झापा अनलाइन

झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।

झापा, ७ साउन । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। मनसुनको न्यून चापीय रेखा सरदर स्थानको दक्षिणतर्फ रहेको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार सोमबार देशभर आंशिक देखि साधारणतया बदली रहने छ । कोशी, बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका केही स्थानहरूमा तथा बाँकी प्रदेशका थोरै स्थानहरूमा मेघ गर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । कोशी, बागमती, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका एक-दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ। यी क्षेत्रमा हुन सक्ने गेग्रान बहाव, बाढी, पहिरो तथा भू–क्षय जस्ता प्रकोपको जोखिम वा क्षतिबाट बच्न तथा यसबाट ती क्षेत्रहरूमा दैनिक जनजीवन लगायत कृषि, स्वास्थ्य, पर्यटन, पर्वतारोहण, सडक तथा…

Read More

झापा, ७ साउन । नेपाल कम्युनिष्ट पार्टीका संस्थापक महासचिव पुष्पलालको ४६औँ स्मृति दिवस आज विभिन्न कार्यक्रम गरी मनाइँदै छ । विभिन्न समूहमा छरिएका कम्युनिष्ट पार्टीहरूले आज विभिन्न कार्यक्रम आयोजना गरी उहाँको योगदानको सम्झना गर्दैछन् । नेपाल कम्युनिष्ट पार्टीका संस्थापक महासचिव पुष्पलालको जन्म विसं १९८१ असार १५ मा रामेछापको भँगेरीमा भएको थियो भने विसं २०३५ साउन ७ गते भारतको अस्पतालमा उपचारका क्रममा उहाँको निधन भएको थियो । जनताका पक्षमा अधिकार स्थापित गर्ने लक्ष्यका साथ २००६ मा नेकपाको स्थापना कोलकाताको श्याम बजारमा पुष्पलाल, नरबहादुर कर्माचार्य, नीरञ्जनगोविन्द वैद्य, नारायणविलास जोशी, मोतीदेवी श्रेष्ठको सक्रियतामा भएको थियो । विसं २०२५ मा पञ्चायती निरंकुशताको अन्त्यका लागि…

Read More

भद्रपुर, ७ असार । पूर्वीनाका काँकडभिट्टाबाट भारत, बङ्गलादेशलगायत देशसँग हुने व्यापारघाटा रु २० अर्ब ३५ करोड ३० लाख ४० हजार पुगेको छ । मेची भन्सार कार्यालयको तथ्याङ्कानुसार गत आर्थिक वर्ष २०८०र८१ मा रु ४४ अर्ब ७५ करोड ६६ लाख ९४ हजार बराबरको आयात हुँदा रु २४ अर्ब ४० करोड ३६ लाख ५४ हजार बराबरको मालवस्तु निर्यात भएको हो । मेची भन्सार कार्यालयका सूचना अधिकारी गणपति कँडेलका अनुसार पछिल्लो दुई वर्षमा आयात तीन दशमलव ४८ प्रतिशतलले कम हुँदा निर्यात भने १० दशमलव ७१ प्रतिशतले बढेको छ । उहाँका अनुसार आव २०७९/८० मा रु ४६ अर्ब ३७ करोड १३ लाख ३४ हजार…

Read More

झापा, ७ साउन । आज साउनको महिनाको पहिलो सोमबार झापाका शिवालयहरुमा भक्तजनहरुको भीड लागेको छ । आज झापाको अर्जुनधाराको जलेश्वर धाम, माईधाम लगायतका शिवालयहरुमा बिहानैदेखि पूजापाठ एवम् जल चढाउने भक्तजनहरुको भीड लागेको हो । कनकाईको माई धाममा आजदेखि कनकाई आरती समेत गरिँदैछ । साउन महिना र सोमबारको दिनलाइ भगवान् शिवको विशेष महिना र बार मानिन्छ । त्यसैले साउनको पहिलो सोमबारका दिन आज पशुपतिनाथ लगायतका शिव मन्दिरहरुमा भक्तजनको भीड लागेको हो । शिवजीको पूजा आराधना एवम् दर्शन गर्नाले मनोकामना पूरा हुन्छ भन्ने धार्मिक विश्वासमा भक्तजनको भीड लागेको हो । साउन महिनाको सोमबार व्रत बसेर शिवको पुजा आराधना मनको इच्छा पूरा भई…

