
Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
झापा अनलाइन
झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।
लघुकथा, यकिना अगाध । इमानी जहाँजहाँ पुग्थ्यो उसको खुबै प्रसंसा हुन्थ्यो । पैसा जहाँजहाँ पुग्थ्यो घृणा–द्धन्द फैलन्थ्यो । पैसालाई आफ्नो रुप देखेर साह्रे वाक्कदिक्क लाग्यो । एकदिन इमानी कहाँ गएर विन्ति बिसायो– इमानदारीज्यू, आज एकदिनको लागि मलाई हजुरको बस्त्र चाहियो । आफूले लगाइरहेको बस्त्र इमानीले पैसाको एकै वचनमा खुरुक्क खोलेर दियो । पैसा इमानीको बस्त्र लाएर त्यहाँबाट निस्क्यो । मान, प्रतिष्ठा, इज्जत त्यही बाटो भएर हिडिरहेको थियो । उनीहरुले इमानीको लुगा लाएको पैसालाई इमानी हो भन्ने ठान्यो र भेट्नको लागि पछि लाग्यो । उनीहरु इमानीको पछि लागेको देखेर अरु दुनियाँ पनि पछि लाग्यो । त्यो दिनदेखि पैसाको खुबै शान बढ्यो…
बिर्तामोड, १२ असारः पूर्व–पश्चिम राजमार्गअन्तर्गत कमल गाउँपालिका– ४ मा आज भएको दुर्घटनामा एक जनाको मृत्यु भएको र अन्य दुईजना गम्भीर घाइते भएका छन् । जिल्ला ट्राफिक प्रहरी कार्यालयका अनुसार पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको ना४ख ७५०९ नंको बसले को९प ८१५६ नंको मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकल चालकको मृत्यु भएको हो । मृतकको पहिचान हुन सकेको छैन । सोही मोटरसाइकलमा पछाडि सवार कमल गाउँपालिका–४ निवासी १५ वर्षीय उमेश खड्का र अमर लिम्बू गम्भीर घाइते भएका छन् । उनीहरुलाई उपचारका लागि विराटनगरस्थित न्यूरो अस्पताल पठाइएको उक्त कार्यालयका प्रहरी निरीक्षक राजेश राईले बताउनुभयो । दुर्घटना गराउने बस प्रहरीको नियन्त्रणमा छ ।
अहिले फुटबलको चर्चा मौलाएको मौसम छ र जुनसुकै प्रसंगको उठान फुटबल खेलबाटै प्रारम्भ गर्नु आसान्दर्भिक नठहर्ला । अतः सानो हुँदा रबरको गोली खेलेको रमाइला समझनाहरुलाई अहिलेको नेपाली राजनीति–जगतका चलखेलहरुले झलझली लहर्याएर आँखा अघिल्तिर ल्याउने गर्छन् । आफै नियम बनाउने, त्यो नियमको अभ्यास आफूहरुलाई अप्ठ्यारो लाग्यो भने आँशिकरुपमा वा सम्पूर्ण बद्लेर अकोर् नियम बनाउने, खेलाडी बदलिनासाथ खेलका नियमहरु अदल–बदल भइरहने, खेल सम्वन्धी परम्परागत किंवा स्थापित सिद्धान्त जेसुकै भए पनि आभ्यासिक सिद्धान्तलाई आफ्नो अनुकूल तुल्याएर अभ्यासमा ल्याउने इत्यादि प्रजातन्त्रोत्तर नेपाली राजनीतिले अख्तियार गनेर् गरे जस्तै हुन्थे त्यसबेला हाम्रो फुटबल खेल खेल्ने तरिकाहरु । त्यसबेला वल्लो–पल्लो–माथिल्लो, खोलापारि र खोलावारि गाउँ–गाउँका बीच हुन्थ्यो हाम्रो फुटबल खेलको प्रतिस्पर्धा ।…
बिर्तामोड, १२ असारः बिर्तामोडका होटल तथा जलमा यौन क्रियाकलाप बढ्दै गएको छ । यौन गतिविधि बढेसँगै प्रहरीले दुई होटलबाट नौ जनालाई पक्राउ गरेको छ । होटल तथा लजहरुका सञ्चालकहरुले युवती तथा महिला राखेर यौनधन्दा चलाउने गरेको विशेष सूचनाको आधारमा प्रहरीले सोमबार बेलुका दुई वटा होटलमा छापा मारेको थियो। इलाका प्रहरी कार्यालय बिर्तामोडबाट खटिएको प्रहरी टोलीले बिर्तामोड १ स्थित युनिक होटल एण्ड लज र सोही ठाँउका भ्यू पोईन्ट होटल एण्ड लजमा छापा मारेको प्रहरी कार्यालय झापाका प्रहरी नायव उपरीक्षक जितेन्द्रकुमार बस्नेतले जानकारी दिए । प्रहरीले छ महिलासहित नौ जनालाई नियन्त्रणमा लिएको हो । प्रहरीले अनैतिक क्रियाकलापमा संलग्न भएको आरोपमा नियन्त्रणमा लिएका…
बलिउडमा अवार्ड कार्यक्रममा दर्शकको ध्यान कलाकारले के अवार्ड पाउँछन् भन्ने हुथ्यो । तर, अहिले अवार्डमा कुन कलाकारले कस्तो प्रस्तुति दिन्छन् भन्नेतिर दर्शकको ध्यान रहन्छ । बदलिएको अवार्ड कार्यक्रमसँगै यसमा प्रस्तुति दिने कलाकारको रकम पनि आकासिएको छ । ऋतिक बलिउडका बेस्ट डान्सर अभिनेतामध्येका एक हुन् । त्यसैले पनि उनी एक अवार्ड प्रस्ुततिको लागि ३.५ करोडसम्म लिने गर्दछन् । अभिनेत्री दीपिका करोडौ मानिसको दिलको ढुकढुकी हुन् । उनी लुक्स, सादार अभिनय र राम्रो नृत्यका कारण सबैको प्रिय छिन् । उनी ४ मिनेट स्टेज कार्यक्रमका लागि १।३३ करोड रुपैयाँ लिन्छिन् । अभिनेता रणबीर सिंह इनर्जेटिक परफमेन्सका कारण चर्चित छन् । उनको नृत्य स्टेजमा…
