झापा अनलाइन

झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।

काठमाडौँ, ५ भदौ । नेपालको विजुली सिंगापुरमा । झट्ट सुन्दा सपनाजस्तो लाग्छ ! यही ३०—३१ अगस्टमा काठमडौंमा हुन गईरहेको बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका निम्ति बंगालको खाडीको प्रयास विमस्टेक को चौथो सम्मेलनमा ग्रिड कनेक्टिभिटि विधुत पसारण लाईन सञ्जाल सम्बन्धी सम्झौतामा हस्ताक्षर भए नेपालका नदीनालाबाट उत्पादित विजुलीलाई सिंगापुरसम्म पुर्याउने सपना यथार्थामा परिणत हुन धेरै बर्ष लाग्ने छैन । विमस्टेकअन्र्तगत निर्माण भनिएको क्षेत्रिय प्रसारण लाईनमार्फत थाईल्यान्डसमम पुगेको विजुली आसिएन पावरग्रिडमार्फत मलेसिया र सिंगापुरसम्म निर्यात गर्न सकिनेछ । हाल आसियाना पावरग्रिडमार्फत लाओस्, म्यानामारमा उत्पादित विजुली थाईल्यान्ड, मलेसिया र सिंगापुरसम्म आपुर्ति भईरहेको छ । आजको कान्तिपुर दैनिकमा खबर छ ।

Read More

काठमाडौँ, ५ भदौ । वाणिज्य विभागको अनुगमन टोली सोमबार विहानै कालिमाटी पुग्दा तरकारी लिएर ललितपुर र बाराबाट आएका दुई गाडी भित्र पस्दै थिए । टोलीले दुवै गाडीका चालकसँग विल र कागजात माग्यो । नपाएपछि नियन्त्रणमा लियो । लगत्तै ब्यापारी भेला भए र विरोध गर्न थाले । त्यसपछि विवाद यति उग्र भयो कि व्यवासायीले अनुगमन टोलीलाई नै नियन्त्रणमा लिए । तरकारी विग्रिन्छ, खुला गरिदिनुस भन्दै व्यवासयी भेला भए, टोलीका संयोजक दीपक पोखरेलले भने, कारवाही अघि बढाउँछौँ भन्दा नाराजुलुस गरे । व्यापारीहरुले अनुगमन गर्न पाइँदैन सरकारी ोली मुर्दाबाद भन्दै नारा लगाएका थिए । आजको कान्तिपुर दैनिकमा खबर छ ।

Read More

काठमाडौँ, ५ भदौ । आँखाको स्वास्थ्य नीति छिटो ल्याइनुपर्नेमा जोड दिइएको छ । दक्षिण एशियाली राष्ट्रमध्येमा नै नेपालमा आँखाको उपचार राम्रो हुने भएकाले आँखा स्वास्थ्य नीति ल्याई स्वास्थ्य पर्यटन–प्रवद्र्धन गर्न सकिनेमा जोड दिइएको हो । स्वास्थ्य मन्त्रालयले आँखासम्बन्धी स्वास्थ्य नीति मस्यौदा गरिरहेको जनाइएको छ । ग्रामीण स्वास्थ्य शिक्षा तथा सेवा केन्द्रलाई आँखा उपचारका सामग्री हस्तान्तरण गर्न सोमबार गोकर्णेश्वर नगरपालिकाको दक्षिण ढोकामा आयोजना गरिएको कार्यक्रमका वक्ताले यस विषयमा जोड दिनुभएको हो । कार्यक्रममा सांसद कृष्ण राईले धुलो प्रदूषणलगायत समस्याका कारण मोतियाबिन्दुका रोगी बढ्ने गरेको बताउनुभयो । प्रदेशसभा सदस्य रामेश्वर फुयाँलले नेपालको आँखा उपचार पद्धतिले स्वास्थ्य पर्यटन प्रवद्र्धन गर्न सकिने सम्भावना बोकेकाले…

