झापा अनलाइन

झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।

झापा, ६ चैत । हप्ताको अन्तिम कारोबार दिन सुनचाँदीको भाउ घटेको छ । सुनको भाउ आज एकैदिन ७ हजार ८०० ले घटेर तोलाको २ लाख ९४ हजार ५०० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । आज चाँदीको भाउ ११५ रुपैयाँले घटेर तोलाको ४ हजार ८९५ रुपैयाँमा कारोबार भइरहेको छ । हिजो चाँदीको भाउ तोलाको ५ हजार १० रुपैयाँ रहेको थियो ।

Read More

झापा, ४ चैत । आज सुनचाँदीको भाउ घटेको छ । सुन तोलामा २ हजार २ सय रुपैयाँले घटेको हो । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज सुनको भाउ घटेर तोलाको ३ लाख ७ हजार ७ सय रुपैयाँमा कारोबार भइरहेको छ । हिजो सुनको भाउ तोलाको ३ लाख ९ हजार ९ सय रुपैयाँ रहेको थियो । त्यस्तै चाँदी आज तोलामा १ सय ८५ रुपैयाँले घटेर ५ हजार १ सय ५० रुपैयाँमा कारोबार भइरहेको छ । हिजो चाँदी तोलाको ५ हजार ३ सय ३५ रुपैयाँ रहेको थियो ।

Read More

पेरिस, ४ चैत । मध्यपूर्वमा जारी युद्धले अब प्रत्यक्ष रूपमा विश्व अर्थतन्त्रमा असर पार्न थालेको छ, जसले ऊर्जा बजारदेखि वित्तीय नीतिसम्म दबाब सिर्जना गरेको छ । तेल आपूर्ति, मूल्य अस्थिरता र अन्तर्राष्ट्रिय व्यापार मार्गमा अवरोधका कारण विश्वभर आर्थिक अनिश्चितता बढ्दै गएको देखिएको छ । बुधवार तेल बजारमा उतारचढाव देखियो । इरानले तेल उत्पादक छिमेकी देशहरूलाई लक्षित गरी आक्रमण गरेपछि अघिल्लो दिन बढेको मूल्य घट्दै वेस्ट टेक्सास इन्टरमिडियेट करिब ९३ डलर आसपास झर्दा तीन प्रतिशतभन्दा बढी घट्यो भने ब्रेन्ट कच्चा तेल पनि दुई प्रतिशतभन्दा बढीले ओरालो लाग्यो । यद्यपि विश्लेषकहरूले होर्मुज जलडमरूमध्यमा थप तनाव बढे विश्व ऊर्जा लागत तीव्र रूपमा बढ्न…

Read More

धनकुटा, ४ चैत । धनकुटामा हावाहुरीले सरकारी कार्यालय, विद्यालय र निजी घर तथा सार्वजनिक संरचनामा क्षति गर्दा लाखौँ मूल्य बराबरको नोक्सानी भएको छ । प्रहरीका अनुसार सोमबार राति चलेको हावाहुरीले जिल्लाको विभिन्न ठाउँमा मानिसको घर गोठ तथा सार्वजनिक संरचनामा क्षति गर्दा उक्त नोक्सानी हुन पुगेको हो । धनकुटाका प्रहरी प्रवक्ता ज्ञानप्रसाद महतोका अनुसार वर्षासँगै आएको हावाहुरीले जिल्लाका विभिन्न ठाउँमा क्षति गरेको हो । सरकारी कार्यालयहरू आयुर्वेद केन्द्र, सरकारी वकिलको कार्यालय, निजामती र निजी घर गोठ लगायतका संरचनामा हावाहुरीले क्षति पुऱ्याउँदा २५ लाख ५ हजार रुपियाँ बराबरको नोक्सानी भएको प्रारम्भिक विवरण सङ्कलन गरिएको महतो जानकारी दिनुभयो । उहाँका अनुसार हावाहुरीले आयुर्वेद…

Read More

खोटाङ, ४ चैत । काठमाडौँबाट शव बोकेर आएको हेलिकप्टर खोटाङमा दुर्घटना भएको छ । एयर डाइनेस्टीको हेलिकप्टर केपिलासगढी गाउँपालिका–२ खार्ताम्छाको बालाबेसीमा चैत ४ गते दिउँसो दुर्घटना भएको हो । बारीमा अवतरण गर्ने क्रममा हेलिकप्टर दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय खोटाङले जनाएको छ । सुरुमा बारीको डिलमा अवतरण भएको हेलिकप्टर पुनः उठाएर बीचमा लैजान खोज्दा दुर्घटना भएको बताइएको छ । चालक सविन थापासहित ६ जना सवार हेलिकप्टर दुर्घटना हुँदा एक यात्रु काजीबहादुर राई घाइते हुनुभएको जिल्ला प्रहरी कार्यालय खोटाङका प्रमुख प्रहरी नायब उपरीक्षक (डीएसपी) प्रकाश बुढाथोकीले बताउनुभयो । घाइते राईलाई अर्को हेलिकप्टरमार्फत उपचारका लागि काठमाडौँ लैजाने तयारी भइरहेको उहाँको भनाइ छ…