Read More

झापा, ६ साउन । प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभाबाट दुई तिहाइ विश्वासको मत प्राप्त गर्नुभएको छ । प्रतिनिधिसभामा आज भएको विश्वासको प्रस्तावको मतदानमा उहाँको पक्षमा १८८ मत, विपक्षमा ७४ मत र मत दिन्न भन्नेमा एक परेको छ । बैठकमा कूल २६३ सांसद उपस्थित हुनुहुन्थ्यो । राष्ट्रपति रामचन्द्र पौडेलले नेकपा एमालेका अध्यक्ष ओलीलाई यही असार ३० गते प्रधानमन्त्रीमा नियुक्त गर्नुभएको थियो । प्रधानमन्त्री ओलीलाई नेपाली कांग्रेस, नेकपा एमाले, जनता समाजवादी पार्टी नेपाल, लोकतान्त्रिक समाजवादी पार्टी, नागरिक उन्मुक्ति पार्टी, जनमत पार्टीका सांसदले विश्वासको मत दिएका छन् । त्यस्तै माओवादी केन्द्र, राष्ट्रिय स्वतन्त्र पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी र नेकपा एकीकृत समाजवादी पार्टीले विपक्षमा…

Read More

झापा, ६ साउन । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष एवं सांसद राजेन्द्रप्रसाद लिङ्देनले समानुपातिक, समावेशी सिद्धान्तका पक्षमा आफू रहेकाले त्यसका विरुद्ध नजाने बताउनुभएको छ । प्रतिनिधिसभाको आजको बैठकमा आफ्नो धारणा राख्दै अध्यक्ष लिङ्देनले मुलुकमा राजनीतिक स्थिरता नहुनुको पछाडि ठूला दल नै जिम्मेवार रहेको आरोप लगाउनुभयो । समस्या साना दल र समावेशी समानुपातिक प्रतिनिधित्वमा नभएको उल्लेख गर्दै उहाँले ठूला दल यसतर्फ गम्भीर नहुँदा समस्या आएको बताउनुभयो । अध्यक्ष लिङ्देनले संविधानमा देखिएका केही विषय सम्बोधन गर्नुपर्ने भए पनि पछिल्ला दिनमा आएका विषयहरूमा आफ्नो सहमति नभएको धारणा राख्नुभयो । पछिल्लो राजनीतिक अवस्थाका कारण जनतामा दल र नेताप्रति सकारात्मक नभएको तर्क गर्नुभयो । सांसद लिङ्देनले…

Read More

झापा, ६ साउन । प्रहरीमा वित्तीय अपराध अनुसन्धान गर्न छुट्टै ब्यूरो गठन गरिने भएको छ । आर्थिक अपराध अनुसन्धान गर्न ‘आर्थिक तथा वित्तीय अपराध अनुसन्धान ब्यूरो’ स्थापन गर्ने योजना रहेको प्रहरी प्रवक्ता (डीआईजी) दानबहादुर कार्कीले बताए । आइतबार प्रहरी प्रधान कार्यालयमा आयोजित पत्रकार सम्मेलनमा उनले भने,‘आर्थिक अपराध अनुसन्धान गर्न छुट्टै ब्यूरो गठन गर्ने योजना छ ।’ प्रहरीको केन्द्रीय विधि विज्ञान प्रयोगशाला र डिजीटल फरेन्सिक ल्याबलाई अन्तर्राष्ट्रिय मापदण्ड अनुसार विकाश गरिने कार्कीले बताए । उनले भने,‘विधि विज्ञान प्रयोगशालाको सेवा प्रदेशस्तरसम्म क्रमशः विस्तार गरिने छ ।’ केन्द्रीय अनुसन्धान ब्यूरोमा शंकास्पदहरुको प्रोफाइलिङ गर्ने प्रणालीको क्षमता पनि अभिवृद्धि गरिने कार्कीले बताए ।

