झापा अनलाइन

झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।

बिर्तामोड, १९ साउन । नेकपा माओवादी केन्द्रमा विभिन्न पार्टी परित्याग गरी सयौं कार्यकर्ता प्रवेश गरेका छन् । माओवादी केन्द्र प्रदेश कमिटीले आज बिर्तामोडमा भव्य कार्यक्रमको आयोजना गरी नवप्रवेशीलाई पार्टीमा स्वागत गरेको हो । पार्टी प्रवेश गर्नेमा विभिन्न दलको उच्च पदमा रहेकाहरु छन् । टाइसन केरुङ, दिपेन लिम्बु, दिपेन जबेगु, तेन्जिङ लामा, राजभक्त योङ्ग्या, छवि गहतराज,जय सुब्बा, नर्वदा कार्की लगायत छन् । योङ कम्युनिस्ट लिग (वाइसीएल) को पहलमा कोशी प्रदेशका विभिन्न जिल्लाबाट सयौँको स्ख्यामा युवाहरू माओवादी केन्द्रमा प्रवेश गरेका हुन् । पार्टी प्रवेश कार्यक्रममा बोल्दै टाइसन केरुङले आफूसँगै समाजवादी युवा संघ नेपालको सिङ्गो कमिटी माओवादीमा प्रवेश गरेको बताए । माओवादी कमजोर…

Read More

झापा, १९ साउन । नेपाल नेत्र सहायक परिवार कोशीको अध्यक्षमा युवराज बोहोरा चयन भएका छन् । झापाको बिर्तामोडमा सम्पन्न प्रदेश स्तरीय नेपाल नेत्र सहायक परिवारको अधिवेशनबाट बोहोरा अध्यक्षमा चयन भएका हुन् । उनी नेपाल स्वास्थ्य प्रवद्र्धन तथा शिक्षा संघ नेपालका समेत प्रदेश अध्यक्ष हुन् । उनी बिर्तामोडस्थित मेची आँखा अस्पतालमा स्वास्थ्य शिक्षा अधिकृतका रुपमा कार्यरत छन् । समितिको उपाध्यक्षमा सञ्जु अर्याल (बिर्तामोड आँखा अस्पताल) सचिवमा अञ्जनीकुमार सिंह (बिराटनगर आँखा अस्पताल), सह सचिवमा होमप्रसाद धिताल (मेची आँखा अस्पताल ), कोषाध्यक्षमा निरज दाहाल (मेची आँखा अस्पताल), सह कोषाध्यक्षमा ज्योत्सना महत्तो (बिराटनगर आँखा अस्पताल) रहेका छन् । सदस्यहरुमा दपर्ण सिग्देल (दानावारी आँखा अस्पताल),…

Read More

झापा, १९ साउन । झापाको भद्रपुर नगरपालिका–५ बाट लागुऔषध ब्राउनसुगरसहित एक युवलाई प्रहरीले पक्राउ गरेको छ । आज बेलुका भद्रपुर–५ मेचीपुलमा अस्थायी प्रहरी बिट मेचीपुलबाट खटिएको प्रहरी टोलिले भारतबाट नेपालतर्फ आउँदै गरेको पैदल यात्री इलाम चुलाचुली गाउँपालिका–३ का २८ वर्षीय विवेक राईलाई शंका लागि चेकजाँच गर्दा प्लाष्टिकमा पोका पारी मुख भित्र राखी लुकाइ छिपाइ ल्याउँदै गरेको प्रतिबन्धित लागुऔषध ब्राउन सुगर प्लाष्टिकसहित १ ग्राम ८० मिलिग्राम र प्लाष्टिक बाहेक ६५० मिलिग्राम फेला परेकोले नियन्त्रणमा लिई जिल्ला प्रहरी कार्यालय झापामा ल्याई राखि थप अनुसन्धान कार्य जारी रहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