Read More

झापा, ३ चैत । आफ्नो उत्कृष्ट नृत्यका कारण बलिउडमा छुट्टै पहिचान बनाएकी अभिनेत्री नोरा फतेही यतिबेला नयाँ विवादमा तानिएकी छिन्। उनको आगामी चलचित्र ‘केडी द डेविल’ को नयाँ गीत ‘सरके चुनर तेरी सरके’ सार्वजनिक भएलगत्तै यसको शब्दलाई लिएर सामाजिक सञ्जालमा चर्को आलोचना सुरु भएको छ । मार्च १५ मा रिलिज भएको यस गीतमा नोरासँगै सञ्जय दत्त पनि देखिएका छन्। यस गीतमा प्रयोग गरिएको शब्दप्रति बलिउडका चर्चित गायक अरमान मलिकले खुलेरै असन्तुष्टि जनाएका छन्। मलिकले सामाजिक सञ्जाल एक्समार्फत आफ्नो प्रतिक्रिया दिँदै व्यवसायिक गीत लेखनको स्तर यति धेरै गिरेको देख्दा दुख लागेको बताएका छन्। उनले सुरुमा गीत सुन्दा आफूले गलत सुनेको हो…

Read More

झापा, ३ चैत । झापाको भद्रपुर नगरपालिका वडा नं. ३ स्थित अरनिको माविको खेलमैदानमा सशस्त्र प्रहरीले एक दिने निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरेको छ । सशस्त्र प्रहरी बल नेपाल नं. १ बराह बाहिनी मुख्यालय पकली सुनसरीको २५ ‌औ बार्षिक उत्सव (रजत महोत्सव) को अवसरमा निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरिएको हो । स्वास्थय शिविरमा भद्रपुर–३ स्थित हात्तीमारा, नयाँ बस्ती, धिमालधुरा र भैसाबाडीका ३१५ जना स्थानीयबासीले सेवा लिएका छन् भने उनीहरुलाई औषधी ‍समेत निःशुल्क वितरण गरियो । बिएण्डसी अस्पताल बिर्तामोड, भद्रपुर नगरपालिका तथा सशस्त्र प्रहरी बल नेपाल फिल्ड अस्पताल पकली सुनसरीको सहकार्यमा सशस्त्र प्रहरी बल नेपाल नं. २ गण हेक्वा झापांद्वारा “सीमाबासीसँग…

Read More

विराटनगर, ३ चैत । कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरले इलाका प्रहरी कार्यालय दमक, झापामा कार्यरत प्रहरी नायव उपरीक्षक किशोर लम्साललाई फागुन महिनाको “सर्वोत्कृष्ट प्रहरी” (BEST POLICE OF THE MONTH) घोषित गरेको छ। प्रहरी नायव उपरीक्षक लम्सालले विभागीय आदेश–निर्देशनको पालना गर्दै उच्च मनोबल र साहसका साथ आफ्नो पदीय कर्तव्य निर्वाह गरेका थिए। विशेषतः फागुन २१ गते सम्पन्न प्रतिनिधि सभा सदस्य निर्वाचनमा झापा निर्वाचन क्षेत्र नं।–५ जस्तो अतिसंवेदनशील क्षेत्रमा शान्ति सुरक्षा कायम राखी कुनै घटना नघटाई निर्वाचन सम्पन्न गराउन सफल भएको उल्लेख गरिएको छ। त्यसैगरी, Gen-Z आन्दोलनका क्रममा लुटिएका हतियार फिर्ता गर्ने, हिरासतबाट फरार भएका प्रतिवादीलाई पक्राउ गर्ने, ३५ मुद्दामध्ये १० वटा…

Read More

भद्रपुर, ३ चैत । झापाको भद्रपुर नगरपालिका–९ पोकापाडा चोकस्थित चारआली–चन्द्रगढी सडकखण्डमा दुई मोटरसाइकल एकआपसमा ठोक्किँदा २ जना घाइते भएका छन् । आज दिउँसो करिब १३ः१५ बजे चारआलीतर्फबाट चन्द्रगढीतर्फ आउँदै गरेको म.प्र.१–०३–०४२ प ९४७५ नम्बरको मोटरसाइकल र विपरीत दिशाबाट जाँदै गरेको प्र.१–०१–०१२ प ७१६७ नम्बरको मोटरसाइकल ठोक्किँदा दुर्घटना भएको प्रहरीले जनाएको छ। दुर्घटनामा ९४७५ नम्बरको मोटरसाइकल चालक २९ वर्षीय विशाल राजवंशीको बायाँ हात, खुट्टा र गालामा चोट लागेको छ। त्यस्तै ७१६७ नम्बरको मोटरसाइकल चालक २६ वर्षीय अभिषेक रामको दाहिने हात र खुट्टामा चोट लागेको छ। दुवै घाइतेको ओमसाई पाथिभरा अस्पताल भद्रपुरमा उपचार भइरहेको छ। दुर्घटनामा संलग्न दुवै मोटरसाइकललाई जिल्ला प्रहरी कार्यालय…

Read More

झापा, ३ चैत । झापाको मेचिनगर नगरपालिका–१० दुर्गा धर्मकाँटा नजिकै पूर्व–पश्चिम राजमार्गमा बस र सिटी सफारी ठोक्किँदा दुर्घटना भएको छ। आज दिउँसो करिब २ः०० बजे चारआलीतर्फबाट धुलाबारीतर्फ आउँदै गरेको प्र.१–०१–००१ ख.४६५३ नम्बरको बसले विपरीत दिशाबाट जाँदै गरेको प्र.१–०१–००२ ह.५५८ नम्बरको सिटी सफारीलाई ठक्कर दिएको प्रहरीले जनाएको छ। दुर्घटनामा सिटी सफारी चालक १८ वर्षीय अभिषेक मण्डल सकुशल रहेका छन् भने सोही सवारीमा सवार ३८ वर्षीया अनिता मण्डल घाइते भएकी छन्। उनको रोशल मेडिकल हल धुलाबारीमा उपचार भइरहेको छ। हातखुट्टामा चोट लागे पनि अवस्था सामान्य रहेको बताइएको छ। बस, सिटी सफारी तथा बस चालकलाई इलाका प्रहरी कार्यालय धुलाबारी, झापाले नियन्त्रणमा लिएको छ।

Read More