झापा अनलाइन

झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।

आजाद कलम व्यंग्य वाण वर्तमान विश्व–सन्दर्भमा हे‌र‌े‌ पनि, दे‌शको‌ जातीय विविधता र‌ धार्मिक–सांस्कृतिक वै‌विध्यको‌ अनुकूल दृष्टिले‌ हे‌र‌े‌ पनि अथवा र‌ाजनीतिक प्रभुत्वको‌ प्रतिस्पर्धात्मक मनो‌वै‌ज्ञानिक चाहना प्रखर‌ हुँदै‌ आएको‌ आजको‌ परि‌प्रे‌क्ष्यमै‌ र‌ाखे‌र‌ निरूपण गर‌े‌ पनि ‘संघीयता’ नठीक थिएन । तर‌, संघीयताको‌ अभ्यासको‌ पहिलो‌ वर्षमै‌ तल्ला, मझौ‌ला र‌ उपल्ला पदासीन ने‌ता–नायकहरूमा पन्पाएको‌ र‌ाजा–र‌जौ‌टे‌ विलाषिता र‌ मै‌मत्ते‌ उखर‌माउलो‌ हे‌र्दा र‌ सुन्दा त संघीयताको‌ सफलता किंवा दीर्घायुको‌ अघिल्तिर‌ गो‌मन सर्पले‌ फणा फुकाए झै‌ं विषालु प्रश्न नै‌ पनि उपस्थित भइर‌हे‌ जस्तो‌ छ । नागरि‌क जीवन संघीयताको‌ भार‌ी बो‌क्न गाह«ो‌पनेर्‌ अनुभूतिबाट एकै‌ वर्षभित्र क्लान्त भइसके‌का छन् । विदे‌शी सहायता गुहार‌े‌र‌ जसो‌तसो‌ घिस्रिर‌हे‌को‌ दे‌शलाई साविकमाथि थप दुई सर‌कार‌ उत्तिकै‌ संर‌चनासाथ चलाउन…

Read More

मोहन पौडेल परासी, २८ भदौ । पश्चिम नवलपरासीमा एउटा यस्तो पोखरी छ जहाँको पानी नमिसाई त्यहाँका स्थानीयवासीको खाना पाक्दैन् भने पोखरीको माछा खाएमा मृत्यु हुने पौराणिक मान्यता छ । सुन्दा अचम्म लाग्छ र विश्वास पनि हुँदैन तर यो यथार्थ हो । पश्चिम नवलपरासीको सुस्ता गाउँपालिका वडा नं २ ‘सत्तपत्ती’ भन्ने स्थानमा रहेको चुहाडी पोखरीको पानी स्थानीय थारू समुदायले बिहान–साँझ मिसाएर खाना पकाउने गरेका छन् । त्यो यस्तो पोखरी हो, जसको पानी कहिल्यै सुक्दैन् र पोखरीमा रङ्गीविरङ्गी माछा पाइन्छ तर केवल हेर्नका लागि मात्र । पोखरीकै छेउमा कुँवारवर्ती माईथान मन्दिर पनि छ । यही कारणले सो क्षेत्र पर्यटकीय गन्तव्यको रूपमा परिणत…

Read More

मेचीनगर, २८ भदौ । मेचीनगरका पक्षी तथा पशुपालक कृषकहरुलाई मध्यनजर गर्दै मेचीनगर नगरपालिकाले नगरमा पहिलो पटक दुईदिने निःशुल्क पक्षी तथा पशु स्वास्थ्य शिविर सञ्चालन गर्ने भएको छ । नगरप्रमुख विमल आचार्यको कार्यकक्षमा विहीबार सम्पन्न आयोजक, सहआयोजक तथा प्राविधिक सहयोग रहेको हिकाष्ट नेपालका प्रमुख प्रतिनिधिबीच भएको बैठकले आगामी असोस १ र २ गते नगरका विभिन्न ठाउँमा स्वास्थ्य शिविर सम्पन्न गर्ने निर्णय गरेको नगरका प्रेस संयोजक लक्ष्मी उप्रेतीले जानकारी दिए । शिविरको सहआयोजक धुलावारी माध्यमिक विद्यालय रहेको छ । शिविर सम्पन्न गर्न हिकाष्टकातर्फबाट दुईजना विषय विज्ञ पशु चिकित्सकसहित ३२ जनाको टोली झापा आउने नगरप्रमुख विमल आचार्यले जानकारी दिए ।सहआयोजक धुलावारी माध्यमिक विद्यालयमा…

