
Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
झापा अनलाइन
झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।
गौरादह, २८ साउन । झापाली समाज युएई नेपाल सम्पर्क समितिले विभिन्न सामाजिक सेवामूलक कार्यहरू गर्ने घोषणा गरेको छ । शनिबार बसेको मुलसमितिको बैठकद्वारा उक्त निर्णय गरी सार्वजनिक गरिएको हो । अध्यक्ष जगत लुइँटेलको अध्यक्षयतामा भएको छलफल बाट आजीवन सदस्य अभिलेख व्यवस्थापन, स्वास्थ्य शिविर वा अन्य कुनै उपयोगी कार्यक्रमको तयारी, संस्थाको अक्षयकोष स्थापना , कार्यालयमा आवस्यक पर्ने कम्प्युटर, टेबल कुर्सी, सिलिङ पंखा लगायतका सामाग्री व्यवस्थापनका लागि केन्द्र सँग माग गरिने, आजीवन सदस्यहरुको अभिलेख राखिने आदि विषयहरु समेटिएका थिए । संस्था द्वारा उपयुक्त समय पारी रक्तदान कार्यक्रमको आयोजना गरिने जनाइएको छ । रक्तदान कार्यक्रम बुद्ध शान्ती गाउपालिका वा बाह्रदशी गाउपालिकामा गरिने कार्यक्रम…
काठमाडौँ, २७ साउन । राष्ट्रिय जनता पार्टी ९राजपा० नेपालले वर्तमान सरकार गठन हुँदा भएका सहमति कार्यान्वयन गर्न माग गरेको छ । राजपा अध्यक्ष मण्डलका सदस्यले आज बेलुका प्रधानमन्त्रीको सरकारी निवास बालुवाटार पुगेर प्रधानमन्त्री केपी शर्मा ओलीसँग भेटी संविधान संशोधन, आन्दोलनकारीको रिहाइ तथा मुद्दा फिर्तालगायतका विषयमा ध्यानाकर्षण गराएको राजपाका महासचिव केशव झाले जानकारी दिनुभयो । भेटका अवसरमा प्रधानमन्त्री ओलीले राजपाले राखेका माग सकारात्मक भए पनि कतिपय राजनीतिक विषयलाई राजनीतिकरुपमा समाधान गर्नुपर्ने बताउनुभएको प्रधानमन्त्री कार्यालयले जनाएको छ ।
काठमाडौँ, २७ साउन । महानगरीय प्रहरी वृत्त दरबामार्गले अवैध लागुऔषध १० किलोग्राम चरेशसहित छ जनालाई पक्राउ गरेको छ । वृत्तको टोलीले आज साँझ लाजिम्पाट क्षेत्रमा चरेश कारोवार गर्दै हिँडिरहेको अवस्थामा बाग्लुङका २४ वर्षीय रोजन छन्त्याल र सुजन मगर, काभ्रेका २३ वर्षीय राम मगर, काठमाडौँका २० वर्षीय विशाल मगर, कास्कीका २७ वर्षीय सञ्जय सुवेदी र रोल्पाका ३४ वर्षीय शेरबहादुर पुनमगरलाई पक्राउ गरेको हो । वृत्तका प्रमुख एवं प्रहरी नायब उपरीक्षक दानबहादुर मल्लले अवैधरुपमा चरेश बिक्री वितरण गर्न हिँडिरहेको अवस्थामा शङ्का लागेर शरीर खानतलासी गर्दा उक्त चरेश फेला पारिएको जानकारी दिनुभयो । मल्लले पक्राउ परेकाले कहाँबाट ठूलो परिमाणमा चरेश ओसारपसार भइरहेको छ…
