
Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
झापा अनलाइन
झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।
काठमाडौँ, २३ भदौ । प्रधानमन्त्री केपी शर्मा ओलीले आगामी पाँच वर्षभित्र नेपालबाट गरीबी हटाइने दृढता दोहो¥याउनुभएको छ । आज बालुवाटारमा आयोजित ओली वंश अक्षय कोषको वार्षिक साधारणसभा तथा पुरस्कार वितरण कार्यक्रममा बोल्दै प्रधानमन्त्री ओलीले सो कुरा बताउनुभएको हो । प्रधानमन्त्री ओलीले नेपालीलाई गरीबीमा बाँच्नै नसुहाउने बताउँदै विगतका शासकको कमजोरीका कारण नेपालीले यस्तो नियति भोग्नुपरेको विचार व्यक्त गर्नुभयो । “स्रोत साधनले भरिपूर्ण रहेर पनि नेपाली गरीब हुन सुहाउने कुरा होइन” प्रधानमन्त्री ओलीले भन्नुभयो, “अब पाँचवर्ष भित्रमा कोही पनि नेपालीले गरीब हुनुपर्दैन ।” प्रधानमन्त्री ओलीले सरकारले सुशासन र विकासको बाटोबाट सुखी र समृद्धि नेपाल निर्माण गर्ने बताउनुभयो । “कतिपय मानिस देश बनेन…
बुटवल, २३ भदौ । पूर्वप्रधानमन्त्री तथा नेपाली काङ्ग्रेसका सभापति शेरबहादुर देउवाले स्वतन्त्र प्रेसमाथिको हस्तक्षेप स्वीकार्य नहुने बताउनुभएको छ । आज बुटवलमा बुद्ध टेलिभिजनको ११ औंँ वार्षिकोत्सवमा उहाँले स्वतन्त्र प्रेस लोकतन्त्रको सौन्दर्य हो भन्नुभयो । सभापति देउवाले बुद्धको दर्शन र शिक्षा टेलिभिजनमार्फत प्रचारप्रसार गर्न आग्रह गर्नुभयो । कार्यक्रममा नेपाली काँङग्रेसका सचेतक बालकृष्ण खाँणले प्रदेश नं–५ को राजधानी बुटवल बनाउन जुनसुकै कदम चाल्न आफू तयार भएको उल्लेख गर्दै कसैले पनि बुटवलको राजधानी सार्न सक्दैन भन्नुभयो । उहाँले पत्रकारितालाई कुण्ठित गर्न सरकारले नीति र योजना बनाएको आरोप लगाउँदै प्रेस प्रजातन्त्रको मेरुदण्ड भएको उल्लेख गर्नुभयो । सो अवसरमा प्रतिनिधिसभाका सदस्य भरत शाह, नेपाली काँङग्रेसका…
हेटौँडा, २३ भदौ । लामो समयदेखि बन्द रहेको नेपाली वनस्पती घ्यू उद्योग लिमिटेडले तोरीको तेल उत्पादन गर्ने तयारी गरेको छ । करीब एक दशक अगाडि विभिन्न कारणले बन्द भएको सो उद्योगले असोजको अन्तिम सातासम्म तोरीको तेल उत्पादन गर्ने बताएको छ । हेटौँडा औद्योगिक क्षेत्रमा साल्ट ट्रेडिङ कर्पोरेशन लिमिटेडको स्वामित्वमा रहेको सो उद्योगले तोरीको तेल उत्पादन गरी उद्योग सञ्चालन गर्न चीनबाट रु १७ लाखको लागतमा आवश्यक मेसिनसमेत खरीद गरेको छ । उद्योगका महाप्रबन्धक मुकुन्द जोशीका अनुसार उद्योग सञ्चालन गर्न करीब रु ४० लाख लगानी भइसकेको छ । चीनबाट आयातित मेशिनको दैनिक १५० टन तोरीको तेल उत्पादन क्षमता रहेको बताइएको छ ।…
