
काठमाडौं, २३ भदौ । राजनीतिक दलका शीर्ष नेताले नै संसद सचिवालयबाट सुविधामा पाएर लगेका ल्यापटप अझै पिर्ता नगरेका छैनन् ।
समाचारमा उल्लेख गरिएअनुसार, संविधानसभा भंग भएको १० महिना बितिसक्दा पनि नेताहरुले ल्यापटप फिर्ता गरेका छैनन् ।

यसरी ल्यापटप फिर्ता नगर्नेमा प्रमुख सचेतक र दलका नेता समेत रहेको संसदको स्टोर शाखाका प्रमुख विनोदकुमार मालीको भनाइ उद्धृत गर्दै नेपाल समाचारपत्रले पहिलो पृष्ठमा यो समाचार छापेको छ ।
स्टोर शाखा प्रमुख माली भन्छन्, ुयसबारेमा नेताहरुलाई खबर गरिएको छ । उहाँहरुले आफैंले जानेर बुझाउनुपर्ने हो हामीले भनिरहन पनि मिलेन ।ु
मालीकै भनाइमा नियमाअनुसार सुविधा लिनु स्वभाविक भए पनि प्रयोजन सकिएपछि पनि फिर्ता नगरिनु अव्यवहारिक काम हो । आजको नेपाल समाचारपत्रमा खबर छ ।
झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।
