झापा अनलाइन

झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।

शिबसताक्षी, २७ साउन । झापाको शिबसताक्षी नगरपालिकामा क्षयरोगीको संख्या बढ्दै गइरहेको आइतबार शिबसताक्षीमा आयोजित एक कार्यक्रममा जानकारी गराइयो । जिल्ला जनस्वास्थ्य कार्यालय झापा र क्षयरोग–कुष्ठरोग शाखाको आयोजनामा स्थानीय जनप्रतिनिधिहरुसंग क्षयरोग सम्बन्धी एक दिने अभिमुखिकरण कार्यक्रममा यस्तो जानकारी गराइको हो । नगर प्रमुख चन्द्रकुमार शेर्माको अध्यक्षतामा भएको अभिमुखिकरण कार्यक्रममा नगरको ११ वटाका वडाध्यक्षहरु, पाँचगाछी, धरमपुर, शिबगञ्ज र सतासीधामस्थित स्वास्थ्य चौकीका प्रमुख र सहरी स्वास्थ्य केन्द्रका प्रमुखहरुको उपस्थिति रहेको थियो । सो कार्यक्रममा नगर प्रमुख शेर्माले नगरवासीको स्वास्थ्यलाई मध्यनजर गर्दै प्रत्येक वडाहरुमा स्वास्थ्य केन्द्रहरु विस्तार गरिन लागेको जानकारी गराए । उनले स्वास्थ्य जस्तो सम्बेदनशिल विषयमा नगरवासीहरु जिम्मेवार रहनुपर्ने र स्वास्थ्य संस्थाका कार्यरत…

Read More

झापा, २७ साउन । जिल्ला कारागार झापाबाट आज एक जना कैदी फरार भएका छन् । कर्तव्य ज्यान र चोरी मुद्दामा जेल सजाय भोगिरहेका गौरादह–८ का २५ वर्षीय उमेश माझी फरार भएको जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी प्रमुख एसपी भीम ढकालले जानकारी दिनुभयो । ‘कैदी कसरी फरार भयो भन्ने विषयमा अनुसन्धान भइरहेको छ’, उहाँले भन्नुभयो, ‘कारागार प्रशासनलाई समेत यस विषयमा सोधपुछ गरेका छौँ ।’ कैदी के कति कारणले भाग्न सफल भयो भन्ने खुल्न नसकेका छैन । माझीको खोजी कार्य तीव्र बनाइएको प्रहरीले जनाएको छ ।–––

Read More

नुवाकोट, २७ साउन । जिल्ला मालपोत कार्यालयले आजदेखि अनलाइनमार्फत सेवा दिन शुरु गरेको छ । कार्यालयबाट हुने गरेका सबै किसिमको कामलाई छिटोछरितो र सहज रुपमा सञ्चालन गर्न अनलाइन सेवा थालिएको हो । सेवा आरम्भ गर्दै भूमि व्यवस्थापन तथा अभिलेख विभागका महानिर्देशक मुक्ति आचार्यले अनलाइनमार्फत सेवा प्रवाह गर्दा छिटोछरितोका साथै दोहोरो नपर्ने, जग्गा किनबेचको करमा एक रुपता हुने तथा कारोबारको सबै तथ्यांक प्रभावकारी हुने बताउनुभयो । जग्गाधनीले कुन जग्गा बेच्ने भनेर अनलाइनमै घरबाट फारम भर्न सक्ने भएकाले सेवाग्राहीलाई सहज हुने महानिर्देशक आचार्यले बताउनुभयो । उहाँले जग्गा बिचौलियाको कारण हुने विभिन्न समस्या अर्कैको जग्गा विक्री गरिदिने भनेर अर्को स्थानको जग्गा बेच्ने जस्ता…

