झापा अनलाइन

झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।

काठमाडौं, २६ साउन । अब स्थानीय तहले जनगुनासो सुन्न अनिवार्य रुपमा अडियो नोटिस बोर्ड राख्नुपर्ने भएको छ। संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले ७ सय ५३ वटै स्थानीय तहलाई पत्राचार गर्दै स्थानीय तहमा जनगुनासो व्यवस्थापन र सेवाग्राही सुविधाका लागि अडियो नोटिसबोर्ड राख्न निर्देशन दिएको हो । मन्त्रालयले स्थानीय तहहरुलाई लेखेको पत्रमा कार्यालयका विभिन्न सूचना एवं जानकारी अडियो नोटिस बोर्डबाट निःशुल्क डायल गरी सुन्न सकिने उल्लेख छ। स्थानीय तहहरुले नोटिसबोर्डको सम्पूर्ण व्यवस्थापन नेपाल टेलिकमले निःशुल्क रुपमा उपलब्ध गराउने मन्त्रालयले जनाएको हो। मन्त्रालयका अनुसार स्थानीय तहहरुले अडियो नोटिस बोर्ड राखेपछि कार्यालयका विभिन्न सूचना जानकारी दिनुका अतिरिक्त यसले सुशासनमा समेत टेवा पुग्नेछ। नोटिसबोर्डका…

Read More

काठमाडौँ, २६ साउन । साहित्यकार एवं लोकप्रिय प्रसारक दाहाल यज्ञनिधिको निधनले सांस्कृतिक रुपान्तरणका क्षेत्रमा अपुरणीय क्षति पुगेको विभिन्न संस्थाले जनाएका छन् । क्रान्तिकारी र अग्रगामी सोच र व्यवहारका धनी दाहालले साहित्य र पत्रकारिता क्षेत्रमा लेखनका माध्यमबाट सामाजिक जागरण ल्याउनुका साथै चेतनासमेत बढाउनुृ भएकामा ती संस्थाले उहाँप्रति श्रद्धाञ्जलि व्यक्त गर्दै शोक सन्तप्त परिवारमा समवेदना व्यक्त गरेका छन् । मिर्गौला प्रत्यारोपणपछि दुई दशकयता नियमित डायलोसिस गर्दै आउनुभएका दाहालको मस्तिष्काघातका कारण शुक्रबार साँझ ललितपुरको सुमेरु अस्पतालमा निधन भएको थियो । प्रगतिशील लेखक संघका अध्यक्ष मातृका पोखरेलले दाहालले लोकतान्त्रिक साहित्यिक आन्दोलनमा स्रष्टालाई सङ्गठित गर्दै सामाजिक एवं सांस्कृतिक रुपान्तरणमा महत्वपूर्ण योगदान दिनुभएको बताउनुभयो । दाहाल…

Read More

चितवन, २६ साउन । चितवनको नारायणगढ­मुग्लिन सडकखण्डअन्तर्गत भरतपुर महानगरपालिका–२९ स्थित जुगेडी पुलबाट एउटा भारतीय ट्रक खस्दा दुई जनाको मृत्यु भएको र अर्का एकजना गम्भीर घाइते भएका छन् । आज बिहान ४ः४० बजे भारतबाट काठमाडाँै जाँदै गरेको एमएच ४२ टी ०३४३ नम्बरको चाउचाउ र पापड बोकेको भारतीय ट्रक जुगेडी पुलबाट अन्दाजी ५० मिटर खोल्सामा खसेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । प्रहरीका अनुसार दुर्घटनामा परी ट्रक चालक भारतको बलरामपुर बस्ने २५ वर्षीय जुबेर मोहम्मद र नाम थर नखुलेका अर्का एकजना पुरुषको मृत्यु भएको छ । चालकको उपचारका क्रममा कलेज अफ मेडिकल साइन्सेज शिक्षण अस्पतालमा बिहान ५ः२० बजे मृत्यु भएको र अर्का…

