
Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
झापा अनलाइन
झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।
काठमाडौं, १४ भदौ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)मा विवाद चुलिएको छ । जेठ ३ गते तत्कालिन नेकपा एमाले र माओपादी केन्द्रबीच एकीकरण भइ बनेको नेकपामा तीन महिनाकै आन्तरिक कलह चुलिएको छ । केन्द्रमा सिफारिस गरिएका जिल्ला र अन्य कमिटीकोे नामावली प्रति नेता माधव कुमार नेपाल पक्षले असन्तुष्टि जनाउँदै आएको छ । खासगरी पाँच नम्बर प्रदेशमा आफ्नो समूहलाई पाखा लगाउन खोजेको भन्दै नेपाल समूहले समानान्चर कमिटी गठन गर्न सक्ने चेतावनी दिएको छ । अध्यक्ष केपी शर्मा ओली पक्षले जिल्ला र अन्य कमिटीमा एकलौटी नाम सिफारिस गरेर आफ्नो पक्षलाई पाखा लगाउन खोजेको नेपाल समूहको बुझाइ छ । आजको कारोबार दैनिकमा खबर छ…
कञ्चनपुर, १४ भदौ । कृष्णपुर नगरपालिका–८ शान्तिपुरकी १७ वर्षीया किशोरी कविता विष्टको बलात्कारपछि भएको हत्यामा पनि प्रहरीले सुरुमा चासो नदिएको पाइएको छ । जाहेरी दिँदा पनि प्रहरीले चासो नदेखाएपछि पीडित परिवारले नै अभियुक्तलाई समातेर प्रहरीलाई बुझाएको कविताको परिवारले बताएको छ । छोरी हराएको दिन २६ असारको दिउँसो मदन गिरी कवितासँगै रहेको परिवारले थाहा पाए । गिरीविरुद्ध इलाका प्रहरी कार्यालय झलारीमा जाहेरी पनि दिए । तर, सुरुमा प्रहरीले पक्राउ गर्न नमानेको कविताका बुबा कर्णबहादुरले बताए । ‘गिरीलाई पक्राउ गर्न प्रहरीलाई पटक–पटक आग्रह गर्यौँ, तर सुनुवाइ नभएपछि अभियुक्तलाई हामीले नै समातेर प्रहरीलाई बुझायौँ,’ कर्णबहादुरले भने, ‘मदनकै बयानका आधारमा भरत बोेहरा र नवराज…
काठमाडौँ, १५ भदौ । कञ्चनपुरमा १५ दिनको अन्तरमा दुई बालिकाको बलात्कारपछि हत्या भएको छ । २६ असारमा घरबाट किताब किन्न भनेर हिँडेकी कृष्णपुर नगरपालिका– ८ की १७ वर्षीया कविता विष्टको बलात्कारपछि हत्या भएको १५ दिनपछि नै १० साउनमा १३ वर्षीया बालिका निर्मला पन्तको बलात्कारपछि हत्या भयो ।, यस वर्षको साउनमा मात्रै कञ्चनपुरमा बलात्कारका सात घटना भएका छन् । जिल्ला प्रहरी कार्यालय कञ्चनपुरको तथ्यांकअनुसार १ साउनमा पुनर्वास नगरपालिकाकी ३९ वर्षीया महिलालाई ३० वर्षीय युवक नरेश रानाले जबर्जस्ती बलात्कार गरे । भैँसी चराउन गएकी ती महिलालाई रानाले कोही नभएको मौका छोपी उखुबारीमा लगेर जबर्जस्ती करणी गरेका थिए । त्यसक्रममा महिला कराएपछि स्थानीयले…