Read More

काठमाडौँ, २७ साउन । अर्थमन्त्री डा युवराज खतिवडाले चालु आवको बजेट कार्यान्वयनका क्रममा राजश्व संकलन चुनौतिपूर्ण भएपनि करको दरमा परिवर्तन नगरिएको बताउनुभएको छ । अर्थसमितिको आजको बैठकमा उहाँले करका विषयमा विभिन्न टीकाटिप्पणी भइरहेको उल्लेख गर्दै करको दायरा बढाउन नीति अगाडि बढाइएको स्पष्ट पार्नुभयो । डा खतिवडाले भन्नुभयो, “बजेट र आयोजना कार्यान्वयको कार्यतालिका बनाइसकिएको छ, राजश्व अघिल्लो वर्षको तुलनामा ३५ प्रतिशतले बढी संकलन गर्ने कुरा आफैँमा चुनौतीपूर्ण रहेकाले करको दर होइन दायरा फराकिलो बनाइएको छ ।” विश्व बंैकले नेपाललाई उपलब्ध गराउँदै आएको सहायतामा उल्लेखनीय वृद्धि गर्ने आश्वासन दिएको जानकारी दिँदै उहाँले तीन तहको निर्वाचन सम्पन्न गरी नेपाल आर्थिक विकास र समृद्धिको…

Read More

काठमाडौँ, २७ साउन । प्रधानमन्त्री केपी शर्मा ओलीले सरकार लोकतन्त्र, प्रेस स्वतन्त्रता, मानव अधिकारप्रति पूर्णरुपमा प्रतिबद्ध रहेको बताउनुभएको छ । नेपाल मिडिया सोसाइटीको नवनिर्वाचित कार्यसमितिलाई आज प्रधानमन्त्री निवास बालुवाटारमा बधाई दिँदै उहाँले सरकार मर्यादित, स्वतन्त्र प्रेस स्वतन्त्रता र मानव अधिकारप्रति संवेदनशील रहेको बताउनुभयो । प्रधानमन्त्री ओलीले लोकतन्त्रकै लागि आफ्नो पार्टी स्थापना भएको, त्यसका लागि आफू १४ वर्ष जेल बसेको, पार्टीको कैयौँ नेता, कार्यकर्ता सहिद भएकाले वर्तमान सरकार र नेपाल कम्युनिष्ट पार्टीबाट लोकतन्त्रलाई कहिले पनि खतरा नहुने स्पष्ट पार्नुभयो । माइतीघर मण्डलाको विषयलाई लिएर केही मिडियाले सरकारलाई नागरिक स्वतन्त्रता विरोधी करार गर्न खोजेको प्रधानमन्त्री ओलीको भनाइ छ । “माइतीघर मण्डला के…

Read More

बिर्तामोड, २७ साउन । झापाको अर्जुनधारा–९ का अमरबहादुर कार्कीले छिमेकीले बाटो बन्द गरेपछि आफू समस्यामा परेको बताएका छन् । शनिबार बिर्तामोडमा पत्रकार सम्मेलन गरी कार्कीले छिमेकीले आउजाउ गर्ने बाटो बन्द गरेर आफूमाथि अन्याय गरेको भन्दै न्यायका लागि सरोकारवालासँग अपिलसमेत गरेका छन् । जिल्ला अदालत झापामा साँध सीमा विवाद सम्वन्धी मुद्दा बिचाराधीन अवस्थामा रहेकै बेला छिमेकी हेम बस्नेत र रमा सापकोटाले सार्वजनिक बाटो बन्द गरेर आफूलाई आउजाउ गर्न समेत नदिएको कार्कीको आरोप छ । ‘उनीहरुले घर उत्तर दक्षिणको बाटो बन्द गरिदिए’, पत्रकार सम्मेलनमा कार्कीले भने, ‘म माथि अन्याय भएको छ, न्यायका लागि सहयोग गरिदिनु हुन अनुरोध गर्दछु ।’ बाटो बन्द भएपछि…

Read More

झापा, २७ साउन । झापाको कनकाई नगरपालिकाले दिएको मोटरसाइकल यहाँका दुई वडाध्यक्षले फिर्ता गरेका छन् । कनकाई–३ का वडाध्यक्ष रुद्रप्रसाद चिमरिया र २ का वडाध्यक्ष परशुराम गिरीले नगरपालिकाले दिएको मोटरसाइकल फिर्ता गर्नुभएको हो । सुविधा पाउने अपेक्षाले जनप्रतिनिधि नभएको बताउँदै गिरीले बिनासुविधा वडाबासीको सेवामा समर्पित हुने बताउनुभयो । ‘मसँग पुरानै मोटरसाइकल छ’, उहाँले भन्नुभयो, ‘मलाई दिइएको मोटरसाइकलको रकम विकासको काममा खर्च लगाउँछु ।’ त्यस्तै, वडा नं. ३ का वडाध्यक्ष चिमरियाले आफूहरुले सेवा सुविधा लिने भन्दा पनि वडाबासीलाई सुविधा दिनु प्रमुख कुरा भएको बताउनुभयो । ‘हामीले सुविधा लिनुभन्दा वडाबासीको सुविधालाई ध्यान दिनुपर्छ’, उहाँले भन्नुभयो, ‘हामीले निर्वाचनका बेला पनि जनतासँग यही बाचा…