Read More

इलाम, २८ भदौ । केन्द्रीय विद्युत् प्रसारण लाइनमा समस्या आएपछि पूर्वी पहाडी जिल्लामा २४ घण्टादेखि विद्युत् सेवा ठप्प भएको छ । नेपाल विद्युत् प्राधिकरणका दुई प्रसारण लाइनको तार चुँडिएपछि इलाम, पाँचथर र ताप्लेजुङमा विद्युत् सेवा ठप्प भएको हो । इलामको रोङ गाउँपालिकास्थित किटेनीमा चार दिनअघि गएको पहिरोका कारण झापाको विर्तामोडदेखि ताप्लेजुङ जोड्ने ३३ केभीको विद्युतीय लाइनको चार पोलमा क्षति पुगेको थियो । यस्तै दमक नगरपालिकास्थित पाडाजुँडी–राजदूवाली १३२ केभी प्रसारण लाइनमा पनि समस्या आएपछि पूर्वी पहाडी क्षेत्रका तीन जिल्ला २४ घण्टादेखि अन्धकारमा छन् । विद्युत् अवरुद्ध भएपछि पूर्वी पहाडका ४० हजार भन्द बढी उपभोक्ताका साथै सयौँ उद्योग कलकारखाना ठप्प छन् ।…

Read More

भद्रपुर, २८ भदौ । दमकका कपडा व्यापारी हत्याका मुख्य अभियुक्त गौरीगञ्ज–६ का २८ वर्षीय सदाम हुसेनलाई पक्राउ गरी झापा प्रहरीले सार्वजनिक गरेको छ । सोमबार राति कमल गाउँपालिका–६ स्थायी घर भएका कपडा व्यापारी खेमराज पौडेललाई गौरीगञ्जमा पैसा लिन बोलाइ अपहरण गरी विभत्स हत्या गरेको आरोपमा सदाम हुसेनलाई पक्राउ गरी प्रहरीले सार्वजनिक गरेको हो । जिल्ला प्रहरी कार्यालय झापाका अनुसार व्यापारी पौडेलको ९० हजार ५ सय रुपैयाँ तिर्नु पर्ने हुसेनले विगतदेखि नै रकमको विषयमा आफूलाई पौडेलले बेइज्जत गरेको रिसिबी राखेर योजनाअनुरूप हत्या गरेको प्रारम्भिक अनुसन्धानमा देखिएको छ । हत्या गरी घरमा आएर नुहाउँदै गरेका हुसेनलाई पौडेलकी पत्नी दीपाले उजुरी दिएलगत्तै राति…

Read More

कञ्चनपुर, २८ भदौ । निर्मला पन्त हत्याकाण्डका दोषी बचाउन र घटना ढाकछोप गर्न प्रहरी नै सक्रिय रहेको भन्दै उनका आफन्तले कञ्चनपुर प्रहरीका तत्कालीन प्रमुख एसपी डिल्ली बिष्ट र डिएसपी ज्ञानबहादुरको सेठीको डिएनए परीक्षण गर्न माग गरेका छन्। प्रहरीले दोषी भनेर सार्वजनिक गरेका दिलीप बिष्ट निर्दोष ठहर भएपछि स्थानीयले दोषी बचाउन निर्दोष फसाउने प्रहरी अधिकारी नै घटनामा संलग्न रहेको आशंका मजबुत भएको बताएका छन्। ‘एसपी बिष्ट, डिएसपी सेठी र सिआइबीका डिएसपी अंगुर जिसीलाई निलम्बन मात्र होइन, हिरासतमा राखेर अनुसन्धान गरिनुपर्छ, उनीहरूका कल डिटेल हेरिनुपर्छ,’ निर्मलाका मामा केशव भण्डारीले भने, ‘एसपी बिष्ट र डिएसपी सेठीको डिएनए पनि परीक्षण गरिनुपर्छ।’ निर्मलाका आफन्तले अनुसन्धानमा…

