
चितवन, १४ भदौ । चितवन राष्ट्रिय निकुञ्जको हात्तीको आक्रमणबाट आज बिहान माउतेको मृत्यु भएको छ । मृत्यु हुनेमा सुनसरी कुसाहा–८ घर भई निकुञ्जमा कार्यरत २७ वर्षीय बुहरीलाल सरदार रहेको निकुञ्जले जनाएको छ ।
निकुञ्जका अनुसार सरदार सौराहास्थित हात्तीसारमा रहेको मोतीप्रसाद ९ख० नाम गरेको हात्ती लिएर घाँस काट्नका लागि निस्किएका थिए । सोही क्रममा नजिकैको वन क्षेत्रमा हात्तीले माउतेलाई आक्रमण गरेको हो । घाँस काट्न गएका दुईमध्ये अर्का एक रुखमा चडेर बाँच्न सफल भएका थिए । सरदार यही भदौ ५ गते सोही हात्तीको माउतेका रुपमा करारमा नियुक्त भएका थिए ।
झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।

