
Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
झापा अनलाइन
झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।
चितवन, १७ साउन । बीपी कोइराला मेमोरियल क्यान्सर अस्पतालमा उपचाररत बिरामीको किमो (क्यान्सर कोषहरुलाई नष्ट गर्न प्रयोग गरिने औषधि) को मात्रा बढी दिएर मृत्यु भएपछि दुईजना नर्सलाई निलम्बन गरिएको छ । दुई जना नर्सलाई निलम्बन गरिएको छ भने दुई चिकित्सकसहित २३ जनासँग स्पष्टिकरण माग गरी सचेत गराइएको हो । अस्पतालमा उपचारका लागि आएका बिरामीलाई दिनुपर्ने भन्दा दश गुणा बढी किमोको मात्रा दिएपछि मृत्यु भएको थियो । बिरामीलाई तीन दशमलव चार मिलिग्राम किमो दिनुपर्नेमा ३४ मिलिग्राम दिएपछि बिरामीको मृत्यु भएको देखिएको अस्पतालका सूचना अधिकारी गृहीनारायण महतोले बताए । अस्पतालले दिएको जानकारी अनुसार लमजुङको दोर्दीका ५० वर्षीय भक्तराज गुरुङको खुट्टामा छालाको क्यान्सर…
झापा, १७ साउन । झापा गाँउपालिका वडा नम्बर –४ टाघनडुब्बाबाट लागूऔषधसहित एक जना भारतीय नागरिकलाई बुधवार साँझ प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय कुमरखोदबाट खटिएको प्रहरी टोलीले भारतबाट नेपालतर्फ साईकलमा आउँदै गरेका भारतको किसनगञ्ज जिल्ला सतकुवा दिंगलबैक पञ्चायत वडा नम्बर १ का ३६ बर्षिय सोमाई किस्कुलाईलाई प्रहरीले पक्राउ गरेको हो । साइकलमा आउँदै गरेका उनलाई रोकेर चेकजाँच गर्दा लुकाई छिपाई ल्याउँदैं गरेको प्रतिबन्धित लागू औषध ब्राउन सुगर प्लाष्टिक बाहेक १६ ग्राम ८३० मिलिग्राम फेला परेको थियो । उनको साथबाट ब्राउन सुगर फेला परेपछि नियन्त्रणमा लिई जिल्ला प्रहरी कार्यालय झापामा ल्याएर थप अनुसन्धान कार्य भइरहेको जिल्ला प्रहरी कार्यालय झापाले…
कनकाई, १७ साउन । झापाको कनकाई नगरपालिका-७ दुर्गापुरमा प्रभु बैंकको शाखा सञ्चालनमा आएको छ। आजदेखि बैंकको ३१४ औं शाखाको सञ्चालनमा आएको हो । शाखाको बैंक सञ्चालक समिति अध्यक्ष लीलाप्रकाश सिटौलाले लगायतले उद्घाटन गर्नुभएको छ। कार्यक्रममा विशेष अतिथि कनकाई नगरपालिका नगर उपप्रमुख आशा शर्मा शिवाकोटी, कनकाई-७ का वडाध्यक्ष भिष्मभूषण सिटौला, कनकाई-८ का वडाध्यक्ष लीलाबहादुर कटुवाल, कोटीहवन धार्मिक विकास संस्थाका अध्यक्ष शेरबहादुर थापा, नवयुग शिक्षा निकेतनका राजन कार्की, पूर्व शिक्षक अनिरुद्र ओली, महिला उद्यमी सरला पोखरेल, भृकुटी माविका पूर्व अध्यक्ष बालकृष्ण सिटौला, ले सफलताको शुभकामना व्यक्त गर्नुभएको थियो । वक्ताहरूले दुर्गापुर शाखाले यहाँको जनजिविका उकास्नु मद्दत मिल्ने विश्वास व्यक्त गर्नुभयो । ग्राहकले…
