
आजाद कलम
व्यंग्य वाण
वर्तमान विश्व–सन्दर्भमा हेरे पनि, देशको जातीय विविधता र धार्मिक–सांस्कृतिक वैविध्यको अनुकूल दृष्टिले हेरे पनि अथवा राजनीतिक प्रभुत्वको प्रतिस्पर्धात्मक मनोवैज्ञानिक चाहना प्रखर हुँदै आएको आजको परिप्रेक्ष्यमै राखेर निरूपण गरे पनि ‘संघीयता’ नठीक थिएन । तर, संघीयताको अभ्यासको पहिलो वर्षमै तल्ला, मझौला र उपल्ला पदासीन नेता–नायकहरूमा पन्पाएको राजा–रजौटे विलाषिता र मैमत्ते उखरमाउलो हेर्दा र सुन्दा त संघीयताको सफलता किंवा दीर्घायुको अघिल्तिर गोमन सर्पले फणा फुकाए झैं विषालु प्रश्न नै पनि उपस्थित भइरहे जस्तो छ । नागरिक जीवन संघीयताको भारी बोक्न गाह«ोपनेर् अनुभूतिबाट एकै वर्षभित्र क्लान्त भइसकेका छन् । विदेशी सहायता गुहारेर जसोतसो घिस्रिरहेको देशलाई साविकमाथि थप दुई सरकार उत्तिकै संरचनासाथ चलाउन चकोर्पनेर् त देखादेखी छ । त्यसमाथि स्वेच्छाचारी ऐस–आरामको साधन–सुविधा भोग्ने, विलाषिताको पौलो गराउने आफूलाई आफ्नो पदीय अधिकारको अख्तियार क्षेत्रमा नयाँ राजा–नबाब ठान्ने वीरमशानको प्रभाव संक्रमित मधौरा बनेका छन् सबै ! यो लोकतान्त्रिक देशमा जनतारूपी ‘धामी’–को पनि केही नलाग्दो रहेछ, कठै !
शक्तिशाली सरकारका कार्यकारी प्रमुख— ‘मैले जे भन्छु त्यसैलाई सत्य मान’ वा ‘मैले भने जस्तो —गरे जस्तो होइन’ भन्ने किल्भिस शैलीमा प्रस्तुत हुनु र ‘मोग्याम्बो खुस्’–को याचक हुनु लोकतान्त्रिक संविधान निर्दिष्ट राज्यव्यवस्थाको अपरिवर्तनीय शर्तका पक्षमा छ कि छैन ? महंगीले एकातिरबाट र कर–तिरोको एक्कासी बढेको ओजनले अर्कातिरबाट चेपारोमा किचिइएका–चेप्टिइएका नागरिकहरूको भेलामा कार्यकारी प्रमुख माझै मुखबाट भन्छन् — ‘नेपालको कर विश्वमै सबभन्दा सस्तो छ ।’ त्यसैबेला अन्तरर्ाष्ट्रिय अध्ययन संस्था औपचारिक रूपमा भन्छ ‘दक्षिण–पूर्व एशियाका मुलकहरूमा सबभन्दा बढी कर नेपालमा छ ।’ त्यो संस्थाले कैरन लाउँछ— ‘नेपालमा २४ प्रतिशत, बंगलादेशमा ९ प्रतिशत’ …..इत्यादि । यसको जवाफ पनि शक्तिशालीको बलमिचाइ शक्तिले पेलेर निकाल्न सक्ला नै र पछ्यौरेहरूको ‘ठीक हो’ — ‘मुनासिप हो’–को हल्लाभित्र महाभारतको ‘अश्वत्थामा हतोहत’ जस्तै ‘संत्य’ हुनजाला । यो जबरजस्ती टालटुल र ‘के गरे गर, के गरे काटुँला’–को अप्ठ्यारो कहिलेसम्म बरकरर्ार रहने हो कुन्नि । ऐंठन उपस्थित छ ।
अस्ति साउन ३० गते सन् २०१८ को १५ अगस्ट पथ्योर् । ७१ वर्ष अघिको १५ अगस्टमा भारत अंग्रेज–दासताबाट मुक्त भएको थियो र यस दिन सालिन्ने भारतले स्वतन्त्रता दिवस मनाउँछ । स ंघीय प्रणालीको अनुकम्पाले नेपालको २ नं. प्रदेश (मधेस प्रदेश ?!?)