
Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
झापा अनलाइन
झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।
लण्डन । रसियामा सम्पन्न विश्वकप फुटबलमा चर्चामा रहेका क्रोएसियाका मिडफिल्डर इभान राकिटिक फेरि चर्चामा आएका छन् । क्रोएसियाका धेरैजसो खेलाडी आ–आफ्ना क्लबमा फर्किसकेका छन् । तर, राकिटिक भने अहिले श्रीमती राक्वेल माउरीसँग बिदा मनाइरहेका छन् । विश्वकप समाप्त भएको लगभग दुई साता हुन लाग्दा पनि राकिटिकले श्रीमतीसँग पछिल्लो एक सातादेखि विभिन्न सहरमा मस्ती गरिरहेका फोटाहरू इन्स्टाग्राममा पोस्ट गरिरहेका छन् । राकिटिकले पोस्ट गरेका तस्बिरहरूमा अहिलेसम्म एक लाखभन्दा बढीले लाइक गरिसकेका छन् । उनकी श्रीमती माउरीले भने श्रीमानसँगको रमाइलो गरिरहेको क्षणका तस्बिरहरू पोस्ट गरेकी छैनन् । लामो ब्रेक र विश्वकपपछि श्रीमान्सँग बिदा मनाउने अवसर पाएपछि माउरी निकै दंग देखिन्छिन् । एजेन्सी
सोलु, १५ साउन । सोलु दूधकुण्ड नगरपालिका¬–७ का सञ्जीव भुजेलको ट्रेकिङका क्रममा मृत्यु भएको छ । विदेशी पर्यटकसहित चीनको तिब्बतमा ट्रेकिङ गएका २३ वर्षीया भुजेलको लेक लागेर मृत्यु भएको छिमेकी भानुभक्त श्रेष्ठले जानकारी दिनुभयो । केही दिनअगाडि आफ्नै बुबा र काकाको साथमा ट्रेकिङ गएका भुजेलको आइतबार राति मृत्यु भएको मृतकका बुबा मानबहादुर भुजेलले जानकारी दिनुभयो । उनी सहितको टोली शिवम् ट्राभल लाजिम्पाटबाट केही दिनअगाडि तिब्बत गएको बुझिएको छ । रसुवागढी नाकामा पहिरोले सडक अवरुद्ध गरेपछि मृतकको शव ल्याउन समस्या भएको बताइएको छ । अवरुद्ध सडक खुलेसँगै उनको शव नेपाल ल्याएपछि हेलिकप्टरमार्फत जन्मस्थान ल्याउने पहल भइरहेको स्थानीय बासिन्दा श्रेष्ठले बताउनुभयो ।…
काठमाडौँ, १५ साउन । उपराष्ट्रपति कप राष्ट्रिय लिग महिला फुटबल प्रतियोगिताको उपाधि विभागीय टोली सशस्त्र प्रहरी बलको एपिएफ क्लबले हात पारेका छ । सातदोबाटोस्थित अखिल नेपाल फुटबल संघ ९एन्फा०को खेल मैदानमा आज भएको खेलमा एपिएफले त्रिभुवन आर्मी क्लबलाई ३–१ गोलअन्तरले पराजित गर्दै उपाधि हात पारेको हो । जीतसँगै एपिएफले १२ अंक बटुल्यो । प्रतियोगितामा एपिएफ अपराजित टोली हो । एपिएफले यसअघि नेपाल पुलिस क्लब, काठमाडौँ फुटबल संघ र रौतहट फुटबल संघलाई पराजित गरेका थियो । एपिएफको जीतमा सावित्री भण्डारीले ह्याट्रिक पूरा गरिन् । उसका लागि खेलको ४१औँ मिनेटमा पहिलो गोल गर्दै खाता खोलिन् । खेलको पहिलो हाफसम्म १–० को अग्रता…
भद्रपुर, १५ साउन । नेपाली कांग्रेसका दुई प्रभावशाली नेताले सरकारले बहुमतको दम्भ देखाएर बलजफ्ती गर्न खोजेको आरोप लगाएका छन् । नेपाली कांग्रेस झापाले भद्रपुरमा आयोजना गरेको विरोध प्रदर्शन कार्यक्रममा उनीहरुले सरकारले बहुमतको दम्भ देखाएको आरोप लगाएका हुन् । उनीहरुले सरकारकै कारण जनताले सास्ती पाने अवस्था आएको बताएका छन् । कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले प्रधानमन्त्री केपी शर्मा ओलीको दम्भको श्रीपेच नहटेसम्म नेपालीले सुखको सास फेर्न नसक्ने बताए । शर्माले दुईतिहाईको आडमा प्रधानमन्त्री ओलीले प्रतिपक्षी दललाई मात्र नभई नेपाली नागरिक माथि सरकारको कर्तव्य समेत भुलेको बताए । कम्युनिष्ट नेता मदन भण्डारीको प्रशंसा गर्दै शर्माले नेकपाले मदन भण्डारीको नाममा बाटो खने पनि मदन…
बिर्तामोड, १५ साउन । झापाको मेचीनगरका एक युवाले बञ्चरो प्रहारी गरी आज श्रीमतीको हत्या गरेका छन् । मेचीनगर नगरपालिका–११ मेचे टोलका २८ वर्षीय राजीव मेचेले पत्नी २० वर्षीया मनिषा मेचेलाई आज दिउँसो टाउकोमा बञ्चरोले प्रहार गरी हत्या गरेको इलाका प्रहरी कार्यालय काँकरभिट्टाले जनाएको छ । हत्या पश्चात मेचे फरार भएका छन् भने उनको खेजी तीव्र पारिएको प्रहरीले जनाएको छ । घटनाका विषयमा थप अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय काँकरभिट्टाले जनाएको छ ।
