झापा अनलाइन

झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।

झापा, २४ चैत । सुनचाँदीको भाउ आज बढेको छ । सुन आज तोलामा ४०० रुपैयाँले बढेर २ लाख ९१ हजार ८०० रुपैयाँमा र चाँदीको भाउ आज तोलामा ४० रुपैयाँले बढेर ४ हजार ८२० रुपैयाँ पुगेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । केही दिनसम्म स्थिर रहेको सुनचाँदीको भाउ आज सामान्यले बढेको हो ।

Read More

झापा, २४ चैत । सरकारले पेट्रोल, डिजेल र मट्टितेलको पैठारीमा लाग्दै आएको भन्सार महसुल र पूर्वाधार विकास करमा ५० प्रतिशत छुट प्रदान गर्ने निर्णय गरेको छ । आज बसेको मन्त्रिपरिषद्को बैठकले पेट्रोल, डिजेल र मट्टितेलको पैठारीमा लाग्दै आएको भन्सार महसुल र पूर्वाधार विकास महसुलमा ५० प्रतिशत छुट दिने निर्णय गरेको संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री प्रतिभा रावलले जानकारी दिएकी हुन्।

Read More

लन्डन, २४ चैत । इरानको नेतृत्वबारे अनिश्चितता बढिरहेका बेला सर्वोच्च नेता मोजताबा खामेनेई गम्भीर स्वास्थ्य अवस्थाका कारण कोम सहरमा उपचाररत रहेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् । सर्वोच्च नेता मोजताबा खामेनेई बेहोस अवस्थामा रहेको र राज्य सञ्चालनसम्बन्धी निर्णय प्रक्रियामा सहभागी हुन नसक्ने स्थितिमा रहेको दाबी गरिएको छ । द टाइम्सले मङ्गलबार सार्वजनिक गरेको प्रतिवेदनमा कूटनीतिक मेमोमा आधारित खुफिया मूल्याङ्कन उद्धृत गर्दै खामेनेईको अवस्था गम्भीर रहेको उल्लेख गरिएको छ । उक्त मेमो अमेरिका र इजरायलका खाडी क्षेत्रीय साझेदारहरूसँग साझा गरिएको गोप्य सूचनामा आधारित रहेको जनाइएको छ । प्रतिवेदनअनुसार खामेनेई कोममा उपचाररत रहेको र उहाँ हाल शासनका कुनै पनि निर्णय प्रक्रियामा संलग्न हुन…

Read More

काठमाडौँ, २४ चैत । नेपालको दूरसञ्चार क्षेत्रमा सेवा गुणस्तरबारे लामो समयदेखि उठ्दै आएका गुनासाहरूका बीच नेपाल दूरसञ्चार कम्पनी लिमिटेड (नेपाल टेलिकम) मा सुधारका प्रयास थालिएका छन् । सञ्चार तथा सूचना प्रविधिमन्त्री डा विक्रम तिमिल्सिनाको निर्देशनपछि कम्पनीले सेवा प्रवाहलाई प्रभावकारी बनाउन ठोस कदम अघि बढाएको हो । विशेषगरी ग्राहक सेवा, मोबाइल डेटा व्यवस्थापन, डिजिटल सेवा विस्तार र प्रशासनिक प्रक्रियामा सुधार ल्याउने उद्देश्यले व्यापक रूपान्तरण प्रक्रिया अघि बढाइएको छ । सञ्चार मन्त्रालयले ‘नतिजामा आधारित शासकीय व्यवस्थापन प्रणाली’ लागू गर्ने उद्देश्यसहित १० बुँदे सुधारात्मक कार्ययोजना ल्याएको छ । यस योजनामा नेपाल टेलिकमको सेवा सुधारलाई पनि प्राथमिकतामा राखिएको छ । यसअन्तर्गत ग्राहक सेवालाई सहज,…

Read More

झापा, २४ चैत । झापाको दमकमा जङ्गली हात्तीको आक्रमणबाट एकजना भुटानी शरणार्थीको मृत्यु भएको छ । जङ्गली हात्तीको आक्रमणबाट दमक नगरपालिका ३ बेलडाँगी शिविर सेक्टर न(सी २ हट न.२०४ बस्ने बर्ष ५४ का तुलबहादुर बिष्टको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । प्रहरीका अनुसार चैत १९ गते नजिकै रहेको हम्से दुम्से सामुदायिक वनमा बाख्रालाई घाँस काट्न भनी घरबाट हिँडेका विष्ट घर फर्केर नआएपछि आफन्त र छरछिमेकीले खोजतलास गर्ने क्रममा आज बिहान हम्से दुम्से सामुदायिक वनमा उनी मृत फेला परेका थिए । घटनास्थलमा हात्तीको पाइलाको छाप देखिएकोले हात्तीकै आक्रमणबाट विष्टको मृत्यु भएको हुनसक्ने प्रहरीको भनाइ छ । हम्से दुम्से…

Read More

झापा, २४ चैत । झापाको अर्जुनधारा नगरपालिका–६ बाट लागुऔषधसहित ३ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा गौरादह नगरपालिका–३ चप्रामारीका ३७ वर्षीय धनबहादुर राजवंशी, अर्जुनधारा नगरपालिका–११ सालबारीका ४५ वर्षीय तिनतालु राजवंशी र गौरादह नगरपालिका–३ चप्रामारीकी ३० वर्षीया सिर्जना राई रहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । सोमबार दिउँसो अर्जुनधारा–६ अदुवा खोला भत्केको पुलस्थित लखी मुर्मुको घरमा डेरा गरी बस्दै आएका धनबहादुरको डेरा कोठामा लागुऔषधको बिक्री वितरण भईरहेको भन्‍ने गोप्य सूचनाको आधारमा लागुऔषध नियन्त्रण ब्युरो काँकरभिट्टा र इलाका प्रहरी कार्यालय अनामरनीबाट खटिएको संयुक्त प्रहरी टोलिले उनीहरुलाई पक्राउ गरेको हो । उनीहरुको साथबाट लागुऔषैध खैरो हेरोइन जस्तो देखिने लिसाइलो पदार्थ…