अभिनेत्री सुष्मा कार्की लामो समयपछि हट सिनसहित फिल्ममा देखिने भएकी छन् । विकिनी सिन दिएकी सुष्मा रोमियो एन्ड मुनामार्फत फिल्ममा देखिन लागेकी हुन् । फिल्मको एनिमेशन सिनसहितको ट्रेलर सार्वजनिक भएको छ । रोमियो एन्ड मुनाको गीत सार्वजनिक गर्ने क्रममा अभिनेता विनय दुई विकिनी लगाएका युवतीसँग सार्वजनिक हुँदा आलोचना समेत भएको थियो ।
झापा १२ असारः प्रदेश नं १ का मुख्यमन्त्री शेरधन राईले दुई छिमेकी राष्ट्रसँग व्यापार विस्तार गर्न प्रदेश सरकार लागि परेको बताउनुभएको छ । झापाको भद्रपुरमा सोमबार समाजसेवी स्व देवीप्रसाद उप्रेतीको २६ औँ स्मृतिसभालाई सम्बोधन गर्दै उहाँले प्रदेश नं १ को भारत र चीनसँग जोडिएको सीमा क्षेत्रमा थप व्यापारिक नाका विस्तारका लागि प्रदेश सकार लागेको जानकारी दिनुभयो । मुख्यमन्त्री शेरधन राईले भन्नुभयो, “आर्थिक समृद्धिका लागि नेपाली उत्पादन विदेश निर्यात गर्नु आवश्यक छ, त्यसका लागि मुख्य नाकासँगै अन्य नाका पनि स्थापना गर्नुपर्छ, प्रदेश सरकार अहिले त्यसको तयारीमा छ ।” पूर्वमा चिया, अदुवा, अलैँची, अम्लिसोलगायत कृषिजन्य वस्तु उत्पादनमा जोड दिनुपर्ने बताउँदै उहाँले भारत,…
दमक, १२ असार । यहाँस्थित आस्था कलेज देशभरका व्यवस्थापन कलेजहरुको टपटेनको उत्कृष्टतामा छनोट भएको छ । काठमाडौँमा रहेको न्यू विजनेश एज प्रालिले गरेको देशभरिका व्यवस्थापन कलेजको मूल्याङ्कनका आधारमा दमक–४ मा रहेको आस्था कलेजले त्यस्तो उत्कृष्टता प्राप्त गरेको हो । देशभरि व्यवस्थापन कलेजको संख्या एक हजार २७४ रहेको छ । उत्कृष्टतासँगै कलेजले विस्कुलस् रेटिङ–रेङ्किङ अवार्ड–२०१८ पाएको कलेजका प्रमुख टेकनाथ भण्डारीले बताउनुभयो । उहाँले शैक्षिक सुधारसहित अन्य विभिन्न आधारभूत मापदण्ड पूरा गरेका कारण कलेजले पछिल्लोपटक त्यस्तो सफलता प्राप्त गर्न सकेको बताउनुभयो । अंग्रेजी र नेपाली दुवै माध्यममा पढाइ हुने सो कलेजमा हाल बिबिएसतर्फ ३०० विद्यार्थी रहेका छन् । कलेजसँगै माध्यमिक विद्यालयतर्फ एकता…
झापा, १२ असारः झापाको शिवसताक्षीमा पैनीमा डुबेर एक बालकाको मृत्यु भएको छ । मृत्यु हुनेमा शिवसताक्षी–२ का डम्बरबहादुर विश्वकर्माका १० वर्षीय छोरा गणेश विश्वकर्मा रहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । प्रहरीका अनुसार बालकको सोमबार सोही नगरपालिकाको वडा नम्बर ७ मा रहेको पैनीमा साथीहरुसँग पौडी खेल्ने क्रममा डुबेर मृत्यु भएको छ । पौडी खेल्न क्रममा डुबेपछि उनलाई दमकस्थित लाइफलाइन अस्पताल लगिएको थियो । बालकको उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।
सन्तोष शर्मा हल्दिबारी (झापा) ११ असारः झापाका स्थानीय तह आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम निर्माणमा जुटेका छन् । जिल्लामा रहेका १५ वटा स्थानीय तहमध्ये केही गाउँ÷नगरपालिकाले आगामी नीति कार्यक्रम सार्वजनिक समेत गरिसकेका छन् भने केही गर्ने तयारीमा छन् । बिर्तामोड, दमक, भद्रपुर र मेचीनगर नगरपालिकाले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम सार्वजनिक गरिसकेका छन् । स्थानीय तहले कृषि, स्वास्थ्य, शिक्षा, पर्यटन, पूर्वाधार विकास लगायतका विषयमा जोड दिएका छन् । यसैबीच, हल्दिबारी गाउँपालिकाले आज यहाँ पत्रकार सम्मेलनको आयोजना गरी आगामी नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ । गाउँपालिकाले आफ्नो नीति तथा कार्यक्रममा पर्यटन प्रबद्र्धनलाई प्राथमिकतामा राखेको छ । ‘पूर्वको पर्यटकीय…