
Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
झापा अनलाइन
झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।
झापा, २१ साउन । नेपाल जनमुक्ति पार्टीले प्रत्येक वर्ष साउन २२ गते गर्दै बन्द गर्दै आएकोमा यस वर्ष कनकाई नगरपालिकामा अन्तरक्रिया गर्ने भएको छ । पार्टीले भोलि मंगलबार सुरुङ्गास्थित कनकाई सामुदायिक बनको हलमा अन्तरक्रिया गर्न लागेको पार्टीका सचिव एलबी पालुङ्वाले जानकारी दिए । पार्टीले ‘लिम्बुवान स्वायत्तताको आन्दोलन र विस १८३१ को तत्कालीन गोरखा राज्य र लिम्बुवान वीच भएको नुनपानि सन्धि’ विषयक एकदिने अन्तरक्रिया कार्यक्रम गर्न लागेको सचिव पालुङ्वाले बताएका छन् । लिम्बुवान स्वायत्तता प्राप्तिको लागि विगत २०६६ सालदेखि नियमित रुपमा श्रावण २२ गतेका दिन लिम्बुवान बन्दको कार्यक्रम गर्दै आएको थियो । तर, यसवर्ष भने ‘लिम्बुवान स्वायत्तताको आन्दोलन र बि।स। १८३१…
गोविन्द कोइरालाशीर्षकमा लेखिएको जस्तो ‘मैले खोजेको देश’ एक गद्य कवितामा रचनाकार राजेश ढुंगानाले आफ्नो दोस्रो कृतिका रुपमा २०८१ साल बैशाख ६ गते प्रकाशित पुस्तक हो । पाठकका हैसियतले उक्त काव्यलाई एकपटक सरसर्ती पढें । त्यस काव्यमा विभिन्न शीर्षकमा व्यक्त गरिएका ६७ वटा कविताले परिवेश, समान, घटनाक्रम, राजनीति, प्रेम, प्रकृति आदिका बारेमा चर्चा गरेका छन् । कवि स्वयम् दीर्घ रचनाकार भएकोमा मेरो छोटो टिप्पणीले मात्र प्रमाणित गर्दैन, मुलुकका मूर्धन्य लेखक, समालोचक, विश्लेषकले सिर्जनाका बारेमा भावयुक्त र भन्न खोजेका इतिश्री आफ्ना भनाइ र विश्लेषणहरुमा कोरल्नु भएको छ । मेरो अल्पज्ञानले त्यति गहिराइ पाउन कठिन छ । हरेक कविता शीर्षक अनुसार सुहाउँदा व्यंग्यात्मक…
झापा, २१ साउन । बङ्गलादेश निर्यात गर्न लोड गरिएका ११ वटा मोलासिसका कन्टेनर पूर्वीनाका काँकडभिट्टामा रोकिएका छन् । बङ्गलादेशमा सरकारी सेवामा कायम गरिएको आरक्षण प्रणालीको विरोधमा चर्किएको आन्दोलनको प्रत्यक्ष प्रभाव नेपाल बङ्गलादेश व्यापारमा समेत परेको हो । गत असारको अन्तिमबाट ठप्प भएको बङ्गलादेशसँगको व्यापार केही दिनदेखि सामान्य अवस्थामा फर्किन थालेको थियो । फेरी आजदेखि तीन दिनका लागि बन्द भएको छ । नेपाल पारवहन तथा गोदाम व्यवस्था कम्पनी लिमिटेड शाखा कार्यालय काकरभिट्टाका प्रमुख सुवास पाण्डेयका अनुसार नेपाल, भारत, भुटानको त्रिदेशीय नाका फूलबारी–बङ्लाबन्धमा केही कन्टेनर रोकिएका छन् । त्यस्तै बङ्गलादेशबाट नेपालका लागि लोड भएका कन्टेनर पनि बङ्गलादेशतर्फ नै रोकिएका छन् । “बङ्गलादेशमा…
