
Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
झापा अनलाइन
झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।
बलिउडका रियल कपल दिपिका पादुकोण र रणवीर सिंहले आगामी २० नोभेम्बरमा बिहे गर्दैछन् । उनीहरुको बिहे इटलीको ‘लेक कोमो’ हुने तय भइसकेको छ । यो बिहेमा मिडियालाई भने पहुँच दिइनेछैन । यति मात्र होइन, बिहेमा सहभागी हुने पाहुनाहरुलाई पनि मोबाइल तथा क्यामरा बोक्न नदिइने जनाइएको छ । बिहेमा करिब ३० जनालाई मात्र डाकिनेछ । भारतीय मिडियाका अनुसार, ‘रणवीर र दिपिका चाहँदैनन् कि उनीहरुको बिहेको तस्वीर अरु आफन्तले सामाजिक सञ्जालमा हालिदिउन् । उनीहरु आफ्नै एकाउन्टबाट मात्रै फोटो सार्वजनिक गर्न चाहन्छन् ।’ यसअघि बिराट कोहली र अनुश्का शर्मा तथा सोनम कपुर र आनन्द आहुजाको बिहेको तस्वीरहरु सामाजिक सञ्जालमा छ्याप्छ्याप्ति बनेका थिए ।…
आजबाट रिलिज भएका ४ सिनेमामध्ये एक हो, ‘ब्ल्याक’ । प्रदिप श्रेष्ठको निर्देशनमा आश्मा पाण्डेले लगानी गरेको यो चलचित्रको विशेष शो काठमाण्डौको कुमारी हलमा आयोजना भएको छ । कुमारी हलमा बिहानदेखि नै आजबाट रिलिज भएका ३ चलचित्र एकपछि अर्को शो राखिएको छ । चलचित्रको विशेष शोमा पुगेकी नायिका आँचल शर्माले मनमा डर बढेको बताइन् । पहिलो पटक नायक पल शाहविना नै पर्दामा देखिन लागेकी आँचलका लागि यो चलचित्र चल्न आवश्यक छ । यस्तै, नायक आकाश श्रेष्ठ पनि विशेष शोमा पुगेका थिए । उनका लागि पनि यो चलचित्र चल्न आवश्यक छ । लभ स्टोरी र एक्सनप्रधान यो चलचित्रलाई लिएर यसको निर्माणपक्ष आशावादी…
नगेन्द्र भण्डारी गौरादह नगरपालिका प्रवक्ता तथा वडा नं. १ का वडाध्यक्ष समेत हुनुहुन्छ । नेकपाका एक प्रभावशाली युवा नेताको रूपमा आफ्नो परिचय दिँदै आउनु भएका भण्डारी स्वतन्त्र र निर्भिक र तर्कपूर्ण विचार राख्न सक्ने व्यक्तिको रूपमा समेत चिनिनु हुनुहुन्छ । संघीय सरकारसँग प्रत्यक्ष सम्बन्ध स्थापित गर्न सफल देखिनुभएका भण्डारी प्रधानमन्त्रीका प्रियपात्र समेत मानिनु हुन्छ । प्रस्तुत छ उहाँसँग झापा अनलाइनका सान नेपालले गर्नुभएको कुराकनी : तपाईं जननिर्वाचित हुनुभएको १ वर्ष पूरा भयो । वडाबासीहरु लाई कत्तिको खुशी देख्नु भएको छ ? हामी निर्वाचित भएर आएको एक वर्ष बितिसक्यो । एउटा बजेटको योजनामा पनि हामीले काम गरिसकेका छौँ । २० बर्षसम्म…
