
Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
झापा अनलाइन
झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।
इटहरी, २४ साउन । पूर्वाञ्चलस्तरीय स्नुकर खेल प्रतियोगितामा विराटनगरका अमन कार्की प्रथम भइ रु ४० हजारसहित ट्रफी र प्रमाणपत्र प्राप्त गरेका छन् । बेष्ट अफ एलेभनको आज भएको प्रतिस्पर्धामा विराटनगरका अमनले इटहरीका आयुष गौतमलाई लगातार ६–३ अङ्कको स्कोरले पछि पार्दै उक्त उपाधिमाथि विजय प्राप्त गरेको प्र्रतियोगिता सञ्चालक सिटी हेल्थ एण्ड स्नुकर क्लबका सञ्चालक श्याम कार्कीले बताउनुभयो । प्रतियोगितामा दोस्रो हुनुभएका इटहरीका स्नुकर खेलाडी आयुष गौतमले रु २० हजार नगद तथा ट्रफी र प्रमाणपत्र प्राप्त गरेका छन् । यसैगरी उक्त प्रतियोगितामा विर्तामोडका मिलन गहतराज र उत्सव लिम्बू प्रतियोगिताको उत्कृष्ट खेलाडी घोषित हुँदै जनही रु दुई हजार ५०० नगद ट्रफी र प्रमाणपत्र प्राप्त…
गौरादह, २४ साउन । नेपाल आदिवासी जनजाति महासंघ नगर समन्वय समिति गौरादहले २४ औं अन्तराष्ट्रिय दिवस विविध कार्यक्रम गरी भव्यताका साथ सम्पन्न गरेको छ । गौरादह नगरपालिका वडा नं. ७ को ग्वालडुब्बा बजारमा आयोजना गरिएको आदिवासी दिवसमा विभिन्न जातजातिहरुले आफ्नो जातीय पोशाकमा सजिएर सांस्कृतिक पहिचान झल्कने नृत्य तथा झाँकी प्रदर्शन गरेका थिए । त्यस अवसरमा नेपाल तामाङ घेदुङ संघले डम्फु सेलो, याक्थुङ चुम्लुङले केलाङ नाच, नेवा देय दवुले लाखे नाच किराँत राई यायोक्खाले साकेला सिली नृत्य, धिमाल उत्थान संघले जातीय भाषाको गीत, नेपाल मगर संघले हुर्रा नाच, राजवंशी समाज विकास समिति र ताजपुरीया समाज कल्याण परिषदले गाउन नाच र थारु…
काठमाडौँ, २४ साउन । मलेसियामा हुने एशियाकप क्रिकेटका लागि प्रारम्भिक चरणमा १९ खेलाडी आज छनोट गरिएको छ । नेपाली टोलीका मुख्य प्रशिक्षक जगत टमाटा र कप्तान पारस खड्काको टोलीले अनिलकुमार साह, वसन्त रेग्मी, विनोद भण्डारी, दीपेन्द्रसिंह ऐरी, ज्ञानेन्द्र मल्ल, करण केसी, किशोर महतो, ललितसिंह भण्डारी, ललितनारायण राजवंशी, आरिफ शेख, प्रदीप ऐरी, रोहितकुमार पौडेल, सागर पुन, सन्दीप लामिछाने, सोमपाल कामी, सुवास खकुरेल, सुनिल धमला र सुशन भारीलाई छनोट गरेको हो । अघिल्लो साता नेदरल्याण्ड्समा सम्पन्न पहिलो अन्तर्राष्ट्रिय एकदिवसीय खेलका क्रममा घाइते शरद भेषवाकर प्रारम्भिक टोलीमा परेका छैनन् । नेदरल्यान्ड्सविरुद्धको एकदिवसीय खेलमा नरहेका सुनिल धमला, सागर पुन, विनोद भण्डारी, सुसन भारी र…