बिदुर, २३ भदौ । गोरखाको सामागाउँबाट यात्रु लिएर काठमाडौँ फर्कदै गरेको अल्टिच्युड एयरलाइन्सको हेलिकोप्टर आज नुवाकोटको मेघाङ गाउँपालिकामा दुर्घटना भएको छ । नुवाकोट र धादिङको सीमानामा रहेको मेघाङको जङ्गलमा सो हेलिकोप्टर दुर्घटनामा परेको हो । हेलिकोप्टरमा पाइलट निश्चल केसीसहित सात जना सवार रहेका थिए । हेलिकोप्टरमा जापानी नागरिक हिरोमी कोमात्सु (राहदानी नम्बर टिके७१३६१२०६८), रामेछापका ४० वर्षीय दिल्लीबहादुर गुरुङ, दोलखाका ३७ वर्षीया हिरा शेर्पा, गोरखाको चुमनुब्री गाउँपालिका–२ का ल्हो आनी डोल्पा डिकी, चुमनुब्री गाउँपालिका–१ सम्दोका छोवाङ नुर्वु र सिन्धुपाल्चोकका २२ वर्षीय सुनिल तामाङ सवार रहेको प्रहरीले जानकारी दिएको छ । हेलिकोप्टरमा सवार व्यक्तिको अवस्था के कस्तो छ भन्ने जानकारी नखुलेको जिल्ला…
विराटनगर, २३ भदौ । पूर्व क्षेत्रको सबैभन्दा पुरानो कोशी अञ्चल अस्पताल विराटनगरमा दिनदिनै बिरामीको चाप बढेको अस्पताल प्रशासनले जनाएको छ । चालीस वर्षअघि निर्माण भएको सो अस्पताल तत्कालीन आवश्यकतालाई पूरा गर्न बनाइएको थियो भने अहिले जनसङ्ख्या वृद्धिका कारण पुरानो भौतिक संरचनाले अहिले आवश्यकता पूरा गर्न कठिनाइ भइरहेको जनाएको छ । विराटनगरमा अवस्थित यो अस्पताललाई प्रदेश सरकारले ऐतिहासिक अस्पतालको रुपमा विकास गर्न खोजेको छ । प्रदेश सरकारले यसलाई शिक्षण अस्पताल बनाउने निर्णय गरिसकेको र अस्पताललाई प्रतिष्ठानमा रुपान्तरण गर्न स्वायत्त संस्था बनाउन प्रक्रिया थालिसकेको सामाजिक विकासमन्त्री जीवन घिमिरले बताउनुभयो । काठमाडौँस्थित वीर अस्पतालसँग सहकार्य गर्न हस्ताक्षरसमेत भइसकेको यो अस्पतालले आउने वर्षमा एमबिबीएसको…
बलिउड अभिनेता नाना पाटेकारलाई धेरैले सम्मान गर्छन् । तर, उनी पनि विवाद मुक्त भने छैनन् । विवाहित र छोराछोरीका बाबु भएर पनि उनले विभिन्न नायिकाहरुसँग अफेयर चलाएका थिए जसमध्ये एक नेपालकी मनिषा कोइराला समेत थिइन् । उनै नाना पाटेकरको विषयमा नायिका तनुश्री दत्ताले नयाँ खुलासा गरेकी छिन् । उनले एउटा फिल्मको सुटिङका क्रममा नानाले आफूमाथि यौन दुव्र्यहार गरेको आरोप लगाइन् । ‘सुटिङ सेटमा म डान्स अभ्यास गरिरहेकी थिएँ । नाना आए र मलाई च्याप्प पाखुरामा समातेर आफुतिर टाँसे । त्यसपछि भने कि म तिमीलाई डान्स सिकाउँछु । म डराएँ र कुदेर भ्यानिटी भ्यानमा गएँ । त्यहाँ मेरी आमा हुनुहुन्थ्यो ।…
चितवन, २३ भदौ । गैँडाकोट नगरपालिकाका जनप्रतिनिधिले पत्रकार कुटेका छन् । नगरपालिकाको शुक्रबार कार्यपालिकाको बैठकपछि समाचार सङ्कलन गर्न जानुभएका जनअर्पण साप्ताहिकका सहसम्पादक अजय गोर्खालीमाथि कुटपिट भएको छ । गोर्खालीका अनुसार अनुमति लिएर बैठकपछि कक्षमा प्रवेश गरेलगत्तै मोबाइलमा आवाज रेकर्ड गरेको भन्दै जनप्रतिनिधिले कुटेका थिए । उनीहरुले गोर्खालीको मोबाइल र डायरी पनि लगेको उहाँले बताउनुभयो । यसैबीच घटनाको पत्रकार सम्बद्ध सङ्घ सङ्गठनले विरोध जनाएका छन् । नेपाल पत्रकार महासङ्घ, प्रेस चौतारी, प्रेस युनियन, प्रेस सेन्टर र क्रान्तिकारी पत्रकार सङ्गठन चितवनले आज विज्ञप्ति जारी गरी घटनाको निन्दा गर्दै दोषीमाथि कडा कारवाहीको माग गरेको छ । गैँडाकोट नगरपालिकाका प्रमुख छत्रराज पौडेलले बैठकपछि आफू…