Read More

कचनकवल, १९ साउन । राष्ट्रिय प्रजातान्त्रिक विद्यार्थी सङ्गठन (राप्रविस) कचनकवलको पालिका स्तरीय अधिवेशन आज सम्पन्न भएको छ। अधिवेशनमा विकास शर्मा अध्यक्ष पदमा चयन भएका छन् । अधिवेशनबाट उपाध्यक्षमा युनिसा दङ्गाल, कसिल दङ्गाल र टिकामाया कार्की चयन भएका छन् भने सचिवमा विनोद पोख्रेल र सहसचिव सकिला लिम्बू चयन भएका छन् । कोषाध्यक्षको भूमिकामा सलेली राजवंशी चयन भएको निर्वाचन समितिले जनाएको छ । यस्तै, सदस्यमा क्रमशः कोपिला राई, अपेक्षा राई, कमला बस्नेत, आशिष ढुंगेल, अभिषेक पराजुली, दर्पण लुइँटेल, राजा थापा, अशोक राजवंशी, राजा मण्डल, गोभा कटुवाल, शिल्वती राजवंशी, ममता राजवंशी, र मुकेश राजवंशी चयन भएका छन् । कार्यक्रमको उद्घाटन प्रमुख अतिथि पार्टी…

Read More

झापा, १९ साउन । झापाको मेचीनगर नगरपालिकाबाट खैरो हेरोइनसहित दुई युवालाई प्रहरीले पक्राउ गरेको छ । हिजो राति मेचीनगर नगरपालिका–६ पुरानो मेचीपुलबाट लागुऔषध नियन्त्रण ब्युरो काँकरभिट्टा र इलाका प्रहरी कार्यालय काँकरभिट्टाबाट खटिएको संयुक्त प्रहरी टोलीले चेकजाँच गर्ने क्रममा भारतबाट नेपालतर्फ मे १० प १३३८ नम्वरको मोटरसाईकलमा आउँदै गरेका चालक मेचीनगर–१० का २९ वर्षीय राजिव साह र पछाडी सवार सोही स्थानका २८ वर्षीय महमद अजिमलाई शंका लागि चेकजाँच गर्दा निजहरुले लुकाई छिपाई ल्याउदै गरेको प्रतिबन्धित लागूऔषध खैरो हेरोइन प्लाष्टिकसहित ५ ग्राम ७९० मिलिग्राम र प्लाष्टिकबाहेक ४ ग्राम १७० मिलिग्राम फेला परेकोले मोटरसाइकल सहित दुवै जनालाई नियन्त्रणमा लिई इलाका प्रहरी कार्यालय काकरभिट्टामा…

Read More

झापा, १९ साउन । जिल्लामा दुई महिनाको अवधिमा रु एक करोड ८० लाख मूल्य बराबरका सुपारीका बिरुवा बिक्री भएका छन् । सुपारीखेती विस्तार हुन थालेपछि बिरुवाको माग ह्वात्तै बढेको व्यवसायी बताउँछन् । सुपारी उत्पादक किसान सङ्घ नेपालका अध्यक्ष निलकण्ठ तिवारीले जेठ र असार महिनामा स्थानीय सुपारी नर्सरीबाट एक लाख ५० हजार बिरुवा बिक्री भएको बताउनुभयो । “अहिले बर्खाको समयमा किसानहरुले सुपारीका बिरुवा रोप्ने गरेका छन्”, उहाँले भन्नुभयो, “अन्नबालीको तुलनामा बढी आम्दानी हुने भएकाले झापामा सुपारी खेतीको लहर चलेको छ ।” मेचीनगर–११ धाइजनमा निजी नर्सरी सञ्चालन गर्दै आउनुभएका नारायण रिजालले यसपाली सुपारीका बिरुवाको माग धान्न हम्मे–हम्मे भइरहेको बताउनुभयो । जिल्लामा सुपारीखेतीका…

Read More

द्रोण अधिकारीभद्रपुर, १९ साउन । क्षमताभन्दा चार गुणा बढी कैदी बन्दी रहेको झापा कारागारबाट उत्पादन हुने फोहोर तथा प्रदुषणका कारण आसपासका बान्दिा दुई दशकयता प्रताडित भइरहेको गुनासो गरिरहेका छन् । दैनिक कार्य अन्र्तगत कैदी बन्दीबाट उत्पन्न हुने फोहोजन्य पानी तथा दिसापिसाव व्यवस्थापनको निकास दिने ढल सहज नभएका कारण पूर्वपट्टि रहेका दुई दर्जन बढी घर परिवार प्रत्यक्ष असर भोगिरहेको दुई दशक बढी भइसकेको छ । पछिल्लो एक वर्षयता कारगारबाट ध्वनि प्रदुषणको प्रहार पनि आसपासका बासिन्दामा थपिएको गुनासो आएको हो । विहान र बेलुका ध्यान, तप र योगाका नामा विभिन्न धर्म मान्ने संघ संस्थाका प्रतिनिधिहरूले गर्ने गरेका कार्यक्रमका आवाज बस्तीतिर फर्काएर माइक…