नकुल काजी लेखक चन्द्रकान्त ढकालको प्रथम पुस्तकाकार कृति ‘विचारकुञ्ज’–को लोकर्पण समारोह विर्तामोडस्थित बीएण्डसी अस्पतालको एउटा हलमा २०७३ असोज ८ गते भएको थियो र विशिष्ट अतिथि एवम् पुस्तकको मुख्य टिप्पणीकारको रूपमा म उपस्थित थिएँ । बीएण्डसी अस्पतालको जग्गा र साझेदारी विवादका केही कुरा मैले सुनेको थिएँ तर मेरो त्यही नै त्यस अस्पतालमा पहिलो पाइलो टेकाइ थियो । त्यसपछि म फेरि त्यहाँ पुगेको छुइनँ । समारोहमा देखाइएको कुर्सीमा म बस्न पुगेको लगभग आधा घण्टापछि कार्यक्रम प्रारम्भ हुनैलाग्दा, एकजना खाइलाग्दा मान्छे धमाधम आएर मेरै छेउमा (साँगुरो गरी) रहेको कुर्सीमा बसे । मैले ती व्यक्तिको शारीरिक बनावट हेरेर यी प्रहरी वा सेनाका कुनै अफिसर होलान् भन्ने किन पनि…
राज्यले युवालाई भविष्य सम्झने हो भने आफ्नो घरपरिवार, समाज र आफ्नो देशलाई माया मारेर वाहिर जानु पर्दैन थियो र आफ्नो ज्यानलाई बाजी मारेर आफ्नो मृत्यु सम्म पुग्ने गरी युवाले विदेशमा जोखिम पनि मोल्न पर्दैन थियो । हरेक देशमा राष्ट्र सञ्चालन गर्ने देखि लिएर हरेक कार्य सञ्चालन गर्न युवाको आवश्यक पर्दछ । युवा एक यस्तो परिचालन हो जसले सम्पूर्ण राज्यको जिम्मेवारी बोकेको हुन्छ । युवा बिना राष्ट्र सञ्चालन गर्न कठिन हुन्छ । युवा भनेको देशको शक्ति हो तर हाम्रो देश नेपालमा भने आजकाल युवाको अतिचरम अभाव हुन थालेको छ । जसको मुख्य कारण भनेको देशमा रोजगारका अवसर सृजना नभएको कारण नै…
सान नेपाल गौरादह, २४ साउन । ‘दिल्ली बजार नक्सालकी नानी, झापा घुम्न जानेकी नजाने…’ यो गीतका गायक हुनुहुन्छ, सीताराम ताजपुरिया । उहाँले सदाबहार गीत गाएर झापा र गौरादहलाई देश–विदेशमा परिचित गराउँदै आउनुभएको छ । गौरादहको काखमा हुर्किनुभएका ताजपुरिया आफ्नो ठाउँलाई औधि माया गर्नुहुन्छ । भन्नुहुन्छ, ‘आफू जन्मेको ठाउँ र देश सबैभन्दा प्यारो हुन्छ ।’ उहाँले यहीँकै माटोमा पढ्नुभयो, बढ्नुभयो र हुर्किनुभयो । मधेसको पानी पिउनुभएका ताजपुरियाले वास्तवमै तमाम ताजपुरियाहरुको नाम सुपरिचित गराउनुभएको छ । उहाँको लोक भाकामा सुन्दरता छ अनि तराईमा बस्ने अल्पसंख्यक जातिको पनि अस्तित्व छ भन्ने प्रमाणित समेत गरिदिनुभएको छ । उहाँको गीतले तराईको मात्र प्रतिनिधित्व गरेको छैन,…
पाकिस्तानकी चर्चित गायिका तथा नायिका रेशमाको श्रीमानले गोली हानेर हत्या गरेका छन् । खबरहरुका अनुसार जग्गाको विवादका कारण गायिकाका श्रीमानले उनको हत्या गरेका हुन । उनको हत्या पाकिस्तानको खैबर पख्तुनवामा भएको हो । रेशमा उनका श्रीमानकी चौथी श्रीमती थिइन् । श्रीमानसँगको विवादपछि उनी आफ्ना भाइको घरमा बस्दै आएकी थिइन् । पाकिस्तानी मिडियाका अनुसार आरोपीले घरभित्र छिर्ने बित्तिकै गोली चलाउन सुरु गरेका थिए । गोली लागेर गम्भीर घाइते भएकी रेशमाको घटनास्थलमै मृत्य भएको हो । गायिकाको मृत्यु श्चात आरोपिले घरमा लुटपाट भएको जस्तो माहोल बनाउदै घटना ढाकछोप गर्ने प्रयास गरेका थिए । यो घटना अगस्ट १ मा घटेको भए पनि ढिलो…