Read More

झापा, ५ भदौ । हुलाकी राजमार्गको सहायक मार्ग चारआली–केचना सडक खण्ड, दुहागढी–चन्द्रगढी–पृथ्वीनगर–बनियानी र केचनासम्मका जनताको कष्टपूर्ण दैनिकीको हिस्सा बन्दै गएको छ । ‘हुन्छ, हुन्छ’ भन्दाभन्दै ४० किलोमिटर सडकमा कालोपत्रे नगरेको वर्षौं बितिसकेको छ । विद्युत्, टेलिफोनको पोल र खानेपानीको पाइप सडकले चर्चिने भागभन्दा पर सार्नुपर्ने काम नभएपछि थप अन्योल सिर्जना भएको छ । सडक निर्माणको विस्तृत परियोजना प्रतिवेदन (डीपीआर)मा बिजुली, टेलिफोनको पोल सार्ने, सडक क्षेत्रमा पर्ने भौतिक संरचना हटाउने र मुआब्जा दिने उल्लेख भए पनि खानेपानीको पाइप स्थानान्तरण गर्ने उल्लेख छैन । सोही कार्यले सडक निर्माणमा थप अन्योल सिर्जना भएको हो । भद्रपुर नगरपालिका–८ क्याम्पस मोड दक्षिणतर्फ विछ्याइएको खानेपानी संस्थाको…

Read More

काठमाडौँ, ५ भदौ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को सचिवालयले प्रदेश र जिल्ला तहको एकीकरणका लागि गठित कार्यदलहरुलाई यही भदौ ७ गतेभित्र अनिवार्यरुपमा प्रतिवेदन बुझाउन निर्देश गरेको छ । प्रधानमन्त्री निवास बालुवाटारमा सोमबार बसेको सचिवालय बैठकले सबै प्रदेश तथा जिल्लामा गठित कार्यदललाई अन्तिम समयका रुपमा भदौ ७ गतेको सीमा तोकेको हो । यसअघि गत साउन २५ गतेसम्मको उक्त समयसीमा साउन मसान्तसम्म सारिएकामा आज अन्तिम समयसीमा तोकिएको हो । नेकपामा प्रदेश नं १ र २ का एकीकरणसम्बन्धी कार्यदलका प्रतिवेदन र कतिपय जनसङ्गठनका एकताको प्रतिवेदन आउन बाँकी छ । प्रतिवेदन ढिला भएका कारण यही भदौ ८ र ९ गतेका लागि बोलाइएको स्थायी…

Read More

विश्वका इतिहास धेरै खूनी शासकहरुका कुकर्मले भरिएको छ । आफ्ना क्रूर महत्वाकांक्षा तथा अहंकारी इच्छाहरु पूरा गर्नका लागि ती कुख्यात शासकहरुले केही बाँकी राखेनन् । सनकी इच्छाहरु पूरा गर्ने बहानामा ती शासकका तरबारबाट धेरै निर्दोष मानिसका घाँटी छिनिएका कथाहरु इतिहासमा पढ्न पाइन्छ । यस्तैमध्येका एक तानाशाह हुन् व्लेड ड्राकुला । व्लेड रोमानियन साम्राज्यका राजा तानाशाह थिए । ओटोमन साम्राज्य तथा टर्की साम्राज्यसँगको युद्धमा उनले ठूलो संख्यामा महिला तथा बालबालिकाको बर्बरतापूर्वक हत्या गरको इतिहास छ । उनले नवजात शिशुसम्म पनि छाडेनन् । ती सम्राटको रुप पनि भयंकर थियो । डरलाग्दो अनुहार, ठूला ठूला दाँत साँच्चीकै मानिसको रगत पिउने राक्षस जस्ता ।…

Read More

दमक, ४ भदौ । मुगाधन–कृष्णकुमारी राई स्मृति प्रतिष्ठानले सोमबार दमकका ज्येष्ठ नागरिकहरुलाई फलफूल वितरण गरेको छ । दमक–५ स्थित ज्येष्ठ नागरिक सम्मान प्रतिष्ठानको सभाहलमा एक कार्यक्रम गरि त्यहाँका सय बढी ज्येष्ठहरुलाई सामूहिक रुपमा फलपूmल वितरण गरेका हुन् । आफ्ना दिवंगत आमा कृष्णकुमारीको स्मृतिमा ज्येष्ठहरुको दिर्घ जीवनको कामना गर्दे प्रतिष्ठानले फलफूल वितरण गरिएको आयोजक संस्थाकी अध्यक्ष समेत रहेकी संघीय संसद सदस्य महेन्द्रकुमारी सुब्बाले बताईन् । प्रतिष्ठानले १ सय ५० जना ज्येष्ठहरुलाई विस्कुट, केरा, जुस वितरण गरेको हो । प्रतिष्ठानले आफनो स्थापना पछि विभिन्न सामाजिक कार्यहरु गर्दैआएको छ । त्यसअवसरमा सांसद सुव्वालाई प्रतिष्ठानले विशिष्ट सदस्यताको प्रमाणपत्र समेत प्रदान गरिएको ज्येष्ठ नागरिक सम्मान…

