
Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
झापा अनलाइन
झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।
इलाम, २१ भदौ । सरोकारवाला निकाय र सङ्घ संस्थाको अगुवाइमा इलाममा बुधबारबाट एक महिने जबर्जस्ती करणी र यौनजन्य हिंसाविरुद्ध अभियान शुरु भएको छ । मानव बेचविखनविरुद्धको १२औँ राष्ट्रिय दिवसका अवसरमा सो अभियान शुरु गरिएको हो । पछिल्लो समय देशभर जबर्जस्ती करणी र यौनजन्य हिंसाका घटना बढ्दै गएपछि शुरु गरिएको सो अभियानमा करणी र यौनजन्य हिंसाका घटना अन्त्यका लागि जिल्ला प्रहरी कार्यालयका पदाधिकारी, स्थानीय महिला, नेपाल पत्रकार महासङ्घ, महिला सञ्जाल, आमा समूह, चेतना ना्यय समूह, भरोसा नेपाल, प्याग नेपाल, जिल्ला युवा समितिको कार्यालयका प्रतिनिधिको सहभागिता थियो जिल्ला समन्वय समितिका प्रमुख गणेशप्रसाद बरालले बुधबार अभियान शुभारम्भ गर्दै पछिल्लो समय व्याप्त जबर्जस्ती करणी…
काठमाडौँ, साँखु, २१ भदौ । प्रतिबन्धित लागुऔषधसहित प्रहरीले बुधबार राति शङ्खरापुर–९ सानागाउँबाट दुईलाई पक्राउ गरेको छ । महानगरीय प्रहरी प्रभाग साँखु र जम्मुडाँडा प्रहरी बिटको संयुक्त टोलीले विशेष सूचनाको आधारमा लागुऔषध कारोवारीे हुनसक्ने आशङ्कामा सोही स्थानमा डेरा गरी बस्ने गोकर्णेश्वर नगरपालिका स्थायी घर भएका १९ वर्षीय अनिश श्रेष्ठ र शङ्खरापुर नगरापालिका–१ का २१ वर्षीय कृष्ण खनाललाई पक्राउ गरेको हो । प्रहरी निरीक्षक लक्ष्मी खनालका अनुसार शङ्खरापुर–९ डेरा गरी बस्ने उनीहरुको कोठाबाट डाइजोपाम १५३ पिस, फ्यानजान १५३ पिस, नोफिन २७ एम्बुल र बुर्फरिन १२० एम्बुल लागुऔषध बरामद भएको हो । प्रहरीले नियन्त्रणमा लिएको उनीहरुको थप अनुसन्धान हुुँदैछ भने प्रचलित कानूनअनुसार कारवाही…
बाँके, २१ भदौ । बाँकेको डुडुवा गाउँपालिका–२ बेतहनीकी २६ वर्षीया अन्नु बर्माको मृत्यु रहस्यमय बन्दै गएको छ । बर्माको एक साताअघि घर नजिकैको नालीमा शव भेटिएको थियो । दाइजोका विषयमा घरायसी विवाद बढेपछि सासू, देवर र अर्का एकजना छिमेकी मिलेर हत्या गरेको माइती पक्षको आरोप छ । माइती पक्षले हत्यामा संलग्न रहेको भन्दै सासू धनदेही कुर्मी, देवर वीरेन्द्रकुमार बर्मा र छिमेकी हरिहरप्रसाद तेलीको नाममा किटानी जाहेरीसमेत दिएका छन् । मृतकको नालीमा डुबेर मृत्यु भएको भनिए पनि शरीरका विभिन्न भागमा गहिरो चोट लागेकोले हत्या नै भएको माइती पक्षको दाबी छ । मृतककी भाउजू विन्दुकुमारी बर्माले भन्नुभयो, “शरीरमा हिलो पनि लागेको छैन,…
