
Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
झापा अनलाइन
झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।
झापा, १९ साउन । एमाले झापाले रोमनाथ ओलीलाई इञ्चार्जको जिम्मेवारी प्रदान गरेको छ । उनी दमक नगरपालिकाका पूर्व मेयर हुन् । एमालेको सचिवालय बैठकले ओलीलाई झापाको इञ्चार्जको जिम्मेवारी प्रदान गरेसँंगै पाँच निर्वाचन क्षेत्रमा समेत इञ्चार्ज तोकेको छ । झापा क्षेत्र नम्वर १ का लागि रवीन कोइराला, २ मा अम्रितलाल राजवंशी, ३ मा हरिबहादुर राजवंशी, ४ मा गोविन्द थापा र ५ मा दीपक कार्कीलाई जिम्वेवारी दिइएको छ । यसैगरी प्रदेश सभा १ (२) मा मीना उप्रेती, ५(२) मा मेनुका काफ्ले र ३ (१) मा सुनिता बरालले जिम्मेवारी प्रप्त गरेका छन् ।
झापा, १९ साउन । झापामा नगदेबालीका रुपमा लगाइने सुपारीखेती भरपर्दो आम्दानीको स्रोत बन्दै गएको छ । कम लगानीमा राम्रो प्रतिफल दिने भएकाले यहाँका किसान सुपारीखेतीतर्फ आकर्षित भएका हुन् । झापाको बुद्धशान्तिका रुद्रप्रसाद पोखरेलले दुई बिघाभन्दा बढी जमिनमा सुपारीखेती गरेका छन् । “व्यापारी बगानमै आएर सुपारी खरिद गर्ने भएकाले बजारको चिन्ता छैन । वार्षिक रु पाँच लाखभन्दा बढी आम्दानी भइरहेको छ । मेहनत गर्ने हो, गोडमेल गर्ने हो भने आम्दानी अझै बढाउन सकिन्छ”, उनले भने । सुपारीले अन्य बालीलाई असर नगर्ने भएकाले यसतर्फ आकर्षण बढेको बुद्धशान्तिका चन्द्रशेखर पौडेल बताउछन् । “मैले एक बिघा १२ कट्ठा जमिनमा सुपारीखेती गरेको छु, सुपारीको बारी…
झापा, १९ साउन । हाल देशभर मनसुनी वायुको प्रभाव कायमै रहेको छ । मनसुनको न्यूनचापीय रेखा सरदर स्थान आसपास अवस्थित छ । मनसुनको प्रभावले आज बिहान देशभर आंशिकदेखि साधारणतया बदली रही देशभर केही स्थानमा हल्का वर्षा भइरहेको छ । जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार आज दिउँसो पनि देशभर आंशिकदेखि साधारणतया बदली रहने छ । कोशी प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेश, लुम्बिनी प्रदेश र सुदूरपश्चिम प्रदेशका केही स्थानमा तथा मधेस प्रदेश र कर्णाली प्रदेशका थोरै स्थानमा मेघ गर्जन÷चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । आज दिउँसो कोशी, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका केही स्थानमा भारी वर्षाको सम्भावना रहेको छ ।…
इलाम, १९ साउन । इलाममा मोटरसाइकल दुर्घटनामा परी एकको मृत्यु भएको छ । अन्य दुई जना गम्भीर घाइते भएका छन् । झापाबाट माई नगरपालिकातर्फ आउँदै गरेको ना ४८ प ८६३८ नम्बरको मोटरसाइकल जिल्लाको माई नगरपालिका–२ स्थित सितली र नमस्ते चोक जोड्ने गरुवा खोला पुलमा शुक्रबार साँझ ६ बजे अनियन्त्रित भई दुर्घटना भएको थियो । तीन जना सवार मोटरसाइकल दुर्घटनामा परी मोटरसाइकलको बीचमा सवार माई नरपालिका–१० गजेनी भञ्ज्याङका २६ वर्षीय दिनेश कार्कीको घटनास्थलमा नै मृत्यु भएको छ । अन्य दुई गम्भीर घाइते भएको स्थानीय लोदिया प्रहरी चौकी दानाबारीका हवल्दार सरोजकुमार यादवले जानकारी दिए । मोटरसाइकल चालक माई नगरपालिका–१० गजेनी भञ्ज्याङकै ३२…
कनकाई, १८ साउन । सरकारी सवारी चालक एसोसिएसन नेपालले कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीलाई ध्यानाकर्षण पत्र बुझाएको छ । तल्लो दर्जाका श्रेणीविहीन कर्मचरीका लागि सरकारले २०५७/०५८ सालबाट विभेदकारी निर्णय गरी लोकसेवा आयोगद्वारा स्थायी नियुक्ति नगर्ने निर्णय गरेको र हालसम्म उनीहरुको विषयमा ध्यान नदिएको भन्दै चालक एसोसिएनले मुख्यमन्त्रीको ध्यानाकर्षण गराएको हो । प्रदेश सरकारले आफूहरुको विषयमा विशेष ध्यान दिएर योजना ल्याउन माग गर्दै मुख्यमन्त्री कार्कीको ध्यानाकर्षण गरिएको सरकारी सवारी चालक एसोसिएसन नेपालका अध्यक्ष झट्टबहादुर खड्काले बताउनुभयो । ‘मुलुकमा गणतन्त्र आएर नयाँ संविधन बनेपनि तल्लो तहको कर्मचारीको विषयमा सरकारले बेवास्ता गरेको छ’, उहाँले भन्नुभयो, ‘सरकारले यस्तो विभेदको अत्य गर्नुपर्छ ।’ स्थानीय सरकारी…