झापा, १७ साउन । देशभर दुई हजारभन्दा बढीमा डेङ्गु रोगको सङ्क्रमण देखिएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका किटजन्य रोग शाखाका प्रमुख डा गोकर्णप्रसाद दाहालले ७३ जिल्लाका दुई हजार ६१ जनामा सङ्क्रमण देखिएको जानकारी दिनुभयो । मन्त्रालयले यसवर्ष सरदरभन्दा बढी वर्षा हुने आँकलन गरिएको हुँदा मनसुनसँगै लामखुट्टेको प्रजननका लागि अनुकूल अवस्था बन्न सक्ने र डेङ्गु रोगको सङ्क्रमण थप बढ्न सक्ने अनुमान गरेको उहाँले बताउनुभयो । मुस्ताङ, डोल्पा, जुम्ला र हुम्लाबाहेक सबै जिल्लामा डेङ्गुको सङ्क्रमण फैलिएको जनाइएको छ । सबैभन्दा बढी काठमाडौँमा दुई सय ४९ जनामा डेङ्गु देखिएको छ । यस्तै झापामा एक सय ३० र…
झापा, १७ साउन । झापामा एक हजार एक सय १० नयाँ साना तथा घरेलु उद्योग दर्ता भएका छन् । आर्थिक वर्ष २०८०–८१ मा घरेलु तथा साना उद्योग कार्यालयमा उद्योगतर्फ छ सय २९ र वाणिज्यतर्फ चार सय ८१ फर्म दर्ता भएका हुन् । उक्त कार्यालयका निमित्त प्रमुख प्रेमप्रसाद सापकोटाका अनुुसार दुई सय ८८ उद्योग खारेज हुँदा एक हजार सात सय आठ उद्योगले नवीकरण गरेका छन् । गत आवमा दुई सय ४३ उद्योगले पुँजी वृद्धि गर्दा झापाका घरेलु तथा साना उद्योगको पुँजी रु तीन अर्ब २८ करोडले बढेको थियो । वाणिज्यतर्फ दुई सय ७८ फर्मले पुँजी वृद्धि गर्दा रु पाँच अर्ब एक…
झापा, १७ साउन । झापाको बिर्तामोड नगरपालिकाबाट लागुऔषधसहित तीन युवालाई प्रहरीले नियन्त्रणमा लिएको छ । बुधबार दिउँसो बिर्तामोड नगरपालिका वडा–१ बिर्तासिटी अस्पताल परिसर भित्र संकास्पद अवस्थामा हिँड्डुल गरिरहेको तीन जनालाई चेकजाँच गर्दा लागुऔषधजस्तो देखिने वस्तुहरु फेला परेको हो । इलाका प्रहरी कार्यालय अनारमनीबाट खटिएको प्रहरी टोलीले बिर्तामोड–६ का २४ वर्षीय अनिष चौधरी, २५ वर्षीय सुरज राई र २३ वर्षीय धिरज राईको शरीर खानतलासी लिदा धिरज राईको साथबाट प्रयोग नभएको सिरिन्ज १ थान, प्रयोग भएको सिरिन्ज ३ थान, लेबल बिनाको एम्पुल १ थान, सुरज राईको साथबाट प्रतिबन्धित लागुऔषध खैरो हेरोइन प्लास्टिकसहित १ ग्राम ९३० मिलि ग्राम र प्लास्टिक बाहेक ६२० मिलि…