झापा, २१ साउन । झापाको अर्जुनधारा नगरपालिकामा ‘पशुपंक्षी बास–बगैंचा कार्यक्रम’ अन्तरगत यहाँका दुई वटा सामुदायिक वनलाई आज विभिन्न जातका बिरुवा हस्तान्तरण गरिएको छ । अर्जुनधारा नगरपालिकाले आफ्नो नीति तथा कार्यक्रम समेटेको यो कार्यक्रम अन्तरगत यहाँका अर्जुनधारा–३ स्थित जुकेखाडी सामुदायिक वन र अर्जुनधारा–१ स्थित हचुमासा सामुदायिक वनलाई पाँच/ पाँच सय विभिन्न जातको बिरुवा प्रदान गरिएको हो । उक्त बिरुवाहरु नेपाली सेनाको अरिदमन गण चारआलीले नगरपालिकालाई उपलब्ध गराएको हो । गणका गणपति प्राजु बस्नेत, अर्जुनधारा नगरपालिकाल नगरप्रमुख बलदेव गोम्देन, उपप्रमुख खड्गमाया पराजुली लगायतले र दुई सामुदायिक वनका पदाधिकारीहरुलाई बिरुवा हस्तान्तरण गर्नुभएको छ । अरिदमन गणले अमला ४०० थान, तित्री १५०, हर्रो १०,…
झापा, २१ साउन । सरकारले जीटूजीमार्फत् ११ हजार ९०१ जना वैदेशिक रोजगारीमा पठाएको छ । गत आर्थिक वर्ष २०८०/०८१ मा सरकारले ११ हजार ९०१ जनालाई वैदेशिक रोजगारीमा पठाएको हो । सरकारले जीटूजी मार्फत दक्षिण कोरिया, इजरायल र यूके पठाउँदै आएको छ । सरकारी तर्फबाट जानेहरु १० हजार ६९७ जना पुरुष र एक हजार २०४ जना महिला रहेका छन् । २३८ जना इजरायल, ४१ जना बेलायत र ११ हजार ६२२ जना कोरिया गएका हुन् । गत आर्थिक वर्षमा व्यक्तिगत श्रम स्वीकृति लिएर ९५ हजार ३८ जना वैदेशिक रोजगारीमा गएका छन् । भने मेनपावर व्यवसायी मार्फत तीन लाख ५३ हजार १६३ जना…
सन्तोष शर्माझापा, २१ साउन । कृषि क्षेत्रमा भविष्य देखेका सात जना युवाको समूह यतिबेला किवी र लोठसल्ला (टेक्सस मेरिई)को खेतीमा लागेका छन् । सप्तरंगी बहुउद्देश्यीय कम्पनी प्रालि सञ्चालन गरेर इलामको सन्दकपुर गाउँपालिका–२ मा तीन सय रोपनी जग्गामा उनीहरुले किवी र लोठसल्लाको खेती गरिरहेका हुन् । तीन सय रोपनीमध्ये एक सय ५० रोपनीमा किवी र एक सय ५० रोपनीमा लोठसल्ला लगाइएको छ । कृषि क्षेत्रमा भविष्य देखेपछि सीपी कडरिया, तेजमणि प्रसाईं, कमलप्रसाद कडरिया, दुष्यन्त भट्टराई, श्रीप्रसाद सिटौला, ईश्वरीप्रसाद तिवारी र झलकबहादुर राईले इलामको सन्दकपुरमा किवी र लोठसल्लाको खेती गर्ने योजनाको हो । बेरोजगारी घटाउन, राजनीतिकर्मीलाई उत्पादनसँग जोड्न र मुलुकमा प्रविधि भित्र्याउने…
झापा, २१ साउन । विगत केही दिनदेखि बेलायतका केही शहरहरुमा हिंसात्मक प्रदर्शन भइरहेका छन् । प्रदर्शनका क्रममा १ सय ५० जनाभन्दा बढी मानिसलाई पक्राउ गरिएको छ । प्रदर्शन दैनिक बढ्न थालेपछि प्रधानमन्त्री केयर स्टारमरले डाउनिङ स्ट्रिटमा आजका लागि आपतकालीन बैठक बोलाउनु भएको छ । प्रधानमन्त्री स्टारमरले रोदरहमको एक होटल आवास शरणार्थीहरूले गरेको आक्रमणको निन्दा गर्नुभयो । साथै हिंसात्मक गतिविधिमा संलग्नहरूलाई कानुनको दायरामा ल्याउन प्रतिवद्धता पनि जनाउनु भयो । प्रहरीले ट्यामवर्थ, मिडल्सब्रो, बोल्टन, हल र वेमाउथ, बेलायतका अन्य भागहरूमा हिंसात्मक घटना भएको जनाएको छ । हिजो राष्ट्रका नाममा सम्बोधन गर्दै प्रधानमन्त्रीले हिंसात्मक गतिविधिमा संलग्न ठगहरूलाई न्यायको कठघरामा ल्याउन कुनै कसर नराखिने…
