सरोज भट्टराई
शिवसताक्षी, १८ साउन । झापा शिवसताक्षी नगरपालिकाको नगर गौरवको आयोजनाको रुपमा रहेको नगरस्तरीय दूधे रंगशालामा प्याराफिट निर्माणको चरणमा रहेको छ ।
नगरपालिकाले गएको चैत्र महिनादेखि प्याराफिट निर्माणको लागि काम सुरु गरेको थियो । हालसम्म अघिल्लो आर्थिक वर्षमा ठेक्का लागेको काम अन्तिम चरणमा पुगेको छ । शिवसताक्षी नगरपालिकाले खेलमैदान साथै प्याराफिटको काम पनि एकै पटक अघि सारेको थियो । २०७४ सालमा मास्टर प्लाष्ट तयार गरेपछि नगरपालिका रंगशाला निर्माणमा जुटेको हो ।
रंगशाला शिवसताक्षी नगरपालिका वडा न. ११ स्थित दूधोमा ६ विगाह १५ कठ्ठा जग्गाको क्षेत्रफलमा रहेको छ जसमा कम्पाउण्ड, गेट यस अघि नै निर्माण भइसकेको शिवसताक्षी नगरपालिकाले जनाएको छ । आर्थिक वर्ष २०८०/८१ प्याराफिटको निर्माण गर्न सुरु गरेको हो ।
हाल निर्माणाधिन प्याराफिटको माथिल्लो तला निर्माण गरी स्टेजमा ट्रस र छानो लगाइने नगरप्रमुख मेगाहाङ्ग थोप्राले जानकारी दिए । निर्माणधिन प्याराफिट ३० मिटर लम्बाई र ७ मिटर हाइटको स्टेज सहितको रहेको र यसको काम अन्तिम चरणमा रहेको छ । उनले भने, चालु आर्थिक वर्षमा थप प्याराफिट निर्माणका काम पनि सुरु हुने छ । नगरपालिकाको श्रोत कमजोर हुँदा एकै पटक प्याराफिट निर्माण गर्न नसकिएको उनको भनाई थियो ।
हाल निर्माण भइरहेको प्याराफिट भ्याट सहिकत ६९ लाख ६१ हजाजर २९१को लागतमा निर्माण सुरु गरिएको शिवसताक्षी नगरपालिकाले जनाएको छ । हाल बन्दै गरेको प्याराफिटमा करिब ४ सय दर्शकहरुले फुटबल हेर्न मिल्ने गरी निर्माण भइरहेको शिवसताक्षी नगरपालिका इन्जिनियर उत्तम बरालले जानकारी दिए । उनले खेलमैदानका आधारमा पूर्वकै राम्रो ठूलो खेल मैदान भएको दावी गरेका छन् । इभान्सी निर्माण सेवाले कनकाईले प्याराफिट निर्माणको जिम्मा पाएको हो प्याराफिट नगरपालिकाले दिएको मापदण्ड अनुसार प्याराफिट निर्माण गरिदै आएको इभान्सी निर्माण सेवाका प्रोपराइटर रमेश खरेलले जानकारी दिए ।
रंगशालामा प्याराफिट पूर्णरुपमा निर्माण कार्य सकिएपछि २५ हजार दर्शकले एकै पटक फुटबल हेर्न मिल्ने बताइएको छ ।
झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।