
झापा, १८ साउन । भुटानमा जारी काभा बिच भलिबल च्याम्पियनसिपमा नेपाली पुरुष टोलीले लगातार दोस्रो जित हासिल गरेको छ ।
थिम्पुस्थित चाङ्लिमिथाङ राष्ट्रिय रङ्गशालामा आज भएको खेलमा नेपालले उज्बेकिस्तानविरुद्ध २–० को सोझो सेटमा जित निकाल्यो । मानबहादुर श्रेष्ठ र दिलबहादुर सुनारको जोडीले शुक्रवारको पहिलो खेलमा घरेलु टोली भुटानलाई २१–१४, २१–१४ ले पाखा लगाएको थियो । दोस्रो खेलमा यही जोडीले उज्बेकिस्तानलाई २१–१५, २१–१४ ले पाखा लगायो ।
बिहीबार भएको पहिलो खेलमा भने माल्दिभ्ससँग नेपाल १६–२१, १५–२१ ले पराजित भएको थियो । उता नेपाली महिला टोलीले पनि लगातार दोस्रो जित दर्ता गरेको छ । थिम्पुस्थित चाङ्लिमिथाङ राष्ट्रिय रङ्गशालामा शुक्रबार नेपालले घरेलु टोली भुटानविरुद्ध २–० को सोझो सेटमा जित निकाल्यो । कमला पुन र मनिषा चौधरीको जोडीले एकतर्फी खेल २१–५, २१–४ ले आफ्नो पक्षमा पार्यो ।
झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।