काठमाडौं, १४ भदौ । बिमस्टेक सम्मेलनमा भाग लिन नेपाल आउन लागेका भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग भेट गर्न राष्ट्रिय जनता पार्टीको अध्यक्ष मण्डलका नेताहरुले लबिङ गरिरहेका छन् । मोदीसँग भेट्न पाए राजनीतिक छलफलबाट नयाँ राजनीतिक एजेण्डा बनाउन पार्टीलाई सहज हुने पार्टीका नेताहकरुको बुझाइ छ । समाचार अनुसार, पार्टीका नेताहरुलाई बुधबार र बिहीबार हुने रिसेप्सन पार्टीमा निम्तो गरिएको छ । मोदीसहितको रिसेप्सन पार्टीमा मोदीसँग विशेष कुराकानी गर्ने योजना अध्यक्ष मण्डलका नेताहरुले बनाएको पार्टीका एक नेताले बताए । मोदीसँग अध्यक्ष मण्डलका शीर्ष नेताहरुको सामूहिक भेट हुने वा केही अध्यक्ष विशेषसँग भेट हुने यसबारे निर्णय भइनसकेको स्रोतले जनाएको छ ।आजको कारोबार दैनिकमा खबर छ…
झापा, १४ भदौ । झापा घर भई वैदेशिक रोजगारका लागि योङ मेनपावर कम्पनीमार्फत दुबई पुगेका तीन युवा अलपत्र परेका छन् । झापाका २५ वर्षीय एलिस शर्मा, २६ वर्षीय दुर्योधन राजवंशी र २६ वर्षकै हरिनारायण राजवंशी दुवईमा अलपत्र परेका हुन् । प्याकिङकामको लागि भनेर इभर गोल्ड मिडल इस्ट क्लिनिङ सर्भिसेस् कम्पनीमा काम गर्न गएका उनीहरुले भनेको जस्तो काम नभएर फोहोर उठाउने, लोड अनलोड जस्ता कठिन काममा अहोरात्र खटिँदा पनि पारिश्रमिक नपाएपछि अलपत्र परेका हुन् । उनीहरु कामका लागि दुवई गएको साढे दुई महिना बितिसक्दा पनि पारिश्रमिक नपाएपछि पीडितका आफन्तहरुले योङ मेनपावर कम्पनी विरुद्ध ठगीको मुद्दा दायर गरेका छन् । उनीहरुले मेनपावर…
काठमाडौँ, १४ भदौ । बहुपक्षीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बंगालको खाडी प्रयास (बिमस्टेक)को चौथो सम्मेलन बिहीबार सुरु हुँदै छ । बिमस्टेकका अध्यक्ष रहेका प्रधानमन्त्री केपी शर्मा ओलीले अपराह्न पौने ४ बजे सम्मेलन उद्घाटन गर्नेछन् । बुधबार सम्पन्न बिमस्टेकका परराष्ट्रमन्त्रीहरूको बैठकले सम्मेलनमा प्रस्तुत हुने एजेन्डा, हस्ताक्षर हुने समझदारीपत्र र जारी हुने काठमाडौं बडापत्रलाई अन्तिम रूप दिएको छ । सम्मेलनमा सहभागी हुन सदस्य–मुलुक श्रीलंकाका राष्ट्रपति मैथ्रिपाला सिरिसेना र भुटानका अन्तरिम सरकारका प्रमुख सल्लाहकार छिरिङ वाङचुक बुधबार आइपुगेका छन् । म्यानमारका राष्ट्रपति यु विन मिन्ट मंगलबारै आएका छन् । बिहीबार बिहान भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी, बंगलादेशकी प्रधानमन्त्री शेख हसिना र थाइल्यान्डका राष्ट्रपति…