Read More

झापा, ६ साउन । मोरङको विराटनगर–३ मोर्डन एरा स्कुल अगाडिबाट दिनदहाडै ‘लुटपाट’ भएको छ । निर्माण व्यवसायी विवेक कर्णले आज दिउँसो ३ बजे १४ लाख ४७ हजार रुपैयाँ लुटपाट भएको दाबी गरेका छन् । उनका अनुसार मोटरसाइकलमा आएका दुई जना लुटेराले ब्यागमा राखिएको रकम लुटेर फरार भएका हुन् । उद्योगहरूमा कामदार पठाउने पाथीभरा म्यानपावर सप्लायर्सबाट रकम लुटपाट भएको उनले बताए । ‘लेभरको पेमेन्ट दिनको लागि विराटनगरको कञ्चनबारीस्थित एभरेस्ट बैंकबाट दिउँसो मेरो ज्वाइँ अमरेशकुमार कर्णले १४ लाख ४७ हजार रुपैयाँ लिएर अफिसमा आइपुग्नुभएको थियो । मोटरसाइकलमा आएका दुई जनामध्ये एक जना फोनमा बोल्दै भित्र आए । ब्यागमा राखिएको रकम लिएर फरार…

Read More

दमक, ६ साउन । झापाको दमकमा सम्पन्न कांग्रेस कार्यकर्ताको भेलाले गिरिजाप्रसाद कोईराला फाउण्डेशन गठन गरेको छ । गठित समितिको पदस्थापन तथा अन्तरकृया कार्यक्रम सम्पन्न भएको छ । यज्ञप्रसाद भट्टराईको संयोजकत्वमा गठित समितिको उपसंयोजकमा हरिप्रसाद अर्याल र शेखर ढकाल, सचिवमा विश्वबन्धु लिङ्गदेन र तेजप्रसाद आचार्य, सहसचिवमा मनिशा खत्री अधिकारी र चुडामणी भट्टराई, कोषाध्यक्षमा हेमकला न्यौपाने रहनुभएको छ । समितिका सदस्यहरुमा लता चापागाई, कमलप्रसाद बोहोरा, पुजन चौधरी, दिपेश भट्टराई, छबिलाल न्यौपाने, कमला बाँस्कोटा दाहाल, कुमार कट्टेल, ठाकुरहरी पोखरेल, फणिन्द्र गड्तौला, कबिता उप्रेती, हुमेश खतिवडा, अर्जुन शाहलाई मनोनयन गरिएको फाउण्डेशनले जनाएको छ । साथै फाउण्डेशनको सल्लाहकार समितिमा नेपाली कांग्रेस झापाका पूर्व जिल्ला कार्यसमिति…

Read More

झापा, ६ साउन । झापाको मेचिनगर नगरपालिका वडा नं. ६ स्थित पुरानो मेचीपुलबाट ब्राउनसुगरसहित १ जनालाई पक्राउ गरिएको छ । पक्राउ पर्नेमा झापाकै मेचीनगर नगरपालिका वडा नं।५ का १९ बर्षीय निर्दोश डाँगी रहेका छन् । आज दिउसो १२ बजे इलाका प्रहरी कार्यालय काँकरभिट्टा र लागुऔषध नियन्त्रण व्युरो काँकरभिट्टाबाट खटिएको प्रहरी टोलीले उनलाई लागुऔषध ब्राउन सुगर ३ ग्राम ५२० मिलिग्राम सहित पक्राउ गरेको हो । पक्राउ परेका डाँगीको इलाका प्रहरी कार्यालय काँकरभिट्टाबाट थप अनुसन्धान भइरहेको छ ।

Read More