
Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
झापा अनलाइन
झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।
झापा, ५ साउन । झापाको शिवसताक्षी नगरपालिकाबाट प्रहरीले अवैध काठसहित पिकअप नियन्त्रणमा लिएको छ । गएराति अस्थायी प्रहरी चौकी माईधारको प्रहरी टोली र गैडे सामुदायिक वन उपभोक्ता समितिको संयुक्त टोलीले गस्ती गर्दै जाने क्रममा जिल्ला झापा शिवसताक्षी–१० टेक्रा स्थित कन्काई माई खोला बगरमा मे १ च ६२३६ नं को पिकअप भ्यानमा सखुवा जातको चिरान काठ ५२ क्युफिट बरामद गरेको हो । काठको मूल्य करिब १ लाख ५६ हजार रुपैयाँ रहेको छ । गाडीसहित उक्त काठलाई नियन्त्रणमा लिई आवश्यक कारवाहीको लागी गैडे सामुदायिक बन उपभोक्त समितिको जिम्मा बुझाइएको छ ।
झापा, ५ साउन । झापा जिल्लामा गत आर्थिक वर्ष २०८०/०८१ मा झापाको पुँजीगतर्फ चार अर्व ८० करोड २३ लाख ५४ हजार चार सय १३ रुपयाँ खर्च भएको छ । उक्त खर्च पुँजीगतका लागि विनियोजित बजेटको ८७ दशमलव ०१ प्रतिशत हो । कोष तथा लेखा नियन्त्रक कार्यालय झापाका प्रमुख कोष नियन्त्रक सूर्यबहादुर भण्डारीका अनुसार जिल्लाको पुँजीगततर्फ रु. पाँच अर्ब ५१ करोड ९१ लाख ६८ हजार चार सय १७ विनियोजन भएको थियो । चालूतर्फको विनियोजित रु. १५ अर्ब ४९ करोड ३५ लाख ७५ हजार २० मध्ये ९७ दशमलव ३० अर्थात रु. १५ अर्ब सात करोड ५६ लाख ५५ हजार सात सय ९९…
बिर्तामोड, ५ साउन । पूर्वको सबैभन्दा तीव्र रुपमा जनघनत्व बढिरहेको झापाको बिर्तामोड नगरपालिकाले आफ्ना नागरिकलाई अग्र्यानिक तरकारीप्रति आकर्षित गरेको छ । ‘पारीको होइन बारीको खाँऊ’ भन्ने नाराका साथ बिर्तामोडका किसानले उत्पादन गरेका कृषिजन्य वस्तु बेच्नका लागि नगरपालिकाले पहल थालेको हो । बिर्तामोडका विभिन्न १० स्थानमा सामुदायिक तरकारी बिक्री केन्द्र स्थापना गरेर बिर्तामोडका किसानले उत्पादन गरेको तरकारी बेच्नका लागि बिक्री केन्द्रको निर्माणको काम धमाधम भइरहेको कृषि शाखा प्रमुख राजेन्द्र कडरियाले जानकारी दिए । ‘साउन पहिलो साताबाट बिक्री केन्द्रको क्रमशः उद्घाटन गर्दै किसानका तरकारी बेच्न शुरु गर्दैछौं’, उनले भने, ‘अब तरकारीमा पारीको होइन, बारीकै भर पर्ने हो ।’ साउन ७ गतेबाट १७…
झापा, ५ असार । भुटानको थिम्पुमा भएको ८ औँ साउथ एसियन कराते प्रतियोगितामा नेपाल ३१ स्वर्ण पदकसहित पहिलो भएको छ। शुक्रबार सम्पन्न प्रतियोगितामा नेपालले ३१ स्वर्ण पदकसहित २० रजत र ११ कास्य पदक सहित कुल ६२ पदक जितेको छ। दोस्रो भएको भारतले २७ स्वर्ण, २० रजत र १३ कास्य पदक आफ्नो खातामा पारेको छ। ५ स्वर्ण, १८ रजत र ३१ कास्य पदक जितेको श्रीलंका तेस्रो हुँदा आयोजक भुटानले ५ रजत र ३७ कास्य पदकमै चित्त बुझायो। प्रतियोगिताको अन्तिम दिन पुरुष क्याडेटतर्फ ५२ केजीमुनिको तौल समूहमा समन श्रेष्ठ, ६३ किलोमा साहिल राई, जुनियर तर्फ ६८ किलोमा निशान तामाङले स्वर्ण पदक दिलाए।…
झापा, ५ असार । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। मनसुनको न्यून चापीय रेखा सरदर स्थानको दक्षिणतर्फ रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। जसको प्रभावले देशभर आंशिक देखि साधरणतया बदली रहेको छ । कोशी, बागमती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशका एक–दुई स्थानमा हल्का वर्षा भइरहेको छ। आज दिउँसो देशभर आंशिक देखि साधरणतया बदली रहने छ । कोशी, बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानहरूमा तथा मधेस प्रदेशका थोरै स्थानहरूमा चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। आज राति कोशी, बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका केही स्थानहरूमा तथा बाँकी प्रदेशका थोरै स्थानहरूमा चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना…
