
Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
झापा अनलाइन
झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।
कचनकवल, २४ साउन । नेपाल महिला संघ कचनकवलले आफ्नो ७८औं स्थापना दिवस मनाएको छ। आज एक विशेष कार्यक्रमका गरी स्व.मंगलादेवी सिंहले महिला हिंसा र दमनको विरुद्ध पुर्याउनु भएको योगदानको स्मरण गर्दै उनको योगदानको प्रशंसा गरिएको थियो । कार्यक्रमको सुरुवात मंगला देवी सिंहको तस्बिरमा माल्यार्पण गर्दै गरिएको थियो। यस अवसरमा संघकी प्रमुख कोपिला खनालले महिला सशक्तीकरणका प्रयासहरूको महत्त्वबारे चर्चा गर्नुभयो। कार्यक्रमका प्रमुख अतिथि नेपाली कांग्रेस जिल्ला सहसचिव कालेन्द्र राजवंशीले कचनकवलमा हरेक क्षेत्रमा महिलाहरूले देखाएको अग्रसरताको प्रशंसा गर्दै, महिलाहरूको साथ र समर्थनमा सदैव रहेको प्रतिबद्धता व्यक्त गर्नुभयो। कार्यक्रमको सभापतित्व नेपाल महिला संघ कचनकवलकी सभापति सेलेतुन खातुनले गर्नुभयो। उहाँले महिलाहरूले भोग्दै आएका समस्याहरूको…
विराटनगर, २४ साउन । मोरङको बिराटनगर–१५ स्थितबाट ब्राउनसुगरसहित २ जनालाई प्रहरीले पक्राउ गरेको छ । हिजो दिउँसो लागुऔषध नियन्त्रण ब्युरो विराटनगरबाट खटिएको प्रहरी टोलीले चेकजाँचको भारत जोगबनीबाट नेपालतर्फ आउँदै गरेका सुनसरी इटहरीका ३१ वर्षीय नबिन श्रेष्ठ र चितवन नारायणघाट भरतपुरका २९ वर्षीय सुरज कुमाललाई ३ ग्राम ४ मिलिग्राम ब्राउनसुगर सहित पक्राउ गरेको हो । लागुऔषधसहित पक्राउ परेका उनीहरुको इलाका प्रहरी कार्यालय रानीबाट थप अनुसन्धान भइरहेको छ ।
झापा, २४ साउन । धनकुटाको साँगुरीगढी गाउँपालिका–६ स्थितबाट लागुऔषध गाँजा बोकेको ट्रक प्रहरीले नियन्त्रणमा लिएको छ । हिजो दिउँसो इलाका प्रहरी कार्यालय भेडेटारबाट खटिएको प्रहरी टोलीले चेकजाँचको क्रममा धनकुटाबाट धरानतर्फ आउँदै गरेको को १ ख ३८०८ नम्बरको मिनी ट्रकबाट १ सय ३५ किलोग्राम गाँजा बरामद गरेको हो । गाँजा बरामद भएसँगै ट्रक चालक शहिदभुमी गाँउपालिका–५ का २८ वर्षीय भुमिराज राई समेतलाई प्रहरीले नियन्त्रणमा लिएको छ । गाँजा बोकेको ट्रकसहित पक्राउ परेका चालकको जिल्ला प्रहरी कार्यालय धनकुटाबाट थप अनुन्धान भइरहेको छ ।
अर्जुनधारा, २४ साउन । झापाको अर्जुनधारा नगरपालिकामा नदीजन्य पदार्थको उत्खनन्का लागि सार्वजनिक सुनुवाई गरिएको छ । अर्जुनधारा–३ स्थित वडा कार्यालयमा आज आर्थिक वर्ष २०८१÷०८२ का लागि बिरिङ, टाङटिङ र सोमा मिसिने खोलाहरुबाट नदीजन्य सामग्री व्यवस्थापन सम्बन्धी सार्वजनिक सुनुवाई गरिएको हो । कार्यक्रममा टाङटिङ खोलको छ स्थान र सुखानी खोलाको दुई स्थान गरी आठ स्थानबाट करिब एक लाख ३० हजार ९५० घनमिटर नदीजन्य पदार्थ उत्खनन् गर्न सकिने परामर्श दाता कम्पनी भोलानाथ इन्जिनियरिङ डिजाइनर्स कन्सल्टेन्सी बिर्तामोडले जनाएको छ । टाङटिङ खोलाको छ स्थानबाट एक लाख ११ हजार २०० घनमिटर खोलाजन्य पदार्थ निकाल्न सकिने परामर्शदाता भोलानाथले जनाइएको छ । जसको न्यूनतम् मूल्य दुई…
कनकाई, २४ साउन । झापाको कनकाई नगरपालिकास्थित ड्राइभिङ सेन्टर सुरुङ्गा एण्ड दोमुखाले निःशुल्क ड्राइभिङ तालिम दिने भएको छ । ड्राइभिङ सेन्टरले आज सुरुङ्गास्थित कार्यालयमा पत्रकार भेटघाट गरी कनकाई नगर क्षेत्रका गरीब, अशक्त, आदिवासी तथा जनजातिहरुको सीप विकास गरी अब्बल र दक्ष बनाउने उद्देश्यले निःशुल्क ड्राइभिङ तालिम दिन लागेको हो । योसँगै सेन्टरले तीन बुँदे घोषणा गरेको छ । ‘मुलुकमै युवालाई स्वरोजगार बनाउने उद्देश्यले निःशुल्क तालिमको शुरुवात गरेका हौं’, ड्राइभिङ सेन्टरका सञ्चालक सूर्यप्रसाद चौलागाईंले भन्नुभयो, ‘तालिम लिएर स्वदेशमै रोजगार बन्ने सोच भए पनि आर्थिक अभावले तालिम लिन नसकेका वर्गलाई लक्षित गरेका छौं ।’ वार्षिक रुपमा तीन लाख रुपैयाँ बराबरको तालिम दिइने…