विराटनगर, २७ साउन । विराटनगर महानगरपालिका प्रमुखको कक्षको बाहिर आज गराइएको कुकर बम विष्फोटनको आशङ्कामा प्रहरीले नौ जनालाई पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय मोरङका प्रमुख मनोजकुमार केसीले उनीहरुलाई अनुसन्धानका लागि नियन्त्रणमा लिएको बताउनुभयो । बम विष्फोटनमा निजहरुको संलग्नताका सम्बन्धमा आवश्यक अनुसन्धान एवं सोधपुछ भइरहेकाले पक्राउ परेकाको नाम सार्वजनिक नगरिएको उहाँले बताउनुभयो । बम विष्फोटनबाट कुनै मानवीय क्षति भएको छैन ।
बैतडी, २७ साउन । भारतको उत्तराखण्डस्थित पिथौरागढ, धौलीगङ्गामा रहेको धौलीगङ्गा जलविद्युत् परियोजना बाँध खोलिने भएको छ । बाँध सरसफाइका लागि भन्दै सोमबार बिहान ७ बजे बाँध खुला गरिन लागेको जानकारी आएको जिल्ला प्रशासन कार्यालय दार्चुलाले एक सूचना प्रकाशित गरेर सम्भावित बाढीबारे सतर्कता अपनाउन आग्रह गरेको छ । बाँधबाट बढी मात्रामा पानी छोडिँदा महाकालीमा बाढी आउने खतरा हुने भएकाले नदी तटीय क्षेत्रका नागरिकलाई पूर्वसतर्कता अपनाउन आग्रह गरिएको छ । बाँधको पानीका कारण महाकालीमा पानीको बहाब र सतह बढ्नसक्ने भएका कारण नदी छेउछाउमा नजान र सतर्कता अपनाइराख्न नेपाल र भारतका स्थानीय प्रशासनले अनुरोध गरेका छन् । दार्चुलाको ब्यास, दुहू, मालिकार्जुन र लेकम…
शिबसताक्षी, २७ साउन । झापाको शिबसताक्षी नगरपालिकामा क्षयरोगीको संख्या बढ्दै गइरहेको आइतबार शिबसताक्षीमा आयोजित एक कार्यक्रममा जानकारी गराइयो । जिल्ला जनस्वास्थ्य कार्यालय झापा र क्षयरोग–कुष्ठरोग शाखाको आयोजनामा स्थानीय जनप्रतिनिधिहरुसंग क्षयरोग सम्बन्धी एक दिने अभिमुखिकरण कार्यक्रममा यस्तो जानकारी गराइको हो । नगर प्रमुख चन्द्रकुमार शेर्माको अध्यक्षतामा भएको अभिमुखिकरण कार्यक्रममा नगरको ११ वटाका वडाध्यक्षहरु, पाँचगाछी, धरमपुर, शिबगञ्ज र सतासीधामस्थित स्वास्थ्य चौकीका प्रमुख र सहरी स्वास्थ्य केन्द्रका प्रमुखहरुको उपस्थिति रहेको थियो । सो कार्यक्रममा नगर प्रमुख शेर्माले नगरवासीको स्वास्थ्यलाई मध्यनजर गर्दै प्रत्येक वडाहरुमा स्वास्थ्य केन्द्रहरु विस्तार गरिन लागेको जानकारी गराए । उनले स्वास्थ्य जस्तो सम्बेदनशिल विषयमा नगरवासीहरु जिम्मेवार रहनुपर्ने र स्वास्थ्य संस्थाका कार्यरत…
झापा, २७ साउन । जिल्ला कारागार झापाबाट आज एक जना कैदी फरार भएका छन् । कर्तव्य ज्यान र चोरी मुद्दामा जेल सजाय भोगिरहेका गौरादह–८ का २५ वर्षीय उमेश माझी फरार भएको जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी प्रमुख एसपी भीम ढकालले जानकारी दिनुभयो । ‘कैदी कसरी फरार भयो भन्ने विषयमा अनुसन्धान भइरहेको छ’, उहाँले भन्नुभयो, ‘कारागार प्रशासनलाई समेत यस विषयमा सोधपुछ गरेका छौँ ।’ कैदी के कति कारणले भाग्न सफल भयो भन्ने खुल्न नसकेका छैन । माझीको खोजी कार्य तीव्र बनाइएको प्रहरीले जनाएको छ ।–––