सङ्खुवासभा, २१ साउन । सङ्खुवासभाको दुर्गम उत्तरी क्षेत्र भोटखोलामा अवरुद्ध टेलिफोन सेवा सञ्चालनमा आएको छ । गत साउन १७ गते राति बिहीबारदेखि चिचिला र सभापोखरी गाउँपालिको सीमावर्ती क्षेत्र बर्खेडाँडामा रहेको टावरमा विद्युत् आपूर्ति बन्द भएपछि उत्तरी क्षेत्र भोटखोलामा टेलिफोन अवरुद्ध भएको थियो । चिचिला र सभापोखरी सीमावर्ती क्षेत्र बर्खेडाँडामा मर्मत र नियमित विद्युत् आपूर्ति भएपछि चार दिनपछि दुर्गम उत्तरी क्षेत्र भोटखोलामा टेलिफोन सेवा सञ्चालन भएको दूरसञ्चार कार्यालय खाँदबारीका प्रमुख प्रेमकुमार राईले बताउनुभयो । विद्युत् आपूर्ति बन्द हुँदा उत्तरी क्षेत्रका बर्खेडाँडा, भाटभटेनीडाँडा र लच्चीडाँडालगायतका टावर बन्द भएको उहाँले बताउनुभयो । चट्याङका कारण ब्याट्री व्याकअप, उपकरण र टावरका सामग्री पड्कँदा बेलाबेला उत्तरी…
झापा, २१ साउन । दाङमा आइतबार साँझ भएको जिप दुर्घटनाका घाइते भएकामध्ये एकजनाको मृत्यु भएको छ। तुलसीपुरबाट सल्यानतर्फ जाँदै गरेको रा १ ज ७७० नम्बरको जीप आइतबार साँझ शान्तिनगर गाउँपालिका १ हाँडिचारमा दुर्घटना हुँदा सातजना घाइते भएका थिए। घाइतेमध्ये सल्यानको त्रिवेणी गाउँपालिका–३, टोड्केका ४६ वर्षीय यमबहादुर केसीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ। जिल्ला प्रहरी कार्यालयका प्रवक्ता डीएसपी रामप्रसाद तिमिल्सिनाका अनुसार घाइते ६ जनामध्ये गम्भीर अवस्थाका दुई जनालाई उपचारको लागि नेपालगन्ज लगिएको छ। घाइते पार्वती केसी र सरीता खड्काको नेपालगञ्ज नर्सिङ होममा उपचार भइरहेको प्रहरीले जनाएको छ। दुर्घनामा त्रिवेणी–३, सल्यानका ४५ वर्षीया ऐश्वर्या केसी, ४५ वर्षीया पार्वती केसी,…
झापा, २१ साउन । नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले आइतबार उपाध्यक्षसहितका थप गरिएका केन्द्रीय नेताहरूलाई शपथ खुवाउँदै पार्टीमा गुट नबनाउन चेतावनी दिए । ‘हाम्रो पार्टीमा कुनै गुटबन्दी स्वीकार्य छैन। कतिपयले प्रजातन्त्रका लागि झगडा हुनुपर्छ पनि भन्छन्, हाम्रोमा त्यस्तो हुँदैन,’ ओलीले भने, ‘यस्तो कुरा कति सुनियो–सुनियो भन्नुहोला ! यो सुनेर उडाउने कुरा होइन। मनन गर्ने कुरा हो।’ एमालेमा यतिबेला अध्यक्ष ओलीलाई चुनौती दिने नेता कोही पनि छैन। कसैले गुट बनाउने हिम्मत समेत गरेका छैनन्। तीन वर्षअघि (२०७८ साउन) माधवकुमार नेपाल र झलनाथ खनालले पार्टी छोडेर नेकपा एकीकृत समाजवादी बनाएपछि एमालेमा ओलीको एकछत्र दबदबा कायम छ। महत्त्वपूर्ण पद जति सबै उनैले…