यो दुनियाँकै सबैभन्दा अद्भुत जीव हो । देख्दैमा अनौठो लाग्ने यस जीवको क्षमता झनै अकल्पनीय छ । यो जीवको अस्तित्व पत्ता लागेसँगै वैज्ञानिकहरु पनि नयाँ निष्कर्षमा पुग्न बाध्य भए । पृथ्वीमा प्रलय भएर एकदिन सबै जीवको अस्तित्व समाप्त हुनेछ भन्ने मान्यतालाई यो जीवले गलत सावित गरिदिनेछ । वैज्ञानिकहरुले यो जिवलाई अजम्बरी जीवको उपमा दिएका छन् । यो जीवको नाम वाटर रिज हो । यो जीव ब्रम्हाण्डमा पत्ता लागेका सबै ग्रहहरुमा सजिलैसँग बाँच्न सक्नेछ । कुनै पनि चिज नखाइकन यो जीव ३० वर्षसम्म बाँच्न सक्दछ । यतिमात्र होइन, यो जीव १ सय ५० डिग्री सेल्सियसको तापक्रममा पनि बाँच्दछ । समुद्रमा पाइने…
कालिका खड्का काठमाडौँ, ३० साउन । मुलुकी अपराध (संहिता) ऐन, २०७४ भोलि भदौ १ गतेदेखि लागू हुनेछ । तत्कालीन प्रधानमन्त्री जंगबहादुर राणाले १९१० सालमा निर्माण गरेको ‘मुलुकी ऐन’ लाई प्रतिस्थापन गरी यो संहिता ल्याइएको हो । राणाले बेलायतको भ्रमणपछि प्रचलित धर्म, परम्परा, प्रचलन र रीतिलाई आधार बनाएर मुलुकी ऐन तर्जुमा गर्नुभएको हो । लागू भएको १६५ वर्षपछि यो ऐनलाई प्रतिस्थापन गरिएको छ । यद्यपि यो ऐनलाई २०२० सालमा संशोधन गरिएको थियो । मुलुकी अपराध संहिताअन्र्तगत मुलुकी अपराध संहिता, मुलुकी फौजदारी कार्यविधि, कसूर सजाय निर्धारण तथा कार्यान्वयन ऐन रहेका छन् । मुलुकी देवानी र फौजदारी कानून निर्माण गर्दा ६० प्रतिशत मुलुकी…
आजकाल किशोरकिशोरीहरु कानमा एयरफोन लगाएर हिडिरहेका देखिन्छन् । पकेटमा मोबाइल या आइपड, कानमा एयरफोन फेसनजस्तै चलेको छ । तर, संगितको यो आनन्द जीवनभरका लागि सजाय बन्न सक्छ भन्ने कुराचाहिँ कसैले पनि ख्याल गरेको देखिँदैंन । एयरफोनको आवाजले बहिरोपन निम्त्याउन सक्ने अनुसन्धानकर्ताहरु बताउँछन् । ठूलो आवाजका साथ एयरफोन सुन्दा कानको पर्दामा नकारात्मक असर पर्न सक्ने उनीहरुको भनाई छ। एक अध्ययनअनुसार १५ वर्षयता अमेरिकी किशोरकिशोरीमा बहिरोपनको समस्या तीब्र रुपमा बढिरहेको छ । ५ जनामध्ये १ किशोरीमा यस्तो समस्या देखिएको छ । यसअघि यस्तो समस्या ५० देखि ६० वर्षका व्यक्तिमा हुने गथ्र्यो । हार्भर्ड स्कुल अफ पब्लिक हेल्थ र बर्मिङघम एण्ड उमन्स हस्पिटलका…
काठमाडौं, ३१ साउन । वैदेशिक रोजगारीको लागि पोल्याण्ड पठाइदिन्छु भन्दै नेपालीलाई ठगी गर्ने २ जना युक्रेनी नागरिकलाई प्रहरीले काठमाडौंबाट पक्राउ गरेको छ । काठमाडौंको पुतलीसडकमा कोठा भाडामा लिएर प्रतिव्यक्ति ९ लाख रुपैयाँमा पोल्याण्ड पठाइदिने भन्दै ठगी गर्ने युक्रेनी नागरिक विटाली विल्या र नतालीलाई प्रहरीले पक्राउ गरेको छ । उनीहरुले अलिहेसम्म ९ जनाबाट १ लाख ८० हजार रुपैयाँदेखि २ लाख रुपैयाँसम्म असुल गरेको प्रहरीले जनाएको छ । पक्राउ परेका २ जनाले ६ सय जना नेपालीलाई सामाजिक सञ्जालमार्फत मासिक १ लाखसम्म कमाई हुने भन्दै ठग्ने योजना बनाइरहेको पनि प्रहरीले जनाएको छ । उनीहरुको साथबाट प्रहरीले ९ थान ल्यापटप, ७ थान मोबाइल, २…