Read More

भद्रपुर, २६ साउन । नेपाल विद्यालय कर्मचारी परिषद् झापाले आफूहरुका हक अधिकारहरुलाई राज्यले बेवास्था गरेको भन्दै प्रथम चरणको आन्दोलन अन्र्तगत एक दिने अन्तरक्रियात्मक कार्यक्रम सम्पन्न गरेको छ । परिषद झापा अध्यक्ष जगेनलाल राजबंशीको अध्यक्षता तथा नेपाल शिक्षक महासंघ झापा अध्यक्ष बुद्धिमान् कार्कीको प्रमुख आतिथ्यतामा चन्द्रगढीमा सम्पन्न कार्यक्रममा परिषद कर्मचारीहरुका  सेवा सुविधा सम्बन्धि विभिन्न मागहरु सहित एक दिने अन्र्तरकृयात्मक कार्यक्रम सम्पन्न गरिएको हो । कार्यक्रममा सहभागी नेपाल शिक्षक महासंघ  झापा अध्यक्ष प्रमुख अतिथि कार्की , संगठन सचिब उमेश साह ,तारा रुचाल लगाएतले वोल्दै परिषदका जायज मागहरुलाई  राज्यले  पुरा गर्नु पर्नेमा जोड दिए । सोही अवसरमा अन्र्तकृयावाट आएका सल्लाह ,सुझाव र केन्द्र…

Read More

झापा, २६ साउन । जिल्ला प्रहरी कार्यलय झापाका प्रमुख प्रहरी उपरीक्षक भीम प्रसाद ढकालले तस्करी,गुण्डागर्दी र दण्डहीनता विरुद्ध कठोर हुने बताएका छन् । उनले जिल्लाको सुरक्षाका लागि कुनै सम्झौता नगर्ने बताए । जिल्लाका राजनीतिक दलका प्रतिनिधिसँगको परिचायत्मक कार्यक्रममा बोल्दै प्रहरी प्रमुख ढकालले शान्ति सुरक्षाका लागि समन्वय र सहकार्य गर्न आग्रह समेत गरेका छन् । उनले कुनै पनि मुद्दा दलहरुको दवाव नमान्ने बताएका छन् । कानुनकोविरुद्ध कहिल्यै कसैको दवाव नमान्ने बताउँदै उनले भने, ‘दलहरु पनि यस विषयमा सहमति हुनुहुन्छ ।’ भर्खरै झापा प्रहरीको सुरक्षाको जिम्मेवारीमा आएका नयाँ एसपी ढकालले आयोजना गरेको कार्यक्रममा नेकपाका चिन्तन पाठक, विजय साम्पाङ, नेपाली कांग्रेस झापाका सभापति…

Read More

गौरादह, २६ साउन । गौरादह नगरपालिका वडा नं. ७ ग्वालडुब्बामा कन्काई विकास बैंकको १५ औं शाखा उद्घाटन गरिएको छ । प्रदेश नं. १ का आन्तरिक मामिला तथा कानुनी मन्त्रि हिक्मत कार्कीले एक कार्यक्रमका बीच उद्घाटन गरेका हुन् । झापा, मोरङ र इलाममा सेवा प्रदान गर्दै आएको बैंकले ग्रामीण क्षेत्रमा समेत सेवा दिने उद्देश्यले शाखा खोलिएको र निकट भविष्यमा सुनसरीसहित अन्य जिल्लामा समेत सेवा विस्तार गर्ने बैंकका कार्यकारी प्रमुख प्रकाशमान बज्राचार्यले जानकारी दिए । गौरादह नगरपालिकाको गौरादह बजार र ग्वालडुब्बा बजारसहित एकै नगरपालिकामा दुई ठाउँबाट नागरिकलाई सेवा दिने बताउँदै बैंकले निक्षेप संकलन, ऋण प्रवाह, मोबाइल बंैकिङ, रेमिट्यान्स सेवाका साथै आधुनिक बंैकिङ…

Read More

बलिउड सुपरस्टार शाहरुख खानकी छोरी सुहाना हालै चर्चित म्यागजिन ‘भोग इन्डिया’को कभर गर्ल बनिन् । यसलगत्तै उनले फिल्ममा डेब्यू कहिले गर्छिन् भन्ने चर्चा परिचर्चा सुरु भएको छ । सुहानालाई आफ्नो फिल्मबाट कास्ट गराउन धेरै निर्माता(निर्देशक आतुर रहेको बताइन्छ । तर, सबैभन्दा बढि सम्भावना करण जौहरको मानिएको छ । उनी शाहरुखसँग अत्यधिक नजिक छन् । तर, शाहरुखले भने अरु विकल्प पनि हेरिरहेका छन् । उनको प्राथमिकता सुचीमा सञ्जय लिला भन्साली र सुभाष घई रहेको बताइन्छ । तर, यसो गर्दा करणले चित्त दुखाउने डर पनि उनलाई छ । यता, भोगको कभरमा छापिएपछि सुहानाले तीव्र विवादको सामना गर्नुपरेको छ । उक्त कभरमा अत्यधिक…