काठमाडौँ, २३ भदौ । प्रधानमन्त्री केपी शर्मा ओलीले उखु कृषकको समस्या समाधानका लागि तत्काल चिनी आयात रोक्न निर्देशन दिनुभएको छ । प्रधानमन्त्री ओलीले सरकारी निवास बालुवाटारमा हिजो सरोकारलासँग छलफल गर्दै उखु कृषकको समस्या देशको साझा समस्या भएको भन्दै चिनी तथा उखु आयात रोक्नका लागि सीमा नाकामा कडाई गर्न सम्बन्धित निकायलाई निर्देशन दिनुभएको हो । “उखु कृषकको समस्या पुरानै हो, अब यसलाई केही हिसाबले हल गर्नेपर्छ, तत्कालका लागि चिनी आयात रोकौ र पारी (भारत) बाट उखु ल्याउन पाइँदैन, र उद्योगीले उखु किन्दिन भन्न पनि पाउदैनन्, त्यसैले सीमा नाकामा पुरै कडाई गर्न म गृहमन्त्रालयको ध्यानाकर्षण गराउँछु”–प्रधानमन्त्री ओलीले भन्नुभयो । प्रधानमन्त्री ओलीले मुलुकलाई…
काठमाडौँ, २३ भदौ । प्रधानमन्त्री केपी शर्मा ओलीले वर्तमान मन्त्रिमण्डल तत्काल हेरफेर हुने कुनै सम्भावना नरहेको बताउनुभएको छ । जिल्ला समन्वय समिति महासङ्घ नेपालले आज आयोजना गरेको प्रथम राष्ट्रिय भेलालाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले सरकारलाई अस्थिर बनाउन चाहनेले मन्त्रीहरु हेरफेर हुने हल्ला चलाएको उल्लेख गर्दै भन्नुभयो, “केही हुनेवाला छैन । राम्रो काम गरिरहेमा कुनै मन्त्री हट्ने छैनन् ।” कार्यक्रममा सहभागी अर्थमन्त्री डा युवराज खतिवडा, सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री लालबाबु पण्डित, कानून, न्याय तथा संसदीय मामिलामन्त्री भानुभक्त ढकाल, महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री थममाया थापासहित सहभागी कार्यक्रममा प्रधानमन्त्री ओलीले आलोचना र हमलाबाट नडराउन पनि आग्रह गर्नुभयो । आफ्नो नेतृत्वमा पार्टी…
बनेपा, २३ भदौ । पाँचखाल नगरपालिका–१२ काँसकोटमा तीजको दर खाँदा ५० भन्दा बढी बिरामी भएको प्रहरीले जनाएको छ । स्थानीय ग्रामीण स्वावम्बन बहुद्देश्यीय सहकारी संस्था लि ले शनिबार तीज विशेष दर खाने कार्यक्रम आयोजना गरी २०० जनालाई दर खुवाएको थियो । विषाक्त खानाका कारण बिरामी भएका उनीहरूको स्थानीय मेडिकलमा सामान्य उपचार गरी थप उपचारका लागि धुलिखेल अस्पताल र बनेपास्थित शिरमेमोरियल अस्पतालमा ल्याउने तयारी भइरहेको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरीक्षक रविराज खड्काका अनुसार विषाक्त खानाबाट अहिलेसम्ममा ५० जनालाई उपचारका लागि अस्पताल ल्याउनेक्रम जारी रहेको र बिरामी अझै बढ्ने देखिएको छ । बिरामीमध्ये बालबालिका बढी सिकिस्त रहेको…