– ले यस वर्ष भारका प्रान्तहरूमा जस्तै धुमधामसँग सो दिवस मनाएको बताइन्छ । शायद पहिलो ऐतिहासिक अवसर । र, त्यसैकारण शायद हरिनारायण रौनियारको पप्पु कन्स्ट्रक्सनले पूलको ठेक्का लिंदै जथाभावी तथालिङ्ग पादैर् राज्यकोश कोतदैर् देश विगानेर् छुट पाइराखेका हुनन् । कानून र कानूनी शर्तमाथि जोर लात्ती हान्दै कात्तिके कुकुर झैं निर्लज्ज हुन पाउने स्वधोषित स्वतन्त्रतामा छलाङ मार्नुले देशको अवयव बनाउँछ कि विगार्छ त ? यो ‘नमूना मनपरी’ किन ? किनभने, ‘दुई तिहाई’–को कोरम पुर्याउन ‘मधेस’ आवश्यक छ र त्यसका लागि भारतीय मोग्याम्बो ‘खुस्’ आवश्यक छ । अस्ति भारतीय प्रधानमंत्री मोदी आएका दिन हाम्रा प्रधानमंत्रीले नेपाली टोपी झिकेर राजस्थानी रजौटाको मुकुट धारण गरेको त टिभी स्क्रीनमा तपाईंहरूले पनि देख्नु भएकै हो आँखाभरि । निर्वाचनताको ‘भारतविरोधी राष्ट्रवाद’ त नाकाबन्दी, डुबान, भारतीय सुरक्षाकर्मीका ज्यादती आदि भारतप्रदत्त पीडाबाट उत्पन्न जनआक्रोशलाई अमिलो–पीरो र तेल–चिप्लोमा साँदेर ‘भोट’–मा रूपान्तर गर्न मात्रै थियो क्यारे ! प्रेम र युद्धम केही पनि गलत हुँदैन ९ल्यतजष्लन ष्क गलाबष्च ष्ल ीयखभ बलम ध्बच०–को साँइदुवा सिद्धान्तमा बाँच्ने राजनीतिले धोका दिनु त सामान्य नै पो ठहर्छ क्यारे !! किनभने, राजनीति पनि एक किसिमको युद्ध त हो नै ।
पार्टी–पार्टीमा समाजका सबै तप्का विभक्त छन् भने अमुक तप्काले सत्तापार्टीको पछ्यौरा समाएर ‘हिप्–हिप् हुरेर्’ भन्दै त्यस पार्टी–शिविरका राम्रा, हाम्रा र चाम्रादेखि गोबरगणेशसम्मको आरती उतार्नु कुन आश्यर्च हो र ? हुन दिनोस्—गरिखाउन् । बालिका बलात्कार, युवती बलात्कार , ७२ वर्षीया वृद्धाहरू बलात्कारका समाचार देशभरिकै सूचना माध्यमहरूमा यस कम्यूनिष्ट सरकार सिजनकै सबभन्दा चोटिलो उभार भइराखेका बेला भोजपुर जिल्ला साल्पासिलिछोमा २७ बर्षाीय पाखण्डी छोराले ६२ बर्षीया आफ्नै जन्मदिने आमालाई पटक–पटक बलात्कार गरेको स्वीकारेर २७ वर्ष कारावासको सजाय दिइएको समाचारसम्म आयो । त्यस्तै ललितपुरमा एउटा लम्पट बावुले आफ्नै छोरी बलात्कार गरेको समाचार पनि आयो—कलमले यी अक्षरमा ल्याउन पनि लाज लाग्ने विषय ! तर, देशको कार्यकारी प्रमुख भने ‘बलात्कारका घटनाहरू सरकारलाई विफल बनाउने षड्यन्त्रकारीद्वारा प्रायोजित हुन्’ भन्ने आशयको सार्वजनिक अभिव्यक्ति दिने हास्यास्पद प्रयत्न गरेर दायित्वका प्रति सरकारी कमजोरी छोप्तैछन् । यसरी नै केही अघि उनले ‘काठमाडौंका सडकहरूमा खाल्डाखुल्डी पारिएर हिंडडुल गर्न समस्या भयो’ भन्न पुगेका पीडित–प्रतिनिधिहरूलाई ‘ती खाल्डाखुल्डी मैले पारेका हुन् र ?’ भनेका समाचार छताछुल्ल भएको थियो ।
कहिले–काहीँ त हालको सरकारबाट ‘गनेर्–भन्ने हनुमान, पगरी गुँथ्ने ढेडु ’ उखानलाई मूर्त चरितार्थ गनेर् किसिमका प्रहसन ९वयििष्तथ० प्रदर्शन पनि हुन थालेको छ । बिराटनगरमा श्रीकृष्ण गौ–सेवा सदनले राष्ट्रिय–अन्तरर्ाष्ट्रिय ऋण लगानी गरी ३ सयबढी गाई पालेको छ र गोबरबाट ग्यास उत्पादन गरी इच्छुक एवम् सामथ्र्य उपभोक्ताका घर–घरमा महिनौं पहिलादेखि नै पाइप–लाइन मार्फत बिक्री गनेर् व्यापार गरिहेको थियो । यही भदौ ५ गते प्रमं ओलीले त्यही ग्यास सप्लाई लाइनको उद्घाटन गदैर् भनेका थिए— ‘सरकारले जनताका चूला–चूलामा खाना पकाउने ग्यास जोडिन्छ, अब केही समयपछि कसैले पनि ग्यास सिलिण्डर काँधमा बोकेर ल्याउने कष्ट गर्नु पदेर्न भनेको थिएँ मैले । यी आजबाट त्यो कामको प्रारम्भ भएको छ ।’ यसै प्रसंगलाई लक्ष्य गदैर् यो लेखकका एक गाउँले चिन्हारूले भने— ‘म त प्रधानमंत्री र सरकारको सपना पूरा गर्नतिर पो लागिर’छु—निकैै गत्तिलै गोबर ग्यास प्लान्ट राख्तैछु । छिमेकी–छिमेकी चारजना मिलेर जग्गा धितो राखेर ऋण काडेका छौं । खोइ कति सफल हुन्छौं । करले त्यसमा पनि आक्रमण गर्छ भन्ने सुन्दैछु ।’ यो लेखकले भन्यो— ‘बिराटनगरको श्रीकृष्ण गौ–सेवा सदनले झन कति कर तिर्नु पदैर् हेाला ह’कि ? उपियाँ फट्केर गाइजान्छ, जुम्रो धानमा पर्छ भन्या झैं । श्रेय एउटाको सिङ्गै भागमा र लगानी, व्याज, संचालन, चन्दाउन्दाको टेन्सन एउटाको । यही होला नि ‘समृद्ध नेपाल, सुखी नेपाली’–को पूर्वाधार कल्पना र अन्त्य पनि ।’ ती चिन्हाहरूले भने— ‘अँ त्यता सोच्ता त त्यस्तै छ ।’ ….. ‘जनताले आफ्नै लगानीमा केही गरिदिए त्यसको श्रेय सरकारले लिने र गर्धनका नशा फुलाएर समृद्धिको सपना–भाषण फलाक्ने यो के तरिका हो कुन्नि !’ यो लेखकले यति सोच्यो मात्र, त्यसैबेला चाहिँ केही लेखेको थिएन । ‘घटोत्कच्चलाई लेखन–सिपाहीको सिर्कनुले के होओस् !’ भन्ने सोचेको थियो ।‘बडाले जो गर्यो काम हुन्छ त्यो सर्वसम्मत, छैन शंकरको नङ्गा मगन्ते भेष निन्दित ।’ –कवि शिरोमणिले त उहिल्यै लेखिदिएकै छन् नि, त्यस्तै त हो नि !
नयनराज पाण्डे नाम तीक्ष्ण विवेकी सज्जनको अभ्यन्तरमा पच्न संभव नभएर सामाजिक संजालमा उकलिएको छ— “जब बलात्कार ‘शक्ति,’ भ्रष्टाचार ‘धर्म’ र असहिष्णुता ‘दर्शन’ बन्छ समाज पैसाले समृद्ध होला, चिन्तनले त सधै दरिद्र नै रहन्छ । अचेल हामी त्यही दरिद्रताको उत्सव मनाइरहेछौ र देखिरहेछौं ‘संमृद्धि’–को रंगीन सपना !” उहिले युगाण्डाका दादा इदी अमीनले ‘आफू’ र ‘आफ्ना’–हरूलाई हेरेर देश ‘समृद्धि’–को बाटोमा गतिशील रहेको घोलेर् स्वर कोरल्थे । पश्चिम बंगालको शासन सत्तामा लामो समय रहेका ज्योति बसुले पनि ‘आफू’ समेत ‘आफ्ना’–लाई त्यस प्रान्तकै ठूला उद्योगपतिमा रूपान्तर गदैर् पश्चिम बंगाल देशकै समृद्ध प्रान्त हो भनेर सगौरव भाषण गदेर् । अर्थात् यस्ता टाढा–नजिकका उदाहरण थुप्रै छन् । जसलाई अभाव, गरिबी र दलन–शोषणको पीडा वा ‘भोक’ ९जगलनभना० के हो भन्ने थाहै छैन उसले आधारभूत वर्गको उत्पीडन र अभ्यन्तरमा गानिएका नुनिला आँशु के बुझोस्–के देखोस् । तर, ‘कम्यूनिष्ट दर्शन’– ले त वर्ग–चेतनालाई स्पन्दन नै मान्नु पनेर् हो । खोइ के कैफेत परेर हो हाम्रो देशमा त्यसो देखिइरहेको छैन बा !…..

झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।