कचनकवल, २४ साउन । तीस औँ विश्व आदिवासी दिवसका अवसरमा झापाको कचनकवल गाउँपालिकाले सार्वजनिक बिदा दिने निर्णय गरेको छ । गाउँपालिकाले यही साउन २४ गते बसेको कार्यपालिका बैठकले २५ गते ९भोलि० आदिवासी दिवसका अवसरमा सार्वजनिक बिदा दिने निर्णय गरेको हो । सार्वजनिक बिदाका अवसरमा गाउँपालिका अन्तर्गतका सम्पूर्ण कार्यालय, वडा कार्यालय, स्वास्थ्य संस्था अत्यावश्यक सेवाबाहेक बन्द रहने पालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत केशव मैनालीले जानकारी दिए ।
अर्जुनधारा, २४ साउन । झापाको अर्जुनधारा नगरपालिकामा आज वृक्षारोपण गरिएको छ । विश्व भू–संरक्षण दिवसको अवसरमा आज अर्जुनधारा–१ स्थित हचुमासा सामुदायिक वन क्षेत्रमा वृक्षारोपण गरिएको हो । वन परिसरभित्र प्रतिनिधिसभा उपसभामुख इन्दिरा राना, रौतहट–४ का सांसद देवप्रसाद तिम्सिना, अर्जुनधारा नगरपालिकाका नगरप्रमुख बलदेवसिंह गोम्देन, नेपाली सेनाका सहायक रथी युवधिरमानसिंह अधिकारी, अरिदमन गण चारआलीका गणपति प्राजु बस्नेत, हचुमासा सामुदायिक वन उपभोक्ता समूहका अध्यक्ष चन्द्रपसाद प्रसाईं लगायतले वृक्षारोपण गर्नुभएको छ । अर्जुनधाराको ‘पशुपंक्षी बास–बगैंचा कार्यक्रम’ अन्तरगत नेपाली सेनाको अरिदमन गणले उपलब्ध गराएको अमला, तित्री, हर्रो, बर्रो र जामुनको बिरुवा रोपिएको छ । अर्जुनधारा नगरपालिकाका नगरप्रमुख बलदेव गोम्देनलले सामुदायिक वनबाट निस्किने जंगली जनावर तथा…
झापा, २४ साउन । देशका केही भू–भागमा बिहानैदेखि वर्षा भइरहेको छ । कोसी र वाग्मती प्रदेशका थोरै स्थान तथा गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका एकदुई स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ । जल तथा मौसम विज्ञान विभागका अनुसार कोसी, मधेस र वाग्मती प्रदेशमा साधारणतयादेखि पूर्णतया बदली छ । बाँकी प्रदेशमा आंशिकदेखि साधारणतया बदली छ । विभागले दिउँसो देशभर आंशिकदेखि साधारणतया बदली रहने बताएको छ । कोसी, वाग्मती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । मधेस प्रदेशका थोरै स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । वाग्मती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम…
झापा, २४ साउन । लागुऔषध नियन्त्रण ब्युरोको टोलीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट छ किलो कोकिनसहित एक जना विदेशी नागरिकलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा लात्भिया देश घर भएका ५१ वर्षीय इभार्स भाल्टर्स रहेका लागुऔषध नियन्त्रण ब्युरोका प्रमुख एवं प्रहरी वरिष्ठ उपरीक्षक दिनेश आचार्यले जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “दोहाबाट कतार एयरवेजमार्फत काठमाडौँ आएका भाल्टर्सलाई हाम्रो टोलीले आज छ किलो कोकिनसहित पक्राउ गरेको हो, उक्त विषयमा अहिले थप अनुसन्धान कार्य भइरहेको छ ।”
आज २४ साउन २०८१, बिहीबार (८ अगस्ट २०२४) मेष : आफन्तले आश्वासन र सहयोग गर्नेछन्। प्रतिस्पर्धात्मक कार्यमा आफ्नो जित हुनेछ। राजनीतिक र सामाजिक कार्यमा सफलता मिल्नेछ। प्रतिष्ठित काम गर्ने मौका छ। आफन्त र साथीभाइबाट सहयोग तथा हौसला प्राप्त हुनेछ। वृष : मानसिक चिन्ता बढे पनि कार्यक्षेत्रमा प्रगति हुनेछ। नयाँ ज्ञान सिक्ने मौका मिल्नेछ। मनमा ठूलो उत्साह र उमङ्गको सिर्जना हुनेछ। व्यवसायको सन्दर्भमा आदर्श व्यक्तित्वसँग सहकार्य हुनेछ। मिथुन : मनमा निराशा र शरीरमा आलस्य आउला। चित्त दुख्ने समाचार सुन्नु पर्नेछ। मनमा चञ्चलता बढ्नेछ। अधिकार प्राप्तिका लागि संघर्ष गर्नु पर्ला। फलदायी यात्रा नहोला। साँझको समाचारले भने सन्तुष्टि मिल्नेछ। कर्कट : उपहार पाइने…