झापा, १७ साउन । नेपाल आयल निगमले पेट्रोल र डिजेलको मूल्य घटाएको छ। इन्डियन आयल कर्पोरेसनबाट बुधबार मूल्य घटेर आएपछि नेपाल आयल निगमले बिहीबारदेखि लागू हुने गरी मूल्य समायोजन गरेको हो। निगमका अनुसार, पेट्रोलमा प्रतिलिटर १ रुपैयाँ तथा डिजेल र मट्टितेलमा २ रुपैयाँले मूल्य घटेको छ। मूल्य समायोजनपछि काठमाडौंमा पेट्रोलको भाउ प्रतिलिटर १७० रुपैयाँ कायम भएको छ भने डिजेल र मट्टितेलको प्रतिलिटर १५८ रुपैयाँ भएको छ। हवाई इन्धन र एलपी ग्यासको मूल्य बढेर आए पनि हाललाई यथावत् राखिएको निगमले जनाएको छ।
झापा, १७ साउन । जल तथा मौसम पूर्वानुमान महाशाखाले आगामी तीन दिनसम्म विशेष गरी रातको समयमा मुलुकका विभिन्न स्थानमा वर्षा हुने सम्भावना रहेको जानकारी दिएको छ । तर केही दिनयता भएको भारी वर्षाले बाढी तथा डुबानजस्ता समस्या ल्याए पनि आजदेखि सुधारात्मक बन्दै जाने महाशाखाको भनाइ छ । महाशाखाका मौसमविद् रोजन लामिछानेले आजदेखि नै शुक्रबार रातिसम्म नै रातको समयमा वर्षा हुने र मौसम सुधारात्मक बन्दै जाने बताए । “तीन दिन यताको अवस्था हेर्ने हो भने रातको समयमा धेरै पानी परेको थियो, डुबान र बाढीसमेत गयो, आगामी तीन दिन पनि पानी पर्छ । तर सुधारात्मक बन्दै जानेछ”, उनले भने, “देशभर मनसुनी वायुको…
सन्तोष शर्माझापा, १६ साउन । तीन वटा पहिचानवादी पार्टीबीच एकता भएको छ । राष्ट्रिय जनमुक्ति पार्टी, संघीय लिम्बुवान पार्टी नेपाल र लिम्बुवान राष्ट्रिय समिति (लोसपा) बीच एकता भएको हो । तीन वटा पार्टी एकीकरण भई ‘नेपाल जनमुक्ति पार्टी’ (नेजपा) गठन भएको छ । झापाको बिर्तामोडमा आज पत्रकार सम्मेलन गरी पार्टी एकीकरणबारे जानकारी दिइएको छ । नेपाल जनमुक्ति पार्टीका अध्यक्ष केपी पालुङ्वाले विचार र मुद्दा मिल्ने तीन वटा पार्टी बीच एकीकरण भएको बताउनुभयो । “पहिचानको मुद्दालाई स्थापित गर्न हामी एकीकृत भएका छौं”, उहाँले भन्नुभयो, “हालसम्म प्राप्त भएका उपलब्धिको रक्षा गर्दै संविधान संशोधनसहित पुनःलेखन गर्न जरुरी छ, त्यसका लागि हामी संघर्ष गर्छौं…
बिर्तामोड, १६ साउन । झापाको बिर्तामोडस्थित प्रभु बैंकको शाखामा मुद्दतिमा राखिएको एक करोड बढी रकम अवधि पूरा भएपछि झिक्न जाँदा नरहेको पाइएको छ । उक्त बैंकमा झापा बिर्तामोड–७ की मञ्जु नेपालको नाममा रहेको खातामा ०१२०२२७२६०७०००४२ नम्बरको खातामा छ महिनाका गत जनवरी १६, २०२४ मा लागि एक करोड १० लाख ४३ हजार रुपैयाँ बैंकमा राखेको जनाइएको छ । उक्त रकमको अवधि समाप्त भएपछि लिन जाँदा खातामा जम्मा २ लाख रुपैयाँ मात्र भएको बैंकका कर्मचारीले बताएको मञ्जुका श्रीमान् टिकाराम नेपाल (नेति)ले बताए । उनले भने, ‘बैंकमा जम्मा गरेको सबै कागजात छ, तर पैसा खातामा देखिएन ।’ बैंकका कर्मचारी प्रमोद सिटौलाले आफूलाई पैसा…