Read More

काठमाडौँ, २३ चैत । नेपाल पत्रकार महासङ्घको टोलीले आज सञ्चार तथा सूचना प्रविधिमन्त्री डा विक्रम तिमिल्सिनासँग भेटघाट घरेको छ । सो क्रममा सरकारी विज्ञापनसम्बन्धी सरकारको पछिल्लो नीतिका विषयमा छलफल भएको छ । महासङ्घ अध्यक्ष निर्मला शर्माको नेतृत्वमा गएको टोलीले सञ्चारमन्त्री तिमिल्सिनासँग भेट गरी चैत १८ गते प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट जारी निर्देशनप्रति ध्यानाकर्षण गराएको हो । उक्त निर्देशनमा सरकारी सञ्चारमाध्यममा मात्र सूचना प्रकाशन–प्रसारण गर्नुपर्ने व्यवस्था गरिएको छ । भेटमा सञ्चारमन्त्री तिमिल्सिनाले सरकारी विज्ञापनको रकम दुरुपयोग भएको, श्रमजीवी पत्रकार प्रत्यक्ष लाभान्वित हुन नसकेको तथा बिचौलियाको प्रभाव बढेको देखिएकाले यस्तो निर्णय गर्नुपरेको बताउनुभयो । उहाँले आफू सधैँ श्रमजीवी पत्रकारको पक्षमा रहेको र…

Read More

१. खानामा रेसादार रफाइबरयुक्त सब्जीहरु समाबेश गर्नुहोस्। २. एक कप पानीमा एक चम्चा बेकिङ सोडा मिलाएर मुख कुल्ला गर्नुस्, यसले मुखको अम्लियपना कम गरी सास गनाउने समस्या कम गर्छ । ३. बेला बेलामा ल्वाङ मुखमा राख्ने बानी बसाल्नुस् यसले सासमा ताजापन ल्याउँछ । ४. तातो पानीमा नून मिसाएर कुल्ला गर्नुहोस्। ५. जिरा भुटेर खानाले पनि सासको दुर्गन्ध कम हुन्छ । ६. हरेक दिन खाना खाएपछि तुलसीको पातवा अलैची चबाउने गर्नुहोस् । ७. पुदिनालाई पिसेर पानीमा घोली दिनमा दुई दिनदेखि तीन पटकसम्म कुल्ला गर्नाले पनि सासलाई ताजा राख्छ । ८. प्रसस्त मात्रामा पानी पिउने बानी बनाउनुहोस् यसले पाचन प्रणालीलाई सफा राखी…

Read More

अभिनेता सागर लम्साल ‘बले’को १७ वर्ष लामो करियर अहिले एउटा सामाजिक सञ्जालको ‘स्ट्याटस’ का कारण गम्भीर मोडमा पुगेको छ । अमेरिकामा बस्ने एक युवतीले फेसबुकमार्फत लगाएको बलात्कारको आरोपपछि प्रहरी हिरासतमा रहेका सागरले मर्माहत हुँदै आफ्नो दशकौँ लामो प्रतिष्ठा क्षणभरमै ध्वस्त भएको अभिव्यक्ति दिएका छन् । हिरासतमा रहेका सागरलाई भेट्न पुगेका निर्देशक राजु गिरीका अनुसार सागर आफ्नो वर्तमान अवस्था र बिग्रिएको छविलाई सम्झेर भक्कानिएर रोएका थिए । आफ्नो पीडा पोख्दै सागरले निर्देशक गिरीसँग भने, ‘दाइ, मेरो १७ वर्षको मेहनत आज १७ सेकेन्डमै गयो ।’ आफ्नो करियर बनाउन बिताएको झन्डै दुई दशकको सङ्घर्ष एकै पलमा खरानी भएको महसुस गर्दै सागरले आँसु झारेपछि…

Read More

सुनसरी, २३ चैत । सुनसरी जिल्लाको दुई छुट्टा छुट्टै स्थानबाट ठुलो परिमाणमा प्रतिबन्धित औषधीसहित २ जनालाइै पक्राउ गरिएको छ । चैत्र २२ गते कोशी गाउँपालिका–१ स्थितमा इलाका प्रहरी कार्यालय लौकहीबाट खटिएको प्रहरी टोलीले संकास्पद अवस्थामा रहेका उदयपुर बेलका नगरपालिका–५ का सुदिप राउत र सुनसरी रामधुनी नगरपालिका–१ का सरोज खवासले बोकेको जेब्रा झोला चेकजाँचको क्रममा ट्रामाडोल २ हजार ७ सय ७० क्याप्सुल बरामद भए संगै दुवै जनालाई नियन्त्रणमा लिएको थियो । सोही दिन बराहक्षेत्र नगरपालिका–५ स्थित सडकमा बेवारिसे अवस्थामा रहेको जेव्रा झोलामा ट्रामाडोल ६ हजार २ क्यापसुल बरामद भएको थियो । लागू औषध बरामद भए संगै ओसार पसारमा संलग्न व्यक्तिहरुको खोजतलास…

Read More