
झापा, ३ चैत । झापाको भद्रपुर नगरपालिका वडा नं. ३ स्थित अरनिको माविको खेलमैदानमा सशस्त्र प्रहरीले एक दिने निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरेको छ ।
सशस्त्र प्रहरी बल नेपाल नं. १ बराह बाहिनी मुख्यालय पकली सुनसरीको २५ औ बार्षिक उत्सव (रजत महोत्सव) को अवसरमा निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरिएको हो । स्वास्थय शिविरमा भद्रपुर–३ स्थित हात्तीमारा, नयाँ बस्ती, धिमालधुरा र भैसाबाडीका ३१५ जना स्थानीयबासीले सेवा लिएका छन् भने उनीहरुलाई औषधी समेत निःशुल्क वितरण गरियो ।
बिएण्डसी अस्पताल बिर्तामोड, भद्रपुर नगरपालिका तथा सशस्त्र प्रहरी बल नेपाल फिल्ड अस्पताल पकली सुनसरीको सहकार्यमा सशस्त्र प्रहरी बल नेपाल नं. २ गण हेक्वा झापांद्वारा “सीमाबासीसँग सशस्त्र प्रहरी कार्यक्रम” स्वास्थ्य शिविर सञ्चालन गरिएको हो ।
भद्रपुर नगरपालिकाका नगर प्रमुख गणेश पोखरेलको प्रमुख आतिथ्यमा सञ्चालन भएको उक्त कार्यक्रममा बिएण्डसी अस्पताल बिर्तामोडबाट बाल रोग, नाक कान घाँटी, स्त्री रोग, हाडजोर्नी, आन्तरिक चिकित्सा अन्तर्गतका बिशेषज्ञ चिकित्सकहरु र सशस्त्र प्रहरी बल नेपाल फिल्ड अस्पताल पकलीबाट आएका भएका चिकित्सकहरुको टोलीले सेवा दिएका थिए ।
कार्यक्रममा सशस्त्र प्रहरी बल, नेपाल नं २ गण हेक्वा झापाका गणपति सशस्त्र प्रहरी उपरीक्षक अम्बिकाप्रसाद जोशीले सीमाको पहिलो पहरेदारका रुपमा निरन्तर डटिरहनुहुने सीमाबासी नागरिकको अतुलनीय योगदानको उच्च कदर गर्दै सशस्त्र प्रहरी बल नेपालले सीमाबासीसँग सशस्त्र प्रहरी कार्यक्रम अन्तर्गत सीमाबासी जनताहरुको स्वस्थ्यलाई प्रत्यक्ष लाभ पुर्याउने उद्देश्यले स्वास्थ्य शिविर कार्यक्रम सञ्चालन गर्दै आइरहेको बताउनुभयो ।
झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।