गौरादह, १४ भदौ । विद्यालयको रकम दुरुपयोग गरेको भन्दै अभिभावकले नगरपालिकामा छानबिनको माग गर्दे उजुरी दर्ता गराएका छन् । गौरादह–६ मा रहेको जनज्योती माविलाई छात्रबृति , पाठ्यपुस्तक,बाल सामाग्री , सामाजिक परिक्षण खर्च,विधालय सुधार कार्यक्रम,कर्मचारी पोशाक लगायतको बजेट खर्च नगरी दुरुपयोग गरेको आरोप लगाइएको छ । भदौ ५ गते उजुरी दर्ता गर्दै सत्यतथ्य छानविनको माग गरेर सार्वजनिक गर्न अभिभावकले उजुरी दर्ता गराएका हुन् । नगरपालिकाका प्रमुख रोहित कुमार शाहले दर्ता भएको उजुरी छानविनका लागि शिक्षा शाखालाई पठाएको जानकारी दिएका छन् । विद्यालयले विभिन्न शिर्षकमा पाएको बजेट शिक्षकले आफै खर्च गरेपछि खर्च अभाव भएको पाइएको छ । खर्च नभएपछि शिर्षक अनुसारको काम…
बिर्तामोड, १४ भदौ । असार २२ गते राती कचनकवल गाउँपालिका–३ की १५ वर्षीया स्वस्तिमा भट्टराईलाई सुतेकै अवस्थामा सर्पले डस्यो । उपचारका लागि समयमा सर्पदंश उपचार केन्द्रमा पु¥याउन नसक्दा उनको मृत्यू भयो । केहि दिन अघि मात्र भद्रपुर १ स्थित लाहुरे चोक निवासी विशाल लिम्बुका ३ बर्षीय छोरा बेबोलाई पनि सर्पले टोक्दा उपचारका लागि लैजाँदा लैजाँदै बाटोमानै मृत्यू भयो । नजिकै मेची अञ्चल अस्पताल भए पनि सो अस्पतालमा सर्पले टोकेका बिरामीको उपचार नहुँने हुँदा झापाको दक्षिणी क्षेत्रका स्थानिय सर्पले टोके २५÷३० किलोमिटरको दुरीमा यात्रा गरि उपचारका लागि चारआली, दमक वा कनकाई जानुर्छ । ‘यो क्षेत्रका स्थानिय सामान्य बिष भएका सर्पले टोकेत…
कनकाई, १३ भदौ । झापाको कनकाई नगरपालिकाले प्रदान गर्दै आएको नगरबासीलाई करमा छुट गरेको छ । नगरपालिकाले नगरबासीलाई विभिन्न शिर्षकमा लिइने ५० प्रतिशतसम्म छुट प्रदान गरेको छ भने १८ प्रकारका सिफारिस निःशुल्क गरेको छ । भदौ ११ गते बसेको बैठकबाट चालु आर्थिक वर्षको लागि जारी गरिएको आर्थिक ऐनमा सुधार गरी १२ गते देखिनै लागु गरिएको नगरपालिकाका प्रवक्ता गोविन्द प्रसाद पौडेलले बताए । आज नगरपालिकामा पत्रकार सम्मेलन गर्दै प्रवक्ता पौडेलले बाहिर अएको हल्ला जस्तो नगरले नागरिकको ढाड सेक्ने गरी कर नलगाएको दाबि समेत गरे । उनले नगरपालिकाले बिभिन्न १८ शिर्षकका सिफारिस निशुल्क गरेको बताए उनका अनुसार यस अघि नगरपालिकाले नागरिकताको अनुसूची…
तपाईंसँग केही प्रश्न गरौं, ‘तपाईंको उचाई कति हो ?’ मानौं जवाफ यस्तो हुनसक्छ, ‘५ फिट ५ इन्च ।’ अर्को प्रश्न, ‘उचाई अनुसार तपाईंको तौल कति हुनुपर्ने हो ?’ जवाफ, ‘सामान्यत ६० वा ६५ केजी ।’ तर, तपाईं विस्मयसाथ भन्नुहुनेछ, ‘७० केजी भन्दा बढी तौल छ, भुँडी पनि लागेको छ । सुगरले च्याप्छ भन्ने डर भइसक्यो । प्रेसर त अलि(अलि बढी नै छ । दौडदा, उप्रmदाँ पनि स्वाँ–स्वाँ हुन्छ ।’ अब केही प्रश्नोत्तर गरौं । प्रश्न, ‘तौल नियन्त्रणका लागि केही प्रयास गर्नुभएको छ, खानपान नियन्त्रण, व्यायाम ?’ उत्तर, ‘कति गरियो, कति । पेट घटाउनका लागि कति छाक भोकै बसियो । कति…