झापा, ४ साउन । झापाको दमक नगरपालिकास्थित एक कपडा गोदाममा आगलागी हुँदा करिब २५ लाख रुपैयाँ बराबरको क्षति भएको छ । आज बेलुका दमक–६ का अशोक श्रेष्ठको ४ तल्ले पक्की घरमा दमक–७ का ४७ को सञ्जय रोनियारले भाडामा लिई सञ्चालन गर्दै आएको दोस्रो तत्लाको पुर्ब पटिको कपडाको गोदाममा अचानक विधुतको लाईन सर्ट भई आगलागी हुँदा उक्त गोदाममा रहेको साडी र थान कपडा पुर्ण रुपमा जलि नष्ट हुँदा २५ लाख बराबरको क्षति भएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । आगो इलाका प्रहरी कार्यालय दमकबाट खटिएको प्रहरी टोली, दमक नगरपालिकाको दमकल र स्थानीयबासीहरुको सहयोगमा पूर्ण रुपमा नियन्त्रणमा आएको थियो ।
झापा, ४ साउन । उच्च अदालत पाटनले क्रिकेटर सन्दीप लामिछाने विरुद्धको बलात्कार मुद्दामा फैसलाको पूर्णपाठ सार्वजनिक गर्दै आधार र प्रमाण नपुग्दा सफाइ हुने ठहर गरेको छ । न्यायाधीशद्वय सुदर्शनदेव भट्ट र अन्जु उप्रेती ढकालको संयुक्त इजलासले गत जेठ २ गते गरेको फैसलाको आज सार्वजनिक गरेको पूर्णपाठमा आधार र प्रमाण नपुगेका कारण सफाइ दिएको उल्लेख छ । फैसलाको पूर्णपाठमा भनिएको छ, “आधार र कारण समेतबाट यसमा प्रतिवादी सन्दीप लामिछानेले अनुसन्धानका क्रममा र अदालतमा गरेको इन्कारी बयान, परिवर्तित नाम गौशाला २६ ले पठाएको म्यासेज, निजको शारीरिक परीक्षण प्रतिवेदन, निजको शारीरिक अवस्था, घटनास्थल मुचुल्का, घटना विवरण कागज गर्ने होटल काठमाडौँ इन होटेलका सेक्युरिटी…
झापा, ४ साउन । नेपालले एसिसी महिला एसिया कप क्रिकेट २०२४ प्रतियोगिताअन्तर्गत आज भएको खेलमा संयुक्त अरब इमिरेट्स (युएई)लाई पराजित गरेको छ । श्रीलङ्काको दम्बुल्ला अन्तर्राष्ट्रिय रङ्गशाला भर्खरै सम्पन्न खेलमा नेपालले युएईलाई छ विकेटले पराजित गर्दै प्रतियोगितामा सुखद् सुरुआत गरेको हो । जितका लागि एक सय १६ रनको विजयी लक्ष्य पछ्याएको नेपालले १६ दशमलव एक ओभरमा चार विकेट गुमाउँदै पूरा गर्यो । नेपालको लागि सम्झना खड्काले सर्वाधिक ७२ रनको योगदान दिइन । उनले ४५ बल खेल्ने क्रममा ११ चौका प्रहार गरिन् । त्यस्तै रुबिना क्षेत्रीले १० रन बनाइन भने सीता रानामगर र पूजा महतोले समान सात÷सात रनको योगदान गरे । बलिङतर्फ…
इलाम, ४ साउन । इलामको सूर्योदय नगरपालिका–५ समालबुङमा पहिराले चार परिवारको उठिवास भएको छ। करिब दुई साता अघिदेखि सुरु भएको पहिराले मेची किनार टोलका लालबहादुर देवान, साखबहादुर देवान, कुसुम देवान र बेदप्रसाद देवानको करिब ४५ रोपनी जग्गा बगाएको छ। पहिरो घर नजिकै आएपछि प्रभावित परिवार नजिकैको गोठमा आश्रय लिन बाध्य भएका छन् । लालबहादुरका अनुसार पहिराले उनको अलैची र अम्रिसो बगान रहेको २० रोपनी, साखबहादुरको चियावारी रहेको २० रोपनी र बेल प्रसादको ५ रोपनी जमिन बगाइसकेको छ । असार २३ गतेदेखि लगातार तीन दिन पहिरो जाँदा चार परिवार विस्थापित भएका छन्। सशस्त्र प्रहरीले पहिरोको अनुगमन गरे पनि पीडित परिवारहरूलाई रेडक्रसले…
झापा, ४ साउन । गत आर्थिक वर्षमा कोशी प्रदेशमा हात्तीको आक्रमणबाट १० जनाको ज्यान गएको छ भने २५ जना घाइते भएका छन् । सोही अवधिमा पाँच वटा हात्ती मरेका प्रदेश प्रहरी कार्यालय विराटनगरले जनाएको छ । प्रहरीका अनुसार गत आवमा हात्तीको आक्रमणबाट झापा, मोरङ र सुनसरीका १० जनाको मृत्यु भएको हो । प्रदेश प्रहरी कार्यालयका प्रवक्ता भीमबहादुर दाहालले हात्तीको आक्रमणबाट ज्यान गुमाउनेमा सबैभन्दा बढी झापा जिल्ला रहेको जानकारी दिए । उनले झापामा एक वर्षको अवधिमा छ, सुनसरीमा तीन र मोरङमा एक जनाको ज्यान गएको बताए । “झापाको मेचीनगर नगरपालिका–४ स्थित प्रसाद गौडाबाट गत वर्षको कात्तिकमा पसेका रैथाने हात्ती ३५ भन्दाबढी…