इलाम, २१ भदौ । विश्वमै लोपोन्मुख मानिएको हाब्रोे (रेडपाण्डा) जोगाउनका लागि इलाममा विभिन्न विद्यालयमा हाब्रोेसम्बन्धी पढाइ शुरु भएको छ । हाब्रोे पाइने स्थानका विद्यालयका विद्यार्थीलाई रेडपाण्डासम्बन्धी जानकारी गराउने उद्देश्यले पढाइ शुरु गरिएको हो । जिल्लाका विभिन्न स्थानमा हाब्रोे पाइने गरेको तर उचित संरक्षण नहुँदा यसको लोप नै हुनेस्थितिमा पुगेको छ । उच्च पहाडी संस्थाको आयोजना र रेडपाण्डा नेटवर्क काठमाडौँको आर्थिक सहयोगमा जिल्लाका तीन विद्यालयमा पठाइ शुरु गरिएको छ । विद्यालयस्तरदेखि नै हाब्रोेसम्बन्धी जानकारी गराउन सक्दा उचित संरक्षण हुने भएकाले पढाइ शुरु गरिएको यस परियोजनाका संयोजक धनबहादुर खाम्दाकले बताउनुभयो । विशेष गरी कक्षा ६ र ७ का विद्यार्थीका लागि हाब्रोेसम्बन्धी जानकारी…
चन्द्रकला भण्डारी भद्रपुर, २१ भदौ । मोफसलमा साहित्यिक कृतिको प्रकाशन त हुन्छ तर, त्यसले खासै चर्चा पाउँँदैन । ती पसलमा राखिएका हुन्छन् तर, बिक्दैनन् । ‘पूर्वका मोतीराम’को रुपमा परिचित भाषाविद् चूडामणि रेग्मीले पाँच दशक लामो सृजना यात्रामा थुप्रै साहित्यकार जन्माउनु मात्रै भएन दुई दर्जन भन्दा बढी कृतिसमेत प्रकाशन गर्न भ्याउनुभयो । तर, प्रकाशित पुस्तकको बिक्रीबाट उहाँले छपाइ खर्च समेत उठाउन सक्नुभएन । झापाली आख्यानकार पुण्यप्रसाद खरेल शिक्षण पेशासँगै साहित्य साधनामा तीन दशकदेखि तल्लीन हुनुहुन्छ । एक दर्जन भन्दा बढी कृति प्रकाशन गरे पनि साझा प्रकाशनले छापेको ‘त्रिवेणी आमा’ बाहेक अन्य कृति उहाँले सित्तैमा बाँडेरै सक्नुभयो । भर्खरै रु १ लाख…
कञ्चनपुर, २१ भदौ । एक महिनापछि नयाँ प्रहरी टोली आएर शून्यबाट अनुसन्धान सुरु गरिएको भनिएपछि निर्मलाका बुवा यज्ञराज पन्त छोरीको हत्यारा पत्ता लाग्नेमा विश्वस्त भएका थिए । नयाँ प्रहरी टोलीले अनुसन्धान र उच्चस्तरीय छानबिन समितिले छानबिन गरेको १२ दिन भइसक्दासमेत कुनै तथ्य बाहिर नआएपछि भने उनी निराश बनेका छन्। बम दिदीबहिनीले निर्मलाको हत्यामा संलग्नता नभएको र हत्या कसले गरेको भन्नेबारे कुनै जानकारी नभएको बयान दिनु, प्रहरीले कुनै तथ्य पत्ता लगाउन नसकेको र दिलीप बिष्टको अनुसन्धानमा बढी महत्व दिइनुजस्ता कुराले फेरि न्याय पाउने कुरामा शंका लागेको उनी बताउँछन्। ‘नयाँ प्रहरी टोलीले अनुसन्धान सुरु गरेपछि मलाई दोषी पत्ता लाग्नेमा आशा र विश्वास…