Read More

काठमाडौँ, २५ साउन । वानेश्वर क्षेत्रमा सञ्चालित होस्टल (छात्रावास) लाई मर्यादित र व्यवस्थित बनाउन सचेतनात्मक अभियान शुरु गरिएको छ । महानगरीय प्रहरी वृत बानेश्वरको अगुवाइ तथा स्थानीय जनप्रतिनिधि, होस्टल एशोसिएशनका प्रतिनिधि, सामुदायिक सेवा केन्द्र र टोल सुधार समितिको संयुक्त टोलीले सो अनुगमन गरिएको हो । बानेश्वर तथा आसपास क्षेत्रमा सञ्चालित होस्टलमा विकृति देखिएको, अमर्यादित गतिविधि, होहल्ला, झैझगडा, दुव्र्यसनी सेवन आदिको जनगुनासो र उजुरीका आधारमा होस्टलको विकृति नियन्त्रण गर्न अभियान चलाएको बानेश्वर प्रहरी वृत्तका प्रमुख प्रहरी नायब उपरीक्षक गोविन्दराज काफ्लेले राससलाई जानकारी दिनुभयो । ‘बानेश्वरको टोल–टोलमा प्रहरी अभियान’ अन्तर्गत होस्टलको संयुक्त अनुगमन गरिएको र त्यहाँ विकृतिजन्य क्रियाकलाप पाइएको उहाँले उल्लेख गर्नुभयो…

Read More

काठमाडौँ, २५ साउन । शंकरापुर नगरपालिका वडा नं ३ स्थित ३० रोपनी जग्गामा रोपिएको गाँजाका बिरुवा नष्ट गरिएको छ । नगरपालिकाको सक्रियतामा प्रहरी वृत्त बौद्धका प्रमुख श्यामकुमार राईको नेतृत्वमा गएको टोलीले गाँजाखेती नष्ट गरेको नगर प्रमुख सुवर्ण श्रेष्ठले आज जानकारी दिनुभयो । गाँजाका बिरुवा नष्ट गर्न विद्यार्थी, प्रहरीलगायत समाजका प्रबुद्ध व्यक्ति गरी ३०० भन्दा बढी व्यक्ति सहभागी थिए । नगरपालिकाको दुर्गम स्थानमा गाँजाखेती गरिएको उहाँले बताउनुभयो । नगरपालिकाको वडा नं १, २, ३, ४, ५ र ८ मा गाँजाखेती गरिएको थियो । दुव्र्यसनले धेरै व्यक्तिको जीवन बरबाद गरेकाले नागरिकको जीवन सुधार्न गाँजाखेती नष्ट गरिएको नगरपालिकाले जनाएको छ । अरु वडामा…

Read More

काठमाडौँ, २५ साउन । प्रधानमन्त्री केपी शर्मा ओलीले चालू आर्थिक वर्षमै देशको आर्थिक अवस्थामा सुधार आउने बताउनुभएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा आज प्रदेश नं ५ का सांसदसँगको छलफलमा उहाँले भन्नुभयो, “वर्तमान सरकारले विकास निर्माणका ठूला योजनाको प्रभावकारी कार्यान्वयनमा लागेकाले देशको आर्थिक अवस्थामा छिट्टै सुधार आउनेछ ।” प्रधानमन्त्री ओलीले अघिल्लो सरकारको पालामा देश गम्भीर आर्थिक सङ्कटमा पुगेको उल्लेख गर्दै नेपाल कम्युनिष्ट पार्टी ९नेकपा० नेतृत्वको वर्तमान सरकारलाई जनताले विश्वास गरेर सुविधाजनक बहुमत दिएको हुँदा आफूहरु देशमा आर्थिक–सामाजिक रुपान्तरण गरेरै देखाउने दृढता व्यक्त गर्नुभयो । छलफलमा सहभागी सांसद नन्दलाल रोकाया क्षेत्रीले प्रदेश नं ५ को विकास निर्माण, पछाडि परेका समुदायको…

Read More