लहान, २४ साउन । मदखादको अभाव रहेको मौका छोपी तोकिएको दरभन्दा बढी मुनाफा लिई मलखादको बिक्री गरेको आरोपमा प्रहरीले आज सिरहा नगरपालिकाबाट एक व्यापारीलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा सिरहा नगरपालिका–७ थानाचोकस्थित लक्ष्मी खाद्य भण्डार पसलका सञ्चालक ३५ वर्षीय मुकेशप्रसाद गुप्ता रहेको प्रहरीले जनाएको छ । मलको कालोबजारी गरिरहेको सूचनाको आधारमा खटिएको प्रहरी टोलीले गुप्तालाई पक्राउ गरेको हो । डिएपी मल प्रतिबोरा रु दुई हजार ३०० मा बिक्री गर्नुपर्नेमा सञ्चालक गुप्ताले प्रतिबोरा रु दुई हजार ५०० का दरले बिक्री गरिरहेको सूचनाको आधारमा उनलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय सिरहाका प्रवक्ता तथा प्रहरी नायब उपरीक्षक माधव रिमालले जानकारी दिनुभयो ।…
चन्द्रकला भण्डारी भद्रपुर, २४ साउन । खुला सिमानाका कारण झापामा महिला तथा बालबालिका हराउने क्रम बढेको छ । वैदेशिक रोजगारीका नाममा समेत महिलाहरु वर्षेनी हराउने क्रम रोकिएको छैन । जिल्ला प्रहरी कार्यालयको तथ्याङ्कानुसार आव २०७४।२०७५ मा ५१२ महिला तथा बालबालिका हराएको निवेदन परेकामा महिला ३६६, बालक ४४ र बालिका १०२ छन् । जिल्लाका विभिन्न इलाका प्रहरी कार्यालयमा निवेदन परेका ३६६ महिलामध्ये २६७ जना मात्र फेला परेको प्रहरीले जनाएको छ । उनान्सय महिला अझै बेपत्ता छन् । हराउनेमा ४४ बालकमध्ये ३६ फेला परेका छन् भने आठ जना फेला परेका छैनन् । सोही अवधिमा १०२ बालिकामध्ये ८५ जना फेला परेका छन् भने…
मुम्बई। सलमान खानको फिल्म ‘भारत’ मा अब कटि«ना कैपले काम गर्ने भएकी छन् । यसअघि भारतमा प्रियंका चोपडाले तय भएको थिए । अघिल्लो साता प्रियंकाले आफू भारतमा नखेल्ने बताएकी थिइन । शुरुमै आफ्नो फिल्ममा सलमान कटि«नालाई नै लिन चाहान्थे तर प्रियंका अनुबन्ध भइन । भारतमा कटि«ना खेल्ने भएपछि सलमान अहिले निकै खुशी भएको बताइएको छ । भारतका निर्देशन अली अब्बास जफरका अनुसार कटरीनाले स्क्रिप्ट पढेपछि आफ्नो भूमिका मन पराएको दाबी गरेका छन् । र स्रोतका अनुसार कट्रिनाले जफरको प्रस्ताव स्वीकार गरेकी छन् । फिल्म भारतमा खेल्न उनी राजी भएकी छन् । कटि«नाको पारिश्रमिक तय नभए पनि सलमान उनलाई प्रियंकलाई दिने…