Read More

काठमाडौं, २८ भदौ । शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालय र राष्ट्रिय परीक्षा बोर्डबीचको विवादले कक्षा ९ र १० मा अध्ययनरत देशभरका करिब १० लाख विद्यार्थीले रजिस्ट्रेसन र एसईई परीक्षा आवेदन फाराम भर्न पाएका छैनन् । गत असारसम्म भरिसक्नुपर्ने फाराम विद्यार्थीले अझै भर्न नपाएका हुन् । आगामी चैतमा एसईई परीक्षा तयारी गरिरहेका करिब साढे ५ लाख विद्यार्थीले गत बर्ष नै भरेको फाराम पनि स्वीकृत गरिएको छैन । रजिस्ट्रेसन फाराम स्वीकृत भएपछि मात्रै परीक्षा आवेदन फाराम भर्न पाइन्छ । परीक्षा नियन्त्रण कार्यालयले एसईई परीक्षाको व्यवस्थापन र तयारीको काम गर्दै आएको थियो । कार्यालय खारेज गरेर बोर्डले परीक्षाको जिम्मेवारी पाएपछि मन्त्रालयसँग विवाद बढेको…

Read More

काठमाडौँ, २८ भदौ । संघ र प्रदेश सरकार ३ असोजको संविधान दिवस मनाउने तयारीमा जुटिरहेका बेला संघीय सरकारका उपप्रधानमन्त्रीको दल भने बहिष्कारको तयारीमा जुटेको छ । संविधानप्रति असन्तुष्ट राष्ट्रिय जनता दल नेपाल र संघीय समाजवादी फोरम सरकारले आयोजना गर्ने कार्यक्रममा सहभागी नहुने र दिवसलाई कालो दिनका रूपमा बहिष्कार गर्ने निर्णयमा पुगेका छन् । फोरम अध्यक्ष उपेन्द्र यादव संघीय सरकारको उपप्रधानमन्त्री छन् भने उनकै दलका उपाध्यक्ष प्रदेश २ सरकारको उपप्रधानमन्त्री छन् । सरकारले संविधान दिवस मनाउने तयारी गरिरहँदा केन्द्र र प्रदेश सरकारमा सहभागी यो दलले भने कालो दिनका रूपमा विरोधको कार्यक्रम गर्ने जनाएको छ । संविधान दिवस नमनाउने लाइनमा रहेको राजपा…

Read More

गौरादह, २८ भदौ । त्रिभुवन विश्व विद्यालयको आंगिक क्याम्पस गौरादह कृषि क्याम्पसका विद्यार्थीहरुले भब्यताका साथ दर खाएर तिज पर्व मनाएका छन् । २७ जना छात्र विद्यार्थीले १९ जना छात्रा विद्यार्थीहरुलाइ विशेष परिकार तैयार गरेर दर खुवाएका हुन । तिज पर्वको अलग्गै सांस्कृतिक पहिचान रहेको विद्यार्थी नेता कुशल लामिछानेले बताउँछन् । तिज पर्वको अवसर पारेर ३५ जिल्ला बाट आएका साथीहरू बिच आत्मीय सम्बन्ध स्थापित हुन सकोस भन्ने उद्देश्यले दर खाने कार्यक्रम आयोजना गरिएको विद्यार्थीहरु बताउँछन् । ‘यस वर्षको तिजले चेली र माइतीको सम्बन्ध स्थापित भएको छ, हामी पनि सांस्कृतिक पर्वको अवसर पारेर माइतीलाई विशेष परिकारले सम्मान गर्ने छौँ’, छात्रा विद्यार्थीहरुले हास्दै…

Read More

झापा, २८ भदौ । कलिङ भिसा लिएर पनि उड्न नआएपछि करिब नौ हजार नेपाली कामदार कालोसूचिमा पर्ने खतरा बढेको छ। श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले जेठ २ पछि बन्द गरेको मलेसियाको राजगारी खुल्ने निश्चित नहुँदा त्यस्तो खतरा देखिएको हो। श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री गोकर्ण विष्टले कामदारलाई हित हने गरी गरेको उक्त निर्णय विविध कारणले टुंगोमा पुग्न ढिलो हुँदा कलिङ भिसा पाइसकेका कामदार केही दिनमै मलेसियाको कालोसूचीमा पर्ने खतरा बढेको छ। कमदारसँग चर्को शुल्क लिएको भन्दै मन्त्रालयले मलेसिया सम्बद्ध भिएलएन, बायोमेट्रिक, ओएसी, आइएससी र माइग्राम्स खारेजी गरेपछि जेठ २ पछि कोही पनि नेपाली कामदार मलेसिया जान पाएका छैनन्…

Read More