
झापा, १९ साउन । घरेलु टोली फ्रान्स पेरिस ओलम्पिकको पुरुष फुटबलमा सेमिफाइनलमा प्रवेश गरेको छ । शुक्रबार राति भएको खेलमा अर्जेन्टिनालाई १–० ले पराजित गर्दै फ्रान्स अन्तिम चारमा प्रवेश गरेको हो ।
बोर्डेमा भएको खेलमा फ्रान्सका लागि जिन फिलिपि माटेटाले पाँचौ मिनेटमै गोल गरी अग्रता दिलाएका थिए । त्यही गोल नै फ्रान्सको जितमा निर्णायक बन्यो । अर्जेन्टिनाले बराबरी गोल फर्काउने प्रयास गरेपनि सफल भएन । अर्जेन्टिनाका जिउलियानो सिमिओनीले गोल गर्ने अवसर सदुपयोग गर्न सकेनन् ।
खलेपछि दुवै टिमका खेलाडीबीच खेल मैदानमै कुटाकुटको स्थिति बनेको थियो । फ्रान्सले अब सेमिफाइनलमा इजिप्टसँग खेल्नेछ । इजिप्टले क्वाटरफाइनलमा पारग्वेलाई पेनाल्टीसुटआउटमा ५–४ ले पराजित गरेको हो । इजिप्टका लागि सुटआउटमा पाँचै खेलाडीले गोल गरेका थिए । पाराग्वेका पेरेज गोल गर्न असफल रहे । निर्धारित समयम १–१ को बराबरीमा सकिएपछि खेल पेनाल्टीसुटआउटमा पुगेको थियो ।
यसैगरी स्पेन र मोरक्को पनि सेमिफाइनल प्रवेश गरेका छन् । स्पेनले जापानलाई ३(० ले हरायो । स्पेनका लागि फर्मिन लोपेजले दुई तथा अबेल रुइजले एक गोल गरे । अर्को क्वाटरफाइनलमा मोरक्को अमेरिकालाई ४–० ले हरायो । मोरक्कोका लागि साउफिएन राहिमी, इलिस अखोमाच, अच्रफ हाकिमी र एल मेहदी माउहाउबले एक(एक गोल गरे ।
झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।