Read More

काठमाडौँ, ४ भदौ । महानगरीय प्रहरी परिसर काठमाडौँले आज तीनकुनेबाट एक थान चिनियाँ पेस्तोलसहित सात जनालाई पक्राउ गरेको छ । प्रहरीले उनीहरुलाई तीनकुनेस्थित ए–वान रेस्टुरेण्टबाट पक्राउ गरेको हो । पक्राउ परेका व्यक्तिको साथबाट चार राउण्ड गोलीसमेत बरामद गरिएको महानगरीय प्रहरी परिसरका प्रहरी वरिष्ठ उपरीक्षक वसन्त लामाले जानकारी दिनुभयो । पक्राउ पर्नेमा खोटाङ हलेसीका २१ वर्षीय भूपेन्द्र राई, भोजपुर खावाका २३ वर्षीय सनित राई, सोलुखुम्बु तम्बुका २६ वर्षीय मिङ्मा शेर्पा, काभ्रे कोशीपारिका ३५ वर्षीय राजु भण्डारी, भक्तपुर ठिमीका १८ वर्षीय सुरेश श्रेष्ठ, चितवन भरपुरका २३ वर्षीय रोनिक श्रेष्ठ र रामेछाप ढोडखानीका २६ वर्षीय सुजन थापा मगर रहेका छन् । बानेश्वर, कोटेश्वर,…

Read More

ताप्लेजुङ, ४ भदौ । बर्षदिन पुग्न लागेका आफ्ना जुम्ल्याहा छोरीलाई सेफ्टी ट्याङ्कीमा हालेर मारेको अभियोग लागेकी २० बर्षीय आमा कमला बिक माथि जिल्ला प्रहरी कार्यालय ताप्लेजुङले कर्तव्य ज्यान सम्वन्धी मुद्धा दायर गर्ने तयारी गरेको छ । ताप्लेजुङ जिल्ला अदालतबाट अनुसन्धानका लागि आईतवार ७ दिनको अनुमति पाएको प्रहरीले अनुसन्धान प्रकृया सुरु गरिसकेको म्यादभित्रै अदालतमा पेश गर्ने तयारी गरेको जनाएको छ । जिल्ला प्रहरी कार्यालय ताप्लेजुङका प्रहरी प्रमुख, प्रहरी नायव उपरीक्षक ज्ञानेन्द्रबहादुर बस्नेतले अनुसन्धानबाट प्राप्त नतिजाका प्रारम्भिक संकेतले कमला माथि कर्तव्य ज्यान सम्वन्धी मुद्धा दायर हुने जानकारी दिए । पाथीभरा याङ्वरक गाउँपालिका वडा नम्बर २ थेचम्बुको तलेवारी भन्ने स्थानमा गत साउन ३०…

Read More

काठमाडौँ, ४ भदौ । उच्च शिक्षाका लागि अस्ट्रेलिया जाने नेपाली विद्यार्थीको सहजताका लागि ग्रेस इन्टरनेशनलले पहिलो पटक पूर्णतः डिजिटल प्रविधिमा आधारित अस्ट्रेलियन शैक्षिक मेलाको तयारी गरेको छ । कुनै कागज प्रयोग नगरी सहभागी विद्यार्थीको दर्ता गराई कागजरहित मेलाका लागि यही भदौ १३ गतेदेखि बुटवल, चितवन, पोखरा र काठमाडौँमा बृहद् अस्ट्रेलियन शैक्षिक मेलाको आयोजना हुने भएको हो । मेलाका लागि नेपाल सरकारले अनुमति दिइसकेको छ । उचित परामर्शका अभावमा विदेशमा पढ्न जाने विद्यार्थीले हैरानी पाइरहेको सन्दर्भमा मेलाले करियर डेभलपमेन्टका लागि सहज बनाउने ग्रेसका राष्ट्रिय निर्देशक एन्ड्रयु पौडेलले बताउनुभयो । सरकारबाट ‘नो अब्जेक्सन लेटर’ लिई विदेश जानेमध्ये अस्ट्रेलिया अहिले पहिलो सूचीमा पर्दै…

Read More