Read More

विराटनगर, २७ साउन । विराटनगर महानगरपालिकाको कार्यालय परिसरमा आज अपराह्न २ बजे अज्ञात व्यक्तिले बम विष्फोटन गराएको छ । जिल्ला प्रहरी कार्यालय मोरङका सूचना अधिकारी निशान थापाका अनुसार उक्त विष्फोटनबाट महानगरपालिकाका झ्यालको सिसा फुटेको छ । प्रहरीले सुरक्षाका लागि महानगरपालिकाको विष्फोटन भएको स्थलमा जान रोक लगाई घेराबन्दी गरेको छ । उक्त वम विष्फोटन कसले, कुन प्रयोजन र कुन सामग्री प्रयोग गरी गरेको हो भन्ने सम्बन्धमा आवश्यक अनुसन्धान भइरहेको सूचना अधिकारी थापाले जानकारी दिनुभयो । प्रहरीले आवश्यक अनुसन्धानपछि घटनाबारे विस्तृत विवरण दिने जनाएको छ ।

Read More

अर्जुनधारा, २७ साउन । केही समयता झापाको अर्जुनधारामा श्रृखलाबद्ध रुपमा बिभिन्न स्थानमा यौनजन्य हिंसा लगायतका घटनाहरु बढेँपछि अर्जुनधारा–११ का विभिन्न सामाजिक संघसंस्थाहरुले अपराधिक घटनामा संम्लग्न व्यक्तिहरुलाई कारबाहीको माग गरेका छन् । समाजमा बिकृति र बिसंगती फैलाउने प्रयास भइरहेको भन्ने कुरा प्रति उनीहरुले संयुक्त रुपमा कार्यक्रम गर्दै विरोध समेत जनाएका छन् । अर्जुनधारा–११ स्थित सालबारीमा एक कार्यक्रमको आयोजना गर्दै उनीहरुले संयुक्त रुपमा विरोध गरेका हुन् । उक्त वडामा क्रियाशिल नेपाल कम्युनिष्ट पार्टी, नेपाली काग्रेस, तरुण दल, युवा संघ नेपाल, अ.ने.म. संघ, जुनकिरी प्रा.वि., एभर ग्रिन इ¨लिस बोर्डिङ स्कुल, गौरी शंकर शिवालय मन्दिर परिवार, प्रगति सामुदायिक वन उपभोक्ता समूह, पारिजात महिला फुटबल…

Read More

उदयपुर, २७ साउन । उदयपुर जिल्लाको गाईघाटस्थित बोक्सेमा रहेको घरेलु तथा साना उद्योग विकास समितिबाट त्रियुगा नगरपालिकाभित्र विभिन्न उद्यमीहरूलाई लक्षित गरेर सञ्चालन गरिएको कार्यक्रममा आर्थिक अनियमितता भएको छ । घरेलुबाट सञ्चालित गरिबी निवारणको लागि लघुउद्यम विकास कार्यक्रममा नगरका विभिन्न वडामा कृतिम उद्यमी खडा गरेर खर्च धेरै देखाउने र कतिपय वडामा वितरण गरिएका सामग्री गुणस्तरहीन भएको स्वयं उद्यमी तथा स्थानीय जनप्रतिनिधि बताउनुहुन्छ । आर्थिक वर्ष ०७४÷७५ मा घरेलुअन्तर्गत लघुविकास कार्यक्रम (मेडेप)ले त्रियुगा नगरपालिका वडा नं ३ र ६ मा सञ्चालन गरेको कार्यक्रममा स्थानीय उद्यमीभन्दा धेरै सङ्ख्या देखाएर सम्बन्धित कर्मचारीले आर्थिक अनियमितता गरेको वडा नं ३ का वडाध्यक्ष अपदेश चौधरीले बताउनुभयो ।…

Read More