काठमाडौँ, २१ भदौ । सरकारले नै राखेका अधिकांश नक्सामा दार्चुलाको कालापानी छुटाएको पाइएको छ । निसान छापमै प्रयोग गरिएका नक्सामा समेत । नेपाली भूभाग कालापानीमा लामो समयदेखि भारतले सेना राख्दै आएको छ । यसमा भारतलाई साथ पुग्ने गरी सरकारी नक्सा बनाइएको छ । यसको नापी विभागले पुष्टि गरेको छ । ‘देशको निसानी मानिने निसान छापमा राखिएको नक्सै त्रुटिपूर्ण छ’, विभागका उपमहानिर्देशक सुरेशमान श्रेष्ठले भने, ‘पहिलाको नक्साबाट कालापानीको ठूलो भू–भाग हटाइएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको वेब साइटमै अपूरो नक्सासहितको निसान छाप राखिएको छ । हेलो सरकार, गृहमन्त्रालय र परराष्ट्र मन्त्रालयका ट्वीटरमा पनि त्यही छ ।’ ती नक्साबाट वैज्ञानिक मापन…
सान नेपाल गौरादह, २१ भदौ । सहकारी तथा लघुवित्तीय कारोबार गर्ने संस्थाहरुले ढाँडसेक्ने गरी कर्जा लगानी गर्ने गरेको बारे बहस भइरहेको बेला एक जना सहकारी सदस्यले जीवन नै बलिदानी दिएकी छिन् । गौरादह–७ ग्वालडुब्बामा एक जना महिलाले सहकारीबाट लिएको ऋण तिर्न नसक्दा आत्महत्या गरेकी हुन् । गौरादह–७ ग्वालडुब्बा बस्ने बालकुमारी हुमागाईंले ऋण भार खप्न नसकी आत्महत्या गरेकी हुन् । उनले स्थानीय कर्णाली लघुवित्त ग्वालडुब्बा शाखाबाट १९ प्रतिशतका दरले १ लाख ऋण लिएको थाहा भएको छ । हुमागाईले सोही लघुवित्तबाट अन्य २ वटा शीर्षकमा १०÷१० हजारका दरले थप ऋण लिएको कर्मचारी तुलसी पौडेलले बताएका छन् । पौडेलका अनुसार ऋणी हुमागाईको १…
गौरादह, २१ भदौ । शुभलक्ष्मी सहकारी संस्थाको कार्यसमिति छनौट सर्वसम्मत हुन नसके पछि आगामी २३ गते निर्वाचन हुने भएको छ । बिहिवार राखिएको उम्मेदवारी फिर्ता लिने समय तालिका अनुसार तिन जनाले आफ्नो उम्मेदवारी फिर्ता लिएका छन् । लेखा समिति संयोजकको उम्मेदवार रहेका बद्री कार्की तथा कार्यसमिति सदस्यका रमेशकुमार थापा र देवी माया न्यौपानेले उम्मेदवारी फिर्ता लिएको जनाइएको छ । ‘सहकारी जस्तो गरिमामय सामाजिक संस्थामा राजनीति हावी हुँदै जानू अत्यन्तै दुस्खद पक्ष हो, सहकारीलाई भावनात्मक रूपमा सबै मिलेर अगाडि बढाइनुको पर्यो, हानथाप र खिचातानीले संस्थालाई दीर्घकालीन असर पुर्याउन सक्छ’, उम्मेदवार रमेशकुमार थापाले भने । सर्वसम्मतको लागि पहल गर्दै आएका बद्री कार्कीले…
काठमाडौँ, २१ भदौ । त्रिभुवन विश्वविद्यालयमा चार वर्षमा झन्डै साढे दुई लाख विद्यार्थी घटेका छन् । ०७२ मा आंगिक र सम्बन्धनप्राप्त क्याम्पसमा गरी ६ लाख ४ हजार ४ सय ३७ भर्ना भएकामा ०७५ मा जम्मा ३ लाख ६७ हजार ४ सय २७ मात्र भर्ना भएका छन् । केही वर्षयता त्रिविमा निरन्तर विद्यार्थी संख्या घटेको छ । आंगिकमा मात्र होइन त्रिविका सम्बन्धनप्राप्त क्याम्पसमा समेत विद्यार्थी संख्या घटेको हो । ०७२ मा आंगिकमा २ लाख ७३ हजार ३ सय ४९ र सम्बन्धनप्राप्त क्याम्पसमा ३ लाख ३१ हजार ८८ गरी ६ लाख ४ हजार ४ सय ३७ विद्यार्थी भर्ना भएका थिए । ०७३…