाँका मन्त्रीले जानकारी दिनुभएको…