Read More

दमक, १९ साउन । झापाको दमकबाट लागुऔषध ब्राउनसुगरसहित एक युवतीलाई प्रहरीले पक्राउ गरेको छ । शुक्रबार राति दमक–३ बेलडाँगीकी २३ वर्षीया प्रमिला गुरुङले अवैध लागुऔषध बेचबिखन गरिरहेको भन्ने गोप्य सूचना प्रहरी चौकी बाघखोरमा प्राप्त हुना साथ प्रहरी चौकी बाघखोरबाट तत्काल प्रहरी टोली खटि गई उनलाई चेकजाँच गर्दा लागुऔषध ब्राउनसुगर प्लाष्टिक सहित १ ग्राम ६६० मिलिग्राम र प्लाष्टिक बाहेक १ ग्राम ५८० मिलिग्राम फेला परेकोले नियन्त्रणमा लिई इलाका प्रहरी कार्यालय दमकमा ल्याई राखी थप अनुसन्धान कार्य जारी रहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ

Read More

झापा, १९ साउन । झापामा यो वर्ष रू ४० लाख बराबरको बहुमूल्यसहित विभिन्न प्रजातिको बिरुवा वितरण गरिँदै छ । डिभिजन वन कार्यालय झापाले रू ४० लाख बराबरको चार लाख ४० हजार बिरुवा वितरण गरिररहेको कार्यालयका सूचना अधिकारी अञ्जना पुरीले जानकारी दिनुभयो । कार्यालय मातहतको सुरुङ्गा, झिलझिले, मेचीनगर, भद्रपुर र हल्दिबारीका नर्सरीबाट उत्पादन गरिएको उक्त संख्याको विरुवा वितरण भइरहेको उहाँले बताउनुभयो । “मागको आधारमा बिरुवा वितरण भइरहेको छ”, सूचना अधिकारी पुरीले भन्नुभयो, “आवश्यकता अनुसार व्यक्ति तथा वन लगाउन चाहनेहरुले बिरुवा लगिरहनुभएको छ ।” कार्यालयले सेतो रक्तचन्दन, श्रीखण्ड, रुद्राक्ष, टिक, मसला, कदम, चिउरी, हात्तीफल, बयर, सेमिलता, कुशुम, कदम, गोल्मोहर, कल्की, लिची, आँप,…

Read More

झापा, १९ साउन । घरेलु टोली फ्रान्स पेरिस ओलम्पिकको पुरुष फुटबलमा सेमिफाइनलमा प्रवेश गरेको छ । शुक्रबार राति भएको खेलमा अर्जेन्टिनालाई १–० ले पराजित गर्दै फ्रान्स अन्तिम चारमा प्रवेश गरेको हो । बोर्डेमा भएको खेलमा फ्रान्सका लागि जिन फिलिपि माटेटाले पाँचौ मिनेटमै गोल गरी अग्रता दिलाएका थिए । त्यही गोल नै फ्रान्सको जितमा निर्णायक बन्यो । अर्जेन्टिनाले बराबरी गोल फर्काउने प्रयास गरेपनि सफल भएन । अर्जेन्टिनाका जिउलियानो सिमिओनीले गोल गर्ने अवसर सदुपयोग गर्न सकेनन् । खलेपछि दुवै टिमका खेलाडीबीच खेल मैदानमै कुटाकुटको स्थिति बनेको थियो । फ्रान्सले अब सेमिफाइनलमा इजिप्टसँग खेल्नेछ । इजिप्टले क्वाटरफाइनलमा पारग्वेलाई पेनाल्टीसुटआउटमा ५–४ ले पराजित गरेको…

Read More