काठमाडौँ, ३१ साउन । प्रधानमन्त्री केपी शर्मा ओलीले सहकारी क्षेत्रको प्रवद्र्धनका लागि सरकार प्रतिबद्ध रहेको बताउनुभएको छ । सहकारी क्षेत्रको प्रवद्र्धनका लागि १५ बुँदे सुझावसहित गएको राष्ट्रिय सहकारी महासङ्घ लिमिटेडको प्रतिनिधिमण्डलसँग आज आफ्नै कार्यकक्ष सिंहदरबारमा छलफल गर्दै प्रधानमन्त्री ओलीले संविधानको भावनाअनुसार सहकारी तीनखम्बे अर्थनीति भएकाले यसलाई सबल बनाउन सरकार तयार रहेको उल्लेख गर्नुभयो । “वर्तमान सरकार पूरै सहकारीमैत्री छ, सहकारीले पनि सहकारी दर्शन, सिद्धान्त, मूल्य र मान्यताअनुसार अगाडि बढ्नुपर्दछ । सबैभन्दा धेरै आयात प्रतिस्थापन र उत्पादन वृद्धि गर्न साना हैन ठूला क्षमताको उत्पादनका निम्ति मिलेर काम गर्नुस्,” प्रधानमन्त्रीको भनाइ उद्धृत गर्दै महासङ्घका अध्यक्ष केशव बडालले बताउनुभयो । उल्लेखित सबै विषयमा…
ताप्लेजुङ, ३१ साउन । के आमा पनि यतिसाह्रो निर्दयी हुन्छिन् ? शायद एकाध आमा निर्दयी हुने भएकैले राष्ट्रकवि माधव घिमिरेले ‘पापिनी आमा’ खण्डकाव्यमा यस्तो लेखेका होलान् ‘पापमा हात चोपी छे चुरा फुटेकी ठुटीले, अंगारको ड्ल्लो पारेछ अनि दैवको मुठ्ठीले ।’ ताप्लेजुङको पाथिभरा याङबरक वडा नम्बर २ की एक ‘पापिनी आमा’ ले आफ्नै जुम्ल्याह छोरीको निर्मम हत्या गरेकी छन् । कमलाले कच्ची शौचालयभित्र दिशामा डुबाइएकी एक छोरीको उपचारका क्रममा मृत्यु भएको छ भने अर्कीको शव सेफ्टी ट्यांकीमा फेला परेको छ । छोरीको हत्यापछि फरार रहेकी कमला एकवर्षे जुम्ल्याहा छोरीका साथ माइतीघरमा बस्दै आएकी थिइन् । कमलाकी आमा संजमायाका अनुसार २६ गते…
काठमाडौँ, ३१ साउन । साउदी अरेबियाको जेलमा रहेका रोल्पाका दिलबहादुर घर्तिमगरको रिहाइका लागि सङ्कलन गरिएको रु ६७ लाख सरकारलाई हस्तान्तरण गरिएको छ । दुई वर्षदेखि साउदी जेलमा रहेका घर्तिमगरको रिहाइका लागि साउदी अरब अदालतले तोकेको ब्लड मनी (पीडितलाई दिइने क्षतिपूर्ति रकम) रु ६७ लाख ‘दिलबहादुर बचाउन ब्लडमनी सङ्कलन अभियान–२०७५’ मूल समितिले बुधबार परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीलाई हस्तान्तरण गरेको हो । अभियानका संयोजक दीपेश पुन, सचिव जीवन रोकामगर र दिलबहादुरकी पत्नी मनिका बुढाले सो रकम हस्तान्तण गर्नुभयो । सो रकम साउदी अरबमा रहेको नेपाली दूतावासमार्फत सम्बन्धित निकायसम्म पु¥याउन परराष्ट्र मन्त्रालयले बुधबार नै प्रक्रिया शुरु गरेको छ । परराष्ट्रमन्त्री ज्ञवालीले दिलबहादुरको जीवनरक्षाका लागि…