नुवाकोट, २७ साउन । जिल्ला मालपोत कार्यालयले आजदेखि अनलाइनमार्फत सेवा दिन शुरु गरेको छ । कार्यालयबाट हुने गरेका सबै किसिमको कामलाई छिटोछरितो र सहज रुपमा सञ्चालन गर्न अनलाइन सेवा थालिएको हो । सेवा आरम्भ गर्दै भूमि व्यवस्थापन तथा अभिलेख विभागका महानिर्देशक मुक्ति आचार्यले अनलाइनमार्फत सेवा प्रवाह गर्दा छिटोछरितोका साथै दोहोरो नपर्ने, जग्गा किनबेचको करमा एक रुपता हुने तथा कारोबारको सबै तथ्यांक प्रभावकारी हुने बताउनुभयो । जग्गाधनीले कुन जग्गा बेच्ने भनेर अनलाइनमै घरबाट फारम भर्न सक्ने भएकाले सेवाग्राहीलाई सहज हुने महानिर्देशक आचार्यले बताउनुभयो । उहाँले जग्गा बिचौलियाको कारण हुने विभिन्न समस्या अर्कैको जग्गा विक्री गरिदिने भनेर अर्को स्थानको जग्गा बेच्ने जस्ता…
काठमाडौँ, २७ साउन । अर्थमन्त्री डा युवराज खतिवडाले चालु आवको बजेट कार्यान्वयनका क्रममा राजश्व संकलन चुनौतिपूर्ण भएपनि करको दरमा परिवर्तन नगरिएको बताउनुभएको छ । अर्थसमितिको आजको बैठकमा उहाँले करका विषयमा विभिन्न टीकाटिप्पणी भइरहेको उल्लेख गर्दै करको दायरा बढाउन नीति अगाडि बढाइएको स्पष्ट पार्नुभयो । डा खतिवडाले भन्नुभयो, “बजेट र आयोजना कार्यान्वयको कार्यतालिका बनाइसकिएको छ, राजश्व अघिल्लो वर्षको तुलनामा ३५ प्रतिशतले बढी संकलन गर्ने कुरा आफैँमा चुनौतीपूर्ण रहेकाले करको दर होइन दायरा फराकिलो बनाइएको छ ।” विश्व बंैकले नेपाललाई उपलब्ध गराउँदै आएको सहायतामा उल्लेखनीय वृद्धि गर्ने आश्वासन दिएको जानकारी दिँदै उहाँले तीन तहको निर्वाचन सम्पन्न गरी नेपाल आर्थिक विकास र समृद्धिको…
काठमाडौँ, २७ साउन । प्रधानमन्त्री केपी शर्मा ओलीले सरकार लोकतन्त्र, प्रेस स्वतन्त्रता, मानव अधिकारप्रति पूर्णरुपमा प्रतिबद्ध रहेको बताउनुभएको छ । नेपाल मिडिया सोसाइटीको नवनिर्वाचित कार्यसमितिलाई आज प्रधानमन्त्री निवास बालुवाटारमा बधाई दिँदै उहाँले सरकार मर्यादित, स्वतन्त्र प्रेस स्वतन्त्रता र मानव अधिकारप्रति संवेदनशील रहेको बताउनुभयो । प्रधानमन्त्री ओलीले लोकतन्त्रकै लागि आफ्नो पार्टी स्थापना भएको, त्यसका लागि आफू १४ वर्ष जेल बसेको, पार्टीको कैयौँ नेता, कार्यकर्ता सहिद भएकाले वर्तमान सरकार र नेपाल कम्युनिष्ट पार्टीबाट लोकतन्त्रलाई कहिले पनि खतरा नहुने स्पष्ट पार्नुभयो । माइतीघर मण्डलाको विषयलाई लिएर केही मिडियाले सरकारलाई नागरिक स्वतन्त्रता विरोधी करार गर्न खोजेको प्रधानमन्त्री ओलीको भनाइ छ । “माइतीघर मण्डला के…