राजविराज, १५ साउन । सप्तरीको राजविराज–१५ मुसहरनियाँमा डेढ महिना अगाडि हत्या गरी सेफ्टीट्याकीमा कुहिएका अवस्थामा भेटाएकी बेचनीदेवी साहका बेपता भएका पति र छोरीसमेतको हत्या भएको खुलेको छ । जिल्ला प्रहरी कार्यालय सप्तरीमा आज पत्रकार ंंंसम्मेलनमा भाइ पञ्चदेव साहले दाइ सूर्यनारायण साह, गर्भवती भाउजू बेचनीदेवी र दुई वर्षीय भतिजीको घाँटी थिचेर हत्या गरी नगरमा गाडेको घटनाको सत्यतथ्य खुलेको प्रहरी उपरीक्षक मुकेशकुमार सिंहले बताउनुभयो । बेचनीदेवीसहित पति सूर्यनारायण साह र दुई वर्षीय छोरी प्रतिभाको हत्या गरी राजविराज नगरक्षेत्रमा गाडेको अनुसन्धानबाट खुलेको प्रहरी उपरीक्षक सिंहले पत्रकार सम्मेलनमा जानकारी दिनुभयो । सूर्यनारायण साहको नागरिकता बनाउने विषयमा घरपरिवारसँग विवादको विषयलाई लिएर र पुरानो रिसइबीका कारण…
काठमाडौँ, १५ साउन । नेपाल कम्युनिष्ट पार्टी ९नेकपा०का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सरकार बनेको पाँच महिना नबित्दै सरकारविरुद्ध घेराबन्दी गर्न खोजिएको बताउनुभएको छ । ‘शहीद मनोज–झपेन्द्र स्मृति दिवस’का अवसरमा नेपाल निजामती कर्मचारी संगठनले आज यहाँ आयोजना गरेको सम्मान तथा पुरस्कार वितरण एवम् संघीय निजामति सेवा ऐन र ट्रेड युनियन अधिकार’ विषयक विचार गोष्ठी कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले सरकारविरुद्ध अनावश्यक लाञ्छना लगाउन खोजिएको बताउनुभयो । “राजाजस्तै शासन गरी एकाधिकार ठान्नेहरुलाई अहिले हामी सत्तामा पुगेको देखेर बसी खान भएको छैन”, अध्यक्ष ‘प्रचण्ड’ले भन्नुभयो, “निर्वाचनपछि केहीलाई न रातमा निद्रा न दिनमा भोक लाग्न छाडेको छ ।” पूर्वप्रधानमन्त्रीसमेत रहनुभएका अध्यक्ष दाहालले अहिलेको परिस्थितिमा जनता…
काठमाडौँ, १५ साउन । प्रधानमन्त्री केपी शर्मा ओलीले राजनीतिक नेतृत्व पनि आर्थिक नियम कानूनभित्र बस्नुपर्ने बताउनुभएको छ । महालेखा परीक्षकको आर्थिक वर्ष २०७४÷७५ लेखा परीक्षणसम्बन्धी बैठकलाई आज प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले राजनीतिले देशलाई बाटो देखाउने भएकाले राजनीतिक व्यक्तित्वले समेत सो विषयमा गम्भीर हुनुपर्नेमा जोड दिनुभयो । सरकारी कार्यालयमा बेरुजु बढ्नु मुलुकको सुशासनका लागि राम्रो संकेत नभएको प्रधानमन्त्रीको भनाइ थियो । “के कारणले बेरुजु भएको हो रु”, प्रधानमन्त्री ओलीले भन्नुभयो, “जानाजान बेरुजु गर्नु भनेको भ्रष्टाचार हो त्यसमा संलग्नलाई कानूनी कारवाही गर्नुपर्दछ ।” प्रधानमन्त्री ओलीले भ्रष्टाचार र अनियमितता गर्ने राज्यका कुनै पनि निकाय र व्यक्तिले उन्मुक्ति नपाउने बताउनुभयो…
झापा, १५ साउन । नेपालको जगको रुपमा चिनिने सबैभन्दा होचो भूभागमा रहेको कचनकवल स्तम्भमा खुल्ला दिसामुक्तको झण्डा गाडिएको छ । हाल कचनकवल गाउँपालिका, वडा नं. ४ मा पर्ने साविक केचना गाविसमा नेपालकै सबैभन्दा होचो भाग हो । कचनकवल समुन्द्र सतहदेखि ५८ मिटरको उचाइमा रहेको छ । साविक केचना गाविस खुल्ला दिसामुक्त घोषणा भएसँगै सो स्तम्भमा खुल्ला दिसामुक्तको झण्डा फहराइएको हो । कचनकवल गाउँपालिकाका अध्यक्ष अन्जार आलमले साविक केचना गाविस खुल्ला दिसामुक्त भएको घोषणा गरे । उनले खुल्ला दिसामुक्त घोषणाको प्रतीक हरियो झण्डा फहराउनुका साथै सो झण्डा केचनाका वडाअध्यक्ष परमानन्दसिं राजवंशीलाई हस्तान्तरण गरे । सो झण्डालाई जिल्ला खानेपानी, सरसफाइ तथा स्वच्छता…