झापा, १८ साउन । भुटानमा जारी काभा बिच भलिबल च्याम्पियनसिपमा नेपाली पुरुष टोलीले लगातार दोस्रो जित हासिल गरेको छ । थिम्पुस्थित चाङ्लिमिथाङ राष्ट्रिय रङ्गशालामा आज भएको खेलमा नेपालले उज्बेकिस्तानविरुद्ध २–० को सोझो सेटमा जित निकाल्यो । मानबहादुर श्रेष्ठ र दिलबहादुर सुनारको जोडीले शुक्रवारको पहिलो खेलमा घरेलु टोली भुटानलाई २१–१४, २१–१४ ले पाखा लगाएको थियो । दोस्रो खेलमा यही जोडीले उज्बेकिस्तानलाई २१–१५, २१–१४ ले पाखा लगायो । बिहीबार भएको पहिलो खेलमा भने माल्दिभ्ससँग नेपाल १६–२१, १५–२१ ले पराजित भएको थियो । उता नेपाली महिला टोलीले पनि लगातार दोस्रो जित दर्ता गरेको छ । थिम्पुस्थित चाङ्लिमिथाङ राष्ट्रिय रङ्गशालामा शुक्रबार नेपालले घरेलु टोली…
सरोज भट्टराईशिवसताक्षी, १८ साउन । झापा शिवसताक्षी नगरपालिकाको नगर गौरवको आयोजनाको रुपमा रहेको नगरस्तरीय दूधे रंगशालामा प्याराफिट निर्माणको चरणमा रहेको छ । नगरपालिकाले गएको चैत्र महिनादेखि प्याराफिट निर्माणको लागि काम सुरु गरेको थियो । हालसम्म अघिल्लो आर्थिक वर्षमा ठेक्का लागेको काम अन्तिम चरणमा पुगेको छ । शिवसताक्षी नगरपालिकाले खेलमैदान साथै प्याराफिटको काम पनि एकै पटक अघि सारेको थियो । २०७४ सालमा मास्टर प्लाष्ट तयार गरेपछि नगरपालिका रंगशाला निर्माणमा जुटेको हो । रंगशाला शिवसताक्षी नगरपालिका वडा न. ११ स्थित दूधोमा ६ विगाह १५ कठ्ठा जग्गाको क्षेत्रफलमा रहेको छ जसमा कम्पाउण्ड, गेट यस अघि नै निर्माण भइसकेको शिवसताक्षी नगरपालिकाले जनाएको छ ।…
झापा, १८ साउन । झापाको मेचीनगरबाट ३ लाख रुपैयाँ भन्दा बढीको अवैध सामान प्रहरीले बरामद गरेको छ । आज दिउँसो इलाका प्रहरी कार्यालय काँकरभिट्टाबाट खटिएको प्रहरी टोलीले मेचीनगर–६ भन्सारगेट हुँदै भारतबाट नेपालतर्फ अबैध रुपमा भन्सार छलेर ल्याउँदै गरेको करिब ३ लाख २१ हजार ५०० बराबरको विभिन्न सामान बरामद गरेको हो । प्रहरीले अन्दाजी ३ लाख १४ हजार बराबरको ४८६ पिस इन्डियन साडी र नेपालबाट भारततर्फ अबैध रुपमा लाँदै गरेको ७ हजार ५०० बराबरको ३ बोरा मकै गरी ३ लाख २१ हजार ५०० बराबरको अवैध सामान नियन्त्रणमा लिई आवश्यक कारवाहीको लागि मेची भन्सार कार्यालय काकरभिट्टा बुझाउने तयारी भइरहेको जिल्ला प्रहरी कार्यालय…
झापा, १८ साउन । राष्ट्रिय परीक्षा बोर्डले आज कक्षा १२ को नजिता सार्वजनिक गरेको छ । प्रकाशित नतिजा अनुसार झण्डै आधा विद्यार्थी फेल भएका छन् । कक्षा १२ को नतिजा अनुसार एक लाख ८७ हजार २१ जना विद्यार्थी फेल ९नन ग्रेडेड० भएका छन् । नियमित तर्फ ३ लाख ९० हजार ८६८ जना विद्यार्थीमध्ये एक लाख ८७ हजार २१ जना विद्यार्थी फेल भएका हुन् । नतिजा अनुसार नियमित तर्फ एक लाख ८७ हजार २१ जना विद्यार्थीको नतिजा नन ग्रेडेड आएको हो । परीक्षामा दुई लाख तीन हजार ८४७ विद्यार्थी पास भएका छन् ।
इटाभट्टा, १७ साउन । मेचीनगर नगरपालिको कार्य सम्पादन सम्बन्धमा चरम असन्तुष्टि जनाउँदै नेपाली काँग्रेससहितका ७ दलले ध्यानार्षण गराएका छन् । शुक्रबार दलबलसहित नगरपालिका परिसरमा नेपाली काँग्रेस, नेकपा माओवादी केन्द्र, राष्ट्रिय स्वतन्त्र पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी, नेकपा एकिकृत समाजवादी, जनता समाजवादी पार्टी र नेकपा एकिकृत समाजवादी गरी ७ दलका तर्फबाट संयुक्त ज्ञापन पत्र बुझाइएको छ । ज्ञापन पत्रमा विगत केही समयदेखि नगरबाट भएका गलत कार्यहरुले नगरवासीहरु नै जोखिममा परिरहेको उल्लेख छ । नगर नेतृत्वको हैकमबादी प्रवृत्ति हावी हुँदै गएको बताउँदै विगतमा राजनीतिक दलका तर्फबाट भएका खबरदारीको बेवास्ता गरिएको विज्ञप्तिमा भनिएको छ । २१ बुँदे ज्ञापन पत्रमा नगरले हचुवाको भरमा निर्णय गर्ने…